Tuesday, July 3, 2012

टाढै छ, चरम सुख

आवरण तस्बिर: रवि मानन्धर

ब्राजिलियन उपन्यासकार पाउलो कोहेल्होको चर्चित उपन्यास इलेभेन मिनेट्सकी केन्द्रीय पात्र  मारियाले पटक-पटक प्रेममा धोका पाउँछिन्। परिणामतः मारिया आफूलाई नगरवधुमा रूपान्तरति गर्न बाध्य हुन्छिन्। तर, पुरुष ग्राहकहरूसँगको रतिक्रीडाबाट पनि उनले चरम सुख (अर्गाजम) को अनुभूति पटक्कै गर्न सक्दिनन्। र, अन्त्यमा उनले एक जना लाइब्रेरयिन साथीबाट महिला जनेन्दि्रयभित्र हुने 'जी-स्पट'बारे थाहा पाउँछिन् र आफूले रतिक्रीडामा चरम सन्तुष्टि नपाउनुको तथ्य मनन गर्छिन्।

शयनकक्षमा आँखा अड्याउने हो भने झन्डै-झन्डै  मारियाकै मर्म बोकेर यौन व्यवहार गर्न बाध्य छन्, नेपालीहरू पनि। शयनकक्षमा महिला त चरम सुखबाट वञ्चित छन् नै, यसको अभावले पुरुषलाई पनि उत्तिकै गाँजेको छ। विवाहयोग्य उमेरका पुरुष वा महिलालाई तपाईं कस्तो श्रीमान् वा श्रीमती चाहनुहुन्छ भनेर सोध्ने हो भने प्रायः एउटै जवाफ आउँछ, 'ऊ मलाई बुझ्ने खालको हुनुपर्छ।' यो कुराले जीवनसाथीले शयनकक्षमा चरम सुखको समेत ख्याल राखोस् भन्ने कुरातिर पनि संकेत गररिहेको हुन्छ। अधिकांश दम्पतीबीच रतिक्रीडाका बारेमा खुलेर कुरा हुँदैन । परिवार नियोजनका साधन, दुवैलाई सहज हुने आसन, उपयुक्त समय, कोठाभित्रको वातावरण, प्रकाश आदिको रतिक्रीडाका क्रममा महत्त्वपूर्ण भूमिका हुन्छ। तर, दुःखद पक्ष के छ भने, यौनका मामिलामा पुरुष महिलामाथि हावी रहन्छन् र महिलाले खुलेर आफ्नो राय प्रकट गर्ने परिस्थित  नै बन्दैन।

चरम सुख : कुन चरीको नाम ?

लुक्न नसकेको कुरा के हो भने, नेपाली दम्पती आफ्ना शयनकक्षमा अवसादको दोलाईं ओढेर निदाएको अभिनय गर्न बाध्य छन्। शयनकक्षका तन्ना धेरै फेरिए पनि यौन व्यवहारलाई जीवन्तता दिने विषयमा विचार विमर्श गर्ने जाँगर भने कम चल्ने गरेको देखिन्छ। नेपालीहरूको यौन व्यवहारलाई नजिकबाट नियालेका मनोविश्लेषक, चिकित्सक, परामर्शदाता र अनुसन्धानकर्ताहरूको एउटै राय छ, 'नेपाली दम्पती आफ्नो यौन व्यवहारमा चरम सुखका दिन कहिले आउलान् भनी पर्खिर्एर बसेका छन्।' प्रजनन स्वास्थ्य परामर्शदाता रेखा जोशी यसको कारण खोतल्दै भन्छिन्, "किनभने, नेपाली दम्पतीलाई रतिक्रीडाले उपहार स्वरूप दिने चरम सुख कुन चरीको नाम हो भन्ने नै थाहा छैन।"

विज्ञहरू यौनको चरम सुख अर्थात् अर्गाजम विशेष गरी दुईखाले हुने बताउँछन्, पहिलो क्लिटोरयिल र दोस्रो भेजिनल। क्लिटोरयिल अर्गाजम क्लिटोरसिमा स्पर्श गरेर, रतिसुख दिने सामग्री प्रयोग र हस्तमैथुनबाट प्राप्त गर्न सकिन्छ भने भेजिनल अर्गाजम शारीरकि सम्पर्क योनि र जी-स्पटसँग सम्बन्धित हुन्छ। तर, अध्ययनहरूले क्लिटोरयिल अर्गाजमको अनुभव गर्ने महिला बढी हुने गरेको बताउँछ र उनीहरू यसैमा अभ्यस्त हुन रुचाउँछन् पनि। जब दम्पतीले आफ्नो शयनकक्षमा यी विधिहरूको प्रयोग गर्न प्रारम्भ गर्छन्, तब चरम सुखको सुगन्ध फैलिन बेर लाग्दैन। तर, यसमा दम्पतीले एकअर्कासँग चरम सुखका बारे छलफल नचलाउँदा समस्या निम्तिने गरेको छ। जस्तो: महिलाहरूको यौन तथा यौनिकताबारे उल्लेख गरिएको न्युयोर्क टाइम्सको एक बेस्टसेलर पुस्तक सी कम्स फस्र्टमा अमेरिकी यौन परामर्शदाता इयान केर्नरले चरम सुखका लागि शारीरकि सहवास हुनैपर्छ भन्ने मान्यता अस्वीकार गरेका छन्। त्यसमा चरम सुख वस्तुगत कम र बढी मनोवैज्ञानिक पक्षसँग जोडिएको दाबी गर्दै त्यसलाई मुखमैथुन र यौनिक कल्पनाबाट समेत प्राप्त गर्न सकिने भनिएको छ। त्यसैले कतिपय महिला श्रीमान्सँगको शारीरकि सम्बन्धबाट चरम सुख प्राप्त गरेको झूटो बोलेर अन्य माध्यमबाट त्यसको अनुभव गर्छन्। थुप्रैले यौनिक फिल्म हेरेर र हस्तमैथुनको मिश्रणबाट त्यसको अनुभव गररिहेका हुन्छन्।


