
प्रिय विभूति,
तिम्रो जीवनसँग जोडिएको पहिलो शिक्षा नै त्यहीँबाट शुरु भएको थियो जहाँ तिम्री मामुले विवेकपूर्ण ढंगबाट सबैको भाग पीडा र तनाव एक्लै लिएकी थिइन् । यदि त्यसो नभनेको भए हामी धेरै जना हप्तादिन अगाडिदेखि वा कम्तिमा मामुलाई व्यथा लागेदेखि निकै चिन्तित हुन्थ्यौं जुन तिम्री मामुको विवेकपूर्ण चलाखीले गर्दा पाएनौं । हुन पनि हो, जति नै अरु चिन्तित भए पनि तिम्लाई जन्माउनु त तिम्री मामुलाई नै थियो । अरु त मात्र पीडामा साथ दिने मात्र थियो । त्यसैले तिम्रो लागि जीवनमा मामुले सिकाएको यो पाठ हमेशा शिरोधर गर्नु, ‘यो संसार भनेको तिम्रा लागि तिमी मात्र हो, अरु सबैले तिम्रा सुख–दुःखमा साथ त देलान् तर ति सब भ्रम मात्र हुन्, मुख्य काम फत्ते गर्ने तिमी नै हुनेछ्यौ । त्यसैले सबैभन्दा मुख्य काम आफैमा असल, सक्षम र विवेकी हुनु जरुरी छ ।’
शुरुमै तिमीसँग अलिक जटिल कुरा गरेझैं भयो तर तिम्रो जीवनसँग जोडिएको यस महत्वपूर्ण कुरा छुटाउन मलाई मन लागेन ।

तिमी यस्तो परिवारमा जन्मेकी छौं जहाँबाट जीवनका मूल्यवान कुराहरु बुझ्न सम्भव छ । तिम्रो पीताजीका कयौं राम्रा विशेषताका बिचबाट एउटा निकै अनुकरणीय छ । वहाँले घटनाक्रमलाई सधै ‘ठूलो तस्विर’ मा राखेर हेर्नुहुन्छ । वहाँले भनेको मैले सुनेको छु, ‘एउटै घटना जसलाई अरु मानिसहरुले मानिसहरुले दस बिस जनासँग तुलना गरेर हेर्छन, मैले दश बिस हजारसँग तुलना गरेर हेर्छु । त्यसैले त्यसमाथि मैले बनाउने धारण अरुको भन्दा भिन्न र मौलिक हुन्छ ।’ पीताजीले भनेझैं संसार ठूलो छ त्यसैले हामीले सोच्ने दायरा पनि ठूलो हुनुपर्छ । ससाना कुरामा तिमीले ससानै कोणबाट सोच्न थाल्यौ भने संसार झन् बढि दुःखदायी र क्रष्टकर बन्न पुग्छ । संसार यति ठूलो छ कि जहाँ हाम्रो जति नै ठूलो कुरा पनि संसारका लागि केही होइनन् ।
............
तिम्रो नाम नै आफैमा तिम्रा त्यस्ता असल गुणहरुको प्रतिबिम्ब दिने खालको छ । विभू भगवान लक्ष्मीका हजारौं नामहरु मध्ये धेरै उच्चारण गरिने एउटा हो जसको अर्थ धन, समृद्धि, प्रकाश, विवेक, भाग्य, साहश र सुन्दरता हुन्छ । मेरो ईश्वरसँग प्रार्थना छ, बढ्दो उमेरसँगै तिमीमा यस्ता गुणहरु झन् खुल्दै जानेछन् जसले तिमीलाई एउटा आदर्श व्यक्ति बन्न सहयोग पुग्ने छ ।
ह्याप्पी बर्थडे विभूति
उहि तिम्रो
मामाजी
badai chha विभूति
ReplyDeleteह्याप्पी बर्थडे विभूति