Showing posts with label Blogging. Show all posts
Showing posts with label Blogging. Show all posts

Friday, February 28, 2014

कोमामा कुमार नगरकोटी [Video]

आख्यानकार कुमार नगरकोटीको नाटक "कोमा : अ पोलिटिकल सेक्स" आजदेखि मार्च महिनाभर दिनहुँ शिल्पी थिएटर, बत्तिसपुतलीमा प्रदर्शन हुँदैछ । अखबारका लेखनमा र त्यसमा पनि अफबिट शैलीका कारण रुचाइएका कुमार नगरकोटीको लेखन भएकाले पनि धेरैले यो नाटकलाई निकै प्रतिक्षासाथ कुरेका छन् । नाटकलाई घिमिरे युवराजले निर्देशन गरेका छन्  ।



नाटकको तयारीमा व्यस्त रहंदा हालैको एक साँझ हामीले उनलाई भेटेका थियौं । र, थुप्रै जिज्ञाशा राख्यौं उनको व्यक्तिगत स्वभावदेखि नाटकका बारेमा । प्रस्तुत भिडियोमा राजकुमार बानियाँ, कुमार पौडेल, लुना भट्टराई, अब्दुस मियाँ, अंकित अधिकारीप्रदीप बस्यालले सोधेका केही प्रश्न  र त्यसमा नगरकोटीको उत्तरहरु प्रस्तुत गरेका छौं । 


भिडियो सुटिङका क्रममा सघाउने शिल्पी थिएटरका सम्पूर्ण कलाकारहरु एवं निर्देशक घिमिरे युवराजप्रति म निकै आभारी छु । भिडियो खिच्न सघाउने निरज न्यौपाने र सम्पादनमा सघाउने शंकर चैसिरप्रति निकै आभारी छु ।

के भन्छन् कुमार नगरकोटी  ?

नाटकमा मेरो प्रवेश अल अफ सडन नै हो। मैले जीवनमा नाटक लेख्ने त परै जाओस्, लेखक बन्छु भनेर पनि सोचेको थिइनँ। सहरमा म विधाभञ्जकका रूपमा कुख्यात छु। नाटकमा मैले र्फमलाई क्राफ्टले भत्काएको छु। हरेक मान्छेमा एक खालको माइन्डसेट छ। त्यसलाई नभत्काई म लेख्न सक्दिनँ। मलाई बदनाम पनि प्रिय छ। म्याडनेस मेरो ब्राण्ड हो । मैले लेखेको म्याडनेसमा सब पात्रहरु मृत छन् तर नाटकमा तिनै जिवन्त हुन्छन् । किनकि म अल्टिमेट म्याडनेसमा गएर लेख्छु ।

Sunday, September 25, 2011

वहदेखि खुसीसम्म, विचारदेखि आक्रोशसम्म

इन्टरनेट सञ्जालमा नेपाली ब्लग खोज्दै जाँदा भेटिएको 'दुर्जेन चेतना' नामको ब्लगमा गतवर्षको तिहारलाई सन्दर्भ पारेर लेखिएको छ, "तिहार  आयो, मेरी दिदीलाई सम्झाएर गयो।" तिहारमा टीका लगाउन नपाएपछि ब्लगरले दिदीसँग बिताएका पुराना क्षणलाई स्मृति शैलीमा  अभिव्यक्त गर्दै लेखेका छन्, "म सानै हुँदादेखि नै दिदीले मलाई आमाको पछ्यौराले ढाडमा बोकेर हिँड्नु हुन्थ्यो रे ! तर, पहिलोपटक मलाई हात  समातेर शिशुकक्षा पढ्न जाँदादेखिका क्षणहरू मात्र मलाई याद छन्।"

उक्त ब्लगमा ब्लगरका दिदीसँगका सुख-दु:खका क्षणहरू मात्र भेटिँदैनन्, ब्लग लेखनको एउटा पाटोको झल्को पनि पाइन्छ। त्यसो भए के हो त  ब्लग लेखन वा ब्लगिङ् ? एउटै उत्तर भेटाउनु सजिलो छैन। सामान्यतया मान्छेले आफ्ना अनुभव, अनुभूति र दृष्टिकोणलाई आफ्नै शैलीमा  अभिव्यक्त गर्ने एउटा माध्यम भनेर ब्लगिङ्लाई बुझिन्छ। पछिल्ला दिनमा यसलाई लेखकीय उत्तरदायित्वसँग जोडेर विभिन्न बहसहरू पनि  सुरु भएका छन्। अहिले ब्लगिङ् चरम स्वच्छन्दतामा आफ्ना भावनाहरू अनगिन्ती शैली, तरिका र विषयहरूमा पोख्न सकिने थलोका रूपमा  विकसित भइरहेको छ।

सुमन मञ्जरी (सरीता खनाल)को ब्लगमा 'झरीले जोडेको सम्बन्ध' शीर्षकमा विशेष सन्दर्भ पारेर कसैलाई पहिलोपटक त्यस्तै झरीमा भेट्दाको अनुभव व्यक्त गरिएको  छ। मञ्जरीले उक्त ब्लगपोस्टमा लेखेकी छन्, "यी दिनमा लगातार झरी पररिहँदा हाम्रो भेटघाटका सुरुवाती  क्षण याद आउँदै छन्। तीन वर्षअघिको यही भदौरे झरीमा हाम्रो भेट भएको थियो। लगातारको झरीले दिनहरू निथु्रक्क भिजेका थिए। थोरै बो ल्ने अनि चुपचाप बस्न रुचाउने रहेछौ तिमी, मलाई भने बोलिरहनुपर्ने। एकै भेटमा तिमीलाई अत्याएकी थिएँ क्यारे मैले। प्रश्नमाथि प्रश्न  गरेर।" त्रिभुवन विश्वविद्यालयमा नेपालीमा स्नातकोत्तरकी विद्यार्थी मञ्जरीले महिनामा औसत पाँच/छवटा ब्लग लेख्ने गरेकी छन्। भन्छिन्,  "म समाचार लेख्दिनँ, कुनै घटनाले मनलाई छोयो भने लेखिहाल्छु।" त्यसो त उनका ब्लगमा अधिकांश कुरा कसैसँग भेट्दा वा कतै घुम्न जाँदाको अनुभव, कथा, कविता र कुनै विषयमा उनका अन्तरमनका भाव भेटिन्छन् । 

