Thursday, August 26, 2010

दौतरी दबाब


‘मेरो लागि त्यत्ति पनि गर्न नसक्ने तँ के साथी’, कसैले यति मात्रै भन्यो भने प्रायः हामी तन्नेरीहरुसँग फर्काउने उत्तर हुदैन । उत्तर हुन्छ त मात्र उसलाई साथ दिने, चाहे त्यो जस्तोसुकै (राम्रो/नराम्रो) काममा होस् । ‘नाइ’, ‘हुदैन’ तन्नेरीहरुले साथीहरुका सर्कलमा कमै उच्चारण गर्ने शब्द हुन् (बाबुआमासँग भलै उच्चारण गर्लान्) । यसले गर्ने एउटा स्पष्ट संकेत हो, आजका युवाहरु आफैमा  स्वतन्त्र छैनन् । तपाईलाई थाहा नै नभइरहेको नि हुन सक्छ, तर मात्र तपाईसग उसले बिताउने धेरै समयले तपाइर्मा धेरैथरी परिवर्तन ल्याइरहेको हुन्छ ।

जब एसएलसी सकिन्छ, भनिन्छ कलेज भर्ना हुदा बिद्यार्थीले आफूले पढ्न चाहेको बिषयले भन्दा पनि अभिभावकले उसलाई ‘के बनाउन चाहिरहेको छन्?’ भन्नेले भूमिका खेल्छ । तर हामीलाई थाह नै भइराखेको हुदैन त्यहा ऊ स्वयं दोधारमा हुन्छ्– ‘आफूले चाहेको पढू कि धेरै साथीहरु   (अझ मिल्ने साथी) पढिरहेको संकाय पढू ’ अझ त्यसमा साथीहरुले थोरैमात्र पनि दबाब दिए भने उसले दोस्रो बिकल्प रोज्नेगर्छ । साथीको आग्रहमा कहिलेकाही ‘एकदुई पफ’ भन्दाभन्दै चुरोट  र गाजाको लत नै बसिरहेको हुन्छ । कलेज ‘बंक’, ग्याङ्गफाइट जस्ता धेरै अन्य कुराहरु दौतरीका दबाबमा परेर तन्नेरीहरु गरिरहेका हुन्छन् । प्रश्न उठ्न सक्छ, ‘त्यसो भए दौतरी दबाबले सधै नराम्रो मात्रै गर्छ त?’ त्यसो पनि होइन । साथीले तपाईलाई पढ्ने नया तरिका सिकाउन सक्छ, खेलहरुमा प्रयोग गर्ने नया ‘टेक्निक’हरु सिकाउन सक्छ । र, अझ राम्रो र असल साथीको संगत हुने हो भने तपाई अनायसै उजस्तै बन्न लालायित हुनुहुन्छ ।

साथीहरुबाट ‘उम्कन’ हामी कहिल्यै सक्दैनौं । तपाई जतिसुकै विशेष मान्छे किन नहुनुस्, जहासुकै जानुस् ‘साथी’ तपाई“लाई नभई हुदैन । साथीहरुबाट पर रहनेहरुले जीवनको ‘राम्रो स्वाद’ नि गुमाइरहेका हुन्छन् । तर मित्रतामा आच नआउने गरी साथीका नराम्रा दबाबहरुलाई आफूबाट बचाउन सक्नुपर्छ । त्यस्ता सम्भावित दबाबहरुसग सामना गर्नुपर्दा ‘कसरी  र के भनेर पन्छिने’ भन्ने पहिल्यै मनमा कुराहरु तयारी अवस्थामा राख्नुस । जब सेक्स, लागुऔषद्य, मद्यपान, पढाईजस्ता सवालमा दबाब सामना गर्नुपर्ने हुन्छ, तपाई आफ्नो अडानबाट केहीगरी नहड्बढाउनुस् । शुरुमा केही समस्या परेता पनि पछि सामान्य हु“दैजान्छ । साथीहरुको समूह त्यस्तो हुदैन कि जो तपाई“लाई जानजान कूमार्गतर्फ लैजाओस । एकअर्काको रुचि र स्वाभिमानलाई उत्तिकै सम्मान पनि गर्छन् साथीहरुले । त्यस्ता दबाबका सामु उसलाई (वा उनीहरुलाई) गाली गर्न, रिसाउन वा सम्झाउन थालियाृे भने त्यसले झन् अर्को असहज माहोल सिर्जना गर्नसक्छ । एउटा व्यक्ति त्यसलाई सहि के हो भन्ने जानेर साथै बसिरहेको छ भने त्यो आफैमा उनीलाई ‘मनोवैज्ञानिक दबाब’ हुन जान्छ ।

