हरिप्रसाद गिरीको ४ मंसिरमा भएको निधनसँगै देशले अनुभव र दूरदर्शिता दुवैको सम्मिश्रण भएको व्यापारकि क्षेत्रका व्यक्तिलाई गुमाएको छ। हीरा गिरीको नामबाट परिचित उनको सन्दर्भबिना वीरगन्जको व्यापारकि इतिहास अपूरो त हुन्छ नै, देशको उद्योग एवं वाणिज्य क्षेत्रमा समेत आदर्श व्यक्तिको कमी महसुस भएको छ।
गिरी विसं २०२८, ०३१ र ०३३ सालमा वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष थिए भने कार्यकारणी सदस्य हुँदै उद्योग वाणिज्य महासंघमा प्रवेश गरेका उनी विसं ०३२ देखि ०३५ सम्म अध्यक्षका रूपमा रहे। यद्यपि, सुरुदेखि नै व्यापारकि पृष्ठभूमिका व्यक्ति भने थिएनन् उनी। सरकारी सेवामा रहेका उनी ०१७ सालको राजनीतिक घटनासँगै राजीनामा दिएर व्यापारमा हात हालेका थिए।
गिरीको लगानी मिल, गार्मेन्ट, लेदर, प्लास्टिक र वनजन्य उद्योगमा थियो, जसमार्फत सयौँले प्रत्यक्ष रोजगारी पाएका थिए। त्यसबाहेक उनको सामाजिक संलग्नताले पनि उनलाई लोकपि्रय बनायो। लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी, क्षयरोग निवारण संस्थाजस्ता परोपकारी संघसंगठनको समेत नेतृत्व गरेका उनी स्कुल, धर्मशाला, अस्पताल निर्माण गर्नेजस्ता कार्यहरूमा दिल खोलेर सहयोग पुर्याउँथे।
नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय सम्बन्ध र सञ्जाल बनाउनमा उनको योगदान सबैभन्दा विशेष मानिन्छ। अहिलेको जस्तो इन्टरनेट र सञ्चारका अन्य माध्यम नभएको त्यस समयमा उनी अमेरकिा, युरोपेली तथा एसियाली मुलुकको भ्रमण गरेर महासंघको सम्बन्ध विस्तारमा अग्रसर भएका थिए। देशको चौतर्फी विकासका निम्ति आन्तरकि स्रोत र खपत मात्रले पुग्दैन भन्ने उनी ठान्थे, जसले गर्दा नै वैदेशिक सम्बन्धको अवधारणा ल्याएका थिए उनले। उनकै कार्यकालमा नै नेपालबाट एक व्यापारकि प्रतिनिधिमण्डल पहिलोपटक बंगलादेश पुगेर व्यापारका सम्भावना पहिचान गर्दै आपसी व्यापारलाई नयाँ उचाइ दिन सहमत भएको थियो।
उनको त्यही अनुभव र योगदानकै कारण महासंघको अध्यक्षका रूपमा कार्यकाल सकिएपछि पनि विसं ०५० देखि ०६० बीचका चार कार्यकाल सल्लाहकार समितिको सदस्यका रूपमा मनोनयन गरएिको थियो। उनी नेपाल वन उद्योग संघको अध्यक्ष पनि भए। स्थानीय तहदेखि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय तहको व्यापारकि क्षेत्रको अनुभव बोकेकाले पनि उनीकहाँ नीतिनिर्मातादेखि राजनीतिज्ञहरू निरन्तर सल्लाह/सुझाव लिन गइरहन्थे। अहिले उनका एक्ला छोरा सञ्जय गिरीसमेत महासंघका सदस्य छन्। कोलकाताबाट पढेर आएका उनी सोही विशेषताका कारण बीपी कोइरालाका समेत नजिकका व्यक्तिमध्ये गनिन्थे। उनलाई नजिकबाट चिनेका पत्रकार चन्द्रकिशोरले गिरीबारेको एक लेखमा लेखेका छन्, 'विश्व अर्थतन्त्रको विकासक्रम र नेपाली धरातललाई राम्ररी बुझेका उनीजस्तो व्यक्तिले वीरगन्जलाई नै सधै आफ्नो कार्यक्षेत्र रोज्नु उनको विशिष्ठताको एउटा नमुना हो।'
No comments:
Post a Comment