प्रकाश लामाको घर काभ्रेपलाञ्चोक जिल्लाको चुखाबेसीमा छ । बिकट पहाडमा पर्ने भएकोले त्यस गाउमा दिनहू पत्रपत्रिका पुग्दैनन् । गाउमा दैनिक मोटर पुग्नेगरी बाटो नबनिसकेकाले पनि त्यसो भएको हो । तर उनीहरु आफ्नै गाउ“मा भित्ते पत्रिका बनाउछन् । स्कुलमा टास्छन् ।
प्रकाश त्यसो गर्ने एक्ला भने होइनन् । उनीहरुको सुनकोशी बाल क्लबका सदस्यहरु मिलेर मासिक रुपमा ‘बाल संसार’ बाल भित्ते पत्रिका निकाल्ने गर्छ । प्रत्येक महिनाको १ गते बिद्यालयको सूचना पाटीमा टासिने पत्रिकाको तयारी भने उनीहरुले १ हप्ता अघिदेखि गर्छन् । महिनाभर संकलन भएका साथीभाइका रचनाहरु शिक्षकस“ग मिलेर छनौट र छाटकाट पनि गर्छन् ।

उसो त काभ्रेपलाञ्चोक जिल्लाकै चोरटारमा पर्ने श्री जनजागरण बाल क्लबले पनि महिनै पिच्छे ‘संगालो’ बाल भित्तेपत्रिका निकाल्छ । ‘हामीले एक पटकमा ५ वटा पत्रिका बनाउछौं’, सम्पादक जलकमान दोङ्गले भने, ‘स्कुलमा मात्र नभएर हाम्रो पत्रिका धेरैजना जमघट हुने चियापसल र गाबिसको कार्यालयमा समेत टा“सिन्छ ।’ पत्रिका बनाउन उनीहरुको पालो गरेर प्रत्येक अंकका लागि ९ जनाको टोली बन्छ । बिद्यार्थी र बालक्लबका सदस्यहरुका कथा, कविता, चुटकिला, निबन्धजस्ता बाल सिर्जना छापिनु त छंदैछ, त्यसबाहेक बाल क्लब र बिद्यालयका गतिविधिहरु समाचारका रुपमा छापिन्छन् । ‘गाउ“मै वा अन्य ठाउमा भएका बालबालिका सम्बन्धी राम्रा÷नराम्रँ कुराहरुले पनि हाम्रो पत्रिकामा ठाउ पाउछन् ।’, ‘आजको समाचार’ भित्ते पत्रिकाकी मनिषा परियारले भनिन् । उनको ज्योति बाल क्लबले भने १५-१५ दिनमा पत्रिका प्रकाशन गर्ने गर्छ ।


आखिर उनीहरुले कसरी भित्तेपत्रिका प्रकाशन गर्न सिके त ? ‘बाल क्लबको कार्यक्रममा गाउ“बाहिर जा“दा अरुको सुनेर र देखेर जानेका हौं’, भुमेथानास्थित ‘नया“ चेतना’ भित्तेपत्रिकाका निरज मैनालीले भने, ‘अरु त काम गर्दै जा“दा आफै सिकेका छौं ।’ हुन पनि उनीहरुले भित्ते पत्रिकाकै लागि भनेर त्यस्तो तालिम लिएका छैनन् । त्यसैले पत्रिकाका धेरैतिर समस्याहरु देखिन्छन् । पत्रिका तयार पार्न चाहिने सामानहरु भने उनीहरु आफ्नै क्लबको कोषबाट खर्चन्छन् जहा“ उनीहरुले मासिक रुपमा उठाउने थोरै थोरै पैसा जम्मा भएको हुन्छ । कसैकसैलाई केही गैरसरकारी स“स्थाले पनि सघाएका छन् । पेपर, मार्कर, कलर पेन्सिल, साइनपेन, इस्टेपलर, गमजस्ता सामाग्रीहरु उनीहरुस“ग पत्रिका बनाउनको लागि भनेर छ । ‘हाम्रँे स्कुलमा भित्तेपत्रिका छापिन थालेपछि त जालीवाला बोर्ड राखिएको छ, जसले पत्रिकालाई धेरै समय सुरक्षित राख्छ’, प्रथम पाइला भित्तेपत्रिकाकी सपना तामाङ्गले भनिन् । बोर्ड नै नभए पनि हावा, पानीले असर नगर्ने ठाउ“मा भित्तेपत्रिका राख्नुपर्ने उनी सुझाउ“छिन् । तर पनि बोर्ड नहु“दा केहीलाई भने समस्या परेको छ । बाल सन्देश भित्तेपत्रिकाका सम्तेन तामाङ्गको गुनासो छ, ‘स्कुल सकिएपछि अरु जौवा केटाहरु आएर च्यातिदिन्छन् ।’ त्यसैले आजकल उनीहरुले दिनभरी सूचना पार्टीमा टा“स्ने र स्कुल सकिएपछि अफिसमा थन्क्याउने गर्न थालेका छन् ।