अधिकांश दम्पतीहरूलाई वैवाहिक जीवनको लामो समयपछि पनि चरम सुखका बारेमा समुचित र सही जानकारी हँुदैन। द्विविधा तथा लाजका कारण अधिकांश दम्पती रतिक्रीडाको चरम सुखबाट वञ्चित रहन्छन्। चरम सुखको अनुभूतिलाई परिवार एवं समाजले गोप्य र रहस्यपूर्ण बनाइदिएकाले पनि यस विषयमा दम्पतीबीच त खुला छलफल हुँदैन  भने उनीहरूले यस विषयमा सुझाव तथा जानकारी लिने विषयमा अलमल हुनु आफैँमा अस्वाभाविक होइन। सुझाव लिने स्थिति आइहाले पनि त्यसको विवेकपूर्ण जवाफ आउँछ भनेर आशा गर्ने ठाउँ पनि न्यून छ।

विज्ञहरूको अनुभवमा शयनकक्षमा रतिक्रीडाबाट प्राप्त हुने चरम सुखबाट पुरुषको तुलनामा महिला अझ बढी ठगिएका छन्। "पुरुषले के कुरा बुझ्नुपर्छ भने रतिक्रीडाका बेला महिलामा रतिभाव पुरुषको जस्तो तुरुन्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन। रतिभाव बिस्तारै प्रारम्भ हुने भएकाले महिलाहरूमा प्राक्क्रीडा लामो समयसम्म चलिरहोस् भन्ने चाहना हुन्छ," काउन्सिलर जोशी भन्छिन्, "तर, पुरुष यो मामिलामा उत्तरदायी देखिँदैन, सामान्य सुखलाई नै उसले चरम सुख ठान्छ र आफ्नो यौनसाथीले पनि आफू बराबर सुख प्राप्त गर्‍यो भन्ने ठान्छ। तर, यथार्थमा यस्तो भइरहेको हुँदैन। यही कारण अधिकांश महिलाको जीवनमा चरम सुखको अनुभव जहिले पनि आकाशको फलजस्तो रहस्यमय बनिरहन्छ।" उनका अनुसार पुरुष थोरै समझदार, संयम र अलि बढी प्रयास गर्न तत्पर रहे हरेक दम्पती रतिक्रीडालाई आनन्दको उत्कर्षमा पुर्‍याउने क्षमता राख्छन्।

समाजशास्त्री प्रभा कैनी नेपाली दम्पतीहरूको यौन जीवनका सम्बन्धमा आफूले गरेका केही अनुसन्धानको सारमा पितृसत्तात्मक जगमा उभिएको नेपाली समाजमा यौनका मामिलामा महिला बढी प्रताडित भएको बताउँछिन्। उनको अनुभवमा मागी विवाहमै बढी विश्वास गर्ने र अधिकांश धार्मिक अनुष्ठानमा महिलालाई तल्लो दर्जाका रूपमा हेर्ने हाम्रो समाजमा महिलालाई सहजै सामाजिक रूपमा खुलापन अँगाल्न दिइँदैन। परिणाम, समस्या दम्पतीको शयनकक्षसम्म पुग्छ। बिहेका बेला आमाबाबुले 'पाले पुण्य, मारे पाप' भनेर कन्यादान गर्नेजस्ता रूढ मानसिकताले पकड जमाएको हुँदा पुरुषमा महिला भनेका 'दासी' हुन्, जसलाई जहाँ, जसरी र जतिबेला पनि वस्तुसरह उपयोग गर्न सकिन्छ भन्ने अहंकार जन्माएको छ। भन्छिन्, "जसका कारण रतिक्रीडामा पुरुष र महिला दुवैको बराबर आवश्यकता र भूमिकाको बोध हुँदा हुँदै पनि महिला नै बढी पिल्सिन पुग्छन्। वैवाहिक बलात्कारका घटना जन्मनुको कारण पनि यसैभित्र लुकेर बसेको छ।"

