Showing posts with label History. Show all posts
Showing posts with label History. Show all posts

Monday, February 16, 2015

२५ सय वर्ष पुरानो कंकाल, हिमालय क्षेत्रकै सर्वाधिक पुरानो

पुरातत्त्व विभागका कर्मचारी मुस्ताङका विभिन्न गुफामा भेटिएका सयौँ वर्ष पुराना कंकाल र अस्थिपञ्जरका बाकस मिलाउँदै थिए, २८ माघमा। ती अस्थिपञ्जरका बीच एउटा मृत बच्चाको सिंगो शरीर पनि थियो, जुन झन्डै २ हजार ५ सय वर्ष मुस्ताङी हावापानी झेलेर काठमाडौँ छिरेको झन्डै दुई दशक पुग्यो।  शाक्यमुनि गौतम बुद्धकै समयको महत्त्वपूर्ण पुरातात्त्विक वस्तु भईकन पनि यो सामान्य वस्तुसरह विभागको सामान्य कोठामा थन्किएको छ।

सन् '८० को दशकको अन्त्यतिर मुस्ताङको टुकुचेमा चोकोपानी लघु जलविद्युत् परयिोजनाका लागि सुरुङ खन्दा पुरातात्त्विक महत्त्वका प्रशस्त वस्तु भेटिएका थिए। त्यसयता पुरातत्त्व विभाग र जर्मन पुरातत्त्वविद्हरूले संयुक्त अन्वेषण गर्दा सन् १९९५ मा मेब्राक गुफामा उक्त शरीर र अन्य ३० मानव अस्थिपञ्जर फेला  परेका थिए। उक्त गुफा त्यहाँको एउटा समुदायको मृत शरीर राख्ने चिहानका रूपमा प्रयोग हुने गरेको पाइएको थियो । त्यहाँ भेटिएका अस्थिपञ्जर इसापूर्व ४०० देखि सन् '५० को दशकसम्मका भएकाले त्यो परम्परा झन्डै साढे चार सय वर्ष चलेको देखिन्छ ।

अन्वेषणका क्रममा भेटिएको सुकेको छालासहितको सिंगो शरीर ६ महिनाभन्दा कम उमेरको बच्चाको रहेको निचोड वैज्ञानिक विश्लेषणबाट निकालिएको थियो, जसको लिंग भने अझै खुलेको छैन । यो नेपालमा भेटिएको अहिलेसम्मकै सबैभन्दा पुरानो सिंगो शरीर हो। र, त्यहाँ भेटिएका कंकाल हिमालय क्षेत्रका सर्वाधिक पुराना मानव अवशेष हुन् । पुरातत्त्वविद्हरूका अनुसार कालीगण्डकी उपत्यका आसपासमा पाइएका ती अस्थिपञ्जर मानव सभ्यता र विकासक्रम बुझ्न निकै महत्त्वपूर्ण छन् । "२०-२५ हजार वर्ष  पुरानो सभ्यता रहेको मुस्ताङ क्षेत्र पुरातात्त्विक हिसाबले स्वर्णभूमि हो," मुस्ताङको अध्ययनमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक एवं पुरातत्त्वविद् मार्क अल्डेनडर्फरले नेसनल जियोग्राफिकसँग भनेका छन्, "त्यहाँ मानव सभ्यताबारे अझै थुप्रै महत्त्वपूर्ण विवरण फेला पर्न सक्छन्।"

Tuesday, July 29, 2014

दक्षिण-पश्चिमी रेशम मार्ग ब्यूँताउने कोसिस

भारतको अन्तर्राष्ट्रिय साझेदारीमा प्रभाव राख्ने नयाँ दिल्लीस्थित थिंक ट्यांक अब्जर्भर रसिर्च फाउन्डेसनमा विज्ञ तथा कूटनीतिज्ञहरूले ९ असारमा दक्षिण-पश्चिमी सिल्क रुट (रेशम मार्ग)को अवधारणालाई कसरी प्रभावकारी रूपमा ब्यूँताउने भनेर छलफल गरे। छलफलमा भारतीय पक्षबाट पहिलेका त्यस्ता छलफलमा हुनेभन्दा केही फरक कुरा निस्किए।

अझै पनि कतिपय भारतीय चीनसँग सिल्क रुटको अवधारणाले जोड्ने तहको सहकार्य गर्न हिचकिचाउँछन्। दुईपटक युद्ध लडिसकेका भारत र चीनले यसमा सुरक्षालाई मुख्य विषय बनाउँदै आएका छन्। बैठकमा सहभागी सिंगापुरको न्यानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्राध्यापक प्रद्युम्नविक्रम राणा सुनाउँछन्, "अबको केही वर्षमा कुल ग्रार्हथ्य उत्पादनमा अमेरिकालाई नै चीनले जित्ने छनक दिइसकेको अवस्थामा कतिपयले चीनको प्रभावलाई स्वाभाविक रूपमा लिएर एक कदम अगाडि बढ्नुपर्ने ठान्न थालेका छन्।"

सिल्क रुटको पुनःउदयको अवधारणा अहिले चीन, आसियान र दक्षिण एसियाबीच व्यापार अन्तरक्रिया बढाउने उद्देश्यबाट निर्देशित छ। हुन त सिल्क रुट भन्नासाथ धेरैले उत्तरी सिल्क रुटलाई चिन्छन्, जुन चीनको स्याङमा सुरु भएर कास्कार प्रान्त हुँदै युरोप पुग्थ्यो। त्यही मार्गको उदयको समयमै दक्षिणतर्फ अर्को रेशम मार्गको विकास भइरहेको थियो। चीनको युनानबाट भारत, म्यानमार र तिब्बततिर चिया जान्थ्यो। त्यस समय दार्जीलिङमा समेत चिया उब्जनी हुँदैनथ्यो। नेपालका व्यापारीहरू भारतबाट एकथरी सामान बोकेर तिब्बत जाने र उताबाट सामान किनेर ल्याउने गर्थे। धेरै नेवार व्यापारीको तिब्बतमै घर थियो। यसरी दक्षिण-पश्चिम सिल्क रुट विकास भएको थियो।

त्यसैले यसलाई प्राचीन चिया मार्गको विस्तारति स्वरूप पनि मानिएको छ। यो मार्गमा पहिले औपचारकि/अनौपचारकि व्यापारका लागि भेँडा, घोडा र ऊँट बढी प्रयोग गरिन्थ्यो। "इतिहासदेखि रहेको मार्गको अनुभवलाई जोडेर गोलीय आर्थिक करिडोरको परविर्तित स्वरूप दिन खोजिएको हो," रुटको अवधारणा तहमा अध्ययन गरेका राणा भन्छन्, "अहिले चीन र भारतमा भएको तीव्र सहरीकरण, औद्योगिकीकरण र सडक विस्तारले यसको आवश्यकता झन् बढी महसुस गराएको छ।"

