Thursday, July 1, 2010

काउन्सिलिङका कुरा

‘त्यसको मज्जा भनेकै केटीहरुसग जिस्किन पाइनु हो’, एउटा साथीले शैक्षिक मेलामा छिर्नै लाग्दा त्यसको विशेषता अ¥थ्याएको थियो । हुन पनि हामी त्यसै घुमघाम र रमाइलोकै लागि त्यहा छिरेका थियौं । न त हामीलाई प्लसटु कलेज छान्नु थियो न त विदेश जाने इञ्ंिचच्युट नै । त्यसैले थोरै हावादारी पारामै थियौं हामी । आफ्नो शैक्षिक परिचयपत्र देखाउने लाइनमा अनेकथरी तन्नेरीहरु थिए । अघि मलाई मेलाको विशेषता अ¥थ्र्याउनेलाई एउटा अर्कोलाई देखाउ“दै भनें, ‘सबै तिमीजस्ता मात्र छन् र π ऊ हेर पक्का पढइयाहरु पनि हुन्छन् यहा आउने ।’  मैले इंकित गरेको ठिटो साच्ची पढइया हो÷होइन त्यो त थाह भएन । तर उसको हुलिया पढइया भनिनेहरुस“ग धेरै मिल्थ्यो । पछाडि भिरेको झोला, कुनै तडकभडक बिनाको कपाल, आ“खाको हाई पावर चश्मा आदि । त्यसमा पनि अनुहारको एक्सप्रेसन हेर्दा त लाग्थ्यो– ऊ आफ्नो भविष्यप्रति पूरा चिन्तित छ ।
   
काठमाण्डौंमा पछिल्लोपटक ३ उस्तै (आयोजक/प्रायोजक मात्र भिन्नभिन्न) प्रकारका शैक्षिक मेला भए । भृकुटीमण्डपमा एसएलसी र प्लसटु सकेका  तन्नेरीहरुकै चहलपहल बढ्ता रह्यो । ‘विद्यार्थीहरुलाई करिअर गाइड’ गर्न मेला गरिएको आयोजकहरुले बताएता पनि त्यहा“ करिअर काउन्सिलिङ्ग गर्नेहरु प्रायः आफै करिअर निर्माणको क्रममा रहेका बिद्यार्थी थिए । जसलाई काउन्सिलिङ्गका न्यूनोतम कुराहरु पनि थाह नभएझैं देखिन्थ्यो । झोला नबोकि मेलामा आएकोमा म पछुतो मान्दैथिए“ । कारण गेटबाट छिरेर मेला हल पस्न नपाउ“दै मलाई जबरजस्ती तन्नेरी काउन्सिलरहरुले आफ्ना इञ्चिच्युट र कलेजका प्रोसप्रेक्सट भिडाउ“दै थिए“ । म कुन क्षेत्रको बिद्यार्थी हु“, उनीहरुलाई जान्ने फुर्सद नै छैन । ‘प्लसटु, मेडिसिन, इञ्जिनियरिङ्ग, बिबिए, पाइलट, एयर होस्टेज, होटेल म्यानेजमेन्ट पढाउने कलेजहरुदेखि लिएर बिदेश पढ्न जान सघाउने इञ्चिच्युटसम्मका प्रँेसपेक्टस’ ले मेरा हात बाहिरै भरिए । ति हेर्दा त म एकैछिन आफै अलमलमा परे“– आफू“ कुन क्षेत्रको बिद्यार्थी हु“ भनेर ।

