Thursday, March 4, 2010

कमलको जादू कला

गत शनिवार सबैजना आआफ्नै पारामा छुट्टी मनाइरह“दा कमलकुमार हुमागाई“, ३०, भने काममै ब्यस्त थिए । होटल हिमालय पूल्चोकमा आयोजित एक बर्थडे पार्टीमा आफ्नो जादू देखाउ“दै थिए उनी, जसको कारण कार्यक्रम निकै रोचक बन्यो । संवाददाताको प्रश्नका जवाफ दिइरह“दा पनि उत्तिकै हतारि“दा देखिन्थे, कमल । ‘बिहान मात्र एउटा कार्यक्रम सके“, अब यहा“ भ्याएर पुनः जाउलाखेलको अर्को पार्टीमा पुग्नु छ’, कमल भन्दैथिए, ‘कहिलेकाही“ त खाना खानेसम्म फुर्सद हु“दैन ।’


आजभोलि काठमाण्डौ“का बर्थडे, बिवाह, भोजभतेर, ब्रतबन्ध, कार्यालय वा घरमा नया“ पाउनाको स्वागत गर्दा आयोजना गरिने समारोहहरुमा ‘जादू देखाउने’ ट्रेन्ड बढ्दो छ, जसले गर्दा कमलको दैनिकीले ब्यस्तता लिएको छ । यसरी समारोहहरुमा जादूगरहरु स्वयंं पुगेर मनोरञ्जन दिने चलन काठमाण्डौंमा चल्न थालेको पछिल्लो केही बर्षयता मात्र हो, जसको शुरुवात आफैले गरेको कमल बताउ“छन् । जसलाई हालैका दिनमा उनैले प्रशिक्षित गरेका थप केही शिश्यहरुले पच्छ्याइरहेका छन् । ‘सडकमा मान्छेको हुल बनाएर देखाइने जादुहरु भिन्नै हुन््’, उनी भन्छन्, ‘जसमा जादूको वास्तविक प्रयोग भन्दा दर्शक झुक्याइने काम बढ्ता गरिन्छ ।’ उनका अनुसार जादू कुनै भ्रम नभई एउटा बिज्ञान नै हो जहा“ हातको सफाई, बिज्ञानका टेक्निक, दिमागी खेल र मनोबिज्ञानको भूमिका रहेको हुन्छ ।


शंखमुल, ललितपुरका बासिन्दा कमलको एक सेलिब्रिटी जादुगर बन्दासम्मको यात्रा निकै रोचक छ जसको शुरुवात २०४८ साल तिरबाट शुरु हुन्छ जतिखेरको कलिलो उमेरमै पैसा कमाउने रहरले मुम्बई पु¥याएको थियो । उमेरले आफूभन्दा ५ बर्ष जेठो साथीस“ग भागेका थिए उनी । गोजीमा जसोतसो ट्रेनलाई तिर्नेमात्र पैसा थियो जसले गर्दा उनीहरुलाई पुगेको भोलिपल्टदेखि काम गर्नुको बिकल्प थिएन । अर्को साथीले मुस्किलले हातमुख जोड्ने काम पायो तर कमललाई सानो मान्छे भन्दै कसैले काम दिएनन् । त्यसैको पीर खेपिरह“दा एकदिन साथीस“ग मुम्बईमा एक प्रशिद्ध ‘जादू सो’ हेर्न पुगेका उनको जीवनले त्यसदिनदेखि कोल्टे फे¥यो । कार्यक्रम पश्चात ‘जादूगर मिस्टर इन्डिया’ भनेर चिनिने प्रशिद्ध जादूगर चमन खानस“ग भेटेर उनले जादूको कला सिकाउन आग्रह गरे । बल्लतल्ल टुटेफुटेको हिन्दी थालेको सानो उमेरको केटाको आग्रह देखेपछि खानले कमललाई आफ्नो टिममा त राखे त सामानको रेखदेग र ओसारपसार गर्नको लागि मात्र । त्यसैलाई अवसरको रुपमा लि“दै कमलले अरुको हेरेरै जादू सिक्न थाले । त्यसको ६ महिनापछि उनलाई चमन खानले आफ्को जादू टिमकै सदस्य बनाए जहा“ उनलाई ससाना जादू देखाउन दिइन्थ्यो । बिस्तारै उनले ठूल्ठूला जादूमा समेत आफ्नो दक्षता बढाए जसले गर्दा चमन खान नहु“दा धेरैपटक उनी आफैले जादू सोको नेतृत्व समेत गर्ने अवसर पाए । पछि उनलाई खानको सहायककै रुपमा नियुक्त गरियो तर उनी त्यस टिमबाट अलग्गिएर मुम्बईमा जादूकै आफ्नो छुट्टै ब्यावसाय शुरु गरे । मुम्बईका धेरै ठूला समारोहहरुमा आफ्नो कला देखाइसकेका उनको आम्दानी पनि निकै राम्रो भइसकेको थियो । तर भन्छन, ‘पैसाले मात्र के गर्नु, आफ्नो कामले त्यहा“ त्यती सम्मान नपाए जस्तो लाग्यो र नेपाल फर्किए“ ।’


