Friday, September 14, 2012

अद्वैता कहानी


उनले एमबीए पढिन् । भारतको ग्यान्ड अर्किड होटलमा गेस्ट रिलेसन अफिसरको काम गरिन् । तर ५ वर्षअघि जब उनको पहिलो उपन्यास 'अलमोस्ट सिंगल' निस्कियो, अद्भैता कलाको परिचय बदलिएको छ । उपन्यास प्रकाशित हुँदा २५ वर्ष मात्रकी उनको त्यो कृति हालसम्म १ लाख ५० हजार प्रति बिक्री भइसकेको छ । त्यसयता एकपछि अर्को गर्दै उनका जबर्जस्त प्रस्तुति देखियो बलिउड फिल्म 'अन्जाना अन्जानी' र 'कहानी' मा जसको उनी क्रमशः सह स्त्रिmप्ट लेखक तथा सहकथाकार हुन् । 'यी सब म आफैंका लागि पनि म को हुँ भन्ने उत्तर थियो,' हेलो शुक्रबारसँगको अनलाइन कुराकानीमा उनले सुनाइन्, 'एमबीए पढ्नु वा होटलमा काम गर्नुर्भन्दा नितान्त फरक ।' 

असोज ४ गतेदेखि हुन लागिरहेको 'एनसेल नेपाल लिटरेचर फेस्टिबल' का लागि काठमाडौं आउन लागेकी यी चर्चित भारतीय लेखिकाले यहाँ दुई फरक सत्रमा आफ्नो उपन्यास र उदाउँदो 'चिकलिट' लेखनबारे बोल्नेछिन् । बुबा भारतीय राजदूतावासको जागिरे छँदा दुई दशकअघिको ५ वर्ष काठमाडौंमा बिताएकी उनका लागि काठमाडौं बसाइ विगत सम्झने एउटा राम्रो अवसर पनि बन्दैछ । 'साँच्चिकै भन्दा म फेस्टिबलमा बोल्न लायक व्यक्ति नहुन पनि सक्छु । त्यसमाथि मलाई आफ्नो कामबारे अरूसँग बोल्न निकै अप्ठ्यारो लाग्छ,' उनले भनिन्, 'तर नेपाल र्फकने अवसरले गर्दा म नआइरहन सकिन । किनकि धेरै अर्थमा नेपाल मेरो घरजस्तै हो ।'
***
'अलमोस्ट सिंगल' खासमा उपन्यास लेख्छु भनेर लेखिएको थिएन । जब उनले आफ्नो करियरमा केही समय ब्रेक लिइन्, त्यसबेला उनले एउटी एक्ली महिलाले भारतीय परिवेशमा कतिसम्म सास्ती खेप्नुपर्छ भन्ने नजिकबाट बुझिन् । भन्छिन्, 'हाम्रो कुरौटे समाजको प्रतिबिम्ब हो यो ।' 
जसमा त्यसै भारतीय समाजभित्र नयाँ परिवेशकी आधुनिक एवं स्वतन्त्र महिलाको कथा छ । नयाँदिल्लीमा बस्ने एउटी २९ वर्षे अविवाहित युवती आइसा भाटिया पुरातन र आधुनिक संस्कृतिबीचमा अल्भिmन्छिन् । एकातर्फ चुरोट, रक्सीको लत बसालेकी, कुमारित्व गुमाइसकेकी उनी अर्कोतर्फ अझै ज्योतिष भविष्यवाणीमा विश्वास राख्ने, असल पतिका लागि कर्भाचौत्र व्रत बस्ने खालकी हुन्छिन् । उनका आँखा अगाडि प्रेम, डेटिङ र सम्बन्धबारे अनेकन नयाँ अभ्यास देखिन्छन् । आइसालाई आफ्नो काम, हाकिम केही मन पर्दैन । न उनी साडीमा सजिन रुचाउँछिन् न त दैनिक व्यायाम गर्न नै । उनलाई आफ्ना साथीहरूको संगत नै सबैभन्दा पि्रय लाग्छ, उनीहरूसँग खान/पिउन, घन्टौं गफ गरेर बिताउन । र, जब यी सब कुराबाट आइसा टाढा हुन्छिन् बल्ल उनलाई प्रेमीको आवश्यकता पर्छ । र, त्यसले उनमा सिर्जना गर्ने आन्तरिक द्वन्द्वको कथा झल्किन्छ जुन पछिल्लो पुस्ताका हरेक युवाले आफूसँग दाँज्न सक्छन् । 

धेरै समीक्षकले यसलाई चिकलिट लेखनको रूपमा अथ्र्याए । आधुनिक महिलालाई हलुका र मनोरञ्जनात्मक रूपमा प्रस्तुत गरिने 'चिकलिट' साहित्यमा एउटा पपुलर शैली पनि हो जो कुनै निश्चित समूह मात्रले भन्दा पनि सामान्य पाठकका लागिसमेत उत्तिकै रुचिकर बन्छ । सायद, चिकलिट शैलीको पनि एउटा सफल अभ्यास देखियो अलमोस्ट सिंगलमा जसले अन्ततः उनलाई भारतमा महिला लेखकमा 'गेम चेन्जर' कै रूपमा उनलाई उभ्यायो । 
***
भ्रमण उनको जीवनको एउटा अभिन्न पाटोजस्तै छ । त्यसैले जहाँ आफ्नो सामीप्यता बस्यो त्यसैलाई घर भन्छिन् अद्भैता । विगत २ वर्षयता नयाँदिल्लीमा बसिराखेकी उनी पछिल्ला ५ वर्षमा ६ ठाउँलाई आफ्नो घर भनिसकेकी छन् । यद्यपि अझै उनी हरेक महिना आधाजसो समय सहर बाहिर हुन्छिन् । भारतीय रेल उनका लागि जति घुम्दा पनि नपुग्ने चीज हो । 