Thursday, July 3, 2014

सरकारी औषधालयमा अन्तिम युनानी डाक्टर

हरिहरभवनस्थित पशुपति होमियोप्याथिक अस्पतालभित्र दुई कोठामा साँघुरिएको युनानी औषधालयमा खासै चहलपहल छैन। होस् पनि कसरी ? त्यहाँ रहेका एक्ला चिकित्सक (हकिम) ख्वाजा अली (केए) शाह, ७२, पनि अब आफ्नो  पेसाबाट संन्यास लिने तयारीमा छन्। संन्यास लिनुपछाडि उनको बढ्दो उमेर मात्र कारण होइन, औषधालय सरकारी उदासीनताको सिकार हुनु पनि हो। उनीपछि यसमा कसैले रुचि देखाएका छैनन्।

आठ दशकको इतिहास बोकेको सरकारी औषधालय भएर पनि त्यहाँ दुई जनाभन्दा बढी डाक्टर कहिल्यै भएनन्। उनका दिवंगत बुबा हकिम ख्वाजा हसन शाह र उनी आफैँ। विसं १९९० मा स्थापना भएको उक्त औषधालय २०४०  सालसम्म त बिजुलीबजारस्थित उनकै घरमा थियो। उपचार गर्न आउनेहरू राजपरिवार, राणादेखि सर्वसाधारणसम्म हुन्थे।

औषधालयको स्थापना पनि राजपरिवारकै उपचार भएपछि भएको हो। कोलकाताबाट दुई चिकित्सक झिकाउँदा पनि राजा त्रिभुवनकी छोरी निको नभएपछि एक भारदारले लखनउबाट चिकित्सा नै पढेर आएको एउटा मुस्लिम छ भन्दै  उनका बुबाको सिफारिस गरेछन्।

त्यस बेला उनका बुबालाई लिन दुईघोडे बग्गी नै बागबजारसम्म आएको रहेछ। त्यसरी उनका बुबाले दरबारमा उपचारका लागि प्रवेश पाए। त्यस बेलासम्म क्षयरोग भनेर उपचार भएकामा उनका बुबाले त्यहाँ पुग्नेबित्तिकै त्यसो नभएको  भन्दै औषधी बनाउन मोती व्यवस्था गरिदिन आग्रह गरेछन्। सम्झन्छन्, "मोती भष्म गरेर औषधी बनाई सेवन गराएपछि त्रिभुवनपुत्री निको भइछन्।"

भर्खर युनानी उपचारविधिको पढाइ सकेर आएका उनका बुबाका लागि शाही सदस्यलाई नै निको पार्न सक्नु निकै गतिलो प्रभाव बन्यो। त्यस बेलाका प्रधानमन्त्री जुद्धशमशेरले समेत त्यसको सुइँको पाएपछि सिंहदरबारमा बोलाएर  आफूलाई समेत औषधोपचार गरिदिन आग्रह गरेछन्। उनको यौनरोग पनि निको भएछ। त्यसबाट प्रसन्न जुद्धशमशेरले बक्सिसका लागि के चाहियो भन्दा आफ्ना बुबाले यस्ता रोग थुप्रै जनतामा पनि भएकाले तिनको उपचार सम्भव  गराउन आग्रह गरेको उनी बताउँछन्।

Saturday, June 21, 2014

सिटी म्युजियमको परख

कसिसदाश श्रेष्ठ डकुमेन्ट्री फोटोग्राफीका सौखिन् हुन् । जिजुबुवादेखि उनीसम्मको चार पुस्ता फोटोग्राफीमा छ । नेपालको पुरानो एवं कहलिएको दास स्टुडियो उनीहरुकै हो । पछिल्लो समय कसिस भने व्यावसायिक रुपमै वातावरण र दिगो विकासका क्षेत्रमा मोडिएका छन् । त्यतिखेर पनि उनलाई आफ्नो पुस्ताले खिचेका तस्विर सहयोगि बनेका छन् जसलाई राखेर उनले दरबारमार्गस्थित सुरा भवनमा ‘सिटी म्युजियम’ खोलेका छन् । भन्छन्, “यसले हामीलाई वर्तमानमा रहेर विगतसँग तुलना गर्न विवस पार्नेछ । र, भविष्यको लागि थुप्रै प्रश्नहरु तेस्र्याउनेछ ।”

आधुनिक भवनको तेस्रो तलामा रहेको संग्राहलय छिरेपछिको माहोलले जो कोहीलाई झण्डै ६ दशक अघिदेखिको फ्यासब्याकमा लैजान्छ । उनका हजुरबुवा द्वारिकादास श्रेष्ठले सबैभन्दा सकृय भएर काठमाडौंको फोटो खिचेको समय सन् १९५५ देखि १९६५ बिचको हो । कसिस भन्छन्, “त्यो त्यस्तो समय थियो जतिखेर न काठमाडौं आधुनिक भइसकेको थियो न त्यतिसारो परम्परागत नै थियो ।” पानीको पाइप, बिजुलीका तारहरु भर्खर बिछ्याईंदै थिए ।

तस्विरमार्फत हेर्दा त्यसबेलाको काठमाडौं पत्याइनसक्नुको रोचक देखिन्छ । पाटनमा खिचिएको एउटा तस्विरमा सबैजसो मानिसहरु खाली खुट्टामा छन् । तर त्यहीं एउटा गाडि छ । नम्बर प्लेटमा अझै ‘३ पुलिस’ देखिने मोटरसाइकल पनि छ । नारायणहिटी राजदरबार अगाडि खिचिएको एउटा तस्विरमा दरबारमार्गको नामोनिसान छैन । अहिले त्यही काठमाडौं अहिले दक्षिण एसियाकै सबैभन्दा तिब्र गतिमा शहरीकरण भइरहेको शहरमा पर्छ ।

तस्विरमार्फत शहरको बदलिंदो स्वरुप देखिरहंदा संग्राहलयभित्र झण्डै एक शताब्दी पुराना इट्टा परम्परागत रुपमा खापेर र बारेर त्यसबेलाकै माहोल बनाउन खोजिएको छ । त्यसका लागि काठमाडौंमा भत्काईंदै गरेका प्राचिन घरबाट झण्डै १२ हजार पुराना इट्टा संकलन गरिएका थिए ।  त्यहाँ गल्ली र बहालझैं स्वरुप दिइएको छ । तिनको माथिपट्टि गजुर राखिएका छन् ।

पुराना तस्विरका त्यतिधेरै संग्रह आफ्नै घरमा भइकन पनि कसिसले त्यसको सुईंको एक दशकअघिसम्म राम्रोसँग पाएका थिएनन् । ९० को दशकको अन्त्यतिर इमेज एफएममा कार्यक्रम चलाउँदा हरेक सो अगाडि हजुरबुवालाई भेट्न जान्थे । त्यसबेला उनले सुनाउने काठमाडौंका पुराना किस्साले कसिसलाई रोमाञ्चित पाथ्र्यो जसको कल्पना तस्विरमा गर्थे उनी । “त्यस्ता धेरैका तस्विर हजुरबुवासँग थिए तर प्रर्दशनी गर्ने र चर्चा कमाउने भन्ने कुराले कहिल्यै तान्दैनथ्यो,” उनी सुनाउँछन्, “सन् २००४ मा भने निकै आग्रहपछि हजुरबुवाले प्रदर्शनीका लागि तस्विर दिन मान्नुभयो ।” तर हजुरबुवाले आफ्नो तस्विरको प्रदर्शनी देख्न पाउनुभएन, त्यही बर्ष वहाँको निधन भयो ।

