समयसँगै बदलिए यी पर्यटकप्रिय ठाउँहरू
"ठमेल, दरबारमार्गजस्ता अहिलेका चर्चित पर्यटकीय ठाउँहरू त त्यसबेला यस्ता कहाँ थिए र ?," झोँछेस्थित सेन्चुरी लजका प्रमुख सुमन श्रेष्ठ, ५८, भन्छन्, "दरबार स्क्वायर वरपरको मरुहिटी, लगनचोक, झोँछे त्यसबेलाका मुख्य ठाउँ हुन्।" अरूको तुलनामा झोँछेले केही बढी पूर्वाधार विकास गरेको हुनाले यही नै चर्चित भयो। सुमन स्वयंले सन् १९७२ मा झोँछेमा लज खोलेका थिए, जतिखेर नेपालमा हिप्पी पर्यटन उत्कर्षमा थियो। पश्चिमा जगत्मा बढिरहेको पुँजीवादी अर्थव्यवस्थाबाट विरक्तिएर धेरै युवा खुसी खोज्ने बहानामा नेपाल छिरेका हुन्थे। कतिपय त अमेरिका-भियतनाम युद्धविरोधीका रूपमा 'नो वार' अभियानका साथ भित्रिन्थे।
खुसी -ह्याप्पी) खोज्ने बहानामा आएका युरोपियन र अमेरिकीहरूलाई 'हिप्पी' भनेर बोलाउन थालिएको थियो। हिप्पीहरू स्वतन्त्र जीवनशैली रुचाउँथे। लटाधारी, च्यात्तिएका लुगाहरू, जुत्तै नलगाई हिँड्ने, संगीतका पारखी र गाँजा तान्न बढी रुचाउने स्वभावका हुन्थे, हिप्पीहरू। "त्यतिखेर त अहिले बजारमा तरकारी वा किराना पसलमा चकलेट बेचेजसरी गाँजाको व्यापार हुन्थ्यो," श्रेष्ठ सम्झन्छन्, "तर, विस्तारै गाँजाबाट हिरोइन, कोब्रा बाइटजस्ता नराम्रा विकृतिहरू फैलन थालेपछि केही समस्याहरू देखा परेका हुन्।" नत्र त्यसबेलाका पर्यटकहरू हिप्पी नै भए पनि अरूलाई त्यसरी दु:ख नै दिने नियतका नभएको उनको अनुभव छ।
न्युरोड हुँदै वसन्तपुर दरबार छिरेपछि दक्षिणपट्टी लाग्ने पहिलो गल्ली झोँछेमा अहिले त्यति धेरै चहलपहल देखिँदैन। अझ महानगरपालिकाले गल्लीको मुखमै काँडेतारले छेकेको छ। त्यसमाथि बाटो नै छेकिने गरी मोटरसाइकल पार्क गरिँदा मानिसहरूलाई 'त्यता पनि घुम्ने ठाउँ छ र ?' भन्ने लाग्न सक्छ। अव्यवस्था, साँघुरो गल्ली र चमकदमकपूर्ण दृश्य-परिदृश्य उभार नदेखिने झोँछे यस्तो अभागी स्थान हो, जसले बितेको ४० वर्षमा आफ्नो साख र सौन्दर्य गुमाउनु पर्यो।
कुनै बेला 'फ्रिक स्ट्रिट'का नामले चिनिने गल्ली त्यही हो। उतिबेला झोँछे पर्यटकीय दृष्टिले नेपालकै व्यस्त ठाउँ थियो। सन् '६० को दशकको अन्त्यतिर नेपाल बाँकी विश्वसँग जोडिने क्रम सुरु भएपछि विस्तारै बाह्य पर्यटकहरू भित्रिन सुरु गरेका थिए। नेपालमा त परै जाओस्, राजधानी काठमाडौँमा समेत विदेशी पर्यटक राख्ने पूर्वाधार तयार भइसकेका थिएनन्। झोँछे काठमाडौँको अलिक व्यवस्थित ठाउँ भएकाले पर्यटकहरूको आँखामा पर्यो।
