
नवलपरासी जिल्लाको पहाडि भेगमा पर्ने श्री जनकल्याण राष्ट्रिय प्रावि, धौवादीमा बाल मैत्री कक्षा शुरु भएपछि आजकल विद्यालयको माहोल नै फेरिएको छ । विद्यालय हाताभित्र छिर्ने बित्तिकै त्यसको अनुभव जो कोहिले सजिलै गर्न सक्छन् । आजकल स्कुलको चौरमा कहिँकतै प्लास्टिक र फोहरका टुक्राहरु भेटिदैनन् । कक्षाकोठा भित्रको वातावरण त झन् रमाइलो छ । तर त्यहा“ डेक्स–बेञ्चहरु भने हु“दैनन् । कार्पेट बिछ्याइएको भुइमा चकटीमा बस्छन् ।
साना बालबालिकाले सजिलै लेख्न सकुन् भनेर कम उचाईमै कक्षा कोठाको चारैतिर लहरै ब्याकबोर्ड बनाइएको छ जसमा सबै विद्यार्थीहरुले एकैपटक लेख्न सक्छन् । सन्ध्या यादवले माछाको चित्र बनाउदै छिन् त नारायण डुम्रेले पहाडको । उता अनुष्का डुम्रे भने कक्षामा भएका कागजका टुक्राहरु टिप्दै डस्टबिनमा हालिरहेकी छन् । उनीहरु प्रत्येक दिन आज के गर्ने भनेर विहान आफै योजना बनाउ“छन् । अनुष्काको भागमा त्यस दिन सरसफाई गर्ने जिम्मा परेको रहेछ । ‘प्रकाशले आज खेल खेलाउने’, अनुष्काले भनिन् । बाल मैत्री कक्षाको विशेषता भनेकै कक्षामा सबै काम मिलेर गर्ने हो । ‘यसरी पढ्दा बालबालिकाहरु सानैदेखि कामप्रति जिम्मेवार हुन सिक्छन्’, ग्रेड शिक्षक प्रेम मश्राङ्गिले बताउनु भयो, ‘पहिले पहिले पढाउने तरिकाले भन्दा अहिलेकोले उनीहरु निकै बढि सिर्जनशील र आत्मविश्वासी भएका छन् ।’ उनीहरुको विद्यालय हेर्न भनेर हालसालै पुग्नुभएका महिला बालबालिका तथा शिक्षा राज्यमन्त्री रामवचन यादव साना बालबालिकाहरु पनि यती धेरै आत्मविश्वासी भइसकेछन् भनेर दंग पर्नुभयो । उनीहरु अरुजस्तो किताबका भारी बोकेर पनि आउनु पर्दैन । ग्रेड कक्षा शिशु, एक र दुईसम्म पढाइन्छ । न त घोक्नु पर्ने गरी नै पढाइन्छ । कक्षाको भित्तामा ‘क..ख..ग..’, ‘अ..आ..’, ‘ए..बि..सि’ र अंकहरु समेत चित्रसहित लेखिएका छन् । स्वच्छ रहन के गर्नुपर्छ भन्ने पनि कक्षाको भित्तामा चित्र गराएरै देखाइएको छ ।
सर मेडमले पढाउन जादा कहिल्यै लठ्ठी बोकेर जानुहुन्न । न त गाली नै गर्नुहुन्छ । मेडम पनि विद्यार्थीहरुसग नाच–गान गर्नुहुन्छ । त्यसैले पनि उस्तै अप्ठ्यारो नपरिकन विद्यार्थीहरु अनुपस्थित पनि हुदैनन् । यस्तो शिक्षालाई ‘ग्रेड टिचिङ्ग’ भनिन्छ जहा विहानदेखि साझ छुट्टि नहुदासम्म एउटै शिक्षकले पढाउनु हुन्छ । ग्रेड टिचिङ्ग पढाउन भनेर यहाका सरमेडमले विशेष तालिम लिएका हुन् । उहाहरुले निकै मिहिनेत गरेर एक्लैले कक्षाकोठालाई त्यतीधेरै चिटिक्क पार्नुभएको हो । तर सरकारले भने त्यती राम्रो काम गर्दा पनि उहाहरुलाई थोरैमात्रै पैसा (मासिक अठार सय) दिएको छ । तर वहाहरुको योगदान भने कमको छैन । थौरै पैसा नै पाए पनि विद्यार्थीहरुलाई वहाहरु निकै माया मानेर पढाउनु हुन्छ । कुनै दिन कोही स्कुल आएन भने कारण बुझ्न उसकै घर समेत पुग्नुहुन्छ । स्कुल नआइकन घर बसेकालाई खोजेरै भए पनि स्कुल ल्याउनु हुन्छ ।
जनकल्याण प्राविको जस्तो बाल मैत्री कक्षाहरु अहिले देशका सयौं ठाउमा शुरु भएका छन् । विद्यालयमा बालबालिकाको भर्ना दर बढाउन यस्ता कक्षाले निकै महत्वपूर्ण काम गरेको छ । नेपाल सरकारको ‘विद्यालयमा स्वागत’ कार्यक्रम अन्तरगत धेरै सरकारी र गैरसरकारी संस्थाहरु मिलेर यसरी पढाउने शैलीको विकास गरेको हो । जसले विद्यालयमा भर्ना हुने दर ह्वात्तै बढायो । फेरी बाल मैत्री कक्षा पढ्नलाई धेरै पैसा लाग्ला कि भनेर आत्तिनु पनि पर्दैन । सरकारले कक्षा पा“चसम्म सम्पूर्ण शिक्षा निःशुल्क गराएको छ । कहिकतै त खाजा पनि निःशुल्क ख्वाउने व्यवस्था मिलाइएको छ ।
पहिले भन्दा अहिले कक्षा एकमा एक्काइस प्रतिसतले भर्ना हुने क्रम बढेको छ भने कुल भर्नादर पनि सत्तरी प्रतिसतबाट चौरानब्बेमा पुगेको छ । तर पनि अझै विद्यालय भर्ना भएका बालबालिकाहरु मध्ये बीस प्रतिसत कक्षा पाचमा नपुग्दै छाड्छन् । कतै त्यो बाल मैत्री कक्षा पो नभएर हो कि ?
तस्विरः विद्रोही गिरी
A small part of this feature appeared in print in KOPILA, a child supplement in KANTIPUR daily.
No comments:
Post a Comment