Sunday, June 7, 2009

जब सम्पादकले खोजे.........


एसएलसी.केा नतिजा र्सार्वजनिक भएकेा दिन सबेरै मेघराज अंकलले फोन गर्नुभयो । "डिस्टिडसन आएकोमा बधाई छ, अब पत्रकारिता पढ्नर्ुपर्छ । त्रि्रो पोटेन्सीयालिटी म पत्रकारितामा देख्छु ।" पत्रकारिता मेरो सानैदेखि शोखको विषय भएता पनि मैले भौतिक विज्ञान पढ्ने कुरा सुनेपछि अंकलले निराश हुँदै भन्नुभयो "निर्ण्र्ाागर्ने काम त त्रि्रै हो, तर तिमी मेरो आफ्नै छोरा भएकेा भए पत्रकारिता नै पढ्नुपथ्र्यो ।"

नवलपरासीमा मलाई चिन्ने अधिकांश पत्रकार, राजनीतिज्ञ, बुद्धिजिवी मेरा शुभेच्छुक एवं आफ्नै गुरुहरुले मलाई पत्रकार बनाउनु पर्छ भन्ने कुरा गर्थे । नवलपरासीबाट प्रकाशित हुने एकमात्र बाल पत्रिका -म्यागाजिन) उषाको सम्पादक भएर ३ बर्षकाम गरेको हुँदा पनि होला सबैले मलाई पत्रकारितमा राम्रो गर्ला भन्ने सोच्नुभएको । बुवा एउटा साहित्यिक पत्रकार भएको हुँदा वहाँले पनि मलाई पत्रकारिता नै पढ्ने सल्लाह दिनुभयो । तर सबैको आग्रह र अपेक्षाका वाबजुत म अहिले भौतिक विज्ञान पढिरहेको छु । यधपि सबैको मप्रति रहेको सद्भाव एवं शुभेच्छाको म हृदयत सम्मान गर्छर्ुु सिभिल इञ्जिनियर हुने मेरो इच्छा सानैदेखिको हो । इन्द्र अंकलले त मेडिकल क्षेत्रमा जाने कि भन्ने अप्सन पनि मलाई दिनुभयो । तर भावुक हृदयको म मेडिकल क्षेत्रमा जम्न सकुँला जस्तो लागेन । न त जीवनमा म कहिल्यै डाक्टर बन्ने सपना नै देखेँ । बरु देशको भौतिक निर्माण गर्ने काममा आफ्नो योगदान पुर्‍याउन पाए हुन्थ्यो भन्ने सोचले मलाई सिभिल इञ्जिनियर बन्ने बाटोमा डोर्‍यायो । भौगोलिक विविधताले सु-सुजित पहाडी मुलुक नेपालको कुनाकुनासम्म आधुनिक ढगंले मोटरबाटो पुर्‍याउने र कृषिप्रधान देशको कृषिकै माध्यमबाट आर्थिक बृद्धिदर बढाउन जलश्रोतलाई विधुतका अतिरिक्त आधुनिक नहरहरुमार्फ सिंचाईमा सदुपयोग गराउन सके देशले काँचुली फेथ्र्यो भन्ने मलाई लाग्थ्यो । भिनाजुले त कहिले काँही ख्यालठटा गर्दा प्रदीप त राजनीतिमै लागे पनि भौतिक योजना तथा निर्माण मन्त्री बन्नर्ुपर्छ है भन्नुहुन्छ ।

हिमालयन ह्वाइटहाउस कलेजमा भौतिक विज्ञान अध्ययन गर्दा मेरो लेखनकार्यमा कमी आएता पनि पर्ूण्ारुपमा ठप्प नै चाही भएन । समय समयमा कान्तिपुरको कोपिलामा मेरा रिपोर्टहरुले स्थान पाइराख्छन् । गत मंसिरको दर्ुइ हप्ता त लगातार कोपिलाको प्रथम पृष्टमा मुख्य रिपोर्टका रुपमा मेरा रिपोर्टहरु प्रकाशित भए । त्यसलगतै कोपिलाका संयोजक राजेश कोइरालाले प्रदीप त अब हिरो भयो नि भन्दा म साह्रै रमाएकेा थिएँ भने आफूमा थप जिम्मेवारी बोध भएकेा पनि अनुभव गरे । अझ रुपन्देहीका दृष्टिविहीनहरुले क्रिकेट खेल्ने गरेको रिपोर्ट कोपिलामा छँापिदा कान्तिपुरका सम्पादक नारायण वाग्ले स्वंयले प्रशंसा गर्नुभएकेा थाहा पाउँदा म निकै हौसिएकेा थिएँ । रिपोर्ट प्रकाशित भएकै दिन नारायण सर र प्रख्यात लेखिका मञ्जुश्री गेस्ट लेकचर दिनको लागि कलेजमा पत्रकारिता पढ्ने विधार्थीहरुमाझ जानुभएकेा रहेछ । त्यहाँ वहाँले प्रदीप बस्याल को हुन् भनेर खोजिनिति गर्नुभएछ । अन्ततः त्यहाँ मलाई नभेटेपछि अन्य संकायतर्फहोला भन्दै वहाँ त्यहाँबाट र्फकनुभएछ । सोही दिन क्याम्पसभर प्रदीप बस्याल को हुन् - भनेर खोजिनीति भएछ । पछी म नै प्रदीप बस्याल भएकेा थाहा पाएपछी आजकल साथीहरुले पत्रकार महोदय भन्दै सम्बोधन गर्छन् । कलेजको साइन्स क्लब को प्रकाशन शाखामा समेत मलाई दाजुहरुले मनोनयन गर्नुभएको छ । काठमाण्डौं पोष्टका पत्रकार पुरन विष्टले अब त अंग्रेजीतर्फपनि लेखनलाई लैजानुपर्‍यो भनेर सल्लाह दिनुभएको थियो । तर प्रयाप्त समयको अभावमा म त्यसो गर्न सकिराखेको छैन । एकजाना साथीकेा मोबाइलमा विविसीका रविन्द्र मिश्रको जस्तो अन्तरवार्ताको केरिकेचर एकताका रर्ेकर्ड गराएकेा थिए । साथीहरुले राम्रो मानेर ब्लुतुत मार्फ ट्रान्फर गर्दै राखेछन् । पछी त्यो एमाले महासचिव माधवकुमार नेपाल सम्मले सुन्न पुग्नुभएछ । त्यसबेला वहाँले प्रदीप राम्रो पत्रकार बन्न सक्छ भन्नुभएछ । सिकारु पत्रकार हुँदा खेरी नै धेरै राष्ट्रिय व्यक्ति सम्म परिचित हुनपाउँदा आजकल पत्रकारिताप्रति मेरो सम्मान ह्वात्तै बढेको छ ।

Published on the KANTIPUR (koseli) on college life column

1 comment: