Friday, November 26, 2010

सप्ताहन्तको ‘रात्री रंग’

नेपालमा 'विकेन्ड कल्चर'  बढ्दो छ । काठमाण्डुमा एक सप्ताहन्तको रात्री जीवन डुलेपछि आशिष लुइटेलप्रदीप बस्यालको रिपोट::

शहरी तन्नेरीमा बढिरहेको नयापनकै एउटा स्वरुप हो– सप्ताहन्त संस्कृति (विकेन्ड कल्चर) । जसको चाख आजकल दिनानुदिन बढ्दो छ । गत सप्ताहन्त हेलो शुक्रबार टिम आफै त्यस्ता केही तन्नेरीहरुसग भेट्दै सप्ताहन्त रात्री जीवनको अनुभव ग¥यो । साझ ५ बजे कान्तिपुर कम्पेक्सबाट हुईकिएका हामी काठमाण्डुका ‘विकेन्ड स्पट’ चहार्ने कामको शुरुवात दरबारमार्गस्थित ‘याक एण्ड यती’ बाट ग¥यौं । त्यहा“को गार्डेनमा ज्याजमाण्डुको सांगीतिक बहारमा झुमीरहेकालाई हामीले डिष्टर्ब गर्न चाहेनौं र बाहिरीने सुरसार कस्यौं । कतै देखेजस्तो लाग्ने अनुहार त्यतै घुम्दै थियो जसको छेउमा गयौं हामी । उनी म्युजिक भिडियो निर्देशक आशिष प्रसाई थिए भने साथमा अन्जिता कार्की । ‘साथीहरुलाई कुर्दै हो,’ आशिषले भने, ‘विकेन्ड मनाउ“ भनेर जम्मा हुन लाग्या नि ।’ हामीलाई झन् गजब भयो, जस्ता खोज्या त्यस्तै भेटियो । कहा“ जाने ? ‘काठमाण्डु फन्को मार्ने भन्या हो,’ उनी योजना बुन्दै थिए । लौ अहिले चाही विन्पी गएर कफि लिदै गरौ न त, अन्जिताको प्रस्ताव आयो । हामी सबै त्यतै लाग्यौं ।

दरवारमार्गस्थित विन्पी क्याफेमा कफीको चुस्कीमा रमिरहदा आशिष र अन्जिताका आइफोनमा तारम्तार एसएमएस र कल आइरहेका थिए । ‘केटाहरु जाममा परे रे,’ आशिषले भर्खरै आएको एसएमएस सुनाए । तत्कालै अन्जिताले प्रतिक्रिया पनि जनाइहालिन, ‘यीनेरु जहिले यस्तै हुन,(खाली) ढिलो ।’ खैर, हामी चाही बाहिर घुम्दै गर्ने की ?  ‘आए आए,’ एउटा हसिलो तन्नेरीले हात हल्लायो, ती दुईसग अंकमाल गरे र हामीतिर हात बढाए, ‘प्रिन्स खड्का ।’ के अब निस्कने हो ? ‘हे गाइज,’ मनिष पोख्रेल झुल्किए, ‘सरी फर द लेट ।’ ल अब चाही निस्कौं । हामी सबै एउटै गाडीमा हुइकिने भयौं र बढ्यौं प्लाटिनम डिस्कोतिर ।

साझ छिप्पिदै गर्दा जति सडकमा कोलाहल घट्दै जान्थ्यो, उत्तिकै क्लब, डान्सबार, पब र बारहरुमा मस्तीका रंगहरु बढ्न थाल्थे जुन काठमाण्डु रात्री जीवनको नियती नै बनिसकेको छ । जतिखेर डिस्कोथेकमा तन्नेरीहरु आ–आफ्नै तालमा उफ्रन थाल्छन् । डिजेले माहोल बुझेर सोही अनुसार चर्को आवाजमा गीत रन्काउछ । ‘यस्ता विकेन्ड सेलिब्रेसनले ह्याङ्गआउट त हुन्छ नै (साथीहरुबिचको)  दोस्ती झनै गाडा हुन्छ’, २७ बर्षे प्रिन्सले भने, ‘इट्स रियल्ली अ ग्रेट फन ।’ यद्यपि ५ बर्षे स्पेन बसाईबाट भर्खर स्वदेश फर्केका उनका लागि विकेन्ड सेलिब्रेसन कुनै नौलो भने होइन । भन्छन्, ‘दिनहू स–साना जमघट भइरहने युरोपमा यस्तो (विकेन्ड पार्टी) त झनै बबाल हुन्छ ।’ उनका अनुसार जति तन्नेरीहरु जोडि भएर आउछन् उत्तिकै राम्ररी  सप्ताहन्तको सेलिब्रेसन जम्नेगर्छ । तर नेपालमा जोडि भएर जानेहरु बाहिरको तुलनामा कम हुन्छन् र कहिलेकाहीं रमाइलो भन्दा पनि हिंश्रक तनावको वातावरणमा सप्ताहन्त जाने ठान्छन् उनी ।

उनको कुरालाई समर्थन जनाउदै आशिष थप्छन्, ‘सबैको आफ्नै पाटर्नर साथमा नहु“दा  अर्काकीमा आखा गइहाल्ने,’ हास्दै भने, ‘त्यही भएर कहिलेकाही हल्का (व्यर्थमा झगडा)जमिहाल्छ के ।’  तर प्रिन्स र आशिषका कुरा सुन्दैमा नआत्तिनुस्, रात्री जीवनका उत्तिकै रमाइला र रंगीन पाटाहरु छन् जसले तपाईंलाई भरपुर आनन्द दिनसक्छ । जस्तो की हामी दोश्रोचोटी याक एण्ड यती होटलमा छिर्दा अघिदेखि चलिरहेको ज्याज गीतको माहोल जारी थियो । यसले आशिषको ग्रुपलाई धेरैबेर त्यहा टिकाउन सकेन । ‘मलाई ज्याज दिक्क लाग्छ’, उनले आफ्नो गाडिलाई ठमेलतर्फ हुइकाए । एकैछिन सडकको झिलिमिलिमा डुलेपछि गार्डेन अफ ड्रिम्समा उनीहरुसगै छिर्छौ हामी । रात्री जीवनलाई खाली डान्स र पार्टीसग जोडेर बुझ्नेहरुका लागि आशिषको त्यो छनौट बेग्लै खालको थियो । शान्त वगैंचामा साझको ९ बज्दैगर्दा आशिष आफ्ना साथीहरु (शैलेस, प्रिन्स, मनिष र अंजितास“ग) पिङ्गमा मच्चिदै थिए । ‘साथीहरुसग र कहिलेकाही एक्लैपनि म साझपख यहा आउछु’ भर्खरै मलेसियामा आफ्नो एउटा म्युजिक भिडियो सकेर आएका उनले पिङ मच्चाए, ‘म्युजिक भिडियोको योजना बनाउ“दा धेरै पटक साझको यो माहोलमा आएर एक्लै सोचेर बसेको छु ।’

          विकेन्ड टिप्स :

  • आफ्नो मन मिल्ने साथीहरुलाई मात्र सेलिबे्रसन टिममा राख्नुस् ।
  • आफ्नो बजेट अनुसारको योजना बनाउनुस् ।
  • काठमाण्डुमा रात्री जीवनको चहलपहल बढ्ता हुने ठाउ दरबारमार्ग र ठमेल क्षेत्र हुने हुदा त्यही आसपासको कुनै क्याफेमा भेला हुनुस् ।
  • केहीबेर दरबारमार्ग र ठमेलका सडकमै घुम्नु पनि निकै रोचक अनुभव हुन सक्छ ।
  • शुरुमै खाना नखानुस् । कोलाहलबाट एकैपटक शान्त वातावरण रहेको ‘गार्डेन अफ ड्रिम्स’मा केहीबेर आरामको लागि पुग्नु निकै अनुपम अनुभव हुन जान्छ । त्यहा चिया/कफी खादा हुन्छ ।
  • अब तपाईं कमलपोखरीको सिटी सेन्टरतिर जान सक्नुहुन्छ जहा“ पानीपुरीको स्वादसगै केहीबेर ‘फोरडि’ को मज्जा पनि लिन सक्नुहुन्छ । वा तपाईंलाई त्यस्तोमा रुचि छैन भने न्यूरोड हुदै बसन्तपुर दरबार पुग्न सक्नुहुन्छ जता तपाईं ‘टिपटपको समोसा’ वा भक्तपुरे ‘जुजुधौ’को स्वाद चाख्न सक्नुहुन्छ ।
  • त्यती सक्दासम्म घडिमा ८ भन्दा बढि नबजोस् जतिखेर तपाईं खाना खानुस् र केहीबेरको आरामपछि बल्ल डान्सबार र क्लबहरुतर्फ लाग्नुस् ।
  • डान्सबार र क्लबहरु (नाच्नमा रुचि नहुनेहरु गजल र लोकगीत सा“झमा जान सकिन्छ)मा सक्दो आफ्नै समूहमा रमाउनुस् । अरुकोतर्फ बढि आखा डुलाउदा व्यर्थैमा झैझगडाको वातावरण सिर्जना हुनसक्छ ।  जहा तपाई धेरै नशामा नमात्तिनु राम्रो हुन्छ ।
  • सडकमा गाडिको चाप नभएको अवसर छोपेर तपाई रातीमा बिन्दास तरिकाले ड्राइभ पनि गर्न सक्नुहुन्छ ।