ब्लगको प्रकृति लेख्ने व्यक्तिको व्यवसाय र पृष्ठभूमिले पनि धेरै हदसम्म व्यक्त गरेको पाइन्छ। ग्याजेटका सोखिन भास्कर हुमागाईंले ब्लगमा  नयाँनयाँ सफ्टवेर र सूचनाप्रविधिमा अद्यावधिक भइरहेका कुराहरू खोजेर राख्ने गर्छन्। भन्छन्, "यस्ता कुराहरू ब्लगमा राख्नु आफ्नो सोख  मेट्नु त हो नै, त्यसबाहेक आईटीबारे जानकारी खोजिरहेका धेरैलाई सहयोग पनि पुग्छ।" नेपालमा कति ब्लगर छन्, यकिन छैन। पत्रकार,  विद्यार्थी, कर्मचारीदेखि लिएर धेरै सेवानिवृत्त व्यक्तिहरूसम्मले ब्लगिङ् गररिहेका साइटहरू भेटिन्छन्। 

Sunday, September 18, 2011

कीर्तिपुरमा भुकम्प अनुभव गर्दा



सिक्किम र ताप्लेजुङको वरपर केन्द्रविन्दू रहेको भुपम्पको धक्का महसुस गर्दा म त्रिवि मैदानमा थिएं । मित्र सिपी अर्यालले बाइक हाँकिरहँदा अचानक पानी परेको जस्तो अनुभव भयो, तर त्यो पानी परेको थिएन । भुकम्पको धक्काले रुखका पातमा केहीबेर अहिको बर्षाबाट बाँकि रहेको पानिका थोपाहरु थिए । बाइक रोक्दा जमिन बगिरहेजस्तो हल्लीरहेको थियो । खुला मैदानमा भएको हुँदा हामी आफू त सुरक्षित थियौं तर मलाई काठमाण्डुमै रहेका मेरा दिदीहरु र भाञ्जीहरुको याद आयो । त्यसबिचमै फोन गर्दा नेटवर्क व्यस्त भइसकेको थियो । तत्काल पीताजीको फोन आयो । मणिग्राममा पनि धक्का महसुस गरिएको रहेछ । जसले केही राहत महसुस गरायो कमसेकम केन्द्रविन्दू काठमाण्डु वरपर त रहेनछ भन्ने सोचेर ।

अहिले ट्विटर, फेसबुक र गफगाफमा भुकम्प फेरी आउने वा नआउनेबारे धेरै चर्चा चलिराखेका छन् । सबै सुरक्षित हुन खोज्दाखोज्दै पनि कसरी हुने थाह छैन । काठमाण्डु त हो जताततै घरहरु मात्र छन् । भनिन्छ भुकम्प आउनु अगाडि कुकुरहरु निकै भुक्नेगर्छन् । कीर्तिपुरमा त कुकुरहरु त्यसै पनि बढि भुक्छन् । तर आज ति भुकाईले झन् तनाव दिन्छ कतै भुकम्पको संकेत त होइन भनेर । भुकम्पले केहीको ज्यान लिएको दु:खद खबर आइराखेका छन् । आशा छ अब थप आउने छैनन् र आउने छैन अब थप भुकम्पका धक्काहरु पनि । पशुपति नाथले हामी सबैको रक्षा गरुन् ।


  •  मुलुकभर आइतवार साँझ झण्डै एक मिनेट शक्तिशाली भुकम्पको धक्का महसुस भयो । भुकम्प मापन केन्द्रका अनुसार यो धक्का बि‌.सं. १९९० साल पछिको सबैभन्दा शक्तिशाली हो ।
  • भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार ६ बजेर २५ मिनेटदेखि झण्डै एक मिनेट देशभर धक्का महसुस भएको थियो । नेपालको ताप्लेजुङ् र भारतको सिक्किम राज्यको सीमा क्षेत्रलाई केन्द्र बनाएर ६‌‌.८ रेक्टरस्केलको भुकम्प गएको हो ।
  • बि.सं. १९९० माघ २ गते मुलुकमा ८‌.४ रेक्टर स्केलको भुकम्प गएको थियो । त्यसबेला ३ हजार ८ सय ५० पुरुष र ४ हजार ६ सय ६९ महिला गरी ८ हजार ५ सय १९ जनामो ज्यान गएको थियो भने २ लाख ७ हजार ७ सय ४० संरचना भत्किएको थियो ।
  • त्यसैगरी २०४५ भदौ ५ गते बिहान ४ गते उदयपुरको केन्द्र भएर ६.६ रेक्टर स्केलमा गएको भुकम्पमा ७ सय २१ मृत्यु भएको थियो । ६५ हजार घर भत्किएको थियो ।
  • काठमाडौंमा भूकम्पले धक्का दिन थालेपछि मानिसहरुमा त्रास देखियो । अग्ला भवनहरुमा रहेकाहरु सडकमा निस्किएका थिए । एक मिनेटभन्दा लामोसमय महसुस भएको धक्काबाट क्षतीको विवरणभने प्राप्त भइसकेको छैन ।

Friday, June 24, 2011

Peace and the Freedom of expression




As a blogger and a youth writer peace means “the freedom of expression” to me. I have seen Nepal transit through monarchy to a republican state. The transition was not easy. During the political unrest, I have seen the seizure of right to expression. It was a dark age which we have definitely left behind and a new era has emerged –the era where the right to expression is ensured and this means real peace to me.

