Showing posts with label Letters. Show all posts
Showing posts with label Letters. Show all posts

Sunday, June 7, 2009

प्रधानमन्त्री प्रचण्डलाई चिठी



प््राधानमंत्रीलाई चिठी
प्रधानमन्त्रीज्यू,
तपाईँको नाम म सानै हुँदा देखि नै सुनेकी हुँ । दिनहूँ रेडियो, टेलिभिजन र पत्रपत्रिकामा आउने मानिस मरेका समाचारसँगै तपाइँको नाम जोडिने गर्दथ्यो । तर अहिले हाम्रो देशलाई राम्रो बनाउने काम पनि तपार्इँकै भागमा परेको छ । त्यतीबेलाको तपाइँको दाह्रीवाला दुब्लो फोटोभन्दा अहिले तपार्इँ धेरै मोटोघाटो भैसक्नुभएको छ । तपाईको माथिफर्केको कपालको स्टाइल ल मलाई साह्रै मन पर्छ । अझ लर्डाईँ छाडेर आएपछी त तपार्इँ युरोप, अमेरिका, चिन र भारत पनि पुगेर आइसक्नुभयो । अब त तपार्इँले आफैँ संसार देखेर आइसक्नुभयो । बाहिरका मानिसहरु कति सुविधासम्पन्न र बिकसित छन् । हो.....नेपाललाई पनि तपाईँले त्यस्तै बनाउनु हुनेछ भन्ने आशा हामी सबैले राखेका छौँ ।
तपार्इँले त नेपाललाई स्विजरल्याण्ड नै बनाउने सपना देख्नुभएको रहेछ । म त स्विजरल्याण्ड गएकी पनि छैन । तर पक्कै स्विजरल्याण्ड राम्रै भएर यहाँले त्यसो भन्नुभएको होला । तर तपाईँहरु कामभन्दा कुरा बढी गरेको देख्दा त हामीलाई आशामात्र होइन यहाँहरुमाथी आशँका पनि लाग्न थालिसक्यो । नेपाल जे जस्तो नै भए पनि त्यो नेपाल नै हो । यो देश जेस्तो नै भएपनि हामीलाई संसारमा यसको भन्दा बढी बढि माया केहीको छैन । तपाई स्विजरल्याण्ड नभनिकन यही नेपाललाई राम्रो नेपाल बनाउनुहोस । हामीसँग आखिर के छैन । हामीसँग अन्न उब्जाउ गर्न सक्ने समथर तर्राई छ, पर्यटकलाई तान्ने सुन्दर हिमश्रृङखला छन्, जलबिद्युत निकाल्न मिल्ने त्यती धेरै खोला नाला छन् । अझ सबैभन्दा महत्वपर्ूण्ा कुरा निकै मिहिनेती नेपाली जनता छन् । यदी तपाई राम्रो काम मात्र गर्नुस, सबैजना यहाँलाई सघाउन आउनेछन् ।
तपाईँका नेताहरु खाली कुरामात्र गर्छन्, अझ त्यो पनि नचाहिने । तपाईँहरु खाली राजतन्त्र, गणतन्त्र, जनगणतन्त्र र अनेकथरी पार्टर्ीी नाम राख्ने कुरामात्र किन गर्नुहुन्छ - आखिर राम्रो काम गर्ने हो भने नाम जस्तो भए पनि के भो र - अझ बिभिन्न मन्त्रीहरु प्ानि आफ्ना काम छाडेर राजनीतिका कुरा छाट्दै हिड्नुहुन्छ । शिक्षा मन्त्रीले सेनाको कुरा किन गर्नुपर्ने - गृहमन्त्री आफ्नो पार्टर्ीीे कुरा गर्दे किन हिड्नुपर्ने - प्रधानमन्त्रीज्यू तपाईँका मन्त्रीहरुलाई अनेकथरी कार्यक्रमका उद्घाटन गर्दै, भाषण गर्दै हिँडन नभन्नुहोला । बरु त्यो समय आफ्नो क्ष्ेात्रमा देशलाई कसरी राम्रो बनाउने भनेर सोच्न भनिदिनुहोला । नत्र नयाँ नेपाल कसरी बन्छ -