Sunday, December 15, 2013

बुद्धकालको नयाँ प्रमाण


गौतम बुद्धको सन्दर्भमा इसापूर्व तेस्रो शताब्दीको (इपू २४९) अशोक स्तम्भलाई लुम्बिनीमा रहेको सबैभन्दा पुरानो संकेतका रूपमा हेरिन्थ्यो। तर, पछिल्लो एक उत्खनन तथा अन्वेषणमा त्यसभन्दा झन्डै तीन शताब्दीअगाडि अर्थात् इपू ५५० को प्रमाण फेला परेको छ। अध्ययन अनुसार इँटाको प्रचलन सुरु नभइसकेको र ढुंगा सहजै उपलब्ध नहुने त्यस बेला त्यहाँ काठको मन्दिर बनाइएको थियो। उक्त काठे मन्दिर र अशोक स्तम्भ निर्माण हुने समयको बीचमा त्यही ठाउँमा इँटाको मन्दिरसमेत बनेको प्रमाण फेला परेको छ। अनुसन्धानकर्ताले त्यसलाई बुद्धको जीवनसँग जोड्ने पहिलो 'पुरातात्त्विक सामग्री' भनेका छन्। 

नेपाल सरकार, संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), बेलायतका डुर्हाम विश्वविद्यालय र स्टि्रलिङ् विश्वविद्यालय तथा नेसनल जियोग्राफिक सोसाइटीले सन् २०११ को जनवरीयता मायादेवी मन्दिरमा गरेका उत्खनन र अन्वेषणले उक्त नतिजा निकालेको हो। यसअघि सन् १९९२ देखि १९९५ सम्म मायादेवी मन्दिर परसिरमै गरिएको एक उत्खननका क्रममा लुम्बिनीमा बुद्ध जन्मिएको वास्तविक स्थान बताउने 'मार्कर स्टोन' फेला परेको थियो। "त्यस बेलै इपू तेस्रो शताब्दीसम्मका प्रमाणहरू फेला पारिए पनि त्यसअघिका प्रमाण पनि भेटिन सक्ने संकेत मिलेका थिए," पछिल्लो अध्ययनका सहनेतृत्वकर्ता कोषप्रसाद आचार्य भन्छन्, "त्यसैलाई आधार मानेर पछिल्लो अध्ययन सुरु गरिएको थियो।"

पछिल्लोपटकको पुरातात्त्विक अन्वेषणमा 'कार्बन डेटिङ्' शैलीसँगै 'अप्टिकल्ली इस्टिमुलेटेड लुमिनेन्स (ओएसएल)' प्रविधि प्रयोग गरिएको थियो। जब बालुवाको कणले सूर्यको किरण पाउन छाड्छ, तब त्यसले वरपिरिको वातावरणसँग खास गुणहरू लेनदेन गर्छ। यसको अनुपात र सम्बन्धमार्फत प्राप्त प्रमाण कति पुरानो हो भन्ने पत्ता लगाउने विधि नै ओएसएल हो। पुरातत्त्वविद् आचार्य थप्छन्, "यो प्रविधि दक्षिण एसियामै पहिलोपटक नेपालमा प्रयोग गरिएको हो।" 

बौद्ध ग्रन्थमा आमा मायादेवीले त्यहाँ रहेको सालको रूखको एउटा हाँगामा समातेर सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख छ। प्राप्त प्रमाण अनुसार रूखको जराका अवशेष भेटिएको स्थानलाई काठकै बारले घेरिएको पाइन्छ। मन्दिरको छाना भएको प्रमाण नभेटिएकाले उक्त देवस्थल रूख मात्रै हुन सक्छ र रूखमै मूर्ति कोरिएको हुन सक्छ। त्यसवरपर बलि दिने गरिएको संकेत पनि छैन। डुर्हाम विश्वविद्यालयका प्राध्यापक तथा अर्का सहनेतृत्वकर्ता रोबिन कोनिङ्गमले नेसनल जियोग्राफिकसँग भनेका छन्, 'जसले बौद्ध परम्पराको अहिंसालाई इंगित गरेको छ।' यसले दिने स्पष्ट संकेत के हो भने सम्राट अशोक आउनुअघि नै त्यहाँ बुद्धलाई पुज्न सुरु भइसकेको थियो। 

बौद्ध ग्रन्थ अनुसार गौतम बुद्धको जन्मस्थल उनको घर र मावली राज्यबीचको जंगल थियो। इपू १००० देखि नै त्यस क्षेत्रमा खेतीपाती भएको हुन सक्ने कोनिङ्गमको भनाइ छ। त्यसवरपर जंगल नै थियो वा बस्ती बसिसकेको थियो भन्ने थप अध्ययनले टुंगो लगाउने अध्ययनकर्ताहरू बताउँछन्। त्यसवरपरका उत्खननले दिएका कतिपय तथ्यले त त्यस बेला नेपालको तराई भेगकै सबैभन्दा पुरानो बस्ती लुम्बिनीवरपरदेखि उत्तर भारतको गंगा नदीसम्म फैलिएको हुन सक्ने देखाउँछ। 

Friday, November 1, 2013

एउटा ब्रेकिङ न्यूजको सम्झना

सन् १९५३ मे २९ विहान ११.३० । संयुक्त अधिराज्यको लागि एउटा विशेष समय थियो, जसको एउटा टोली पृथ्वीको सबैभन्दा उच्च भाग अर्थात् सगरमाथामा पाइला टेकेको थियो । त्यसको ४ दिनपछि अर्थात् जुन २ मा अर्को विशेष दिन आउँदै थियो महारानी एलिजावेथ द्वितीयाको राज्यारोहण समारोह । ती दुईको समिश्रण बेलायती जनताका लागि ठूलो उपहार हुन्थ्यो । तर दूरदराजको गाउँ सोलुखुम्बु र लण्डन अहिले देखिनेभन्दा धेरै दूरीमा थिए । बेलायती पत्रिका ‘द टाइम्स’की पत्रकार जेन मोरिसको प्रयास त्यही दूरिलाई कम गर्नु थियो । दोस्रो विश्वयुद्ध, एङ्लो–अमेरिकन युद्ध सहजसँग कभरेज गरिसकेकी उनी खुसीको समाचार लेख्दा भने आत्तिरहेकी थिइन् ।

किनकि, समय कम थियो, प्रविधि अहिलेजस्तो थिएन र सबैभन्दा मुख्य कुरा त्यो समाचार ‘द टाइम्स’ले नै ब्रेक गर्नु थियो । त्यो एउटा पत्रकारको जीवनमा आउने महत्वपूर्ण क्षण थियो, जुन युद्ध रिपोर्टिङमा निकै क्रेजी देखिएकी २६ बर्षे मोरिसले उक्त अवसर पाएकी थिइन् ।