महिलाहरू जबसम्म सामाजिक रूपमा बलिया हुँदैनन्, यस्ता घटना जानी-नजानी भइरहेका हुन्छन्। महिलाहरू आफ्नो जन्मे-हुर्केको थलो छाडेर पराइको घरमा पुगेको अवस्थामा त्यसै त कमजोर अवस्थामा हुन्छन्, त्यसमाथि उसको धर्म नै श्रीमान्लाई तृप्त गराउन गएजस्तो पारिन्छ र उनीहरू जानेर वा नजानेर आफ्नै श्रीमान्बाट हुने बलात्कार सहन बाध्य हुन्छन्। श्रीमान्हरूमा समेत श्रीमतीको घरव्यवहारमा कम भूमिका देख्दा उसलाई दबाउने मानसिकता जन्मन्छ र क्रीडाअघि उसलाई मनाउन आवश्यक देख्दैनन्। महिलाको सामाजिक हैसियत कमजोर भएकाले उनीहरू 'आज आवाज उठाए, भोलि कहाँ जाने' भन्ने हीन मनोभावबाट पीडित छन्। "वैवाहिक बलात्कार ठूलो सामाजिक धरातलमा उब्जिएको समस्या भएकाले यसको समाधान कानुनी उपचार मात्र अन्तिम हुन सक्दैन। यसका लागि हामीमा जमेर बसेको मूल्य र मान्यता नै भत्काउन आवश्यक छ," कैनी भन्छिन्।

भनिन्छ, महिलाका लागि उसको जीवनमा आउने पुरुषभन्दा पनि उसको पुरुषत्व बढी महत्त्वपूर्ण हुन्छ। तर, रमाइलो कुरा के छ भने नेपाली महिलाले पहिला आफ्ना लागि आरक्षणको प्रतिशत बढाउनुपर्ने माग गर्ने कि शयनकक्षमा देहसुखमा आफ्नो भागको खुसी खोज्ने ? समस्या महिलामा पनि छ, उनीहरूले आफ्ना श्रीमान्सँग चरम सुखका बारेमा खुलेर कुरै गरेको भेटिँदैन। न त पुरुषले नै आफ्नी श्रीमतीले चरम सुख प्राप्त गरनि् कि गरनिन् भनेर सोध्ने आँट नै गर्न सक्छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत प्रा डा दिनेश विनोद पोखरेलका अनुसार आधारभूत रूपमा महिला र पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ तर पनि केही कुरामा भने भिन्नता देख्न सकिन्छ। यदि चरम सुखको चरणपछि पनि उत्तेजना निरन्तर रूपमा रहिरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरम सुख पाउन सक्छन्। पुरुषहरूमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्त्वपूर्ण फरक पुनःतयारी हो। पुरुषहरू रतिक्रीडापछि फेर िकेही समयका लागि उत्तेजित हुन सक्दैनन्। तर, हामीकहाँ पूर्वछलफल र तयारी हुन नसक्दा आनन्द प्राप्तिबाट महिला-पुरुष दुवै वञ्चित भइरहेका छन्। त्यसका लागि एकअर्काप्रति सद्भाव राख्ने, एकअर्कालाई बुझ्ने र कसरी सन्तुष्टि दिन सकिन्छ भन्ने ज्ञानको अभाव हामीकहाँ छ। प्रकृतिको स्वणिर्म वरदान मानिने देहसुखलाई आफ्नो वैवाहिक जीवनमा विवेकपूर्ण ढंगले उपयोग गर्न नसकिरहेका नेपाली दम्पती कतै शारीरकि नभई मानसिक नपुङ्सकताको सिकार त भइरहेका छैनन् ?

सारा समस्याको जड

नेपाली दम्पती अभिसाररत रहँदा उनीहरूबीच अरू तत्त्वको पनि अदृश्य उपस्थिति हुन्छ। त्यहाँ ग्लानि, चिन्ता र पश्चात्ताप पनि हुन्छ। रतिक्रीडा भावनात्मक कम, यान्त्रिक बढी भइदिनाले त्यसले शारीरकि र मानसिक समस्या उब्जाएको देखिन्छ। डा पोखरेलले झन्डै सात सय दम्पतीमाथि गरेको एक अध्ययनले मानसिक तनावजडित समस्याको जड गएर यौनव्यवहारमा भोगेका चरम असन्तुष्टिसँग ठोक्किएको निष्कर्ष निकालेका थिए। अध्ययनको निष्कर्ष थियो, बिहेपूर्व आफ्नो भावी जीवनसाथीप्रति बनाइने धारणाविपरीत जीवनसाथीलाई समागमका बेला कमजोर पाउँदा 'डिप्रेसन' पैदा गर्ने गरेको छ। पुरुष भने विविध विकल्पतिर लाग्ने हुँदा यस्तो डिप्रेसनको मात्रा उनीहरूमा कम छ।