सायद बाहिर मात्र यस्तो होला, भित्र त राम्रै काउन्सिलिङ्ग गर्लान् नि भन्दै हामी भित्र छिर्छौं । पहिले एउटा प्लसटु कलेजको स्टलमा जाउ“ । ‘भर्खर एसएलसी सकेर काठमाण्डौं छिरेको’, मैले उनीहरुको काउन्सिलिङ्ग कला बुझ्न आफ्नो नक्कली परिचय दिए“ । एकैछिन काउन्सिलरहरुबिचमै राम्रै छलफल भयो, कसले काउन्सिलिङ्ग गर्ने भनेर । उनीहरु सानै स्वरले भmगडै गरेझैं पनि देखिन्थे । हुन पनि उनीहरु सोही कलेजमा भर्खर प्लसटु पढ्दै गरेका हुन् । दुईटी मतर्फ काउन्सिलिङ्ग गर्न आए । शुरुमै एउटा फर्म भर्न लगाए, ‘यसबाट हुने लक्की ड्रमा तपाईंलाई १०० पर्सेन्टसम्म स्कलरसिप मिल्न सक्छ ।’ प्रोसपेक्टसहरु भिडाउनु त छंदैछ । ‘हाम्रो कलेजमा काठमाण्डौंका अनुभवी र राम्रा फ्याकेल्टीहरु पढाउ“छन्....ल्याब÷लाइब्रेरी सुविधासम्पन्न छन्....’ एउटीले मलाई एकोहोरो कलेजको बखान लाउ“दै थिई । अर्कीलाई भने मैले एसएलसी मात्र सकेको भन्नेमा शंका लागेछ । भनि, ‘आर यु जस्ट अ एसएलसी ग्याजुएट ?’ मैले भने, ‘अघिल्लो बर्ष फेल भए“, अहिले पास हुन्छु होला ।’ तर म साइन्स नै पढ्न चाहेको बताउछु । ‘आत्तिनु पर्दैन, जति कमजोर बिद्यार्थी पनि हाम्रँे कलेज छिरेपछि राम्रै बनेर निस्कन्छन्’, अघिदेखि एउटी मलाई ननस्टप काउन्सिलिङ्ग गरेकी ग¥यै छ ।

उता अर्बोड स्टडिजको एउटा स्टलमा पुग्नेबित्तकै पचास पर्सेन्ट डिस्काउन्टको कुपन मेरो हात पर्छ । म एकैछिन मख्ख परे“ । तर पछि थाह पाए“ त्यो सबैलाई पो दिइ“दो रै’छ । त्यहा“ मलाई काउन्सिलिङ्ग गर्ने पनि उमेरले २० हाराहारीकै थियो । उसले आफ्नो इञ्चिच्युटबारे मैले नसोध्धै बखान लाउन थाल्यो । म बिचमा केही बोल्न खोज्दै थिए“ तर उसले समय दिए पो π ऊ यसरी घोकेर बालेझैं बोल्दै थियो कि बिचमा रोकियो भने ‘रिधम’ बिग्रेर सबथोक बिर्सन्छ । झण्डै ५ मिनेटपछि लामो सास फेर्दै आफ्नो एकोहोरो काउन्सिलिङ्ग सक्यो र भन्यो, ‘एनि क्वेच्न ?’ मैले बल्ल बोल्न पाए, ‘माफ गर्नुहोला म बिदेश पढ्न जान लाग्या होइन ।’ उसले शुरुमै मेरो कुरा सुनेको भए सायद मिहिनेत खेर जा“दैनथ्यो ।

मेरा कतिपय साथीहरुले यस्ता शैक्षिक मेलामा दिइने काउन्सिलिङ्गलाई ‘हार्डखोर काउन्सिलिङ्ग’ भन्नेगर्छन । हुन पनि त्यहा“को कमेन्ट बक्समै पनि आफ्नो मोवाइल नम्बर लेखियो भने तारम्तार फोन गरेर सताउ“छन् । म स्वयं आजभोलि एउटा त्यस्तै नम्बरको भिक्टिम छु । एउटीले दिनहू“जसो फोन गरेर मैले ‘एडभान्स कम्प्युटर कोर्स’ मा ७५ प्रतिसत डिस्काउन्ट पाएको बताउ“छे । न त मैले त्यस इञ्चिच्युटको कुनै फर्म भरेकै हु“ । ‘डिस्काउन्टको लागि धन्यवाद तर म पढ्दिन’ भन्दा पनि उसले दिनहू“ गर्ने फोनमा ‘यस्तो अवसर बारम्बार आउ“दैन’ भन्दै सम्झाउ“छे । त्यसैले पनि होला आजकल काठमाण्डौंका तन्नेरीहरु कसैलाई सताउनु छ भने त्यस्तै कमेन्ट बक्समा नाम र मोवाइल नम्बर राखिदिने गर्छन् । आफूले केही गर्नै पर्दैन, इञ्चिच्युटहरुले निःशुल्क सताइदिन्छन् ।

थोरै रमाइलो र बढ्ता दिक्कदारीपछि शैक्षिक मेलाबाट बाहिरि“दै गर्दा मेरो पछाडि एउटा मेलाबाट पूर्ण सन्तुष्ट भएझैं कुरा गर्दैथियो, ‘केटीहरुको दिमाग चाट्न त खुबै मज्जा आउ“दो रै’छ ।’ पछाडि फर्केर हेर्दा ति महाशय मैले शुरुमै पढइयाजस्ता देखिने भनेर प्रशंग निकालेका थिए ।

Catch its hard copy with Hello Shukrabar (KANTIPUR) dated 2nd july, 2010

No comments:

Post a Comment