The period of Maoist insurgency was the hardest period for media persons. You could not either criticize the government or write the brutality of terrorists. It was a dark era. One could not go to villages to collect the news while publication houses in the cities were censored heavily. Media persons could not express their frustrations with the prevailing scenario.

That was the matter of the past. Today, even in the world’s giant like China and other countries like Iran, Bhutan, among others where governments seem stable enforce totalitarian government resulting in the seizure of freedom of expression. You can’t talk about the dissident awarded Nobel Peace prize in China or Tibet or ethnic Uyghurs in Xinjiang region. Similarly, there exists an autocratic monarch in Bhutan. These totalitarian governments control the media there and there exist no peace in a true sense.

Recently, micro blogging sites and social networks brought the like minded protestors to the streets of Egypt that made Mubarak flee and the good point is this wave is gaining momentum. This is the power of media and the possibilities that freedom of expression pose. 


So, I see freedom of expression as a bearer of peace, synonymous to peace and an indicator of peace. 



Tuesday, May 17, 2011

उपन्यासजस्तो एउटा जीवन ‘सिक्लेसको ठिटो’


कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा ‘सिक्लेसको ठिटो’ शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग ‘सिक्लेसको ठिटो’ का पात्र हुन् । जसको जीवनी ‘फ्यासब्याकमा’ पुस्तकमा अघि बढ्छ ।

मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को नेपाली अनुवादको रुपमा ‘सिक्लेसको ठिटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहादुर श्रेष्ठले त उनको त्यस कामलाई लोर्कापण समारोहमै मुक्तकण्ठले प्रशंशा पनि गरे । भने, ‘धन्य हुन् मञ्जुश्री र दीपक ।’ अर्का संरक्षणविद् जगमान गुरुङ्ले त यस पुस्तकमार्फत मञ्जुश्री  र दीपकले चन्द्रसँगै आफ्नो परिचय पनि दिन सफल भएको बताए । 

पुस्तकलाई उनै डा तीर्थबहादुर श्रेष्ठ र डा जगमान गुरुङले संयुक्त रुपमा लोकार्पण गरेका थिए । आयोजित लोर्कापण कार्यक्रममा बोल्दै चन्द्र गुरुङकै गाउँ सिक्लेसका स्थानियबासी समेत रहेका जगमानले यस पुस्तकले नेपाली साहित्यमा एउटा गाथा थपेको बताए । ‘यो गैरआख्यान भएता पनि साहित्य र प्राविधिक दुवै बिषयको समिश्रणले उत्कृष्ट भएको छ’, उनले भने, ‘चन्द्र गुरुङको जीवनसँगैसँगै पाठकले नेपालको ग्रामिण बिकासका चुनौती र सफलताका कथाहरु नजिकबाट जान्न सक्नेछ ।’ 

Saturday, March 5, 2011

पहिलो जन्मदिनमा प्रसिद्धिलाई चिठी


प्यारी भाञ्जी,


 तिमी आज १ बर्षकी भयौ । जन्मदिनको धेरैधेरै शुभकामना । अहिले त तिमी लेख्न, पढ्न जान्ने भइसकेकी छैनौ । तिमीले बोल्न जानेको पनि पापा, मामा, ममी, मात्रै हो । तर तिमीले भब्य सफलतापूर्वक पार गरेको यो १ बर्षले तिम्रो पूरा जीवनको संकेत गरिरहेको मैले देखिरहेको छु । तिमी पढ्न जान्ने भएपछि यो पत्र पढ्नेछ्यौ, आफूलाई मामाको आँखाबाट पनि चिन्नेछ्यौ र एउटा  असल र सफल व्यक्ति हुन सदा लालायित हुनेछ्यौ ।