डा पोखरेलका अनुसार महिलाको शारीरकि विशिष्टताले गर्दा कतिपय अवस्थामा उनीहरूमा यौन इच्छा भइदिँदैन, त्यसको हेक्का श्रीमान्ले राख्नुपर्छ। उनीहरूले यौनक्रीडाप्रति वितृष्णा जगाइरहेका बेला थुप्रैपटक पुरुषहरूले जबरजस्ती सम्पर्क राखिरहे भने त्यसको असर स्वरूप अन्ततः महिलाहरूमा यौन चाहना कम हुँदै जान्छ। र, उनीहरूमा रसि उठ्ने, र्झकनेजस्ता समस्या देखिन्छन्। त्यति मात्र होइन, उनीहरूमा एकाग्रता हराउनेदेखि लिएर विभिन्न कुलतमा समेत फस्न सक्छन्, जसले हुँदै नभएको समस्यालाई झन् विकराल रूप दिन पुग्छ। महिलाहरूले आफ्ना भित्री कुरा पुरुषजसरी अरूसँग व्यक्त गर्न नसक्ने हुँदा उनीहरूमा डिप्रेसनको मात्रा बढी हुन्छ। यस्तो अवस्थामा टाउको दुख्ने, ढाड दुख्ने, भोक नलाग्ने, अल्छीपनाजस्ता समस्या देखिन्छन्। "हामीकहाँ यौन सम्पर्कलाई वस्तुगत रूपबाट मात्र हेर्ने चलन छ, जसले गर्दा मानसिक रूपमा तयारै नभई दम्पती रतिक्रीडामा उत्रन्छन्," डा पोखरेल भन्छन्, "नितान्त पति-पत्नीबीचको भावना साटासाटको थलो बन्नुपर्ने शयनकक्षमा व्यावसायिक, पारविरकिलगायत विविध समस्या पुर्‍याउँदा रतिक्रीडाका लागि बन्नुपर्ने माहोल बन्दैन र त्यसको असर चरम सुखको अभावमा गएर टुंगिन्छ।"

यही चरम सुखको अभावले दम्पतीमा देखिने शारीरकि समस्याका बग्रेल्ती केस चिकित्सककहाँ पुगिरहेका छन्। तर, यसले त्यसभन्दा पनि भयावह समस्या समाजमा निम्त्याएको छ। रक्षा नेपालकी अध्यक्ष मेनुका थापा पनि स्वीकार्छिन्, "चरम सुखको अभावकै कारण समाजमा समस्याका चाङ लाग्न थालेका छन्।" थापाको भनाइमा हाम्रो समाजमा हुने धेरैजसो महिला तथा कतैकतै पुरुषमाथिका घरेलु हिंसाका पछाडि समेत सारभूत रूपमा चरम सुखको अभाव नै कारक देखिएको छ। महिला वा पुरुष दुवैको घरेलु हिंसाको कारण अतृप्त यौन नै हो भन्ने कुरा स्वीकार नगरे पनि शयनकक्षभित्रको असन्तुष्टिकै जगमा अन्य समस्या उभिएका देखिन्छन्।

यौन असन्तुष्टिले घरभित्र मात्र होइन, समाज र उनीहरूको कार्यक्षमतामा पनि नकारात्मक प्रभाव पाररिहेको छ। परपुरुष सम्बन्ध, परस्त्री सम्बन्ध, बहुविवाह र पारपाचुके यसैका परिणाम हुन्। मसाज सेन्टर वा डान्स बारका नाममा अवैध कोठीहरू चलिरहेको अवस्थाले सकारात्मक सन्देश दिँदैन। जस्तो कि, प्रहरीले छापा मारेका कोठीहरूमा पक्राउ पर्नेहरूमा अधिकांश विवाहित नै हुन्छन्। मसाज सेन्टर र डान्स बारहरूमा पनि उमेर ढल्किएका नै बढी पुग्ने गरेका छन्। अश्लील फिल्मका डीभीडी खरदिमा पनि विवाहितहरूकै वर्चस्व हुनुले पनि शयनकक्षभित्र दम्पतीले पाउन नसकेको चरम सुखतिरै संकेत गर्छ। "नगरवधुबाट सेवा लिनेहरू अधिकांश विवाहित पुरुष छन्। अर्थात्, उनीहरू आफ्ना श्रीमतीबाट सन्तुष्ट छैनन् वा उनीहरूले पनि आफ्नी श्रीमतीलाई सन्तुष्टि दिन सकेका छैनन्," बाध्यात्मक देहव्यापारमुक्त अभियानमा सक्रिय थापा भन्छिन्," त्यो पैसा तिरेर किनिएको सुख हो, जुन आफँैमा टिकाउ हुने कुरै हुँदैन।"

