"राजनीतिक जीवनको जग बसाल्ने विद्यार्थी राजनीतिको पुस्ता कसरी इन्टरनेटसँग हुर्कँदै छ त ?"
जतिखेर पछिल्लो अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बाराक ओबामा फेसबुक र युट्युबलाई माध्यम बनाएर प्रचारप्रसारमा व्यस्त थिए त्यसबेला अमेरिकाभन्दा सयौं माइल परको नेपालमा भूपेन्द्रजंग शाही, ३०, पनि चुनावी मैदानमै थिए । तर नेपाल विद्यार्थी संघको अधिवेशनबाट उपाध्यक्ष पद जितेका उनको त्यतिखेरसम्म फेसबुक एकाउन्ट भने थिएन । ‘नेपालमै भर्खर–भर्खर शुरु हुँदै थियो’, शाही सम्झन्छन्, ‘ओबामाको इन्टरनेट अभियानबारे मैले पनि त्यसबखत खुबै सुनेको थिए, तर ठ्याक्कै के भइराखेको हो बुझेको थिइन ।’
आफ्नो त्यसबेला रहेको इन्टरनेटबारेको बुझाई सम्झंदा अहिले उनी स्वयं दंग पर्छन् । नेवि संघ विगठन भएर नयाँ अधिवेशनको तयारीमा रहंदा भावी अध्यक्षका महत्वकांक्षी उनी अबको चुनावमा भने ४ बर्ष अघि ओबामाले गरे जसरी फेसबुकलाई आफ्नो प्रचारप्रसारको एउटा प्रमुख माध्यम बनाउँदै छन् । उनले थपे, ‘इन्टरनेटको शक्ति बल्ल राम्ररी बुझ्दैछु ।’ उनको फेसबुकमा मात्र अहिले झण्डै ५ हजार साथीहरु छन् । ५ हजार बढिलाई साथी बनाउन नसकिने हुँदा ६ सयजति रिक्वेस्टहरु त पेन्डिङमा छन् । भन्छन्, ‘छिट्टै फेसबुक गु्रप बनाउँदै छु’, ती गु्रपमा अब झन् बढि सकृय हुँदै आफ्ना विचारहरु उनकै शब्दमा ‘अनलाइन आमसभामा’ पोख्नेछन् । राजनीति गर्ने उनको धारणामा नै पछिल्लो आधा दशकमा धेरै परिवर्तन ल्याइदिएको छ, इन्टरनेट र सामाजिक सञ्जालहरुले । ‘अब मेरो धारणा वा विचार सार्वजनिक गर्न आमसभा वा पत्रकार सम्मेलन नै पर्खेर बस्नुपरेन नि’, उनी झन् बढि टेक्नो फ्रेन्ड्ली देखिए, ‘चुनावको बेला नमस्ते थाप्दै भोट मागेर विद्यार्थीका वास्तविक धारणा बटुल्नु भनेको त्यस्तै हो । बरु फेसबुकमा आएका प्रतिक्रियाहरु म कुल भएर हेर्न सक्छु ।’