प्रिय विभूति,
तिम्रो जीवनसँग जोडिएको पहिलो शिक्षा नै त्यहीँबाट शुरु भएको थियो जहाँ तिम्री मामुले विवेकपूर्ण ढंगबाट सबैको भाग पीडा र तनाव एक्लै लिएकी थिइन् । यदि त्यसो नभनेको भए हामी धेरै जना हप्तादिन अगाडिदेखि वा कम्तिमा मामुलाई व्यथा लागेदेखि निकै चिन्तित हुन्थ्यौं जुन तिम्री मामुको विवेकपूर्ण चलाखीले गर्दा पाएनौं । हुन पनि हो, जति नै अरु चिन्तित भए पनि तिम्लाई जन्माउनु त तिम्री मामुलाई नै थियो । अरु त मात्र पीडामा साथ दिने मात्र थियो । त्यसैले तिम्रो लागि जीवनमा मामुले सिकाएको यो पाठ हमेशा शिरोधर गर्नु, ‘यो संसार भनेको तिम्रा लागि तिमी मात्र हो, अरु सबैले तिम्रा सुख–दुःखमा साथ त देलान् तर ति सब भ्रम मात्र हुन्, मुख्य काम फत्ते गर्ने तिमी नै हुनेछ्यौ । त्यसैले सबैभन्दा मुख्य काम आफैमा असल, सक्षम र विवेकी हुनु जरुरी छ ।’