हालै मात्र सिन्धुपाल्चोकमा सुत्केरी अवस्थाकी श्रीमतीमाथि श्रीमान्ले जबरजस्ती सम्पर्क गर्न खोजेपछि उनले प्रतिरक्षा स्वरूप हत्या नै गरिन्। कतै श्रीमती बिरामी हुँदा वा कतै उसको इच्छा नहुँदा समेत श्रीमान्ले आफ्नो मात्र आवश्यकता हेरेर सम्बन्ध बनाउन खोजिरहेका हुन्छन्। सम्पर्कअगाडि कुट्नेजस्ता विभिन्न शारीरकि तथा मानसिक शोषणबाट समेत थुप्रै महिला प्रताडित हुन थालेका छन्। यसको असर प्रत्यक्ष/अप्रत्यक्ष रूपमा गएर सम्बन्ध विच्छेदको अवस्थासम्म पुगेको हुन्छ। अधिवक्ता मीरा ढुंगाना भन्छिन्, "अन्य विविधखाले कारण देखाउँदै सम्बन्धविच्छेद गर्न खोज्ने थुप्रै महिलाको जड कारण श्रीमान्सँगको असन्तुष्टि नै हो।" अधिवक्ता ढुंगानाले संकेत गरेको कुरा त्यही नै हो, रतिक्रीडामा जन्मिने असन्तुष्टि। जब वैवाहिक जीवनमा सम्बन्ध हिंसाको रूपमा उत्रन्छ, त्यस सम्बन्धको कुनै मर्यादा र मान्यता रहँदैन। केहीमा डिप्रेसनकै कारण अदृश्य मानसिक रोगहरू देखिन्छन्। "तर, त्यसको उपचारका लागि श्रीमतीले भनेमा झन् समस्या सिर्जना हुने भयले त्यसो गर्दैनन्," वैवाहिक बलात्कारलगायतका यस्ता थुप्रै मुद्दा हेरिराखेकी अधिवक्ता ढुंगाना भन्छिन्, "महिला रतिक्रीडाको उत्तिकै हिस्सेदार हो भन्ने तथ्य हाम्रो संस्कारले आत्मसात् गर्न नै सिकाएन।"

समस्या कहाँ छ भने श्रीमान्ले आफ्नो यौन अधिकारको कुरा त गर्छ तर उसले त्यही अधिकार आफ्नी श्रीमतीमा पनि छ भन्ने स्वीकार गर्नै सक्दैन। पुरुष यौनका मामिलामा पनि शक्तिशाली हो र महिलालाई सन्तुष्टि दिने सम्पूर्ण दायित्व उसैको हो भन्ने मानसिकता समस्याको प्रमुख जड देखिन्छ। जुन दिन विवाहित महिलाले देहसुख पनि अरू वस्तुजस्तै किन्न सक्ने गरी स्वतन्त्रता पाउने छन्, त्यतिबेला घरघरमा यौन तनाव मात्र होइन, नैतिक मूल्य पनि रसातलमा पुग्नेछ। त्यसका प्रारम्भिक संकेतहरू पनि देखिन थालिसकेका छन्। जोडीसँग देहसुखको अभाव भएपछि राजधानीलगायत प्रमुख सहरी क्षेत्रमा व्यावसायिक रूपमा देहसुख दिने पुरुष -जिगोलो)हरूको कारोबार फस्टाइरहेको छ। श्रीमान् परदेशिएका मात्र होइन, श्रीमान्बाट असन्तुष्ट कतिपय महिलाले यस्ता जिगोलोको सेवा लिन अब कुनै फलामको चिउरा चपाउनुपर्ने स्थिति छैन। यसले के देखिन्छ भने आफ्नी श्रीमतीमा कम चाख राख्ने विवाहित पुरुषहरू नगरवधुको खोजीमा भौँतारएिजस्तै विवाहित महिलाहरूले पनि विकल्प खोज्न सुरु गरसिकेका छन्।

अर्को उदाहरण हेरौँ, काठमाडौँको न्युरोडस्थित सेक्स टोयहरूको पसल 'स्विट सेक्रेट'मा हालैको एक मध्याह्न पुग्दा त्यतिसारो चहलपहल थिएन। तर, यसका प्रोपाइटर मञ्जित पौडेल भने बेफुर्सदिला थिए। अनलाइन र फोनबाट गरएिका अर्डरका आधारमा उनले विभिन्न सेक्स टोयहरू ग्राहकमाझ पठाउँदै थिए। पौडेलका अनुसार, यसरी अनलाइन अर्डर गर्नेहरूमा धेरैजसो विवाहित महिला छन्, जो आफ्ना श्रीमान्बाट टाढा छन् वा साथै भईकन पनि रतिक्रीडाबाट चरम सुख लिन सकिराखेका छैनन्। सेक्स टोयप्रति महिला-पुरुष दुवैको बढ्दो उपयोगिताले दम्पती देहसुखबाट वञ्चित छन् भन्ने संकेत गर्छ। यौन असन्तुष्टिलाई गुम्स्याएर राख्दाराख्दै महिलाको उमेर ढल्किन्छ। त्यस्ता महिला कि परपुरुषसँग सम्बन्ध राख्न पुग्छन्, कि पहिलो पति त्यागेर दोस्रो विवाह गर्छन्, कोहीकोही त आत्महत्याकै तहमा ओर्लन्छन्। तर, ठूलो पंक्ति आफ्नो भाग्यलाई दोष दिन चुक्दैन। विवाहित पुरुषलाई अरूका श्रीमती र विवाहित महिलालाई अरूका श्रीमान् मन पर्नुको मनोविज्ञान पनि दम्पतीले पाउन नसकेको देहसुखसँगै जोडिन पुग्छ। सन्तानचाहिँ आफनै मन पर्ने तर श्रीमान् वा श्रीमती अरूका मन पर्नुको कारण त्यही अतृप्त चाहना नै हो।

