Showing posts with label Quotes/Interview. Show all posts
Showing posts with label Quotes/Interview. Show all posts

Sunday, December 5, 2010

ब्लगर प्रदीप बस्यालका ब्लग गफ


An interview of mine on blogging originally appeared on DAUTARI BLOG


ब्लग भित्र ब्लग स्तम्भ पून लिएर आएका छौं। यसपटक दौंतरीमा ब्लगर निम्ताउने क्रममा http://pradeepbasyal.com.np/ का ब्लगर प्रदीप बस्याललाई निम्ताएका छौं। प्रदिपजीलाइ कसरी ब्लगर बन्ने भूत चढ्यो सुनौं उहांकै गफबाट। प्रदीपजीको ब्लग तथा दौंतरीको ब्लग भित्र ब्लग स्तम्भ कस्तो लाग्छ प्रतिक्रिया दिन पक्कै नभूल्नुहोला। 

१) ब्लगर कसरी बन्न पुग्नु भयो ?

यसको एउटा वेग्लै रोचक कथा छ । पिताजीको जागीरको दौरान म नवलपरासीमा रहेर पढ्थेँ । सानैदेखि नै आइटीमा रुचि राख्ने हामी केही साथीहरुको (गृष्मराज पाण्डेय, ज्ञानेन्द्र आचार्य, सुरेन्द्र पौडेल) एउटा बेग्लैखाले समूह थियो । सूचना–प्रविधि सम्बन्धी केही नयाँ कुराहरु समाचारमा कतै भेटियो भने त्यसको ‘कटिङ्ग’ लिएर आउँथ्यौं हामी र पढ्दैमा निकै उत्साहित हुन्थ्यौं । कक्षा ५ मा पढ्दादेखि नै इमेल, इन्टरनेटबारे धेरै पढ्ने र सुन्ने गरेता पनि कक्षा ९ मा आएर बल्ल त्यसको अनुभव गर्न पायौं, परासीमा साइबर क्याफे खुलेपछि । हामीहरु बरोबरी पैसा भाग लगाएर इन्टरनेटमा बस्थ्यौं । पत्रिकामा त्यसबेला हामीले ध्यान लगाएर खोज्ने  भनेकै वेवसाइटहरु हुनेगर्थे । त्यसैले इमेल एकाउण्टसँगै वेवसाइट ग्यामरले गर्दा मैले कक्षा ९ मै पढ्दै गर्दा ‘विवो’ सबडोमेनमा ब्लग खोलेको थिए । पछि काठमाण्डु आएपछि म दीपक अधिकारी र दिनेश वाग्लेको ब्लगिङ्ग शैलीबाट निकै प्रभावित भएँ । त्यसैक्रममा आशिष लुइटेल, रमेश न्यौपाने, आकार अनिलहरुको ब्लगहरु पढ्ने र वहाँहरुको संगतले पनि मलाई ब्लगबारे धेरै जान्ने अवसर मिल्यो ।