काभ्रेका धेरै भित्ते पत्रिकाहरु बालक्लबले निकाल्छन् । धेरैको बाल क्लबमा भित्तेपत्रिका कमिटी नै गठन भएको हुन्छ । राम्रँे अक्षर हुनेले पत्रिकामा लेख्ने काम गर्छन् । चित्रकलामा खुबी हुनेले चित्र कोर्छन् । भाषाशैली राम्रँे भएको र क्लबको टाठोबाठो चाही सम्पादक मण्डलमा बस्छन् । बिद्यालयका शिक्षकहरु र गाउ“का मान्यजनहरुलाई उनीहरुले सल्लाहकार राख्ने गरेका छन् । ‘पत्रिकाका लागि धेरै रचना संकलन हुन्छन् तर ती सबैलाई छाप्न सकिदैन’, सीता लामा भन्छिन्, ‘त्यसैले छानिएका राम्रा रचना मात्र छापिने हु“दा पत्रिका धेरैको कौतुहलताको बिषय बन्ने गर्छ ।’


‘हामीले जे गरिरहेका छौं, त्यो सबै हाम्रो आफ्नै प्रयास हो’, रोशन लामा भन्छन्, ‘त्यसैले पनि हाम्रँ पत्रिकामा धेरै मिस्टेकहरु छन् ।’ उनका अनुसार भित्तेपत्रिका प्रकाशनबारे कसैले तालिम दिए भविष्यमा गल्ती सुधार्दै राम्रो गर्न सकिने थियो । तर पनि उनीहरुको प्रयासले राम्रै प्रशंसा पाएको छ । बिद्यालयमा हुने कार्यक्रममा समेत पत्रिकाका सम्पादकहरुलाई अतिथि बनाइन्छ । ‘भित्ते पत्रिका पढेरै छिट्टै सकिने हु“दा साथीस“गीले १ महिना कुर्नु लामो समय हुने बताउ“छन्’, नरबहादुर लामा भन्छन्, ‘तर पाक्षिक वा साप्ताहिक रुपमा पत्रिका निकाल्न पनि भ्याइ“दैन नि ।’ तर नरबहादुरले भनेजस्तो समस्यास“ग जुध्न पञ्चकन्या बाल क्लबले भने बेग्लै जुक्ति निकालेको छ । ‘रंगिचंगी कागजका टुक्रामा सफा अक्षरमा रचना पठाउन भन्छौं’, पत्रिकाकी सीता लामा भन्छिन्, ‘तिनैलाई ठूलो पेपरमा टा“स्छौं मात्र ।’ तर त्यसो गर्दा शुद्धाशुद्धीमा भने धेरै कमजोरी भेटिने उनीहरुको अनुभव छ ।
जे भए पनि काभ्रेपलाञ्चोकका बालबालिकाहरुले आफै भित्तेपत्रिकाका क्षेत्रमा नया नया प्रयोग गर्दै अघि बढेका छन् । उनीहरुको त्यो उत्साहलाई कसैले तालिम दिन सके पक्कै ती भित्तेपत्रिकाहरु अझै राम्रँ र आकर्षक हुनेछन् ।
first published on KOPILA (Kantipur) dated 18th july, 2010
No comments:
Post a Comment