अधिकांश नेपाली दम्पती चरम सुखको चास्नीमा डुब्न नसक्नुका पछाडि हाम्रा सामाजिक मूल्य, मान्यता र आदर्श पनि उत्तिकै जिम्मेवार छन्। छोरा र छोरीमा भेद हुनु र छोरालाई मर्दको उपमा दिनु अनि छोरीलाई लजालु बनिराख्न सिकाउनाले पनि समस्या निम्त्याएको बताउँछिन्, मनोविश्लेषक करुणा कुँवर। घरपरविार र समाजले बालबालिकाको यौन व्यवहारलाई वर्जित विषय बनाउनु र त्यसमा जिज्ञासु हुन खोज्दा उल्टो नकचरो र नकचरीको संज्ञा दिनुले पनि यौनका विषयमा महिला मात्र होइन, पुरुषसमेत खुल्न सकिरहेका छैनन्, त्यसको असर वैवाहिक जीवनमा पर्छ। "चरम सुखको अभावमा दम्पती पिल्सिनुको कारण पनि यही हो किनभने यसमा दम्पतीबीच सामान्य छलफल हुन सक्दैन र एकअर्कालाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने प्रयास गरिन्छ," मनोविश्लेषक कुँवर भन्छिन्, "कुण्ठाको यो घैँटो आखिर कुनै न कुनै बेला फुट्छ र त्यसले परविारदेखि समाजसम्म विभिन्न विकृति निम्त्याउँछ।"

समाधानको सूत्र

रतिरागबाट प्राप्त हुने ऊर्जाले जीवनलाई नै गतिशील बनाउन सहयोग पुर्‍याउँछ। त्यसैले आचार्य रजनिशले भनेजस्तै चरम सुख प्राप्तिका लागि शारीरकि सम्बन्धलाई साधनाका रूपमा अपनाउनुका साथै रतिक्रीडालाई साधनका रूपमा लिने वा त्यसलाई साक्षी भावमा कलात्मक शैलीले उपभोग गर्ने हो भने ओछ्यानबाट उत्पन्न हुने अधिकांश समस्या समाधान हुन सक्छन्। आफ्नो यौन व्यवहारलाई यान्त्रिक र जटिल बनाउनुभन्दा पनि प्रेम र कलाका रूपमा प्रयोग गर्न सकिए रूपमा देखिने विकृति पाखा लाग्न सक्छन्। किनभने, समस्या वा विकृतिका कारकहरू रूपमा बेग्लै देखिए पनि सारमा त्यसका जरा रतिक्रीडामा दम्पतीले पाउन नसकेको चरम सुखमै गएर ठोक्किन्छन्।

वास्तविक चरम सुख त्यतिखेर मात्र प्राप्त हुन्छ, जतिखेर दुवैले यौनक्रीडामा उत्तिकै आनन्द प्राप्त गर्न सक्छन्। त्यसका लागि दुवैले केही त्याग गर्नु आवश्यक हुन्छ। जस्तो: कुनै रातको सम्पर्क श्रीमान्को सुखका लागि समर्पित गर्ने र अर्को रात श्रीमतीका लागि श्रीमान्ले समर्पण गर्दा तालमेल बढ्दै जाने। यसबाट चरम सुख आकाशको फलजस्तो नरहने यस क्षेत्रका विज्ञहरू बताउँछन्।

त्यस्तै यौन सम्पर्कका बेला प्राक्क्रीडा र दुवैलाई मैत्रीयुक्त हुने आसन र अन्य शैलीको प्रयोग गर्दा जोडीलाई चरम सुख प्राप्त गर्न सहज हुन्छ। जस्तो: 'भेजिनल सेक्स' र 'ओरल सेक्स'को समिश्रणसाथ सम्बन्ध कायम गर्ने जोडीहरू नै चरख सुखको नजिक पुग्न सक्छन्। त्यसो गर्दा यौन सम्पर्कको अवधि पनि बढ्छ, जसले शयनकक्षलाई अरू रमाइलो र वातावरण अरू रसिलो बनाउँछ। अर्कोतर्फ जतिजति उमेर बढ्दै जान्छ, चरम सुख प्राप्त गर्ने अवसर पनि बढी हुने गरेको अध्ययनहरूले देखाएका छन्। त्यसो हुनुमा त्यसबेलासम्म जोडीहरूको अनुभव बढिसकेको हुन्छ, जसले उनीहरूमा आत्मविश्वास पनि बढाउँछ।

आफ्नोभन्दा दोस्रो पक्षको सन्तुष्टि र आनन्दलाई प्राथमिकता दिए, खुलेर कुराकानी गरे, दोस्रो पक्षको संकोच कम हुन्छ र दम्पतीले आफ्नो रतिक्रीडालाई चरम सुखको उत्कर्षमा पुर्‍याउन सक्छन्। विवाहपछिको यौनजीवनलाई रसपूर्ण बनाउन यसलाई कला अनि जीवनपद्घतिका रूपमा बुझेमा रतिक्रीडाबाट सन्तुष्टिको
पुष्पवृष्टि हुन्छ।

