गोविन्दनरसिंह केसी, ५८, लाई एक आदर्श व्यक्तिका रूपमा हेर्छन्। कारण, केसी पाँचतारे होटलको भान्साको सबैभन्दा माथिल्लो तह 'एक्जुकेटिभ सेफ' हुने पहिलो नेपाली हुन्। सन् २००१ मा सोल्टी क्राउन प्लाजाले सिंहलाई त्यो उपाधिले सम्मानित गर्नुअघि नेपाली पनि पाँचतारे होटलका मुख्य सेफ बन्न सक्छन् भन्ने कल्पनाबाहिरको कुरा थियो। हाल होटल अन्नपूर्णमा कार्यरत केसी भन्छन्, "नयाँ पुस्ताले कम्तीमा एक्जुकेटिभ सेफको सपना देख्न थालेको छ।"
आखिर त्यस्तो के रहस्य लुकेको हुन्छ, एक्जुकेटिभ सेफभित्र ? होटलको भान्साको सबैभन्दा सानो तहदेखिको अनुभव सँगालेका केसीको भनाइमा होटलको सबैभन्दा ठूलो इज्जत भनेकै त्यहाँको खाना हो, पाहुनाले अन्य थुप्रै समस्यालाई छिट्टै बिर्सन्छन् तर खानामा त्यसो हुँदैन। त्यसैले होटलको इज्जत धान्ने मुख्य पक्षको कमान्ड त्यही एक्जुकेटिभ सेफको हुन्छ।
केसीले काम सुरु गर्दा न नेपालमा सेफ उत्पादन गर्ने पूर्वाधार थियो, न त त्यसको सम्भावना नै महसुस गरएिको थियो। जब काठमाडौँमा सोल्टी होटल खुल्यो र त्यसको व्यवस्थापनको जिम्मा अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध ओबरोय समूहले लियो, तब केसीजस्ता थुप्रैमा त्यहाँ काम गर्ने भूत सवार हुन थाल्यो। यद्यपि, त्यस बेला होटल म्यानेजमेन्ट पढाइ हुने कलेज नै थिएनन्। केही थियो भने न्याथम कलेजमा पढाइ हुने एकवर्षे 'फुड पि्रपरेसन एन्ड कन्ट्रोल कोर्स' मात्र।
सरस्वती कलेजबाट प्रवीणता प्रमाणपत्र तह सकेलगत्तै उक्त कोर्स गरेका केसी भाग्यशाली निस्के। आफूलाई लायक साबित गर्न अघिल्लो चार महिना नै उनका लागि काफी रह्यो। त्यसले उनलाई थप दुई वर्षका लागि 'ट्रेनी कमी वान' बन्ने अवसर दियो। सन् १९७८ मा 'फस्ट कमी' भएपछि उनी त्यस्तो भान्सामा छिरे, जहाँ सबै विदेशी मात्र थिए। धेरैजसो बेलायती, प|mान्सेली, इटालेली र भारतीय। सम्झन्छन्, "ती विदेशी सेफले खालि स-साना काममा मात्र अल्झाउँथे, नयाँ कुरा सिकाउन खोज्दैनथे। गर्नेभन्दा गराउने ठूला हुँदा रै'छन् भन्ने लाग्थ्यो त्यस बेला, जसले अघि बढ्नका लागि झन् प्रेरति गर्यो मलाई।" धेरै कुरा उनले देखेरै सिके।
लगनशीलता र लगावले राम्रो सेफ बनाउँछ भन्ने बुझेका उनी ड्युटी सकिएर घर जान कहिल्यै हतारएिनन्। उनले धेरैपटक १८ घन्टासम्म काम गरेका छन्। नतिजास्वरूप सोल्टीले ६ वर्षपछि उनलाई ओरयिन्टेसनका लागि ओबरोय दिल्ली र मुम्बई पठायो। त्यताबाट फर्केपछि उनी जुनियर सु सेफ, सेफ डी पार्टी हुँदै करअिरमा उकालो लागे। सोल्टी छाड्नुअघि भने उनी सोल्टीकै फ्लाइट क्याटरङि् सेवा 'एलएसजी स्काई सेफ'मा फुड प्रोडक्सन डाइरेक्टर थिए।
सोल्टीमा मात्र उनले ३१ वर्ष काम गरेका रहेछन्। अहिलेको पुस्ता पूर्वाधार र अवसरका हिसाबले भाग्यशाली भईकन पनि पैसाका लागि मात्र सेफ करअिरमा अघि बढ्छु भन्ने सोच्यो भने त्यो सबैभन्दा प्रत्युत्पादक हुने ठान्छन् उनी। भन्छन्, "डिग्री हासिल गर्ने कुरा त सानो पक्ष मात्र हो, मुख्य कुरा लगनशीलता र मिहिनेत नै हो।"