धन्न डेडलाइनभित्रै अर्थात् जुन १ मा समाचार लण्डनस्थित न्यूजरुम छिर्‍यो । र, भोलिपल्ट अर्थात् जुन २ मा पत्रिकाले इतिहासमै एउटा ठूलो समाचार ‘ब्रेक’ गर्‍यो । ‘फस्ट एकाउन्ट अफ एसेन्ट अफ एभरेस्ट’ शीर्षकको उक्त समाचार शीर्षक, ब्रेकर र समाचार गरेर कुल ५० शब्दको मात्र थियो । २ जुनमा लण्डनका सडकमा एकैसाथ बेलायतीहरु दुईटा ठूला खुसी मनाउन पाए, सगरमाथा आरोहण र नयाँ महारानीको राज्यरोहणको ।

यद्यपि त्यसबेला उनको बाइलाइन जेन नभई जेम्स मोरिसको नाममा छापिएको थियो । किनकि जन्मजात पुरुष जन्मिएका उनले आफूलाई सन् १९७२ लिंग परिवर्तन गरेपछि भने महिलाको रुपमा छिन् ।
****

Friday, May 24, 2013

माइकलका आँखामा नेपाली साहित्य


युनिभर्सिटी अफ लन्डनमा नेपाली र हिमालयन स्टडिजका प्राध्यापक हुन्, माइकल हट। सोही विश्वविद्यालयको साउथ एसियन स्टडिजतर्फको स्नातक विद्यार्थीका रूपमा साढे तीन दशकअघि उनी हिन्दी पढ्न भारतको वृन्दावन आएका थिए। त्यहाँ वैष्णव अभिलेखको संकलन र संवर्द्धनका निम्ति स्थापना गरएिको एक अध्ययन संस्थान थियो । त्यसका निम्ति नेपाली कागज लिन उनका साथी र उनी नेपाल आएका थिए। साथी दिल्लीबाट हवाईजहाजमा सीधै काठमाडौँ छिरे भने माइकल हटले रक्सौल हुँदै सडकको बाटो रोजे। २० वर्षे बेलायती ठिटोलाई नेपालले यति मोहित पारेछ कि उनले योजनाभन्दा थप दुई साता यतै बिताए, काठमाडौँ र पोखरा घुमे। त्यही प्रभावले लन्डन फर्केपछि उनले नेपाली भाषाका थप दुई विषय आफ्नो ऐच्छिक अध्ययनमा थपे।

त्यसयता हो, उनको दिमागमा कवीर, सुरदास, तुलसीदाससँगै गुरुप्रसाद मैनालीका कथा, सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटाका कविता घुम्न थालेको। त्यसरी नेपाली साहित्यसँग गाँसिएको वर्षौं लामो सामीप्यको एउटा ऐतिहासिक प्रतिविम्ब हो, उनको निबन्धसंग्रह इलक्वेन्ट हिल्स, एसेज अन नेपाली लिटरेचर। यसमा सन् १९८९ देखि २००७ भित्र लेखिएका नौ निबन्ध छन्। आधुनिक नेपाली समाज र साहित्यबारे पुस्तकमा लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, बीपी कोइरालाको सुम्निमा, पारजिातको शिरीषको फूल र भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छेको रचनाको पृष्ठभूमिको सूक्ष्म विश्लेषण छ। मुग्लान जाने, लाहुरे बन्ने एक समय चल्तीको नेपाली शैलीले साहित्यको रूप कसरी धारण गर्दै गयो भन्ने अर्को रोचक पक्ष समेटिएको छ।

विभिन्न कालखण्डमा भएका आन्दोलन कसरी साहित्यसँग जोडिए, सांगि्रला वा आदर्श नेपालका भावना कसरी साहित्यका स्रोत बने भन्ने पक्षलाई विश्लेषण गरेर पुस्तकलाई ऐतिहासिक दस्तावेजजस्तो बनाइएको छ। त्यससँगै विभिन्न समय र वादको प्रतिनिधित्व गर्ने साहित्यकारका व्यक्तिगत पक्षसमेत जोडिन आइपुग्छन्। यसरी उनका निबन्धहरूले साहित्य सामाजिक, आर्थिक, भौगोलिक, राजनीतिक पक्षसँग कसरी जोडिएको हुन्छ भन्ने सुन्दर चित्र देखाउँछन्। 

प्राध्यापक हट नेपाली भाषाका साधारण हिमायती मात्र होइनन्, उनले नेपाली भाषामै आफ्नो विद्यावारििधसमेत गरेका छन्। थुप्रै नेपाली साहित्यकारसँग लामो उठबससमेत छ उनको। दूरदराजको देशमा पुगेर त्यहाँको साहित्य केलाउन एउटा विदेशीलाई पक्कै सहज थिएन, जसका लागि उनको मिहिनेत प्रशंसनीय छ।

Saturday, April 6, 2013

स्वप्न बंगैचा सान

केही पाइलाकै फरकमा कोलाहलपूर्ण माहोलबाट एउटा ‘स्वर्गसरी’ आनन्ददायी ठाउँ  पुगिन्छ । बाहिरपट्टि सडकमा भुस्याहा कुकुरको सास्ती र ब्रगेल्ती पछ्याउने मगन्तेको तनावबाट फुत्किएर जब तपाई काठमाडौं ठमेल नजिकैको त्रिदेवीमार्गस्थित स्वप्न बगैँचा छिर्नुहुन्छ, केही समय अघिको उदेकलाग्दो दैनिकी विर्सन समय लाग्दैन । अग्ला पर्खालले घेरिएको सुन्दर बगैँचामा मन के कारण रमाउँछ ठ्याक्कै भन्न त गाह्रो छ तर प्रशिद्ध अमेरिकी म्यागेजिन टाइमले मन, शरिर र आत्माका लागि विश्वका उत्कृष्ठ २४ गुपचुक ठाउँको पंक्तिमा स्वप्न बगैँचालाई पनि राखेको छ । २५ मार्चको आफ्नो अंकमा बगैँचाको प्रशंसामा १५९ शब्द खर्चंदै टाइमले आत्माका लागि उत्कृष्ठ भन्दै लेखेको छ, ‘आफ्नो मनले खोजेको ठाउँ रोज्न केहीबेर बगैँचा वरपर चहारेर जब दुबोमा लम्पसार परेर कुनै पुस्तक पढ्न थालिन्छ, शहरको आवाज आकासमा तैरिएझैं लाग्छ ।’

स्वप्न बगैँचामा के छ त्यस्तो जसले बारम्बार स्वदेशी–विदेशी छापाको ध्यान मात्र खिच्दैन, नेपाल आउनेलाई एकपटक छिर्न बाध्य पार्छ । सेलिब्रिटी, उच्च कूटनीतिज्ञदेखि सर्वसाधारणसम्म यहाँ फुत्त छिर्छन् र थाहै नपाई निस्कन्छन् । धेरैजसो आइरहने एक तन्नेरी मनोज भण्डारी भन्छन्, ‘धेरैले यसलाई आफू एक्लिने नीजि ठाउँ होस् भन्ने चहान्छन् । त्यसैले साथीभाईको जमघटजस्ता उद्देश्यका लागि प्रयोग हुनबाट बगैँचा बचेको छ ।’ मनोजले भनेझैं सायद बगैँचाको मौलिकता पनि त्यसभित्रै लुकेको छ ।