टिभीमा अन्य देशहरु हर्ेदा हाम्रो देश पनि कहिले त्यस्तो हुने होला भन्ने लाग्छ - तर हाम्रो देशका तपाईँजस्ता नेताहरु भ्ाने बिकासका भन्दा नचाइने झगडा गरेर बसेको देख्दा मलाई निकै दुःख लाग्छ । तपाईँ पनि कहिलेकाहीँ रिसाउनुहुन्छ । तर त्यो तपाईलाई सुहाउँदैन नी । हामीले तपाईँलाई सामान्य मान्छेको रुपमा पक्कै हेरेका छैनौँ । तपाईँ मृत्युसँग खेलेर, घरबार छाडेर आउनुभएको मान्छे हुँदा तपाई आफूलाई देशकै हितमा लगाउनुहून्छ भन्ने आशा गरेका हौँ ।
देशमा धेरै महत्वपर्ूण्ा काम गर्नु छ । म गतसाल काठमाण्डौँ आउँदा ४ घण्टा त कलँकीकै जाममा रोकिनुपर्‍यो । बाटोघाटोमा पहिरो गएर रोकिँदा कसैले कतिदिन मतलब नै गर्दैनन् । काठमाण्डौँका सडकमा भिख माग्दै र फोहोर उठाउँदै हिँडेका केटाकेटी त तपाइँले पनि देख्नुभएकै होला । किन त उनीहरुलाई केही हुँदैन - नेपालका गाउँहरुमा पैसा नभएर पढ्न, बिरामी हुँदा उपचार गर्न नपाएका मानिसहरु त तपाँइले देख्नुभएकै होला । उनीहरुलाई सम्पन्न गराउन केही काम गर्नुस् । तराइमा दिनहूँ कर्मचारी मारिन्छन् । मेरो बुवा पनि कर्मचारी हुनुहुन्छ । यदी वहाँको पर्ूर्वी तर्राईमा सरुवा भएमा म जागिर छाड्न भनिदिन्छु । आखिर किन यहाँ पहाडी र मधेसी भनेर लडेको । आखिर हामी सबै एकअर्कालाई काम लाग्ने नेपाली नै त हाँै नी । कोसीमा बाढी आउँदा देशै उनीहरुलाई बचाउन लाग्यो । प्रधानमन्त्रीज्यू प्लिज तपाईले यो युद्धलाई वार्ता गरेर रोक्नुहोला ।
तपाईँहरु त् संसदमा नै हतियार बोकेर जानुहुन्छ अरे । अब पनि किन यस्तो - अब बन्दुक चलाउँदैनौँ भनेर त्यत्रो भनेपछी पनि किन यहाँहरुलाई बन्दुककै मायाँ । बन्दुक नपढ्काउने भए किन बोकेर लानुपर्ने - त्यहाँ बहस हुँदा तपाईहरुले बन्दुक पढ्काईहाल्नुभयो भने त बर्बाद नै पो हुन्छ त -
अन्यमा, प्रधानमन्त्रीज्यू, हामी सबैको तपाईँमाथी धेरै आशा छ । कृपयाँ तपाईँ देशलाई राम्रो बनाउनतर्फलाग्नुस् । नचाहिने कुरा बरु पछि गरौँला । तपाईँ देश बनाउन लाग्नुस्, हामी बरु १ छाक नै खाउँला । अहिले पनि देशले कोल्टे नफेरे कहिले फर्ेछ त ।


प्रतिज्ञा बस्याल (The younger sister of the blogger Pradeep)
कक्षा ९
द प्यारामाउण्ट इ स्कुल
शंकरनगर, रुपन्देही

article published on the KOPILA, the child suppliment of KANTIPUR national daily.

source: http://ekantipur.com/kantipur