तिमी गतबर्ष जन्मदाँ तिम्रो बुवा अधिकृत पास हुनु भएको दुई दिन मात्र भएको थियो । अरुहरुले तिम्रो बुवालाई जिस्क्याउँथे, ‘बाबा अधिकृत नभइकन म जन्मिन्न भनेर नानी आमाको कोखभित्रै कुरेर बसेकी रैछिन्, अब खुसीसाथ जन्मिन्छिन् ।’ भयो पनि त्यस्तै तिमी जन्मिएपछि घरमा अर्को खुसी थपियो । तिम्री आमा तिम्लाई जन्माउनु अघि निकै आत्तिरहेकी थिइन्, हामीहरु अस्पतालको प्रशुतिगृह बाहिर एकटकले भगवानलाई पुकारीरहेका थियौं । तिम्रो घर र मामाघरबाट तारम्तार फोनहरु आइरहेका थिए । तिमी जन्मिएपछि सबैले लामो शास फेरे । तिम्री आमाले पुर्नजन्म पाएको अनुभव गरिन् । अथाह पीडाका बावजुत उनी निकैबेर तिम्लाई छातीमा राखेर सुम्सुम्याइन् । भाञ्जी, तिम्लाई बताउँ, तिम्री आमा त्यतिधेरै खुसी भएको मैले त्यसअघि देखेकै थिइन ।
तिमी सानैदेखि बिलक्षण र बिशेष थियौ । बिलक्षण कोही बिशेष आविस्कार गर्दैमा मात्र मापन गरिँदैन । सच्चा बिलक्षणता उसको दिनचर्याले बोलिरहेको हुन्छ । तिमी सानैदेखि त्यस्तै थियौ । तिमी सानैदेखि परिस्थिति आत्मासाथ गथ्र्यौ, जति भोकाउँदा पनि ‘एकैछिन पर्ख ल’ भन्दा धैर्यतासाथ हाँस्दै कुरेर बस्थ्यौ, एकोहोरो रोइरहने तिम्रो स्वभाव झनै थिएन । तिम्रो अर्को विशेषता सबैखाले मानिससँग सजिलै झ्याम्मिन सक्नु पनि हो । मलाई अझै याद छ, गाडिमा कतै यात्रा गर्दा छेवैमा बस्ने अन्य यात्रीहरु तिमीबाट निकै प्रभावित हुन्थे ।
तिमी निस्फिक्री उनीहरुसँग खेल्थ्यौ । त्यसैले बिछोडिँदा धेरैका आँखा तिम्लाई हेरेर रसाउँथे । सबैले तिम्लाई केही न केही किनिदिन्थे त कसैले तिम्रो हातमा पैसा राखिदिन्थे । तिमीसँग त्यस्तो एउटा चुम्मकिय शक्ति छ ।  तिमीसँग झण्डै एक महिना बिताएपछि घर फर्कँदा तिम्री जिजुआमालाई निकै गाह«ो भएको थियो । भाञ्जी, तिमीलाई बताउँ, तिम्री मावली जिजुआमा निकै ‘बोल्ड’ महिला हुनुहुन्छ । तिमी ममी र हामीहरु हाम्री ममीभन्दा बढि उनै जिजुआमाको समिपमा रहेर हुर्कियौँ । उहाँले कत्ति पढ्नुभएको छैन । तर अनुभव र दुःख–सुखसँग पैँठेजोरी खेल्दा निकै बलियो महिला हुनुभएको हो । सितीमिती वहाँ रोहेको मैले देखेकै थिइन, जुन तिम्लाई काठमाण्डौंमै छाडेर जाँदा देखेँ । म आजकल त्यही भएर तिम्रो घरमा लामो समय बस्न मन लाग्दैन, तिमीसँग रिसाएर होइन कि लामो समय सँगै बसेर फेरी मेरै घर फर्कँदा तिम्रो सम्झनाले झनै पिरोल्छ ।

मैले अघि नै भनिसकेँ, तिमी सानैदेखि ‘मेचुअर’ थियौ । हुन पनि तिम्रो दाँतहरु पाँच महिना नपुग्दै आइसकेका थिए । अहिले त तिम्रा दाँतहरु धेरै नै आइसकेका छन् । आफ्नो शरीर धान्नै नसक्ने अवस्थामै पनि तिमी चारपाउ टेकेर हिड्थ्यौं । सात महिनाकै हाराहरीमा तिमी भित्ता समातेर घरभित्र एउटा कोठाबाट अर्कोमा गइरहन्थ्यौं । तिम्लाई ‘झोलुङ्गे’ त २/३ महिनाभन्दा बढि त चाहिँदै चाहिएन । र तिम्लाई १ महिनाअघि देख्दा त तिमी हिँडिरहेकी थियौ । तिमी बाबासँगै बिहान दुधपसल पुगेर दुध ल्याउन थालिछौ । दुवै हातमा केही न केही बोकेर हिँड्न थालिछौ । तर तिमी जब लड्छ्यौ, तिम्ले आफ्ना दुवै हातमा बोकेका सामानहरु छाड्दिनौ, जसले गर्दा उठ्न तिम्लाई गाह«ो पर्दौ रहेछ । तिम्रा यस्ता धेरै स्वभावहरु निकै प्यारा छन् ।

Wednesday, February 16, 2011

CITIZENS WITHOUT BORDERS


He will be here, will play some of his best numbers and leave people screaming "once more ...once more". It's been a long wait but, the wait is about to bear the sweetest fruit for we shall witness a history, the largest concert in the Nepalese territory. The tickets are a bit higher but I can bet my whole money that nothing will keep his fans from watching Bryan Adams rock his fans to the core of their heart. Nevertheless, the venue might not do justice to his fan followings since its peewee capacity to hold just 25000 audiences.

However, his visit couldn’t go controversy-free. People are raising issues regarding his concert-is it in Nepal’s capacity to hold such an extravagant event? Further, some music activists are claiming that it is a direct encroachment over Nepali music in the name of publicity of NTY. Unlike what they think, I see his visit as a glimpse of a reality, the way we have been globalised. Like the inter-connected web pages we have grown interconnected to every aspect of the globe. Do we want to be bound by borders these days?

Shakira and Richard Marxperformed in India recently and their event mangers didn’t even consider placing one here in Nepal. So, how does it feel to “being a Nepali” ego-like not even being noticed? Many thanks to Bryan that he considered Nepal worth his performance. I hope this sets a trend and we get to see more and more stars perform here in Nepal. Actually, a positive message reverberates back in the global arena if these stars perform here. An ugly tag of “post-civil-war country” might get wiped away from our country’s name. Since he uses the video footage of his concerts in his music videos this might serve as an opportunity to be seen.