थुप्रै मगमगाउँदा मौसमी फूलको छेउ लागेर रुखमा आड लिनुस् वा त्यहाँ रहेका स–साना पोखरीमा तैरने माछालाई नियाल्नुस् । वा, आँखा चिम्म गरेर चराको चिर्बिर आवाज र नेपथ्यबाट आउने गाडिका हर्नसँग तुलना गर्नुस् । इञ्जिनियरिङ विद्यार्थी विकास रेग्मीलाई लाग्दो रहेछ, ‘यहाँको बसाई एक वा अर्को रुपमा ध्यान गरेझैं हुन्छ ।’ यद्यपि यहाँ डेटिङदेखि पारिवारिक जमघट वा विनाकारण टहलिन आउनेको ठूलो सङ्ख्या छ । बगैंचाका कार्यकारी निर्देशक ध्रुवराज रेग्मी भन्छन्, ‘यत्तिको सानो ठाउँमा थुप्रै अनुपम विविधताको संमिश्रण विश्वमै निकै दुर्लभ मानिन्छ ।’

Tuesday, January 8, 2013

बोरिसकी रानी

 राजकुमार बानियाँ प्रदीप बस्याल

टोनी हागन हाउसको पाँचौँ तलामा भेटिइन्, इङ्गर लिसानिभिच, ८४। हेयरब्यान्डले सेतो कपाल बाँधेकी तिनी ल्यापटपसामुन्ने थिइन्। उठेर अभिवादन गरिसक्दा ठ्याक्कै टेनिस कोर्टमा देखिने आफ्नै नातिनी अश्लेषाजस्ती। कुनै बेला 'रोयल होटलकी रानी' भनिने इङ्गरको एक्लो जीवन नै २७ वर्ष पुगिसकेछ।

नेपालमा पहिलो होटल र पर्यटनको खाता खोल्ने बोरिस निकोलायभिच लिसानिभिचकी पत्नी हुन्, इङ्गर। जोसेफ कोन्राड र समरसेट ममका रचना पढेपछि तिनका रोमाञ्चकारी पात्र खोज्दै विश्वयात्रामा निस्केका अमेरिकी हेराल्ड स्टिफन्सले काठमाडौँको होटल याक एन्ड यतीमा सन् १९६१ मा भेटेका एक हिरो, बोरिस। स्टिफन्सले आफ्नो पुस्तक एसियन पोट्रेट्समा छुट्टी मनाउन युरोप गएकी इङ्गरलाई भेट्न नपाएको उल्लेख गरेका छन्। तिनै पात्रलाई भक्तपुरको गछेँ गल्लीमा भेट्यौँ हामीले।

'बोरिस अफ काठमाण्डू: अ किङ्डम अफ हिज ओन' शीर्षक पाठ पढ्दा बोरिस दन्त्यकथाका तिलस्मी पात्रजस्ता लाग्छन्। तिनकी पत्नीसामु कुन कुरा सोध्ने ? कुन कुरा नसोध्ने ? "म अन्तर्वार्ताभन्दा पनि कुरा मात्र गर्छु," इङ्गरले चस्मा खोल्दै भनिन्, "धेरै कुरा पुरानै छन्।" हल्का दमखोकीले सताइएकी इङ्गरको शीतल अनुहारमा थियो, बोरिसको सिंगो कथा।

४ अक्टोबर १९०५ मा काला सागरको ओडेस्सा (युक्रेन)मा जन्मेका हुन्, बोरिस। १२ वर्षको उमेरमा शाही नौका प्रतिष्ठानमा भर्ना पाए। सन् १९१७ मा रुसी क्रान्ति भइहाल्यो। बोल्सेभिकहरूले बन्चरो हानेर जार परिवारको हत्यागरिदिएपछि हजारौँ रुसीको भागाभाग भयो। बोरिस भाग्यमानी रहेछन्। उनले ब्याले कम्पनी ड्यागिलेभमा नर्तकको तालिम पाए। त्यो कम्पनी मोन्टेकार्लोतिर सरेपछि कहिल्यै रुस फर्केनन्।

१९ वर्षे उमेरमा बोरिस कहाँ पुगेनन् ? पेरिस, रोम, म्याडि्रड, बार्सिलोना। थुप्रै कवि, लेखक, कलाकार र संगीतज्ञसँग भेट भयो उनको। पिकासो, साल्भाडोर डाली, ड्युक्याम्प, चिरिको आदि कलाकारको रेखाचित्र कंसिगरका रूपमा मिल्किएको पनि देखे । दक्षिण अमेरिकाको फेरो मारे। युरोप फर्केपछि जारकालीन राहदानीले समस्या भयो। नयाँ राहदानी बनाउन स्थायी बसोबास चाहिन्थ्यो। त्यसैले ब्रिटिस राहदानीका लागि आइपुगेछन् कोलकाता।


भारतकै पहिलो नाइट क्लब खोले, क्लब ३००। त्यतिबेला लन्डनमा थियो, क्लब ४००। कोलकाता त्यसभन्दा सानो सहर भएकाले क्लब ३०० नाम राखेका रहेछन्। राजा त्रिभुवन उपचारका लागि धाइरहन्थे, कोलकाता। क्लब ३०० को माथिल्लो तलामा रहेको बोरसिको अपार्टमेन्टमा जाने अनि उनैसँग ब्याले नाच सिक्ने। प्रजातन्त्र बहालीका निम्ति संघर्षरत विद्रोही र राजाको भेटघाट पनि त्यहीँ हुन्थ्यो। यी भेटघाटलाई बोरिसले कति गोप्य राखे भने कसैले सुइँकोसमेत पाएनन्।

Saturday, March 3, 2012

उत्खनन्, बौद्ध पुन्यभूमिको

पाल्पाका गर्भनर खड्गशमशेरले ब्रिट्रीस इण्डियासँग नेपालमा बौद्ध धर्मसँग जोडिएका तथ्यहरु अन्वेषण गर्ने प्रस्ताव राखेपछि सन् १८९६ मा पहिलो पटक त्यसतर्फबाट जर्मन पुरातत्वविद् डा अलिस फुरर नेपाल आएका थिए । त्यसबेलै पत्ता लागेको विभिन्न ऐतिहासिक तथ्यहरु सहितको अशोका पिलरले नै लुम्बिनीमा मानिसहरुको आकर्षण एक्कासी बढाएको थियो । त्यसरी फुररले निकै महत्वपूर्ण प्राचिन तथ्य भेटेपछि ब्रिटीस सरकारले सन् १८९९ मै अर्का पुरातत्वविद् पिसी मुखर्जीलाई नेपाल पठायो जसले लुम्बिनी, कपिलबस्तु र आसपासका धार्मीक महत्वका क्षेत्रमा पहिलो अध्ययन गरेका थिए ।