कुनै बेला 'फ्रिक स्ट्रिट'का नामले चिनिने गल्ली त्यही हो। उतिबेला झोँछे पर्यटकीय दृष्टिले नेपालकै व्यस्त ठाउँ थियो। सन् '६० को दशकको अन्त्यतिर नेपाल बाँकी विश्वसँग जोडिने क्रम सुरु भएपछि विस्तारै बाह्य पर्यटकहरू भित्रिन सुरु गरेका थिए। नेपालमा त परै जाओस्, राजधानी काठमाडौँमा समेत विदेशी पर्यटक राख्ने पूर्वाधार तयार भइसकेका थिएनन्। झोँछे काठमाडौँको अलिक व्यवस्थित ठाउँ भएकाले पर्यटकहरूको आँखामा पर्यो।
खुसी -ह्याप्पी) खोज्ने बहानामा आएका युरोपियन र अमेरिकीहरूलाई 'हिप्पी' भनेर बोलाउन थालिएको थियो। हिप्पीहरू स्वतन्त्र जीवनशैली रुचाउँथे। लटाधारी, च्यात्तिएका लुगाहरू, जुत्तै नलगाई हिँड्ने, संगीतका पारखी र गाँजा तान्न बढी रुचाउने स्वभावका हुन्थे, हिप्पीहरू। "त्यतिखेर त अहिले बजारमा तरकारी वा किराना पसलमा चकलेट बेचेजसरी गाँजाको व्यापार हुन्थ्यो," श्रेष्ठ सम्झन्छन्, "तर, विस्तारै गाँजाबाट हिरोइन, कोब्रा बाइटजस्ता नराम्रा विकृतिहरू फैलन थालेपछि केही समस्याहरू देखा परेका हुन्।" नत्र त्यसबेलाका पर्यटकहरू हिप्पी नै भए पनि अरूलाई त्यसरी दु:ख नै दिने नियतका नभएको उनको अनुभव छ।
हनुमानढोका आसपासमै अधिकांश सुटिङ् भएको सन् १९७१ को बलिउड चलचित्र हरे कृष्ण हरे राममा पनि हिप्पीज्म र सहजै गाँजा व्यापार हुने देखाइएको छ। हिप्पीहरू कोही पैसावाल पनि हुन्थे त कोही नेपाल सस्तो ठाउँ भएकाले घुम्न आएका हुन्थे। उनीहरू प्र्fकंदा आफूले ल्याएका सामानहरू सस्तोमै बेचेर जान्थे। नेपालको भिसा शुल्क त्यसबेला कम थियो, जसले गर्दा पर्यटकहरू लामो समयसम्म बस्थे। थापा सम्झन्छन्, "मेरोमा कति हिप्पीहरू एक वर्षसम्म पनि बसेका छन्।" चार/पाँच महिना बस्ने त धेरै हुन्थे। त्यसबेला काठमाडौँमा सबैभन्दा बढी होटलहरू झोँछेमै थिए। अहिले धेरै होटलहरू बन्द भइसकेका छन्। पर्यटकहरूलाई कोठामा धान्न नसकेर पिँडीमै समेत सुताउनुपर्ने अवस्था त्यसबेला झोँछेमा थियो।
अमेरिका, बेलायत, फ्रान्स, हल्यान्ड, जर्मनी र अस्ट्रेलियाबाट आउने पर्यटकको संख्या सबैभन्दा बढी हुन्थ्यो। उनीहरू झोँछेको गल्लीमा खुलमखुला गाँजा तान्दै हिँड्थे, जसले गर्दा झोँछेको मूल बाटोलाई 'फ्रिक स्ट्रिट' नामकरण गरियो। नेपालसम्बन्धी लेखिएका धेरै पुराना किताबमा यसको उल्लेख पाइन्छ। झोँछेको यो गल्ली अझै पनि विश्वभर चर्चित छ।