Friday, November 26, 2010

हाइकिङ फन

हाइकिङ शुरु नगर्दै उनीहरु घर फर्कन हतारिदै थिए । तर त्यो उनीहरुको हाइकिङप्रतिको वितृष्णा थिएन । भन्दैथिए, ‘कतिखेर घर पुगेर फेसबुकमा फोटोहरु राखौंला भन्ने भइसक्या छ ।’ उनीहरुको कुराकानी सुन्दा स्पष्टै बुझिन्थ्यो, जीवनमा अविश्मरणिय क्षण बनाउन धेरै हाइकिङलाई रोज्ने गर्छन् । त्यो सुनेर आफ्नो क्यामेरामा अनावश्यक तस्विर खिचिरहेको म झनै झस्किन्थें– अहिले नचाहिने तस्विर धेरै खिच्दा पछि हुनसक्ने महत्वपूर्ण ‘सट’ चार्जकै अभावमा ‘मिस’ होला भनेर । यद्यपि हाइकिङ मेरा लागि नौलो भने थिएन । तर हाइकिङ सम्बन्धी विषयलाई ब्लगमा संगाल्ने क्रममा धेरै हाइकर्सहरुसग अन्तरक्रिया र छलफल गरिसकेपछि अन्ततः म पुनः एकपटक हाइकिङका लागि पुगेको थिए जसमा अनन्य मित्र गृष्मराज पाण्डेयले मलाई साथ दिँदैथिए । उनीसँग त्यस्ता रमाइला अनुभव गर्न पुग्नुको एउटा फाइदा के पनि हो भने उनी असाध्यै राम्रा तस्विरहरु पनि खिच्छन्  । संयोगले त्यो पहिलेभन्दा ‘फरक रुट’ र अक्सर हुने भन्दा ‘बेग्लै खाले हाइकिङ’ हुनाले झनै रोचक बन्यो ।


चाबहिल, काठमाण्डुबाट झण्डै आधा घण्टाको बस यात्रामा साघु पुगेर त्यहाबाट झण्डै ४ घण्टामा नगरकोट पुग्नु थियो । तर योजनाभन्दा झण्डै २ घण्टा बढि समय खर्चनुमा त्यो हाइकिङको एउटा फरक उद्देश्य थियो ।
जम्मा भएका ४८ जना हाइकर्सहरु त्यस रुटमा पर्ने गाउमा विश्व हात धुने दिवसको सन्दर्भ पारेर सरसफाई सम्बन्धी जानकारी पनि दिइरहेका थिए । हाइकिङ रुटको बिचमा पर्ने हरेक गाउमा केहीबेर अडिदै हामी सरसफाई सम्बन्धि छलफल र जानकारी दिने काम पनि ग¥यौं । तन्नेरीहरुको बढिरहेको हाइकिङ क्रेजलाई सदुपयोग गर्दै युवा सस्था ‘पश्चिम पाईला’ले यस प्रकारको कार्यक्रम ल्याएको थियो । जस्तो आजकल धेरैले गर्न थालेका छन्– कोही हाइकिङलाई नै भूक्षय नियन्त्रण अभियानमा सदुपयोग गर्छन् त कोही वन्यजन्तु संरक्षणको क्षेत्रमा । वातावरण संरक्षणको सवालसग त यो जोडिने नै भयो । जे होस् जनचेतनाका कुरालाई एकैछिन बिर्सने नै हो भने पनि हाइकिङको आफ्नै खाले रमाइलो पक्ष छ । त्यसमा काठमाण्डु वरपरको क्षेत्र त्यसका लागि झनै उपयुक्त छ ।

म शुरुमा हाइकिङकै क्रममा राजधानी वरपरका केही भेग डुल्दा एउटा यतार्थबाट चकित भए“– बत्तिमुनीको अध्यारो भनेझैं काममाण्डुबाट केही घण्टाकै दूरीमा रहेर पनि मानिसहरु समयभन्दा धेरै पछाडि पनि छन् । उनीहरुमा आधुनिकीकरणले अझै छुन सकेको छैन । त्यो ग्रामिण जीवन अवलोकन गर्ने राम्रो अवसर पनि हो । दिन खुल्दा देखिने सुन्दर हिमालहरु र हुस्सुमा ढाकिने डाडाकाडाहरु यसका विशेष पक्ष हो । तर त्यसका लागि  काठमाण्डुबाट लामो विदा लिएर निस्कनु वा धेरै खर्च जुटाइराख्नु पनि पर्दैन । आफूस“ग भएको समयकै अनुपातमा कस्तो रुटमा हाइकिङ जाने भन्नेमा धेरै विकल्पहरु छन् । एक दिनको फुर्सदमा भए फार्पिङ–चम्पादेवि, दक्षिणकाली, नेवारी गाउ“ वा चाङ्गुनारायण जान सकिन्छ, दुई वा तिन दिनको फुर्सद हु“दा त्यही अनुसारको नगरकोट, चिसापानी, नमःबौद्धजस्ता हाइकिङ रुटहरु छन् ।

हाइकिङ जादा फरक–फरक क्षेत्रका व्यक्तिहरु हुने हो भने झनै रमाइलो हुनेगर्छ । विचमा घट्ने घटनाहरुलाई हरेकले आफ्नै क्षेत्रस“ग जोडेर गफिने गर्छन् । मेडिकल क्षेत्रकोले ‘अस्पताल र स्वास्थ्यचौकी’सगै जे कुरालाई मात्र जोड्छन् भने इञ्जिनियरिङ्गतर्फको छ भने बाटोघाटोकै कुरा गर्छन्, त्यस्तै कृषितर्फको छ भने उसको कुरा कृषिकै हुन्छ, धेरैका गन्जागोल गफगाफ र कुराकानीले हाइकिङ रमाइलो हुन्छ । हि“ड्दाहि“ड्लै साथीहरुमा एक अर्कालाई जिल्याउन ‘¥याग हान्नु’, टिम बाडेर अन्दाक्षरी खेल्नुजस्ता कुराहरु हाइकिङस“ग जोड्न सकियो भने त्यो झनै रोचक हुन्छ ।