मायादेवि मन्दिर र बुद्धका त्यसबेलाका थुप्रै प्राचिन प्रमाणहरु मुखर्जीकै अध्ययन टोलिले भेटाएको थियो । पछि सन् १९३२ देखि १९३९ सम्म खड्ग समशेरले नै लुम्बिनीको ऐतिहाँसिकतालाई थप पुष्ठि गर्ने उद्देश्यले ‘विस्तृत उत्खनन’ त गरे तर त्यो  वैज्ञानिक तरिकासहितको थिएन जसले गर्दा लुम्बिनी क्षेत्रमा भद्रगोल तरिकाले खन्दै शिलालेख÷मूर्ति र अन्य धार्मीक महत्वका सामाग्री  खोज्नतर्फ मात्र लागियो । त्यस उत्खननले जमिनमुनिको भूबनोटबाटै पत्ता लगाउन सकिने कयौं महत्वपूर्ण तथ्यहरुको नष्ट गरेको थियो । जसको असर अहिलेसम्म अध्ययनकर्ताहरु झेल्नेगर्छन् । त्यसरी खड्गसमशेरको पालादेखि शुरु भएको लुम्बिनीको अन्वेषण र विकासको गतिले अहिले निकै दू्रत गति पकडिसकेको छ । तर, बुद्धको जन्मस्थल लुम्बिनी वरपर बुद्धधर्म र उनको जीवनकालसँग जोडिएका थुप्रै धार्मीकस्थलहरु छन् जसको अवस्था कतै जीर्ण, कतै अपुष्ठ तथ्य सहितको त कतै महत्व बोकिकन पनि प्रचारपसारको अभाव झेलिराखेको अवस्थामा छन् । नेपालमा मुख्यतः गौतम बुद्धका तीन महत्वपूर्ण स्थलहरु छन् । पहिलो उनी जन्मेको लुम्बिनी, दोस्रो उनले आफ्नो सकृय २९ बर्ष बिताएको कपिलबस्तु र तेस्रो उनको मामाघर तथा ससुराली कोलिय राज्य । उतीबेला यी क्षेत्रहरु दुई राज्य अन्तरगत पर्दथे । ‘गौतम बुद्धका बुवा शुद्धोधन शाक्य गणराज्य अन्तरगतको कपिलबस्तुका राजा थिए भने त्यसपूर्व दानव नदि (जो तिनाउ नदिभन्दा थोरै पश्चिमतर्फ छ) पारी र नारायणी नदिभन्दा पश्चिमपट्टि कोलिय गणराज्य अन्तरगतको दुई राज्यहरु क्रमशः देवदह र रामग्राम उल्लेख छ’, बरिष्ठ पुरातत्वविद् तथा बुद्धअध्ययनकर्ता तारानन्द मिश्र बताउँछन् ।



Sunday, December 25, 2011

Unrest in the walled city


Nepal has enjoyed a fascinating political history, interspersed with tales of royal intrigue and power struggles amid rulers. A new addition to that list comes in the form of a dispute in the one-time kingdom of Mustang—a first for the region—a 20-year long saga that has just recently come to a jarring climax.
The dispute began over a particular piece of property, namely the historic Lomangthang palace—the seat of the 24th King of Mustang, Jhigmi Palbar Bista, who at 79 years of age has just been handed the Supreme Court’s decision. As per the demands of Diki Dolkar, the widowed wife of the king’s elder brother, the verdict made official on February 16 2010, states that Lomangthang should be divided among family members, as it is ‘private property’.
The court’s decision has presented several problems, the first of which is that the palace is en route to being enlisted among the UNESCO-identified world heritage sites next year. Built by the Amadpals in 1440 AD, the four-storied building is decorated with ancient wall paintings, and according to locals, is believed to be the site where various historically and culturally valuable artifacts went missing in the past and could still be found. The building is also located within the only walled-city in Nepal—comprising of 175 houses enclosed by 8.55 metre walls.

Sunday, December 11, 2011

भूमिभित्रको भव्यता


उपल्लो मुस्ताङमा चार हजार बर्ष पुरानोसम्मका मानवनिर्मित गुफाहरु


सर्वोच्च शिखर सगरमाथाको मात्र सातपटक सफल आरोहण गरसिकेका पिटर एथेन्समा छिप्पिँदो उमेरसँगै हिमाल आरोहणको सोख पनि विस्तारै कम हुँदै थियो। र, उस्तै प्रकृतिको अर्को काममा हात हाले, जसले तत्कालीन रूपमा सगरमाथा आरोहणको जस्तो वाहवाही त दिँदैनथ्यो तर मानव सभ्यता र इतिहासको अध्ययनमा उनको योगदान सर्वोच्च शिखर चुम्दाको भन्दा कम महत्त्वपूर्ण भएन। हो, उनी हिमाल आरोहिबाट गुफा अन्वेषकमा रूपान्तरति भए। त्यही फेरिएको सोखले ५० वर्षे उमेरमा यी नामुद हिमाल आरोहीलाई सन् २००७ मा पुनः नेपाल फर्कायो, जसले गुफा उत्खननका क्रममा मुस्ताङमा करबि चार हजार वर्ष पुरानो गुफासम्म फेला पारे। पछिल्लो चार वर्षमा उनको नेतृत्वमा हिमालपारीको त्यस जिल्लाका ४१ वटा गुफा परसिरको अन्वेषण/उत्खनन भइसकेको छ। 

Monday, December 5, 2011

महँगो सोख


पुराना गाडी चढ्ने सोखसँग समय, सन्दर्भ र इतिहास पनि गाँसिएका छन्


स्वयम्भूमान शाक्य, ६५, आफ्नो सोखले इतिहासको एउटा कालखण्डलाई जगेर्ना गर्न सकेकामा दंग छन्।उनले संकलन गरेका पुराना गाडीका आफ्नै कथा छन्। भन्छन्, "दुर्लभ र पुराना गाडीको संकलन मेरा लागि दिनहुँ विगत सम्झने माध्यम हो।" काठमाडौँको रैथाने परिवारमा जन्मेका शाक्यसँग अहिले अमेरिकामा बनेको झन्डै ८० वर्ष पुरानो फोर्ड र ६८ वर्ष पुरानो विलिज, इटालीमा बनेको ३७ वर्ष पुरानो अल्फारोमियो, फ्रान्समा बनेको ३६ वर्ष पुरानो किट्रन र जर्मनीमा बनेका झन्डै ३५ वर्ष पुराना दुइटा भक्सवागन बिटल कार छन्। भन्छन्, "फोर्ड र विलिज त नेपालमा बोकाएरै ल्याइएका कार हुन्।" यस्ता कतिपय गाडी अहिले बजारमा किन्नसमेत पाइँदैनन्। शाक्यजस्तै पुराना गाडीको संकलन गर्ने सोख भएकाहरू कमै होलान्। तर, पुराना गाडी चढ्ने सोख भएकाहरू भने काठमाडौँमा धेरै भेटिन्छन्। तिनैमध्येकी एक हुन् बारबरा एडम्स। उनले सन् १९६५ मा बनेको सनविम अल्पाइन ब्रान्डको गाडी चढ्छिन्। आधुनिकतामा रमाइरहेको सहरमा छिटोछिटो नयाँ ब्रान्डका गाडी भित्रिरहेका छन्। तर, त्यसको कुनै परवाह छैन, एडम्सलाई। भन्छिन्, "आफैँमा इतिहास बनेको गाडीमा चढ्नुको मज्जा आधुनिक गाडीहरूले दिन सक्दैनन्।" उनकै भनाइमा उनले चढ्ने गाडी नेपालमा आजसम्म एउटै मात्र छ। 