२०५३ सालमा पुनः काठमाण्डौं फर्क“दा उनको ब्यस्तता एक्कासी घट्यो । ‘एकछिन् त नेपाल फर्केर गल्ती गरेछु जस्तो नि लाग्यो’, कमल सम्झन्छन्, ‘पछि भृकुटीमण्डपमा रहेको ‘काठमाण्डौं फन पार्क’मा काम गर्ने अवसर पाएपछि बिस्तारै नेपालमा आफ्नो काम शुरु गरे“ ।’ मुम्बईमा स्थापित भइसकेका उनी यहा“ शुन्यबाटै काम शुरु गर्दा पनि त्यसबखत आफूलाई पछुतो नलागेको बताउ“छन् । भृकुटी मण्डपमा उनले देखाउने जादू धेरैजसो बालबालिकाकै लागि हुन्थे । तर उनले बच्चादेखि युवा र बुढापाकासम्मका लागि देखाउन मिल्ने जादूका कला जानेका थिए जसले गर्दा उनी त्यो सानो दायराबाट निस्कन चहान्थे । जतिखेर उनलाई काठमाण्डौंमा धेरैले चिनिसकेका थिए ।


त्यसपछि उनलाई बिद्यालयहरुमा हुने कार्यक्रमहरुमा जादू देखाउन बोलाउन थालियो । बिस्तारै उनलाई नेपालका ब्यापारिक कम्पनीहरुले आफ्नो ब्यावसाय प्रबद्र्धन गर्ने कार्यक्रममा अनुबन्धित गर्न थाले जसमा उनले देशका कुनाकाप्चामा पुगी ति कम्पनीका उत्पादनहरुको प्रचार जादूमार्फत गर्नुपर्थो । हालसम्म उनी मायोज, वाईवाई, डाबर, आयोनुन, सनफ्लावर तेल, प्यानस कुलर, वभनफेस कुकिज जस्ता प्रशिद्ध ब्रान्डमा काम गरिसकेका छन् । कहिलेकाही“ उनी चन्दा संकलनार्थ हुने सामाजिक क्रियाकलापमा निःशुल्क आफ्नो कला समेत देखाउ“छन् । धेरै राजदूतावास र अन्य कुटनीतिक नियोगले समेत उनलाई बारम्बार निम्त्याउ“छन् । उनलाई अहिले आफ्नी श्रीमती सबिताले काममा सघाउन थालेपछि केही सहयोग मिलेको छ । मह जोडिले समेत उनीहरुलाई आफ्नो टिममा सामेल हुन आग्रह गरेका थिए । तर भन्छन्, ‘मलाई यत्तिमै ठिक छ । फेरी आम्दानी पनि यतै बढ्ता छ ।’ हाल एक सो को ३ हजार लिन्छन् उनी जहा“ १ घण्टा समय खर्चेर ३० वटा जादू देखाइन्छ । धेरैले त खुसीले बढ्तै पैसा नि दिन्छन् । अहिले उनको मासिक आम्दानी मात्रै ३० देखि ४० हजारसम्म छ । ‘आफ्नै देशमा काम गर्नुको मज्जा पैसा भन्दा पनि यहा“ हुने कामको सम्मान हो’, उनी भन्छन्, ‘एक ठाउ“मा मेरो सो देखेपछि आफ्नोमा पनि त्यसो गर्न भन्दै धेरै फोनहरु आउ“छन् ।’


उनको जादूगरी कला सफल हुनुको अर्को कारण यो पनि हो कि उनी सबै उमेरका मानिसका लागि त्यस्तै प्रकृतिका जादूहरु देखाउन सक्छन् । ‘बालबालिकालाई चकलेट, गु“डिया, फूलका जादू देखाइन्छ भने युवाहरुलाई तास, बियर, पैसा र थ्रिलर म्याजिक र बुढापाकालाई पुस्तक, रंगस“ग सम्बन्धित जादू देखाइन्छ ।’ तपाई पनि आफ्ना त्यस्ता समारोहलाई रोचक बनाउने मन भए जादूगर कमललाई बोलाउने कि ?


(It was originally published on HELLO SHUKRABAR, a free friday suppliment of KANTIPUR daily dated 21th Falgun, 2066)



No comments:

Post a Comment