स्नातक तहमा ‘डेभलपमेन्ट स्टडिज’ पढ्ने सौनक भट्ट हाइकिङ बढि जाने तन्नेरीमध्येमा पर्छन् । उनको सुझाव छ, ‘हाइकिङ सक्दो नया“ बाटो छिचोल्दै गर्नुपर्छ ।’ बाटोमा केहीबेर हराइएन, हल्काफुल्का चोटपटक लागेन भने त ‘रियल हाइकिङ’ नै नहुने ठान्छन् उनी । यद्यपि हाइकिङलाई एडवेन्चर बनाउ“दा बनाउ“दा बनाउ“दै पनि दुर्घटनाबाट बच्न आफ्नैखाले पूर्वतयारी आवश्यक छ । हाइकिङ रुटको प्रकृति अनुसार भिरालो बाटोहरु भएमा सोहीअनुसारको जुत्ता, ह्याण्ड ग्लोब्स र हेल्मेट, चर्को घाम लाग्ने समय भए सनग्लास लगाउनु त पर्छ नै आफू जाने ठाउ“को म्यापलाई पहिले नै निकै केलाउनुपर्छ । हाइकिङ रुट प्रायः मानिसहरु हि“ड्ने बाटोभन्दा फरक रहने हु“दा त्यतातिर भोक लाग्दा खाने कुराहरु नपाउन सकिन्छ जसका लागि पहिल्यै झोलामा प्रशस्त ड्राई फुडहरु लानु पर्छ । तर सौनकजस्ता फरक अनुभवमा रुचि राख्ने तन्नेरीहरु यस्ता कुरामा त्यति महत्व दिंदैनन् । भन्छन्, ‘केही आधारभुत कुराहरु आफूस“ग छ भने बाटोमै पकाउ“दै खानु झनै राम्रो हो ।’

तर अहिले विश्वभरका हाइकिङ रुटहरुले भोगिरहेको एउटा चूनौति भनेको फोहोर व्यवस्थापनको हो जसले अन्ततः हाइकिङप्रति बढिरहेको क्रेजमा नै धक्का दिन सक्छ । मानिसहरु दिनहू भोग्ने कोलाहल र बजारीया जीवनबाट एकैछिनलाई भए पनि ‘रिर्फेस’ हुन त्यस्ता ठाउहरु जाने गर्छन् जहा पुनः तिनै फोहर, प्याक्ड खानेकुराहरु नै प्रयोगमा ल्याइने हो भने हाइकिङको विशेषता नै हट्न सक्छ । अर्कोतर्फ नेपाल पर्यटन बर्ष २०११ आउनै लागेको बेला नेपालको हाइकिङ क्षेत्रबारे पनि जानकारी दिइयो भने त्यो राष्ट्रको लागि झनै फलदायी हुन त सक्छ नै शुरुमा भनेझैं तन्नेरीका फेसबुक एल्बममा थप राम्रा फोटोहरु पनि भरिनेछन् ।

जाने होइन त हाइकिङ !

Thank you Phurba Sange Moktan for the invitation.

Saturday, November 13, 2010

विगत सम्झाउने एउटा विदाई

Blogger with Deepak Adhikari:: Pics By: CP Aryal
थापाथलीस्थित न्यूयोर्क क्याफेमा कान्तिपुर सम्पादक सुधीर शर्मासँग मसहित आशिष लुइटेल, सिपी अर्याल, रमेश न्यौपानेईश्वर विभाष जमघट भइरहँदा साथै रहनुभएका अर्का पत्रकार दाजु दीपक अधिकारीतर्फ हाम्रा आँखाहरु अक्सर मौन भएर अडिन्थे । हाँसीमजाक गर्ने मुड थिएन त्यहाँ र निन्याउरो अनुहार पारेर हामी त्यस क्षणलाई झन् भावुक बनाउन पनि चहाँदैनथ्यौं । त्यसमा अझ मेरा लागि वहाँको विदाई एउटा परिशिष्टांकको संयोजकको विदाई मात्र थिएन, म आफूलाई लेखनमा एउटा बेग्लै तहको अवसर दिलाउने र निरन्तर मार्गदर्शन दिइरहने अभिभावकसँग बिछोडिएजस्तो अनुभव गर्दैथिए जसको 'अनुभव' मात्र गर्न सक्छु म । शब्दमा व्याख्या गर्नु मेरा लागि त्यो निकै जटिल काम हुनेछ ।
..........
पत्रकारितामा सानैदेखि रुचि थियो मेरो । पत्रकारहरु सधै मेरो सबैभन्दा नजिक रहने व्यक्तिहरु हुन्थे । र, समाचार सामाग्रीहरुले सधै मेरो ध्यान खिच्थे ।  बुवाममीका अनुसार सायद म त्यसबेला सानै थिएँ, जतिखेर देखिनै मलाई समाचारले तान्थ्यो । खाना खाएर चाँडै निदाउने बानी थियो रे मेरो । न त त्यसबेला मेरो घरमा भुल्नका लागि टेलिभिजन थियो । केटाकेटी उमेरमा पढाईप्रति चासो झनै हुँदैनथ्यो । त्यसैले छिट्टै निन्द्रादेविको शरणमा पुग्ने बानी परेको म हजुरआमालाई तोतेबोलिमा भन्नेगर्थें– ‘नमस्कार, कार्यक्रम घटना र विचारबाट भनेपछि मलाई उठाउनु है ।’ (अलिअलि म पनि सम्झन्छु) । पछि बिस्तारै मेरो अन्कन्सियस दिमाग ‘घटना र विचार’को जिंगलसँग अभ्यस्त हुन थालेछ, र कार्यक्रम रेडियो नेपालमा शुरु हुने वित्तिकै म ब्युँजिन्थेँ । यसरी बढेको मेरो समाचारप्रतिको चासो बिस्तारै बिबिसी नेपाली सेवा सुन्ने हुँदै म्यागेजिनहरु ('हिमाल' र 'नेपाल'को ग्राहक मेरा पिताजी म सानै छँदा देखि हुनुहुन्थ्यो) पढ्नेतर्फ आकर्षित हुन थाल्यो । कालान्तरमा पिताजीको जागिरको दौरान म नवलपरासीको सदरमुकाम परासी आएं । त्यहाँ राष्ट्रियदेखि स्थानिय पत्रपत्रिकाका संवाददाताहरु खुबै हुनेगर्थे । त्यसैबेला मैले पनि ‘बाल योजना’ भित्ते पत्रिका शुरु गरेँ । जसलाई त्यसबेला नौलो मानिन्थ्यो र सानै उमेरको मेरो प्रयासको राम्रै कदर गरिन्थ्यो । जसले गर्दा त्यहाँका अग्रज पत्रकारहरुले मलाई पनि बाल पत्रकार भन्दै पत्रकारहरुका कार्यक्रम र भेलामा बोलाउन थाले जसले मेरो संगत पत्रकारहरुसँग झनै बढायो ।