सेक्सटोयको हाइहाइ

सेक्स टोय सर्वसुलभ रूपमा नेपाली बजारमा भित्रिएको दुई वर्ष मात्र भयो । 'स्विट सेक्रेट’ र 'कन्डम हाउस’ले काठमाडौँसहित पोखरा, इटहरी, धरान, नारायणगढमा सेक्स टोय बिक्री गर्छन्, जसलाई किन्नेमा अविवाहितभन्दा पनि विवाहितहरूकै वर्चस्व रहेको बिक्रेताहरू बताउँछन् । सेक्स टोयका बिक्रेता कन्डम हाउसका मार्केर्टिङ् म्यानेजर विवेक न्यौपानेका अनुसार उपलब्ध सेक्स टोयहरूमा महिला/पुरुषको यौनांग सबैभन्दा बढी बिक्री हुने गरेको छ । यहाँ अहिले विभिन्न आकार र सुविधासहितका कृत्रिम लिंग उपलब्ध छन्, जसमध्ये अधिकांश महिलाको आकर्षण 'भाइब्रेटर’ र 'रोटेस्नल’ सुविधा भएका सेक्सटोयमा देखिन्छ । सिलिकनबाट बन्ने त्यस्ता टोय यौनांगमा प्रयोग गर्दा प्रायः 'लुबि्रकेन्ट’को प्रयोग गरिन्छ । उता पुरुषहरूका लागि समेत विभिन्न खाले योनिहरू उपलब्ध छन्, जसलाई यौन सम्पर्कबाहेक मुखमैथुनजस्ता प्रयोजनका लागि समेत प्रयोग गरिने हुँदा यसतर्फ पुरुषहरूको आकर्षण बढी छ । प्राकृतिक यौन सम्पर्ककै बखतसमेत कतिपय अवस्थामा यस्ता टोयहरूको प्रयोग प्राक्क्रीडाका लागि उपयोग गर्न सकिन्छ । 'स्विट सेक्रेट’का प्रोपाइटर मञ्जित पौडेलका अनुभवमा प्राकृतिक रूपमै यौन सम्पर्क राख्नेहरू पनि चरम आनन्दसम्म नपुग्दै बीचमा शिथिल भइदिएमा त्यसपछिको अवस्थाका लागि सेक्स टोयहरूको साथ लिन्छन् ।

प्रायः महिलाहरूले यस्ता सामग्रीहरू अनलाइन वा फोनबाट अर्डर गर्ने गरेको र लिने बेलामा समेत माक्स तथा हेलमेटले अनुहार लुकाएर लिने गरेको अनुभव छ, बिक्रेताहरूको । पुरुषहरूका लागि केही रिंगसमेत छन्, जसको प्रयोग प्राकृतिक यौन सम्पर्ककै क्रममा गरिन्छ । यसले यौन अवधिलाई केही लम्ब्याउँछ । पुरुषका लागि महिलाको सिंगै शरीर आकारको टोयसमेत नेपाली बजारमा उपलब्ध छ । ग्राहकले आफ्नो रोजाइ अनुसार बजारमा १ हजार ५ सय रुपियाँदेखि १७ हजार रुपियाँसम्म पर्ने टोयहरू भेट्टाउन सक्छन् ।

कामसूत्र : महिलाका लागि अनुपयुक्त

वात्स्यायनले झन्डै दुई हजार वर्षअगाडि लेखेको रतिकलाको पुस्तक कामसूत्रमा रहेका ६४ आसनमध्ये चारवटा मात्र महिलाको चरमसुखका लागि अनुकूल रहेको दाबी भारतको केरला राज्यकी लेखिका केआर इन्दिराले गरेकी छन्। उनको भनाइमा बाँकी ६० वटा आसन पुरुषमैत्री मात्र छन्। पुरुष माथि, महिला माथि, पुरुषको काखमा महिला र आमने-सामने भएर गरिने आसनहरू मात्र महिलाका लागि अनुकूल रहेको उनको दाबी छ। त्यसबाहेकका आसन प्रयोग गर्दा त्यो महिलाका लागि आनन्ददायक कम, पीडायुक्त बढी हुन्छ। उनले आफ्नो अध्ययन र तर्कसहितको महिलाका लागि कामसूत्र पुस्तक हालै मात्र सार्वजनिक गरेकी छन्। महिलाको सामाजिक अवस्था राम्रो नहुँदाकै अवस्थामा लेखिएको उक्त पुस्तक 'पुरुषको, पुरुषद्वारा र पुरुषका लागि' गरिने कार्यका रूपमा यौनलाई व्याख्या गरिएको उनको गुनासो छ। पुस्तकमा पुरुषको सक्रिय यौन उमेर भनेर १६ देखि ७० वर्षसम्म बताइए तापनि महिलाको हकमा केही नभनिएकामा पनि उनको चित्त दुखाइ छ। महिलाहरूमा रतिरागको चाहना पुरुषको भन्दा आठ गुणा बढी हुने हुँदा उनीहरूले 'भेजिनल सेक्स' बाट मात्र चरम सुख पाउन नसक्ने र पुरुषहरूले समेत बिरलै महिलालाई सन्तुष्ट पार्न सक्ने उनको कथन छ।