 उता टेलिभिजन प्रस्तोता रीमा विश्वकर्मा, २१, हरेक साझ ९ बजे कामबाट छुटकारा पाउछिन् । ‘दिनभरको थकान साझपखको एकैछिन झमघटले मेट्न रमाइलो लाग्छ’, नेशनल टेलिभिजनकी समाचार प्रस्तोताले सुनाइन्, ‘त्यसैले साथीहरुस“ग पार्टीमा केहीबेर गफिन्छु अनि नाच्छु पनि ।’ यद्यपि उनलाई पब्लिक पार्टी र क्लबहरु त्यती रमाइलो लाग्दैन । त्यसैले धेरैजसो उनी जाने नाइट पार्टीहरु कि त साथीहरुले या आफैले आयोजना गरेका हुन्छन् । ‘तर’, उनले नाक खुम्च्याइन्, ‘केटीहरुलाई केटाजस्तो लेटनाइट बाहिर रमाउने वातावरण अझै बनिसकेको छैन ।’ त्यसो त केटीहरुले प्रायः प्रयोग गर्ने स्कुटर चडेर रातीसम्म हिंड्नु गाह«ो (चिसोले गर्दा) र असुरक्षित हुने ठान्छिन् उनी । 

रीमाले भनेजस्तो समस्याले होला सायद त्यसैले पनि रात्री जीवनमा अर्को रंग आजकल निकै चलेको छ गर्लफ्रेन्डलाई ‘पिकअप’ र ‘ड्रप’ गरिदिने । ‘धेरै केटा वा केटीहरुसग यस्तै विकेन्ड पार्टीहरुमा भेटेरै नया फ्रेन्डसिप पनि गर्छन्’, विज्ञापन उत्पादनक अज्जु पोखरेल सुनाउछन्, ‘धेरैपटक मैले आफ्नै विज्ञापनका भिडियोहरुमा यस्तैगरी भेटिएका मोडलहरु राखेको छु ।’ त्यसो त उनी कहिलेकाही“ उनी साथीहरुस“ग भएर अर्कोदिन विहानसम्म विकेन्ड सेलिब्रेसनमै रमाउछन् । तर उनको रात्री जीवनसग रमाउने आफ्नै अनुशासन छ । ‘म कहिल्यै धूमपान र जाडरक्सी पिउने गर्दिन’, प्याटिनियम डिस्कोमा नाच्दैगर्दा उनले कानमा जोडले चिच्याउदै भने, ‘मज्जा भनेको यही हो यार ।’    
 
रात्री जीवन जति हेर्दामा जति रमाइलो छ उत्तिकै खर्चिलो पनि । ‘मसग २ हजारदेखि १० हजारसम्म एकैदिनमा खर्च गरेको अनुभव छ’, पटकथा लेखक मनिष पोखरेल भन्छन्, ‘तर पनि आफूसग भएको थोरै पैसामै पनि राम्रै विकेन्ड सेलिब्रेसन गर्न सकिन्छ ।’ साथीहरुको ग्याङ्ग भएर साझपख बजार डुल्यो स्ट्रिटसपमा पानीपुरी, चटरमटर खानु पनि त एउटा विकेन्ड सेलिब्रेसनकै पाटो भएको ठान्छन् उनी ।
तपाईंको सप्ताहन्तको रात्री उत्सव रमाइलो रहोस् । ह्याप्पी विकेन्ड ।

Originally published as a cover story of Hello Shukrabar. Click here for e-paper view

No comments:

Post a Comment