Sunday, February 21, 2010

पहिले पाठक पछि पत्रकार

नरेन्द्र रौले

"किताब र पत्रपत्रिका भने पछि पढ्नै झ्याउ लाग्थ्यो ।" स्कुले जीवनको स्मरण गर्दै उनले भने । काठमाडौ र वखलढुंगा दुबै ठाउमा स्कुल पढेका उनलाइ खासमा पत्रकारितामा त्यति रुचि थिएन । अर्के पेशा अंगाल्ने सोच थियो । कलेज पढ्न थालेपछि भने विस्तारै यतातिर ध्यान मोडियो । राजधानीबाट निस्कने दैनिक अखबारहरुमा पाठक प्रतिक्रिया लेखेर पत्रकारिताको दुनियामा प्रबेश गरेका कपन,काठमाडौंका आशिष लुइटेल,२२ यतिबेला सेलिबि्रटी पत्रकार बनिसकेका छन् । कयौं युवा युवति आशिषसँग अटोग्राफ माग्छन् । उनको एउटा लेख छापिने बित्तिकै सयौं इमेलको ओइरो लाग्छ । दिनहुँ नयाँनयाँ पाठकहरुको फोन, एसएमएस र प्रशंसा त कति हो कति ।
चाहना नहुँदा नहुँदै पनि पत्रकारिता गर्नुमा उनको अध्ययनशिल बानी नै हो । भारतीय लेखक चेतन भगतको फाइभ प्वाइन्ट्स समवन् पढेदेखि आशिषलाइ लेख्ने हुट्हुटि पैदा भयो । इलोक्टो्रनिक इन्जिनियर चेतनले लेखक बन्नकै लागी हुँदाखाँदाको जागिर त्यागेका थिए । यता काठमाडौ विश्वविद्यालय, धुलिखेलमा इन्जिनियरिङका विद्यार्थी आशिषलाइ चेतनका धेरै कुराले प्रभाब पार्दै लग्यो । 'विद्यार्थी आन्दोलनमाथी शाही सरकारले दमन गरेको' बिषयलाइ लिएर ५ बर्ष अघि पहिलो पाठक प्रतिक्रिया लेखेका आशिषले आफ्नो लेखनमा चेतनकै शैली र कथावस्तु पछ्याउन थाले । विशेष गरी शहरी युवा पुस्ता प्रति लक्षित गर्दै लेखिने उनका स्तम्भ लेखहरुमा प्रेम, प्रबिधी, सेक्स, संगित, मोबाइल मस्तिको कथाबस्तु भेटिन्छ यस्तै बिषयलाइ लिएर पाक्षिक रुपमा कान्तिपुरको शुक्रबारिय अंक हेलो शुक्रबारमाछापिने उनको स्तम्भ जुन युवाहरुमाझ अत्यन्तै लोकपि्रय बन्दै गइरहेको
कुनै बिषयलाइ टपक्क टिपेर मीठो शैलीमा लेख्न सक्नु उनको खुबी हो धेरै पाठकहरुको मन जित्न सफल हुनुको कारण पनि यहि होला 'युनिक' लेखनशैलीको छाप छोडेका आशिषले हजारौं फ्यान कमाएका छन् फेसबुक ट्वीटरमा मात्रै हजार भन्दा धेरैले उनलाइ पछ्याइरहेका छन् आशिषका लेख प्रतिक्रिया छापिएपछि प्रभाबित हुनेहरुले ल्यापटप,मोटरसाइकल जस्ता महंगा सामानहरु उपहार दिएका छन् सुरुवातका दिनमा लेखहरु फ्याक्स गर्ने उनी अचेल कोठैम्ाा बसिबसि ल्यापटप सँग खेल्छन्, इन्टरनेटको दुनियामा संसार चहार्छन्, देसी,बिदेसी पत्रिका, म्यागेजिन किताब छिचोल्छन् काठमाडौ युनिभर्सिटिबाट बिइ अन्तिम सेमेष्टरको परिक्षा दिइरहेका आशिषले चारैतिरबाट आकर्षक तलब ,सेवा ,सुबिधा सहित जागिरको लागि अफर पाइरहेका छन् अब चाँडै कुनै सञ्चार गृह सँग आबद्ध हुने तयारी छन्

स्कुल पढ्दा आशिष भन्दा अलि भिन्दै स्वाभाब थिए , मणिग्राम रुपन्देही का प्रदिप बस्याल , १९ हिमाल,नेपाल,अन्र्तराष्ट्रिय मञ्च जस्ता पत्रपत्रिका अखबारहरु रुचिपुर्बक पढ्थे भित्ते पत्रिका सम्पादन गर्थे जिल्ला प्रसासन कार्यालयमा जागिरे बुबा खगेन्द्र प्रसाद बस्याल साहित्यकार पनि हुन् बुबाले केहि साहित्यिक पत्रिकाहरुको सम्पादन गर्थे प्रदिपले तिं पत्रिकाहरुमा नियात्रा, कथा , कविता आफ्ना अनुभुतिहरु पोख्थे
जागिरको दौरानमा बुबाको जता सरुवा हुन्थ्यो प्रदिप पनि पढ्नका लागि त्यतै जान्थे एसएलसि दिदा सम्म मात्रै उनले जम्मा आठ वटा स्Smुल फेरे

कक्षा १० पढ्दा खेरीको कुरा हो, जिल्ला प्रशासन कार्यालय, नवलपरासिमा जागिरे उनका बुबाको एकैचोटी सल्यान म्याग्दीमा सरुवा भयो एसएलसि नजिकिदै थियो, प्रदिप परीक्षाको तयारीमा ब्यस्त थिए हठात् बुबाको सरुवाको खबरले उनीे तनाबमा परे एकै चोटी दुइ ठाउ सरुवा गर्ने गृह मन्त्रालयको लापरबाहि बारे कान्तिपुर मा उनले पाठक पत्र लेखि पठाए भोलिपल्ट छापियो त्यसले खुब चर्चा पनि बटुल्यो राष्ट्रिय स्तरको पत्रिकामा आफ्नो नाम त्यसरी छापिएर आउँदा प्रदिपमा खुसिको सिमै रहेन त्यो बेला पाएको हौसलाले निरन्तर उनले प्रतिक्रिया लेखिरहे यतिबेला कान्तिपुर दैनिकको हेलो शुक्रबारमा स्तम्भकार बन्नुमा त्यसैको प्रतिफल ठान्छन् उनी फिचर लेखनमा पनि उनले बिशेष जोड दिइरहेका छन्
"डेडलाइनमा काम गर्नुको मजा बेग्लै हुन्छ " प्रदिपले आफ्नो अनुभब सुनाए हरेक हप्ता नयानया बिषय छानेर नियमित लेख लेख्नु उनको 'ड्युटि' बनेको विज्ञान विषय लिएर काठमाडौको ह्वाइट हाउस कलेजबाट प्लस टु गरेका यिं तन्नेरी अब 'आइटि' बिषयमा उच्च शिक्षा हासिल गर्न चाहन्छन् तर पत्रकारितालाइ 'जीवनबाट कहिल्यै अलग गर्न चाँहदैनन् ' प्लस टु पढ्दाताका दुइ बर्ष होस्टेलको जीवन काट्न निकै सकस परेको थियो उनलाइ "ट्वाइलेट गएर रुन्थें " कडा अनुशासनमा राख्न खोज्ने कलेजको नियमले बिरक्तिएका उनले भने मनभरी लेख्ने इच्छा हुँदाहुँदै पनि लेख्न नपाएको त्यो समय त्यत्तिकै खेर गए जस्तो लाग्यो यतिबेला भने स्वतन्त्रपुर्बक पत्रकारितामै लागेका बस्याल रमाइलो अनुभब गरिरहेका छन् रिर्पोटिङ गर्न कहिले राजधानी ठमेलमा डुलिरहेका हुन्छन् कहिले नवलपरासिको मगरगाउ हानिएका हुन्छन् अझ रमाइलो कुरा के भने तिं लेखहरु छापिए पछि आउने कमेन्टले झनै उत्साह थपिदिन्छ

आफ्नै नाम पत्रिकामा छापिदा प्रदिपलाइ जति खुसि लाग्थ्यो बरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी लाइ आफ्नो बुुबाको नाम पत्रिकामा छापिदा त्यति नै खुसि लाग्थ्यो बिकट वखलढुंगाको टार केराबारीमा बाल्यकाल बिताइरहँदा नै गोरखापत्र पढ्ने मौका पाए बुबा नन्दनहरी उपाध्याय 'ओखलढुंगे' गोरखापत्रको नियमित ग्राहक बनेका थिए आफुले जाने , बुझेको , लागेको चित्त नबुझेको कुरा हरेक चोटी पाठक प्रतिक्रिया का रुपमा नन्दनहरीको नाममा छापिएर आउँथे अंकलहरुले भन्थे, " हेर , तेरा बुबाको लेख तैले पनि लेख्न " बुबाले लेखेका चिठीहरु खसाल्न धेरै चोटी ध्रुबहरि हुलाक सम्म पुगे बाल्यकाल देखिको गहिरो प्रभाब उनको पत्रकारिता जीवनमा पनि देखियो

०२८ देखि ०३६ सालको बिचमा राइजिङ नेपाल, गोरखापत्र,समिक्षा, राष्ट्रपुकार , नयासन्देस पत्रिकामा शिशिर बाबु, बिशालनगर नाम ठेगाना उल्लेखित एक जना पाठकले लेखेका प्रतिक्रियाहरु खुब चर्चामा थिए भारतबाट प्रकाशित टाइम्स अफ इन्डिया , स्टेट्सम्यान्, मा पनि सोहि पाठकका प्रतिक्रिया त्यतिकै मात्रामा छापिन्थे अझ रमाइलो प्रसंग राष्ट्रिय सभागृहमा गोदावरी अल्मनाइजेशन्ले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा एउटा प्रश्न सोधियो, शिशिर बाबुको नामबाट प्रतिक्रिया लेख्नेको ठेगाना बताउनुस्, सहभागी मध्ये कसैले बिशालनगर भन्ने जवाफ दियो त्यो सुनेर कार्यक्रम हेरिरहेका धु््रबहरी निकै खुसि बने

कारण आठ बर्ष सम्म छद्म नाम प्रयोग गरेर स्वदेसी , बिदेसी पत्रिकामा लेख्ने उनै धु््रबहरी थिए जो पछि गएर गोरखापत्र देखि बिश्वप्रसिद्ध इकोनोमिष्ट , न्युयोर्क टाइम्स , लसएन्जल्स टाइम्स , टाइम , आउट्लुक, योम्युरी सिमोन् रोयटर्स तथा बिबिसी , आइपिएस् जस्ता नाम कहलिएका समाचार एजेन्सीमा काम गर्न पुगे पत्रकारमा मात्र सिमीत नबनेका उनी लेखक, बिश्लेषक , प्रशिक्षक समेत बने रातारात उनलाइ यो सफलता भने मिलेको होइन स्कुल ,कलेज पढ्दा , खाजा खर्च कटाएर , पत्रिका किताब किन्थे , रात दिन त्यसैमा घोत्लिन्थे बि्रटिस राजदुताबासको पुस्तकालयमा घण्टौं समय बिताउथे आफ्नो नाममा प्रतिक्रिया लेख्दा नछापिएला बिबाद होला भन्ने डरले छद्म नाम प्रयोग गरेर पाठक पत्र लेख्थे त्यसैको परिणाम हो , आज उनी जे छन् २००४ साल देखि ०५३ सम्म बाँचुञ्जेल उनका बुबा नन्दनहरीले गोरखापत्रमा प्रतिक्रिया लेखिरहे तिनै मध्येका दुइ सय वटा पत्रहरु छानेर नन्दनहरीको नाममा सम्पादकलाइ चिठ्ठी पुस्तक प्रकाशित भयो , जुन किताबको सम्पादन उनकै छोरा धु््रबहरीले गरे पत्रकारिता सम्बन्धि केहि किताबको लेखन सम्पादन गरिसकेका ध्रुबहरि भन्छन्, " एउटा राम्रो पत्रकार लेखक बन्नुमा राम्रो पाठक हुनैपर्छ "

राइजिङ नेपालबाट २३ बर्षे उमेर पत्रकारिताको करिअर सुरु गरेका थिए , सन् २००२ का रामन म्यागासेसे पुरस्कार बिजेता भारतदत्त कोइराला ले राइजिङ नेपाल छाप्ने तरखर हुँदै थियो बि्रटिस राजदुताबासको जनसम्पर्क बिभागमा समाचार अनुबादकको काम गरिरहेका कोइरालालाइ अंग्रेजी राम्रो लेख्न सक्ने पत्रकार भन्दै तत्कालिन सरकारले मासिक रु ६०० पाउने गरी राइजिङ नेपालमा प्रमुख सम्बाददाताका रुपमा नियुक्त गरेको थियो
दस बर्ष राइजिङ नेपालमा काम गरेका कोइरालासँग पाठक पत्र लेख्दाका रोचक अनुभूति छन् भर्खरै सुरु गरेको अंग्रजी दैनिक राइजिङ नेपालमा लेटर टु एडिटर सुरु गरियो तर अंगे्रजी पत्रिकाका पाठकहरु सिमित भएकाले यो स्तम्भमा चिठी नै नआइदिने समस्या आइलाग्यो अनि हरेक दिन आफुले लेखेका समाचारमा नियमित जसो आफैले प्रतिक्रिया लेख्नुपथ्र्यो कहिल्यै चित्त बुझेको कहिल्यै राम्रो नलागेको भन्दै "आफ्नै समाचार माथीको टिप्पणी आफैले गरेको प्रतिक्रिया भोलीपल्ट छापिदा अनौठो महशुष हुन्थ्यो " कोइराला सम्झन्छन् रमाइलो पारामा उनी भन्छन्, " लेटर टु एडिटर सुरु गरेको , यो लेटर |m एडिटर पो भयो " राइजिङ नेपाल प्रमुख सम्बाददाताका रुपमा १० बर्ष काम गरेका कोइराला पछि गोरखापत्रमा सम्पादक हुँदै गोरखापत्र संस्थानको अध्यक्षको पनि सम्हाले यस बिचमा विदेसबाट अनुभबि पत्रकारहरु मगाएर नेपाली पत्रकारलाइ तालिम दिलाउने , प्रेस स्वतन्त्रताका पक्षमा आवाज उठाउने, ग्रामिण पत्रकारिताको विकासमा जोड दिने सम्मका काम गरे फलस्वरुप एसियाकै नोबल पुरस्कार द्वारा उनी सम्मानित बने