त्यसो त काठमाडौँमा पुराना गाडीका सोखिनको एउटा जमात नै तयार भइसकेको छ। उनीहरूकै भाषामा यो एउटा छुट्टै अनुभूति हो। भक्सवागनकै बिटल चढ्ने कफी भेन्डिङ् मेसिनका वितरक रेज इन्टरनेसनलका निर्देशक सुवोधदास श्रेष्ठ, ३३, भन्छन्, "पुरानो गाडीसँग जोडिएको प्रेमबाट अलग नै हुन सकिएन।" सन् २००३ मा भारतबाट व्यवस्थापनमा स्नातक सकेर आएलगत्तै सस्तो गाडी चढ्ने रहरले नै उनले बिटल किनेका थिए, १ लाख १० हजारमा। "पछि कमाएपछि नयाँ कुनै राम्रो र नयाँ गाडी किन्छु भन्ने सोचेको थिएँ," श्रेष्ठ सम्झन्छन्, "तर, अचेल त मलाई अरू कुनै गाडीमा आँखै लाग्दैन।" भक्सवागनको विशेषता यसको नवीनता र साधारणपन ठान्छन् यसका अनुभवीहरू। यसको भित्री बनोट झकिझकाउ छैन। झट्ट हेर्दा साधारण सिट र स्टेरङि् मात्र भित्रपट्टी देखिन्छन्। तर, श्रेष्ठलाई यही विशेषता नै गजब लाग्छ। भन्छन्, "तपाईंलाई मन पर्ने तरिकाको सिट राख्न सक्नुहुन्छ यसमा।" 



भक्सवागन चलाउन भने सबैलाई सहज हुँदैन। पुरानो गाडी, कहिलेकाहीँ बाटोमै बिग्रन सक्छ। धकेल्नुपर्ने हुनसक्छ। तर पनि भक्सवागन चढ्नेहरू सितिमिति गाडी फेर्दैनन्। बरु धकेल्ने बानी बसाल्छन्। मेकानिक सीप सिक्छन्। श्रेष्ठ भन्छन्, "छोराछोरी हुर्काएजस्तै हो यो चढ्नु। छोराछोरीको कहिले के आवश्यकता पूरा गर्नुपर्छ कहिले के, थाहै हुँदैन र जति ठूलो भयो उत्तिकै माया लाग्छ। त्यस्तै हो।" २ करोड १५ लाखभन्दा बढीको संख्यामा उत्पादन भए तापनि यो कारसमेत अहिले विश्वभर दुर्लभ मानिन्छ। हिटलरको पालामा सबै जनतालाई सस्तोमा कार चढ्न दिने उद्देश्यले बनेको भक्सवागन कारको लाखौँको संख्यामा उत्पादन गरएिको थियो। हालसम्मकै कम्पनीहरूमध्ये एउटै मोडलमा सबैभन्दा बढी कार उत्पादन गर्ने रेकर्ड राखेको भक्सवागनले त यस मोडलको कारको उत्पादन सन् २००३ देखि नै बन्द गर्‍यो। तर, यसका सोखिनहरू विश्वमा मात्र होइन, नेपालमा पनि छन्।



एसोसिएसन अफ नेपाल बिटल युजर ग्रुप (एनबग) यस्तै गाडी चढ्नेहरूको एउटा समूह हो। जसको सदस्य हुनका लागि कम्तीमा पनि आफ्नो निजी भक्सवागन हुनुपर्छ। संगठित रूपमा पुराना गाडीलाई विस्थापित गर्ने सरकारको द्विविधापूर्ण नीतिको विरोधस्वरूप यसको स्थापना गरिएको हो। एनबगका महासचिव सुबोधदास श्रेष्ठ भन्छन्, "यस कारको विशिष्ठताले गर्दा नेपालमा मात्र होइन, विश्वभर धेरै मुलुकमा भक्सवागन क्लब छन्।" हालसालै पत्रकार कनकमणि दीक्षितले समेत स्पाइनल इन्ज्युरी सोसाइटीको मेरुदण्डको उपचार  गरिने अस्पताल निर्माणार्थ रकम जुटाउन बिटलमै चढेर भारत र पाकिस्तानको लाहोरसम्म यात्रा गरेका थिए। 
नेपालमा पहिलो भक्सवागन चढ्ने व्यक्ति कर्णेल घनशमशेर हुन्। सन् १९५७ मा उनले उक्त कार नेपाल भित्र्याएका थिए। सन् १९६२ मा जीवन मल्लको पहलमा भक्सवागनले नेपालमा आपmनै बिक्री केन्द्र स्थापना गर्‍यो। र, त्यो अधिकार दुगड समूहलाई हस्तान्तरण गरयिो। तर, त्यसबेला नेपालमा धेरै भक्सवागन कारहरू आउनुमा सिल्क रुट हुँदै आउने हिप्पीहरूको ठूलो योगदान छ। उनीहरूले र्फकने बेलामा काठमाडौँमै सस्तोमा त्यस्ता गाडी बेचेर जान्थे। "हुन त त्यसबेला दुईतले (डबल डेकर) बसहरू पनि नआएका होइनन् तर काठमाडौँको बाटो सुहाउँदो भएन भन्दै सरकारले बेच्ने अनुमति नदिएपछि उनीहरूले साना गाडीहरू मात्र बेचे," काठमाडौँको झोँछेमा त्यतिबेलादेखि व्यापार गर्दै आएका हिमालयन गेस्ट हाउसका सञ्चालक मोहनकृष्ण मुलापति भन्छन्, "हाम्रा दाजुहरूले धेरै राम्रा गाडीहरू सस्तोमा किनेर गाडीको व्यापार गर्नुहुन्थ्यो।" मुलापतिका अनुसार नेपाल त्यसबेला बाहिरी विश्वसँग राम्ररी नजिकिएको थिएन तर तिनै हिप्पीका कारण पनि त्यसबेला विश्वमा चलेका राम्रा कारहरू नेपाल आइसकेका थिए। 


Friday, September 30, 2011

Remembering Freak Street


"If you want to be a bird, Why don’t you try a little flying?" sang the Holy Modal Rounders in the soundtrack to the epic hippie movie Easy Rider in 1969.  If the movie had been well ahead of the then-established benchmark in terms of counter-cultural statements, the song took things even further than that. 

The words had resonated at the time with a young population in the West that was increasingly restless and looking to distance itself from the politics of the day, eventually going on to usher in the game-changing anti-war and civil rights movements. And songs like the above became anthems in and of themselves for a generation hoping to take spiritual flight, frustrated as they were with political conflict and what they perceived as the inherent materialism of the Western world. 

While the legacy of the hippies in countries like the US—from their rise to their fall—has been clearly documented and examined many times over, the question of how the subculture travelled far enough to seep into the lap of the Himalayas and spread its wings there is still one that intrigues. The hippies came to Nepal, that much is clear, and Jhochhen, or ‘Freak Street’ as it is often called, was their domain. But what exactly lured them here? 

The alleys in Jhochhen today are bound by looming buildings of all sizes, and are often too narrow for too many to walk through shoulder to shoulder. At first glance, one doesn’t really see anything new, or even rather importantly old in Jhochhen; it is difficult to imagine that this was once the epicentre of the hippie movement in Nepal. 

But, of course, look hard enough and you’ll find the signs, signs that the counterculture had indeed found a home in these shady streets at one point of time. A few metres into the alley on the left when you enter the Basantapur Durbar Square from New Road and you will see a lodge bearing a board that reads proudly: “Original since 1972”. Move further in and you can see hookah shops that date back almost half a century; these and other similar shops, experts claim, were a big part of the city’s appeal for the young foreigners back in the day. These small elements represent what Kathmandu has retained from the era of the hippies.
And then there are the people themselves. The sight of a long-haired elderly tourist passing through a Jhochhen alleyway in loose, strange-looking clothes, his tattooed chest on display, is a common one here even today, and look into one of the small cafés and chances are you’ll find dreadlocked foreigners tucking into their teas and smoking beedis (a thin, local cigarette made with leaves). 

Sunday, July 24, 2011

त्यो झोँछे, यो झोँछे; त्यो ठमेल, यो ठमेल

समयसँगै बदलिए यी पर्यटकप्रिय ठाउँहरू

न्युरोड हुँदै वसन्तपुर दरबार छिरेपछि दक्षिणपट्टी लाग्ने पहिलो गल्ली झोँछेमा अहिले त्यति धेरै चहलपहल देखिँदैन। अझ महानगरपालिकाले गल्लीको मुखमै काँडेतारले छेकेको छ। त्यसमाथि बाटो नै छेकिने गरी मोटरसाइकल पार्क गरिँदा मानिसहरूलाई 'त्यता पनि घुम्ने ठाउँ छ र ?' भन्ने लाग्न सक्छ। अव्यवस्था, साँघुरो गल्ली र चमकदमकपूर्ण दृश्य-परिदृश्य उभार नदेखिने झोँछे यस्तो अभागी स्थान हो, जसले बितेको ४० वर्षमा आफ्नो साख र सौन्दर्य गुमाउनु पर्‍यो।

कुनै बेला 'फ्रिक स्ट्रिट'का नामले चिनिने गल्ली त्यही हो। उतिबेला झोँछे पर्यटकीय दृष्टिले नेपालकै व्यस्त ठाउँ थियो। सन् '६० को दशकको अन्त्यतिर नेपाल बाँकी विश्वसँग जोडिने क्रम सुरु भएपछि विस्तारै बाह्य पर्यटकहरू भित्रिन सुरु गरेका थिए। नेपालमा त परै जाओस्, राजधानी काठमाडौँमा समेत विदेशी पर्यटक राख्ने पूर्वाधार तयार भइसकेका थिएनन्। झोँछे काठमाडौँको अलिक व्यवस्थित ठाउँ भएकाले पर्यटकहरूको आँखामा पर्‍यो। 

"ठमेल, दरबारमार्गजस्ता अहिलेका चर्चित पर्यटकीय ठाउँहरू त त्यसबेला यस्ता कहाँ थिए र ?," झोँछेस्थित सेन्चुरी लजका प्रमुख सुमन श्रेष्ठ, ५८, भन्छन्, "दरबार स्क्वायर वरपरको मरुहिटी, लगनचोक, झोँछे त्यसबेलाका मुख्य ठाउँ हुन्।" अरूको तुलनामा झोँछेले केही बढी पूर्वाधार विकास गरेको हुनाले यही नै चर्चित भयो। सुमन स्वयंले सन् १९७२ मा झोँछेमा लज खोलेका थिए, जतिखेर नेपालमा हिप्पी पर्यटन उत्कर्षमा थियो। पश्चिमा जगत्मा बढिरहेको पुँजीवादी अर्थव्यवस्थाबाट विरक्तिएर धेरै युवा खुसी खोज्ने बहानामा नेपाल छिरेका हुन्थे। कतिपय त अमेरिका-भियतनाम युद्धविरोधीका रूपमा 'नो वार' अभियानका साथ भित्रिन्थे।

खुसी -ह्याप्पी) खोज्ने बहानामा आएका युरोपियन र अमेरिकीहरूलाई 'हिप्पी' भनेर बोलाउन थालिएको थियो। हिप्पीहरू स्वतन्त्र जीवनशैली रुचाउँथे। लटाधारी, च्यात्तिएका लुगाहरू, जुत्तै नलगाई हिँड्ने, संगीतका पारखी र गाँजा तान्न बढी रुचाउने स्वभावका हुन्थे, हिप्पीहरू। "त्यतिखेर त अहिले बजारमा तरकारी वा किराना पसलमा चकलेट बेचेजसरी गाँजाको व्यापार हुन्थ्यो," श्रेष्ठ सम्झन्छन्, "तर, विस्तारै गाँजाबाट हिरोइन, कोब्रा बाइटजस्ता नराम्रा विकृतिहरू फैलन थालेपछि केही समस्याहरू देखा परेका हुन्।" नत्र त्यसबेलाका पर्यटकहरू हिप्पी नै भए पनि अरूलाई त्यसरी दु:ख नै दिने नियतका नभएको उनको अनुभव छ। 




हनुमानढोका आसपासमै अधिकांश सुटिङ् भएको सन् १९७१ को बलिउड चलचित्र हरे कृष्ण हरे राममा पनि हिप्पीज्म र सहजै गाँजा व्यापार हुने देखाइएको छ। हिप्पीहरू कोही पैसावाल पनि हुन्थे त कोही नेपाल सस्तो ठाउँ भएकाले घुम्न आएका हुन्थे। उनीहरू प्र्fकंदा आफूले ल्याएका सामानहरू सस्तोमै बेचेर जान्थे। नेपालको भिसा शुल्क त्यसबेला कम थियो, जसले गर्दा पर्यटकहरू लामो समयसम्म बस्थे। थापा सम्झन्छन्, "मेरोमा कति हिप्पीहरू एक वर्षसम्म पनि बसेका छन्।" चार/पाँच महिना बस्ने त धेरै हुन्थे। त्यसबेला काठमाडौँमा सबैभन्दा बढी होटलहरू झोँछेमै थिए। अहिले धेरै होटलहरू बन्द भइसकेका छन्। पर्यटकहरूलाई कोठामा धान्न नसकेर पिँडीमै समेत सुताउनुपर्ने अवस्था त्यसबेला झोँछेमा थियो।

अमेरिका, बेलायत, फ्रान्स, हल्यान्ड, जर्मनी र अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी हुन्थ्यो। उनीहरू झोँछेको गल्लीमा खुलमखुला गाँजा तान्दै हिँड्थे, जसले गर्दा झोँछेको मूल बाटोलाई 'फ्रिक 
 स्ट्रिट' नामकरण गरियो। नेपालसम्बन्धी लेखिएका धेरै पुराना किताबमा यसको उल्लेख पाइन्छ। झोँछेको यो गल्ली अझै पनि विश्वभर चर्चित छ।