Thursday, November 4, 2010

ब्लगर भेलाका भलाकुसारी

Picture:: via Aakar's facebook
बिहिवारको दिन छिपिँदै जाँदा काठमाण्डुको थापागाउँमा एउटा समूह भेलामा मस्त थियो । ‘एउटा समूह’ किन पनि भनिएको हो भने त्यो कुनै निश्चित पेशा, उमेर र रुचि भएका व्यक्तिहरु मात्र थिएनन् । उनीहरु ब्लगर थिए जुन स्वभावैले निकै फराकिलो दायरामा हुन्छन् । नेपालका पुराना ब्लगरहरु मध्येका एक उज्वल आचार्यले ठट्टा गरे, ‘जतिसुकै ठूला कामहरु पनि ब्लगरहरु बिच थोरै समझदारी हुँदा नि गर्न  सकिन्छ, कारण ब्लगिङ्ग गर्नेहरु एउटा निश्चित व्यावसाय गर्ने मात्र नै हुन्छन् भन्ने छैन ।’ उज्वलले भेलामा आफ्ना शुरुवाती दिनका ब्लगिङ्ग अनुभव पनि सुनाए । ‘त्यसबेला लोकतन्त्रको पक्षमा भिड्ने भन्दै ब्गगिङ्ग पनि एउटा आन्दोलनकै रुपमा थियो, तर लोकतन्त्र आएपछि ब्लगरहरु अब के गर्ने भन्ने मेसो नपाएका पो हुन् कि जस्तो देखिन थाल्यो’, उनी कस्तालाई ब्लगर भन्ने कुरामा पनि पहिल्यैदेखि  रहिआएको आफ्नो मत पोखे, ‘जस्तोसुकै अनलाइन साइटमा रहेर पनि केही न केही लेखिरहनेहरु ब्लगर हुन् ।’ उनका अनुसार सबै ब्लगरहरु राम्ररी भाषा मिलाएर लेख्नसक्ने पत्रकार वा साहित्यकार मात्रै पनि नहुन सक्छन् । त्यसैले आफूले जे जानेको छ त्यसैलाई आफ्नै पारामा अभिव्यक्त गर्नु नै ब्लगिङ्ग हो ।

Thursday, August 26, 2010

ठमेल, झरी र च्याट

काठमाण्डौंले घरीघरी आफ्‍नो कमाल देखाउँदै थियो । छिनछिनमा दर्कंदै र बिसाउँदै गरिरहेको साउने झरीले मलार्इ बिनासित्ति को सास्ती दिन्थ्यो । ठमेलको बाटोमा एउटा हातमा छाता समातेर अर्कोले मोवाइलबाटै च्याट रुममा गफिदैं थिए म । 'ठमेलमा हिँड्‍दा पनि मोवाइलमै मर्छ यार यो त', साथै रहेको साथी विवेक गुनासिन्थ्यो, 'मोवाइल त तेरै हो नि, यहाँका ब्युटीहरु पो हेर्नु त ।' उसले 'ब्युटि' भनेर त्यहाँका सुन्दर केटीहरुलार्इ संकेत गर्दैथियो जसमा नजर डुलाउन उ स्वयं एकसुरले व्यस्त थियो । त्यो झरीमा भिज्दै गरेका केटीहरुतर्फ नजर डुलाउँदै घरीघरी 'वाह्‍' भन्थ्यो ।

'ओ ! मार्इ गड', उसले हठात् यसरी भन्यो कि त्यहाँ केही ठूलै घटना घट्‍यो । मैले मोवाइलबाट आँखा हटाएँ । तर के नै हुन्थ्यो र ! त्यहीँको एउटा पसल बाहिर कसैलार्इ कुरेझैँ एउटी विदेशी केटी उभिएकी थिर्इ । उसैलार्इ हेरेरे केटो दंग परेछ :) । एक सुरमा हिँडिरहेको उ टक्क अडियो, आँखा झिमिक्क समेत नपारी हेर्यो, मुख निकै खोल्दै फेरी एकपटक 'वाह्' भन्दै थप्यो, 'क्या सेक्सी यार' । भन्यो, 'यो झरीमा त्यो नि भिज्न आर्इ भने त क्या 'बुलेट' देखिन्थी होली ।' हुन पनि मोरी राम्रै थिर्इ, त्यसैले उसको कुरालार्इ मैले पूर्ण सर्मथन जनाए । 'हेर्इ, ह्‍वेर यु लस्ट', एउटी अघिदेखि च्याटरुममा चिच्याउँदै बसेकी रै’छ । विवेकले देखाएको केटी हेर्दैगर्दा हाम्रो लामो च्याट अनायसै रोकिन पुगेको मैले पत्तो नै पाएनछु । त्यसदिन विहान मात्रै मैले जिमेलमा उसको च्याट 'निमन्त्रणा' स्विकारेको थिएँ । र, पछिल्लो आधा घण्टादेखि एकोहोरो कुराकानी गरिराखेका थियौं हामीहरु । रफ्‍तारमा अघि बढिरहेको कुराकानीबाट अचानक म हराउँदा ऊ चिच्याएर खोज्दै थिर्इ । सायद 'याहु' म्यासेन्जरमा हाम्रो कुराकानी हुन्थ्यो त त्यसबेलासम्म उसले कयौंपटक घरको ढोका ढक्‍ढकाएझैँ 'बज्' हान्थी होली । धन्न जिमेल च्याटमा त्यो सुविधा छैन र मैले उसको 'बज’‍ सुन्नु परेन ।

'स्टाटस त बबाल छ नि', उसले मलार्इ उक्सार्इ । त्यतिखेर मैले भर्खर नयाँ जिमेल स्टाटस फेरेको थिए, 'काइदाको ठमेल' । हुन पनि ठमेलको माहोलले ममा (सायद मजस्तै धेरैमा) रोमाञ्चकता थपिरहेको थियो । 'माहोल नै यस्तै छ त', मैले सोझो उत्तर फर्काएँ । 'छेउछाउमा कोही छन् र', यति लेखेर उसले 'हिहिहि' थपी । 'अलि बिस्तारै हाँस', भने, 'मेरो छेउमा बस्नेलार्इ डिस्टर्ब होला :) ।' च्याटरुममा आजकल केटीहरु निकै खुलेर गफ गर्छन । अझ केटाहरुसँग जिस्कन पाए त केही चाहीँदैन । मैले विवेकलार्इ बेलाबेलामा यसैगरी च्याटको पछिल्लो अपडेट दिन्छु । 'हो त । आजकल केटीहरु केटाभन्दा बढ्‍ता वाइल्ड हुन थालिसके', विवेकले मलार्इ फर्काएको जवाफमा म अझ प्रस्टिन चाहन्थेँ । उसलार्इ सोधें 'मेरो साथीले भनेको ठिकै हो है?' उसँग आमने-सामने भएरै यो प्रश्न सोधेको भए अझ प्रस्ट उत्तर आउँथ्यो होला, सायद । यस्ता प्रश्नहरुमा आधाजसो जवाफहरु उनीहरुको अनुहारको भावले दिन्छ । तर धन्न ऊ रिसाइन । अगाडि 'हिहिहि' जोडेर झट्ट भनि, 'केटाहरु मात्रै वाइल्ड हुनुपर्छ भन्ने छ र ?' तर उसले विवेकको कुरालार्इ 'हो' पनि भन्न सकिन । काठमाण्डुकै त्रिचन्द्र कलेजमा बिएस्सी गर्ने उसको यसमा आफ्‍नै तर्क छ । भनि, 'जहाँसम्म मलार्इ लाग्छ केटीहरु अलिक खुलस्त र स्वतन्त्र हुन थालेको सामाजिक सञ्जालहरुले गर्दा हो ।' उ आफैँ त्यसको उदहारण भएको बताउँछे, 'एकैछिन ढिलो गर्‍यो कि अझै पनि केटीहरुलार्इ घरपरिवारले नानाथरी शंका गर्न थाल्छन्‍ ।' मैले उजस्ती शहरमा हुर्केबढेकीहरुमा त त्यस्तो समस्या नहोला नि त भनेर जान्न चाहेँ । 'चाहे त्यो जतिसुकै आधुनिक र शहरिया परिवार नै किन नहोस केटा-केटीमा समान धारणा बनाउन अझै सक्दैनन्, थपि, 'त्यसैले तिम्ले भनेझैँ केटीहरु वाइल्ड हुने भनेको प्राय: भचर्अल वल्र्डमै हो ।' 'केटीहरु केटा भएको सुहाउँदैन नि त', मैले भनेर नसक्दै उसले लेखि, 'ह्‍वाट एक्च्युली यु मिन?' मैले आजकल केटाहरुझैँ केटीहरुमा हुने 'ग्याङ्ग फाइट' को प्रशंग जोडे“ । झै-झगडा (ग्याङ्ग फाइट) गर्नु न त केटाहरुको काम हो न त केटीहरुको नै', ऊ भन्छे, 'ग्लोबलाइजेसनको प्रभाव हामीमा उल्टो ढंगले परिरहेको छ ।' उसका अनुसार हामीले सधैँ पश्चिमाहरुबाट नराम्रा कुरा मात्र सिक्यौं । 'डेटिङ्ग जानु, छोटा लुगा लगाउनु, ग्याङ्ग फाइट गर्नु, लागुऔषध लिनु मात्रै हो त हामीले उनीहरुबाट सिकेको !', भन्छे, 'केटीहरु केटासँग खुलेर बोलचाल गरेको, स्वतन्त्र (छाडा होइन) भएर हिँडडुल गरेको सिक्न किन सकेन ?' 

 उसले त्यसो भन्दैगर्दा ठमेलमा काठमाण्डौंले फेरी आफ्‍नो कमाल देखायो अर्थात झरी झन् दर्कियो । हामी ओतको लागि एउटा क्याफेमा छिर्‍यौँ । क्याफेको त्यो कुनामा मेरो जिपिआरएस नेटवर्कले काम गर्न छाड्‍यो 'इरर इन कनेक्सन' भन्दै । मेरो मनमा भने उसले च्याटमा गरेका कुराकानीहरु घुमिरहे ।

 You can also catch this article at Aakar Post