सायद ती यात्रामा उनका लागि कथाका थाक भेटिन्छन् । यात्राकी सौखिन उनी ठट्यौली पारामा कहिलेकाहीं सोच्दी पनि रहिछन्, 'देशभरि मेरा यति धेरै परिवार र साथी छन्, जसले मात्रै किने पनि मेरो पुस्तक थुप्रै बिक्री हुन्छ ।' 'कथा कसरी जन्मिन्छ ?' उनको उत्तर छ, 'यो म आफैंलाई थाहा छैन । सायद यो बाहिरी प्रभाव र आफ्नो भावनाको समिश्रण हो ।' हुन त लेखक बनुँला भन्ने उनको सपना कहिल्यै थिएन । अझ भन्नुपर्दा उनलाई समयले लेखक बनाइदिएको हो । वा, उनीभित्रको लेखकलाई झिकिदिएको हो । करियर ब्रेकको समयमा अनेकन हन्डर र ठक्कर खाएपछि लेख्न सुरु गरेकी उनले उपन्यास सक्दासम्म कसैलाई के गर्दैछिन् भन्ने थाहा थिएन । 'यो मेरो दुनियाँको सार्थकता देखाउने एउटा प्रयास थियो,' त्यसो भन्दैमा अद्भैताको अनुभवको सँगालो मात्रै पनि होइन उपन्यास, 'यो धेरैजसो फिक्सन नै हो जसमा मैले देखे, भोगे र सोचेका कुरा छन् ।'

'अलमोस्ट सिंगल' लेख्नुअघि उनले त्यसको अन्त्य के होला भन्ने सोचेकी थिइनन् । लेख्दै जाँदा केन्द्रीय पात्र 'आइसा' यस्तो अवस्थामा पुगिन् जतिखेर उनलाई खुसी पार्ने कुनै तरिका नै भेटिँदैनथ्यो । थपिन्, 'अन्त्य त भयो तर त्यो पाठकका लागि बीच बाटोमै छाडिदिएको जस्तो देखियो । तर त्यसलाई अन्य जसरी निष्कर्षसाथ टुङ्ग्याउनु पनि आवश्यक थिएन ।' 
***
उनको स्वभाव नै विचित्रको छ । व्यवस्थापनकी विद्यार्थी हुन् तर मिडिया प्रचार, समीक्षा वा अन्य मार्केटिङ रणनीतिमा त्यतिसारो विश्वास गर्दिनन् । भन्छिन्, 'त्यसको महत्त्व केही तहसम्म मात्र छ जुन एक्लो म्याराथुनजस्तै हो, असली दौड त पुस्तक आफैंले गर्नुपर्छ ।' लेखक बन्नकै लागि नदगुरिकन चर्चित भएकै कारण हुन सक्छ उनको स्वभाव समाजमा प्रसिद्धि खोज्न वा व्यावसायिक बन्न दगुर्नेको जस्तो छैन । 

उनले उपन्यास प्रकाशन गरेपछि अहिलेसम्म त्यो फेरि पढेकी छैनन् । उनले कारण खुलाइन्, 'मलाई थाहा छ, त्यहाँ धेरै ठाउँमा त्यसो नगरेको भए हुन्थ्यो जस्तो सोचेर मलाई पछुतो लाग्नेछ ।' लेखनलाई हेर्ने उनको अर्को शैली समेत फरक छ जसलाई उनी जन्मजात हुने गुण भन्छिन् । क्रियटिभ राइटिङको कक्षा, अध्ययन वा अन्य लेखकसँगको संगतले केही फरक त पार्ला त त्यसबाहेक सबै एक्लो यात्रा हो । अहिले अद्भैता द इन्डियन एक्सप्रेसमा खानपिनसम्बन्धी स्तम्भ लेख्छिन् भने मेल टुडेमा समाज, संस्कृति र राजनीतिमाथि । आफ्नै संसार र शैलीमा नितान्त व्यक्तिगत जीवन रुचाउने उनी अहिले नचाहँदा  नचहांदै सेलिबि्रटी बनेकी छन् ।

अहिले देशभित्र वा बाहिर जहाँ जाँदासमेत उनलाई धेरैले नयाँ पुस्तक एवं फिल्मबारे सोध्छन् । तर उनी एउटा बेग्लै पात्रको खोजीमा छिन् । भन्छिन्, 'जो इमानदार हुन्छ, खुलेर प्रस्तुत हुन्छ र अरूको मूल्यांकनले उसलाई फरक पार्दैन पनि । आफ्ना केही स्वाभाविक र अस्वाभाविक कमजोरीका बाबजुद पनि उसको आफ्नो बेग्लै अस्तित्व हुन्छ । आइसाजस्तै ।' 

1 comment: