Showing posts with label Prasiddhi Bhusal. Show all posts
Showing posts with label Prasiddhi Bhusal. Show all posts

Sunday, March 4, 2012

दोस्रो जन्मदिनमा प्रसिद्धिलाई चिठी

प्रिय प्रसिद्धि, 

ह्यापी बर्थ डे । आज तिमी २ बर्षकी भयौ । तिम्रा लागि (र, हाम्रो लागि पनि) जसरी पहिलो बर्ष निकै रोचक भए, दोस्रो बर्ष उत्तिकै रोमाञ्चक पनि । केही हप्ता अघिमात्र तिम्रो बुवाममीसाथ हामी मनकामना, सौराहाहुँदै बुटवलसम्म सँगै घुमेर फर्केका थियौं । तिमी यसरी हिंड्न र बोल्न जानेपछि तिमीसँग गरेको त्यो मेरो पहिलो लामो भ्रमण थियो । त्यो मेरा लागि कम्ता रमाइलो भएन । हामी सँगै हात्ति चढ्यौं, डुङ्गामा सयर गर्दै राप्ती नदिमा गोहीहरु गन्यौं । ति ठाउँहरु त म पहिले पनि घुमिसकेकै हुन् तर तिमीसँगको यात्राले पुरानै र सामान्य ठाउँ भए पनि यात्रा निकै अविश्मरणिय बन्न पुगे ।

दोस्रो बर्षमा तिमी यसपटक स्कुल पनि गयौ । थाहा छ प्रसिद्धि, तिमी भर्ना भएको पहिलो स्कुल देशकै ठूलो अफिस सिंहदरवारभित्र थियो । तर जाडो याम शुरु भएपछि चिसोले भेट्ला भनेर पछि तिम्लाई घरमै राखियो । तिमी ममी–पापासँगै जाडोयाममा सिरक ओडेर पढ्न खोज्थ्यौ । तिम्रो लागि भनेर पापाले एउटा छुट्टै कपी–कलम छुट्याइदिनु भएको छ जसमा तिमी आफ्नै पाराले लेख्न थाल्यौ । हुन त तिमी अझै अक्षर लेख्न सक्ने त भएकी छैनौं तर तिम्ले त्यतिधेरै उत्साह र लगनशीलता देखाएर कोर्ने सिधा–बाड्गे धर्काहरु मलाई कुनै ठूलै चित्रकारले बनाएको विश्वप्रसिद्धि चित्रझैं लाग्थे ।

त्यसै त औधी राम्री तिमी, अहिले हिंड्न र बोल्न सक्ने भएपछि तिम्रो सुन्दरता झन् बढि खुलेको छ । हिंड्न सक्ने भएकै कारण आजकल म तिम्रो घरमा आउँदा झ्यालको पर्दा, सिरक भित्र र ढोकाको कुनामा लुकेर ‘चोर पत्ता लगाउ’ खेल्न सम्भव भइसकेको छ । तिमीमा आफ्नो र अरु छुट्याउने विचित्रको शक्ति छ । तिमीले मलाई मात्र ‘मामाजी’ भनेर सम्बोधन गर्छौ भने तिम्लाई भान्जी भने अरुलाई ‘मामा’ मात्र । तिम्ले अहिले पापा, ममी, सानोपापा, सानोमामु, मेरो र भाईबहिनीहरुको पूरा नाम जानीसकेकी छ्यौं । पापा र ममीको मोवाइल नम्बर तिमी सिक्न खोज्दै छ्यौ, सायद अबको एक–दुई महिनाभित्रै जान्नेछ्यौ । तिमीलाई अहिले पापाको अफिसको नाम र पद सजिलै भन्न आउँछ । ‘ताराबाजी लैलै’, ‘इक्कल–दुक्कल तिक्कल चार’, ‘जोनी जोनी एस पापा’, ‘चि..मुसी..ची’ जस्ता थुप्रै गीत गाउन जानिसकेकी छौ । अझ तिम्लाई अलिअलि हिन्दी र नेपाली फिल्मका गीत पनि आउन थालिसकेको छ । ‘ओलाला ओलाला’, ‘सिम्पल सिम्पल’ तिम्लाई राम्ररी गाउन आउने गीतहरु हुन् । पछिल्लो तीजमा तिमी हामीसँग यती राम्ररी नाच्यौ, हामी सबै छक्कै पर्नेगरी । तिम्रो फोटो त यसपटक पत्रिकामा पनि छाप्पिसक्यो । नागरिक दैनिकले तिम्लाई जन्मदिनको शुभकामना भनेर लेख्यो । तिमी चौधरी ग्रुप, सानेपा पुगेर उसले दिने उपहार एक कार्टुन वाईवाई पनि लिग्यौ । 

Saturday, March 5, 2011

पहिलो जन्मदिनमा प्रसिद्धिलाई चिठी


प्यारी भाञ्जी,


 तिमी आज १ बर्षकी भयौ । जन्मदिनको धेरैधेरै शुभकामना । अहिले त तिमी लेख्न, पढ्न जान्ने भइसकेकी छैनौ । तिमीले बोल्न जानेको पनि पापा, मामा, ममी, मात्रै हो । तर तिमीले भब्य सफलतापूर्वक पार गरेको यो १ बर्षले तिम्रो पूरा जीवनको संकेत गरिरहेको मैले देखिरहेको छु । तिमी पढ्न जान्ने भएपछि यो पत्र पढ्नेछ्यौ, आफूलाई मामाको आँखाबाट पनि चिन्नेछ्यौ र एउटा  असल र सफल व्यक्ति हुन सदा लालायित हुनेछ्यौ ।