जनकपुरमा जन्मेर बनारसमा हुर्केकी इला शर्मा, ४५, का पिता माधवप्रसाद शर्मा बनारसमै बिपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालासँग मिलेर छापाखाना चलाउँथे । यसरी लेखक, साहित्यकारको सान्निध्य पाएकी इला सानैमा गोर्खाली, युगवाणी, मानुषी, प्याटि्रयट, द टाइम्स अफ इन्डिया जस्ता पत्रिका चाटिचुटी पढ्थिन् । तवलिन सिंह, शोभा डे र खुस्वन्त सिहंका स्तम्भहरू भरसक छुटाउँदिन थिन् र आफूलाई लागेका कुरा पाठक प्रतिक्रियामा पठाउँथिन् ।

बनारस हिन्दु विश्वविद्यालयकी बिएस्सी र एलएलबी इला वकिल बन्न चाहन्थिन् । आमा डाक्टर बनाउन चाहन्थिन् । तर, निरन्तरको लगाबले उनलाई पत्रकारितातिर डोर्‍याइदियो । नेपाल प्रेस इन्स्िटच्युटबाट पत्रकारिताको तालिम लिएकी इला २१ वर्षको उमेरमा नेपाल आएपछि इन्टर्नसिपका लागि द राइजिङ नेपाल पुगिन् । तत्कालीन सम्पादक श्याम केसीले उनको राम्रो अंग्रेजी देखेर स्थायी नै बनाइदिए । यसरी द राइजिङ नेपालमा चौध वर्ष बिताएकी उनी भन्छिन्, "अमेरिकी राजदूतावास, युनएनडिपी र एक्सन एडमा कामको भन्दा मलाई द राइजिङ नेपालमा बिताएको समयले नै बढी सन्तुष्टी दिएको छ ।" पत्रकारिता पेसामा लागेकोमा उनलाई खासै पछुतो पनि छैन ।

कुनै बेला त्रिचन्द्र कलेजमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहका विद्यार्थी छँदा सुशील शर्माले पनि द राइजिङ नेपालमा खुबै पाठक प्रतिक्रिया लेख्थे । दुई वर्षसम्म आफूलाई लागेका, छोएका वा चित्त नबुझेका प्रतिक्रियाहरू लेखेपछि पत्रिकामा रुचि यति बढ्यो कि शर्माले पछि त्यही पत्रिकामा दरखास्त हालेर जागिर पनि पाए ।

आठ वर्षसम्म अंग्रेजी दैनिक राइजिङ नेपालमा काम गरेका शर्माले पछि द काठमाडु पोष्ट, स्पटलाइट हुँदै बिबिसीसम्मको यात्रा गरे । उनीसँग पहिले पाठक प्रतिक्रिया लेखेको हुनाले पछि पत्रकार हुन सहयोग पुगेको अनुभव छ । बिबिसीमा उनले बिताएका तेह्र वर्षमध्ये १० वर्ष अंग्रेजी सेवामा बित्यो । भन्छन्, "पत्रकारितालाई पेशा बनाएको मलाई गर्वसँगै सन्तुष्टि पनि छ ।"
(Narendra is the Kathmandu based journalist associated with NEPAL magazine)