Showing posts with label Earthquake2011. Show all posts
Showing posts with label Earthquake2011. Show all posts

Sunday, September 18, 2011

कीर्तिपुरमा भुकम्प अनुभव गर्दा



सिक्किम र ताप्लेजुङको वरपर केन्द्रविन्दू रहेको भुपम्पको धक्का महसुस गर्दा म त्रिवि मैदानमा थिएं । मित्र सिपी अर्यालले बाइक हाँकिरहँदा अचानक पानी परेको जस्तो अनुभव भयो, तर त्यो पानी परेको थिएन । भुकम्पको धक्काले रुखका पातमा केहीबेर अहिको बर्षाबाट बाँकि रहेको पानिका थोपाहरु थिए । बाइक रोक्दा जमिन बगिरहेजस्तो हल्लीरहेको थियो । खुला मैदानमा भएको हुँदा हामी आफू त सुरक्षित थियौं तर मलाई काठमाण्डुमै रहेका मेरा दिदीहरु र भाञ्जीहरुको याद आयो । त्यसबिचमै फोन गर्दा नेटवर्क व्यस्त भइसकेको थियो । तत्काल पीताजीको फोन आयो । मणिग्राममा पनि धक्का महसुस गरिएको रहेछ । जसले केही राहत महसुस गरायो कमसेकम केन्द्रविन्दू काठमाण्डु वरपर त रहेनछ भन्ने सोचेर ।

अहिले ट्विटर, फेसबुक र गफगाफमा भुकम्प फेरी आउने वा नआउनेबारे धेरै चर्चा चलिराखेका छन् । सबै सुरक्षित हुन खोज्दाखोज्दै पनि कसरी हुने थाह छैन । काठमाण्डु त हो जताततै घरहरु मात्र छन् । भनिन्छ भुकम्प आउनु अगाडि कुकुरहरु निकै भुक्नेगर्छन् । कीर्तिपुरमा त कुकुरहरु त्यसै पनि बढि भुक्छन् । तर आज ति भुकाईले झन् तनाव दिन्छ कतै भुकम्पको संकेत त होइन भनेर । भुकम्पले केहीको ज्यान लिएको दु:खद खबर आइराखेका छन् । आशा छ अब थप आउने छैनन् र आउने छैन अब थप भुकम्पका धक्काहरु पनि । पशुपति नाथले हामी सबैको रक्षा गरुन् ।


  •  मुलुकभर आइतवार साँझ झण्डै एक मिनेट शक्तिशाली भुकम्पको धक्का महसुस भयो । भुकम्प मापन केन्द्रका अनुसार यो धक्का बि‌.सं. १९९० साल पछिको सबैभन्दा शक्तिशाली हो ।
  • भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार ६ बजेर २५ मिनेटदेखि झण्डै एक मिनेट देशभर धक्का महसुस भएको थियो । नेपालको ताप्लेजुङ् र भारतको सिक्किम राज्यको सीमा क्षेत्रलाई केन्द्र बनाएर ६‌‌.८ रेक्टरस्केलको भुकम्प गएको हो ।
  • बि.सं. १९९० माघ २ गते मुलुकमा ८‌.४ रेक्टर स्केलको भुकम्प गएको थियो । त्यसबेला ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी ८ हजार ५ सय १९ जनामो ज्यान गएको थियो भने २ लाख ७ हजार ७ सय ४० संरचना भत्किएको थियो ।
  • त्यसैगरी २०४५ भदौ ५ गते बिहान ४ गते उदयपुरको केन्द्र भएर ६.६ रेक्टर स्केलमा गएको भुकम्पमा ७ सय २१ मृत्यु भएको थियो । ६५ हजार घर भत्किएको थियो ।
  • काठमाडौंमा भूकम्पले धक्का दिन थालेपछि मानिसहरुमा त्रास देखियो । अग्ला भवनहरुमा रहेकाहरु सडकमा निस्किएका थिए । एक मिनेटभन्दा लामोसमय महसुस भएको धक्काबाट क्षतीको विवरणभने प्राप्त भइसकेको छैन ।