वैवाहिक बलात्कारको अदृश्य अपराध


  • एक छोरा र दुई छोरीकी आमा बनिसकेकी आफ्नी श्रीमतीलाई ज्वरो आइरहेको अवस्थामा पटक-पटक इच्छाविपरीत यौन सम्पर्क गरेपछि ३३ बर्षिया श्रीमतीको उजुरीका आधारमा मकवानपुरको चुरमाईस्थित उत्तरपानीका ३६ वर्षे पुरुषलाई प्रहरीले पक्राउ गर्‍यो।
  • नेपाल प्रहरीको उच्च ओहोदामा रहेका एक अधिकृतले काठमाडौँमै उपचारका क्रममा योनिबाट पाइप लगाएकी श्रीमतीको पाइप नै झिकेर यौन सम्पर्क गर्न खोजेपछि श्रीमतीले कानुनी उपचार खोजिन्।
  • काठमाडौँको एक सरकारी विद्यालयमा पढाउने शिक्षिकाले आफ्नो थकानपूर्ण दैनिकीका बीच पनि दिनहुँ आफ्नो इच्छाविपरीत प्राध्यापक श्रीमान्बाट बलात्कृत भइरहँदा अन्ततः पाठेघर खस्ने समस्या झेल्न पुगिन्।
  • भक्तपुर, कमलविनायकका ३५ बर्षिय एक पुरुषले आफ्नी श्रीमतीलाई विगत १२ वर्षदेखि बलात्कार, अप्राकृतिक यौनक्रीडा तथा यातना दिने गरेको श्रीमतीकै उजुरीका आधारमा मुद्दा चलेको थियो।
वैवाहिक बलात्कारका यी केही उदहारण हुन्, जुन प्रकाशमा आए। तर, बाहिर आउनै नसक्ने थुप्रैको समस्याका रूपमा यो हाम्रो समाजमा रहिआएको छ। धेरैले यसलाई अत्यन्त भित्री कुरा भन्दै बाहिर ल्याउनै खोज्दैनन्। यी घटनाले दम्पतीका ओछ्यान कतिसम्म उराठ बन्दै गइरहेका छन् भन्ने प्रस्ट संकेत गर्छन्।

"हामीकहाँ बिहे भनेको सेक्सका लागि लाइसेन्सजस्तो सोचिन्छ," अधिवक्ता सपना प्रधान मल्ल भन्छिन्, "त्यसरी नै वैवाहिक बलात्कारसमेत सामान्य कुटपिटझैं त हो नि भन्ने पुरुष दम्भले काम गरेको छ।" यद्यपि, यससम्बन्धी कानुन बन्नुपूर्व बलात्कारको व्याख्यामा 'आफ्नो श्रीमानबाहेकले' भन्ने जनाउँथ्यो। त्यसरी सामाजिक र कानुनी रूपमै महिलाहरू समस्यामा परेपछि परेको सार्वजनिक सरोकारको रटि अन्तर्गत कानुन बन्नुपर्ने मागका पक्षमा ०५९ सालमा सर्वोच्च अदालतले फैसला सुनाएको थियो। अहिले वैवाहिक बलात्कारका यस्ता घटनामा तीनदेखि छ महिनासम्म कैद, २५ हजार रुपयाँसम्म जरिवाना वा दुवै हुन सक्ने कानुनी व्यवस्था छ। तर, धेरै सामाजिक असुरक्षाकै कारण कानुनी प्रक्रियासम्म पुग्नै चाहँदैनन्। कानुन कमजोर भएका कारण श्रीमान्विरुद्ध मुद्दा हालेकै खण्डमा समेत ऊ जरविाना तिरेर वा छोटो सजाय भोगेर पुनः र्फकने हुँदा उपलब्ध कानुनले पूर्णतः काम गर्न नसक्ने अवस्था छ। सामान्य बलात्कार र वैवाहिक बलात्कारबीच सजायमा रहेको ठूलो भिन्नतालाई समायोजन गर्न ०६५ सालमा निर्देशनात्मक आदेश दिए तापनि त्यसमा हालसम्म कुनै उल्लेख्य प्रगति हुन सकेको छैन।

चरम सुख 'जी-स्पट’मा

विख्यात स्त्रीरोग विशेषज्ञ जर्मन चिकित्सक अस्र्ट ग्राफेनवर्गले ६२ वर्षअघि औँल्याएको जी-स्पटका बारे कमै दम्पतीलाई जानकारी होला । महिलाको जनेन्दि्रयको भित्र हुने एक संवेदनशील भाग जी-स्पट रतिक्रीडाका क्रममा चरम सुख दिन उपयोगी हुन्छ । यसको ठ्याक्कै भूमिका के हो भन्नेबारे प्रजनन स्वास्थ्यका विज्ञहरूबीच विभिन्न मतमतान्तर रहे तापनि रतिक्रीडाका क्रममा यसमा स्पर्श हुँदा महिलाहरू सुखको शिखरमा पुग्ने कुरामा भने कुनै विवाद छैन । तर, अवसादको कुरा के हो भने हामीकहाँ यस्ता कमै दम्पती होलान्, जसले जी-स्पटबारे खुलेर कुरा गर्छन् र आफ्नो यौन जीवनलाई उपयोगी बनाउँछन् ।

(तस्विरहरु मोडलिङमा आधारित हुन् । मोडलहरुः ज्यास्मिन तामाङ र विष्णु सुवेदी )

1 comment: