Showing posts with label story. Show all posts
Showing posts with label story. Show all posts

Saturday, March 6, 2010

सिद्धार्थको योजना

यसपटक सुरेन्द्र अंकलको बिहे छ । अब सिद्धार्थको घरमा बिहे गर्न बा“की भनेको सुरेन्द्र अंकल मात्रै हो । त्यसैले पनि यसपटक घरमा सबैको जमघट हु“दैछ । सिद्धार्थको परिवार निकै ठूलो छ । ७ जना त अंकलहरु मात्र । ३ जना फूपूहरु । हजुरबुवा हजुरआमा त हुनु हुने नै भयो । अंटीहरु, दाजुभाई, दिदीबहिनी । ओहो π कती हो कती । भनेर साध्य नै छैन । कोही कता, कोही कता । एकैचोटी सबैको भेटघाट त निकै कम हुन्छ । दशैंमा नि † त्यो पनि सबैको छुट्टी मिल्दैन । ऋषि अंकल पुलिसमा, निशान अंकल बिदेश, चूडामणि अंकल इञ्जिनियर । दशैंमा वहा“हरुको छुट्टी पनि कहिले मिल्छ, कहिले मिल्दैन । तर भाग्यले नै होला, सिद्धार्थको त्यत्रो ठूलो परिवार अहिले एकै ठाउ“मा जम्मा हु“दैछ, सुरेन्द्र अंकलको बिहेमा । अरुलाई बिहेकै चटारो छ, तर सिद्धार्थ भने केही बेग्लै रमाइलो गर्न चहान्छ ।


आज घरमा सिद्धार्थले दाजुभाई, दिदीबहिनी सबैलाई एकै ठाउ“मा बोलाएको छ । केही रमाइलो योजना बनाउन । प्रकृति त अचम्मै परिन् ‘अब फेरी के गर्ने भनेको ? बिहे भनेपछी त्यसै रमाइलो भइहाल्छ नि †’ सिद्धार्थले प्रकृति दिदीलाई सम्झाउ“दै भन्यो ‘बिहे बाहेक अरु रमाइलो क्या †’ । अनुराधाले बल्ल कुरा बुझिछ ‘ए दशैमा जस्तो नाचगान गर्ने है †’ सिद्धार्थले सोचेको कुरामा अब बल्ल छलफल हुनेभो । तर उसको योजनामा नाचगान मात्र छैन । अरु पनि धेरै छ । जसमा नाचगानमा भन्दा धेरै रमाइलो हुनेछ । सिद्धार्थले आफ्नो रफ कपिमा रमाइलो गर्ने कार्यक्रमको खाका पनि बनाएको छ । उसले अब सबैमाझ आफ्नो योजना सुनाउनेछ । सबैले छलफल गरेर निर्णय गर्नेछन् । यो तरिका उनीहरुले आफ्नै घरबाट सिकेका हुन् । सिद्धार्थको घरमा जे काम गर्दा पनि सबैजना छलफल गरेर मात्रै हुन्छ । छलफलमा घरका केटाकेटीको पनि कुरा सुनिन्छ ।


सबैजना सिद्धार्थको कुरा सुन्न निकै हतारिएका छन् । ‘के होला है त्यस्तो योजना, सायद नया“ अन्टीलाई लिएर घुम्न जाने होला ।’, सम्पदाले बिस्तारै प्राथनाको कानमा भनी । तर प्राथनालाई त अर्कै कुरा हो कि जस्तो पो लागेको रै’छ ‘कतै नया“ अन्टीको चप्पल लुकाउने पो हो कि, अनि पैसा मागेर मात्र चप्पल छाड्दिने र त्यै पैसाले पिक्निक जाने ।’ सिद्धार्थले आज बिहान अंकलअंटीहरुस“ग पनि छलफल गरेको रहेछ । सबैले उसको कुरालाई समर्थन जनाएपछि मात्र ऊ छलफल गर्न तम्सिएको हो ।


सबैजना शान्त भएपछी सिद्धार्थ आफ्नो योजना सुनाउन थाल्छ । मेघनाथ अंकल बिदेशबाट फर्क“दा त्याउनुभएको भिडियो क्यामेरा देखेपछी उसलाई यस्तो योजना मनमा आयो रे । सबै कुरा उसले त्यो क्यामेरामा खिचियोस् भन्ने चहान्छ । पछि हेर्दा पनि रमाइलो हुनेगरी । बिहेको दिन राती अरु सबै गएपछी आ“गनमा घरका सबै जम्मा हुनेछन् । त्यहा“ सिद्धार्थको घरका ससाना केटाकेटी मिलेर रमाइलो कार्यक्रम गर्ने रे । कार्यक्रम अनुराधाले नया“ अंटीलाई घरका सबैजनास“ग परिचय गराएपछी शुरु हुनेछ । कार्यक्रममा नाचगान त हुनेछ नै, तर थोरै मात्र । हजुरबुवाले सबैलाई पुरस्कार दिनुहुनेछ । फस्ट, सेकेन्ड, थर्ड छान्ने काम भने नया“ अन्टीले गर्ने । ‘होद्रद्र यो कुरा चाही“ ठीक ग¥यौ है सिद्धार्थ । फेरी नया“ अन्टीले झ्याल्ली नि गर्नुहुन्न होला नि π हामी सबैलाई बल्ल त चिन्नुभएको हो ।’ बन्धनाले भनिन् । तर पुरस्कार भने सहभागि भएका सबैलाई हजुरबुवाले बराबरी दिने कुरा गर्नुभएको रहेछ । सबैलाई ५०÷५० रुपया“ ।





अर्को रमाइलो कुरा त बा“की नै छ । हजुरबुवा अहिले ७५ बर्ष हुनुभएछ । वहा“स“ग धेरै रमाइला दुःख–सुखका अनुभव छन् । ति सबै कुरा त्यसबेला घरका सबैले सुन्ने । सागरमणिले हजुरबुवाको अन्तरवार्ता लिनेछ । बरु हजुरबुवालाई केके कुरा सोध्नेभनेर सबैले पहिल्यै सागरमणीलाई प्रश्नहरु टिपाउनु पर्नेछ । ‘हजुरबुवालाई भने पहिल्यै थाह नदिने है, सप्राइज दिनुपर्छ ।’ प्रतिज्ञाले भनिन् । सबैले उनका कुरालाई साथ दिए । अंटीलाई ‘नया“ घरमा तपाईंलाई स्वागत छ’ लेखिएको एउटा राम्रो चित्र बनाएर गिफ्ट दिने । प्रकृतिलाई त चित्र बनाउन खुबै आउ“छ, त्यसैले यो काम उनले नै गर्नेछिन् । त्यो चित्रको तल सबैको नाम पनि लेख्ने । गफ गर्दागर्दै निकै मज्जाको योजना बन्यो । ‘निकै रमाइलो होला जस्तो छ ।’ छलफल सकिएपछी प्रज्ञाले भनिन् ।


उता प्रतिभालाई भने छिटो सुरेन्द्र अंकलको बिहे आओस्जस्तो भइसक्यो । क्यालेण्डर हेर्दा अझै ३ दिन बा“की रहेछ । सबै कार्यक्रमको लागि तयारीका जुटे । सिद्धार्थ आफ्नो योजनामा सबैले साथ दिएकोमा मख्ख प¥यो ।



Catch its hard copy with KOPILA child suppliment on KANTIPUR daily dated 22 of Falgun, 2066

Sunday, November 8, 2009

कथा: बुबासँग हिमाली गाउँ

“आज पनि घुम्न नजाने ?” किरणले बुबालाई सोध्यो । बुबा केही बोल्नु भएन । शनिवार भएता पनि आज पनि वहाँको अफिसको काम गर्नुपर्ने थियो । “अरु कुनै दिन जाउँला नि है” बुवाले किरणलाई सम्झाउने प्रयास गर्नुभयो । तर उसले मानेन । ऊ त रुन पो थाल्यो । बुवाले शनिवार घुम्न जाने भनेको पनि महिनादिन नाधिसकेको थियो । तर अफिसको कामले गर्दा उहाँले कुनै शनिवार पनि उसलाई घुमाउन भ्याउनुभएको थिएन । छोरा रोएको देखेर वहाँलाई निकै नमज्जा लाग्यो । वहाँले भोलि आफू जाने हिमाली गाउँको यात्रामा उसलाई पनि साथै लाने बाचा गर्नुभयो । अफिसको कामले गर्दा वहाँ हिमाली गाउँ जान लाग्नुभएको थियो ।

अर्कोदिन किरण बुवाभन्दा चाँडै उठेर नवाइधुवाई गरेर जाने सुरसार गर्न शुरु ग¥यो । आमाले उसलाई राम्रा लुगा लगाएर चिटिक्क पार्नुभयो । हिमालतिर जाडो हुने हुनाले आमाले उसलाई न्यानो ज्याकेट लगाइदिनुभयो । त्यसपछी बुवासँग किरण किमाली गाउँको यात्रामा लाग्यो । हिमालतिर कहाँ जहाँतँही मोटरबाटो हुन्छ र ? केही घण्टाको बसयात्रापछि उनीहरु पैदल यात्रा गर्न थाले । नयाँ ठाउँ एवं नौलो परिवेश देखेर किरण निकै रमाइलो मानिरहेको थियो । उसलाई हिँड्नु परेता पनि थकाई चाहीँ लागेन । तै पनि बेलाबखत बुवाले उसलाई काँधमा बोक्नु हुन्थ्यो । हिँद्डा–हिँड्दा रात पनि पर्न थाल्यो । तर अफिसले पठाएको गाउँ पुग्न अझै एकदिन लाग्थ्यो । आज उनीहरु त्यतैकतै बास बस्नुपर्ने भयो । त्यता घरहरु थोरै थिए । सायद सबै सुगम ठाउँतिर झरेर पो हो कि ? निकैबेर खोजेपछि एउटा सानो घर भेटियो । बुवाले ‘बास पाईन्छ कि ?’ भनेर सोध्दा धेरैबेर उनीहरु केही बोलेनन् । एकले अर्काको मूखतिर हेर्न पो थाले । तर एकछिन्पछी बुढीआमैले ‘हुन्छ’ भनिन् । किरण पनि निकै थाकेको हुँदा विस्तारामा गएर आराम गर्न हतार मानिसकेको थियो । तर कहाँ उसको घरको जसतो आरामदायी बिस्तारा होस् ? त्यै पनि बुढिआमैले बिस्तारा र एउटा सिरक ल्याइदिइन् ।

राती परिसकेको हुँदा उनीहरु सुत्ने तर्खरमा थिए । बाटाभर धेरै खाँदै आएको हुँदा खासै भोक पनि थिएन । एकछिन पछी आमैले ढोका ढक........ढक.........गरिन् । उनले दुध ल्याइदिएकी रहिछन् दुवैले दुध खाएर सुत्न थाले । दुइवटा मात्र कोठा भएको त्यस घरमा हामी दुईलाई एउटा कोठा दिएर उनीहरु सबै अर्को कोठामा बसे । थकाई लागेता पनि दुवैलाई निद्रा चाँही लागेन । किरणले घडी हेर्दा रातको एघार बजेको रहेछ । सुनसान रातमा अचानक आवाज सुनियो । त्यो अर्को कोठाबाट थियो । ति घरका केटाकेटीहरु कराइरहेका थिए । रोएजस्तो पनि सुनिन्थ्यो । आवाजमा ‘मलाई हात, मलाई खुट्टा, मलाई टाउको’ भनेको सुनियो । किरणले एउटा कथामा हिमाली मान्छेले मान्छे नै खान्छन् भन्ने सुनेको थियो । त्यसले ऊ झन् आत्तियो । तर बुवाले आत्तिनु पर्दैन् भन्दै उसलाई काखमा च्यापेर राख्नुभयो । डरैडरमा रात बित्यो । धन्न केही चाँही भएन । भोलि बिहानै उनीहरु हिड्न खोजे । बाहिर निस्कँदा बुढीआमै बाहिरै थिइन् । डरैडरका बिच उनीहरुले बिदा मागे । बुवाले बास दिएवापत सय रुपैयाँ दिनुभयो । तर ति आमैले लिन मानिनन् । उनीहरु जान लाग्दा केटाकेटी पनि बाहिर आए । उनीहरुले झुत्रा लुगा लगाएका थिए । बुवा र किरणलाई ‘बाई–बाई’ गरे । हामी त्यहाँ बाट बिदा भयौं ।

बुवाको काम सकेर घर फर्किए । उक्त यात्रा किरणलाई एउटा कहिल्यै नभुल्ने घटना भयो । बुवाले पछिमात्र किरणलाई बताउनु भयो –“त्यो घरमा एउटा मात्र सिरक रहेछ , त्यै पनि हामीलाई दिँदा उनीहरु जाडो भएर कराएका थिए । एउटा सानो लुगाले सबैलाई आढ्दा नपुगेर मलाई हात, मलाई खुट्टा, मलाई टाउको भनेका थिए” । उनी भोकाएका पनि थिए किनभने उनीहरुको भागको दुध किरण र उसको बुवालाई दिइएको थियो । उनीहरु पाउनालाई देउता सरह मानेर सम्मान गर्न त्यसो गरेका रहेछन् । त्यै भएर उनीहरुले बास दिएवापतको सय रुपैयाँ पनि लिन मानेनन् । हिमालका मानिस निकै सहयोगी हुन्छन् भन्ने बोध किरणलाई भयो । त्यसै हिमालमा मान्छेले मान्छे खान्छन् भनेर लेखिएको उक्त कथा झुटो भएको उसले बुझ्यो । उक्त कथाका कथाकारलाई उसले एउटा चिठ्ठी लेख्यो– यस्तो झुटो कुरा नलेख्नु भनेर ।

Thursday, October 29, 2009

कथा : रातभर खोलाछेवमै........

मनोज ६ वर्षको छ । उसको घरमा आज ठूलो निर्णय भयो । त्यो निर्णयले गर्दा न त बुवा–आमा नै खुसी हुनुहुन्छ न त हजुरबुवा–हजुरआमा नै । मात्र मनोज फुरुङ्ग छ । “थाह छ १ के हो त्यस्तो निर्णय ............. ?” शारदा मेडमले कथा भन्नु अघि कक्षामा सबैलाई सोध्नुभयो । ..... अँ ... अँ .... के होला त्यस्तो निर्णय ? ? ? सबैले कानाखुसी गर्दै सोध्न थाले । एकैछिनमा अमितले भन्यो – “पक्कै अरु सबै विदेश जाने होला, त्यसैले अरु दुःखी, मनोज चाँही आमाबुवा गएपछि पढ्न नपर्ने भो भनेर फुरुङ्ग ।” अमितले नसक्दै रोहनले भन्यो – “त्यसो हैन होला मेडम, अब मनोजलाई खेल्न मात्र पठाउने, पढ्न नपठाउने निर्णय होला” । मेडमले त्यो पनि मिलेन भनेपछी अन्तिम बेन्चबाट सर्वेसले सानो स्वरमा भन्यो – “ मेडम त्यो निर्णय नै संविधान विपरित छ, संविधानमा त बहुमतको निर्णयहुन्छ , तर त्यहाँ त मनोज एक्लै कसरी ४ जनाको मनसाय बिरुद्ध जित्यो नि ।” मेडमले सर्वेसको कुरामा सहमति त जनाउनु भयो । तर कथाले खोजेको उत्तर कसैले पनि नभनेपछी मेडम सबैलाई कथा सुनाउन थाल्नुभयो ।

“आज मनोजको घरमा उसलाई स्कुल पठाउने निर्णय भयो ।” त्यो सुनेर सबै दंग परे । “स्कुल पठाउने निर्णयमा पनि बाबुआमा किन दुःखी होला हगि ।” भुनिमेशले जिब्रो टोक्दै हिनालाई भन्यो । तर मेडमले कथा भन्दै हुनुहुन्थ्यो । मनोजको घर पहाडमा छ । त्यो पनि कालीगण्डकी नदिको किनारमा । त्यहाँ बोटे र माझीहरु बढी बस्छन् । त्यस गाउँमा अहिलेसम्म कसैले पढेका पनि छैनन् । मनोजको हजुरबुवा काँशी बसेर आएको हुँदा रामायणका केही श्लोक चाँही आउँछ । पढ्न जानेको भनेको गाउँभरमा वहाँमात्रै हो । बोटेमाझीका छोराछोरीले पढने रहर पनि गर्दैनन् र बाबुआमाले पढाउन पनि खोज्दैनन् । त्यहाँ अज्ञानताले ठूलो जरो गाडेको छ किनभने उनीहरु कसैलाई शिक्षाको महत्व नै थाहा छैन् । त्यसैले त्यस गाउँमा स्कुल पनि छैन् । सबैभन्दा नजिकको स्कुल पुग्न खोला तरेर ३ घण्टा हिँडनुपर्छ । त्यस्तो परिवेशमा पनि मनोजले पढ्ने ढिपी कसेपछी कसैको केही लागेन ।

विहान ढेडो ख्वाएर आमाले मनोजलाई खोलासम्म ल्याइदिनुहुन्थ्यो । त्यसपछी बोटेले पारी तारिदिन्थ्यो र ऊ झोलामा राखेको मकै खाँदै हिँडथ्यो । खोला तारिदिएबापत मनोजकी आमाले प्रत्येक महिना त्यस बोटेलाई १ पाथी मकै दिनुहुन्थ्यो । ३ घण्टा जती स्कुलमा पढेपछी ऊ फर्किहाल्थ्यो । नत्रभने खोला तार्ने बोटे घर गइसक्थ्यो । तर एकदिन स्कुलम सरले अल्बर्ट आइस्टाइनको जीवनी सुनाउन थाल्नुभयो । जसले उसलाई यती धेरै रोमाञ्तीत बनायो कि ऊ त घर जान १ घण्टा बितिसकेको पत्तै पाएन र सर गएपछि ऊ हतारहतार फर्कन थाल्यो । तर बोटेले आधाघण्टा बढी कुर्दापनि मनोज नआएपछी आज उतै मामाघर बस्यो होला भन्ने सम्झी डुङ्गा बाँधेर घरतिर लाग्यो । त्यस स्कुलबाट १ घण्टा पर उसको मामाघर थियो । कहिलेकाँही ढिलो भए मामाघर जानु भनेर आमाले उसलाई सम्झाउनु भएको पनि थियो । सबैले त्यसै भएको होला भन्ने सोचे । ऊ खोलाछेउ आइपुग्दा रात परिसकेको थियो । पानीको कलकल आवाज बाहेक केही सुनिदैनथ्यो । आकासमा चर्को जुन लागिसकेको थियो । उनी निकै थाक्यो एकैछिन आराम गर्न भनेर त्यहाँ ढुङ्गामा के बसेको थियो । ऊ त त्यही निदाएछ । राती १ बजेतिर निन्द्रा खुल्यो “ए निदाएछु” भनेर ऊ खित्त हाँस्यो । उसलाई कत्तिपनि डर लागेन । पूर्णिमाको दिन भएको हुँदा ऊ सरासर फर्केर मामाघर पुग्यो । ४ बजेतिर मामाघर पुग्दा सबै निन्द्रमै थिए । उसले ब्यूझाउनु राम्रो सोचेन । पिढिमै रहेको गुन्द्री तान्यो र त्यही निदायो । कथा सकेपछी मेडमले भन्नुभयो – “मनोजलाई भूतबारे केही थाहा थिएन, त्यही भएर उसलाई केही पनि भएन । देख्यौं त नपढेका भएपनि मनोजका बाबुआमा कति बुझेका रहेछन् । त्यसैले पढ्नुमात्र ज्ञान आर्जन गर्नु होइन ् ।”

तिमिहरु खेलाछेवमा राती १ बजे ब्युझिएको भए के गथ्र्यौ भन त ? सुमनले आङ्ग सिरिङ्ग पार्दै “आम्मै ।” भन्यो । कल्याणले त जिब्रो टोकेर डेक्समै मरेको नाटक ग¥यो ।