आजको विश्वमा तन्नेरीहरु नया“–नया“ कुराको अभ्यास र अनुभव गर्ने भन्दै ‘जे–जस्तो’ गर्न समेत पछि पर्दैनन् । जसले कहिलेकाही“ उनीहरुमा नराम्रो कुराको लत बसिरहेको हुन्छ । पछिल्लोपटक गरिएको एउटा अध्ययनले पनि त्यसै भन्यो । ३० प्रतिसत किशोरकिशोरीहरु स्कुलजीवन नसक्दै अनुभव र जानकारीको लागि भनेर ‘ड्रक्स’ लिइसकेका हुन्छन र त्यसैले धेरैमा पछिसम्म लिइराख्ने बानी पारेको हुन्छ । त्यस्तै १२ देखि १८ उमेर समूहका किशोरकिशोरीहरुमध्ये झण्डै ५० प्रतिसतले आफ्ना प्रेमीबाट यौन सम्पर्कको लागि दबाब सामना गर्छन् जसले गर्दा बर्षेनी ९ प्रतिसतले १४ बर्षमै, १८ प्रतिसतले १५ देखि १७ बर्षभित्र र २२ प्रतिसतले १८ देखि १९ बर्षभित्र गर्भधारण गर्ने गरेको उक्त विश्वव्यापी अध्ययनले जनाउ“छ । साथीको दबाबले गर्दा नै ३२.२ प्रतिसत किशोरकिशोरीले १३ बर्षभित्रै मद्यपान शुरु गरिसकेका हुन्छन् ।

त्यसैले पश्चिमा मुलुकहरुमा त आजकल स्कुलबाहेक आफ्ना सन्तानको घुलमिल कस्तासग गर्न दिने भनेर अभिभावकहरु उसका साथीहरुमा समेत निगरानी राख्न  थालेका छन् । अर्कोतर्फ रुचि, भावना र क्षेत्र नमिल्ने साथीले गर्दा एक अर्कामा ‘मानसिक दबाब’ सिर्जना गर्ने हुदा त्यसतर्फ पनि आजकल अभिभावको चासो पर्न थालेको छ । र, स्वयं तन्नेरीहरु पनि आत्ममुल्याङकन गर्न सिक्नुपर्छ । 

एक त एउटाको जीवनमा अर्काको दवाव र प्रभाव पर्ने मानविय गुण नै हो । अझ एउटै समूहमा रहेर धेरै समय सगै साट्ने साथीले गरिरहेका काम गर्न खोज्नु कुनै अस्वभाविक पनि होइन । केही अनुसन्धानकर्ताहरु यसलाई नराम्रो पनि मान्दैनन् । भन्छन्, ‘यसले मानिसमा अरुको संसारसग भिज्ने र आफूलाई चिन्दै सुधार्ने मौका दिन्छ ।’ तर हामीले भुल्नै नहुने अर्को कुरा के पनि छ कि जब मित्रताको नाममा आफैलाई र समाजलाई हानी पुग्ने काम गरिन्छ..त्यसले अन्ततः जीवन अर्थहिन बन्न पुग्छ । 

Chick here for its e-paper view

No comments:

Post a Comment