तिमी गतबर्ष जन्मदाँ तिम्रो बुवा अधिकृत पास हुनु भएको दुई दिन मात्र भएको थियो । अरुहरुले तिम्रो बुवालाई जिस्क्याउँथे, ‘बाबा अधिकृत नभइकन म जन्मिन्न भनेर नानी आमाको कोखभित्रै कुरेर बसेकी रैछिन्, अब खुसीसाथ जन्मिन्छिन् ।’ भयो पनि त्यस्तै तिमी जन्मिएपछि घरमा अर्को खुसी थपियो । तिम्री आमा तिम्लाई जन्माउनु अघि निकै आत्तिरहेकी थिइन्, हामीहरु अस्पतालको प्रशुतिगृह बाहिर एकटकले भगवानलाई पुकारीरहेका थियौं । तिम्रो घर र मामाघरबाट तारम्तार फोनहरु आइरहेका थिए । तिमी जन्मिएपछि सबैले लामो शास फेरे । तिम्री आमाले पुर्नजन्म पाएको अनुभव गरिन् । अथाह पीडाका बावजुत उनी निकैबेर तिम्लाई छातीमा राखेर सुम्सुम्याइन् । भाञ्जी, तिम्लाई बताउँ, तिम्री आमा त्यतिधेरै खुसी भएको मैले त्यसअघि देखेकै थिइन ।
तिमी सानैदेखि बिलक्षण र बिशेष थियौ । बिलक्षण कोही बिशेष आविस्कार गर्दैमा मात्र मापन गरिँदैन । सच्चा बिलक्षणता उसको दिनचर्याले बोलिरहेको हुन्छ । तिमी सानैदेखि त्यस्तै थियौ । तिमी सानैदेखि परिस्थिति आत्मासाथ गथ्र्यौ, जति भोकाउँदा पनि ‘एकैछिन पर्ख ल’ भन्दा धैर्यतासाथ हाँस्दै कुरेर बस्थ्यौ, एकोहोरो रोइरहने तिम्रो स्वभाव झनै थिएन । तिम्रो अर्को विशेषता सबैखाले मानिससँग सजिलै झ्याम्मिन सक्नु पनि हो । मलाई अझै याद छ, गाडिमा कतै यात्रा गर्दा छेवैमा बस्ने अन्य यात्रीहरु तिमीबाट निकै प्रभावित हुन्थे ।
तिमी निस्फिक्री उनीहरुसँग खेल्थ्यौ । त्यसैले बिछोडिँदा धेरैका आँखा तिम्लाई हेरेर रसाउँथे । सबैले तिम्लाई केही न केही किनिदिन्थे त कसैले तिम्रो हातमा पैसा राखिदिन्थे । तिमीसँग त्यस्तो एउटा चुम्मकिय शक्ति छ ।  तिमीसँग झण्डै एक महिना बिताएपछि घर फर्कँदा तिम्री जिजुआमालाई निकै गाह«ो भएको थियो । भाञ्जी, तिमीलाई बताउँ, तिम्री मावली जिजुआमा निकै ‘बोल्ड’ महिला हुनुहुन्छ । तिमी ममी र हामीहरु हाम्री ममीभन्दा बढि उनै जिजुआमाको समिपमा रहेर हुर्कियौँ । उहाँले कत्ति पढ्नुभएको छैन । तर अनुभव र दुःख–सुखसँग पैँठेजोरी खेल्दा निकै बलियो महिला हुनुभएको हो । सितीमिती वहाँ रोहेको मैले देखेकै थिइन, जुन तिम्लाई काठमाण्डौंमै छाडेर जाँदा देखेँ । म आजकल त्यही भएर तिम्रो घरमा लामो समय बस्न मन लाग्दैन, तिमीसँग रिसाएर होइन कि लामो समय सँगै बसेर फेरी मेरै घर फर्कँदा तिम्रो सम्झनाले झनै पिरोल्छ ।

मैले अघि नै भनिसकेँ, तिमी सानैदेखि ‘मेचुअर’ थियौ । हुन पनि तिम्रो दाँतहरु पाँच महिना नपुग्दै आइसकेका थिए । अहिले त तिम्रा दाँतहरु धेरै नै आइसकेका छन् । आफ्नो शरीर धान्नै नसक्ने अवस्थामै पनि तिमी चारपाउ टेकेर हिड्थ्यौं । सात महिनाकै हाराहरीमा तिमी भित्ता समातेर घरभित्र एउटा कोठाबाट अर्कोमा गइरहन्थ्यौं । तिम्लाई ‘झोलुङ्गे’ त २/३ महिनाभन्दा बढि त चाहिँदै चाहिएन । र तिम्लाई १ महिनाअघि देख्दा त तिमी हिँडिरहेकी थियौ । तिमी बाबासँगै बिहान दुधपसल पुगेर दुध ल्याउन थालिछौ । दुवै हातमा केही न केही बोकेर हिँड्न थालिछौ । तर तिमी जब लड्छ्यौ, तिम्ले आफ्ना दुवै हातमा बोकेका सामानहरु छाड्दिनौ, जसले गर्दा उठ्न तिम्लाई गाह«ो पर्दौ रहेछ । तिम्रा यस्ता धेरै स्वभावहरु निकै प्यारा छन् ।