अभिनेता
हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे १५ वैशाखमा सार्वजनिक हुँदैछ
। पुस्तकको सेरोफेरोमा आचार्यसँग गरिएको कुराकानी :
आत्मकथा लेख्ने सोच कसरी जन्मियो ?
म सानैदेखि आफ्ना जीवनका महत्त्वपूर्ण कुरा टिपोट गर्थें। तर, पत्नी मीराको निधनपछि एक वर्ष मैले केही काम गरिँन । त्यसबीचमा आफ्ना वियोगका कथा एवं संस्मरण लेखेँ। एक दिन डाक्टर रवीन्द्र समीरले त्यसलाई आत्मकथा बनाउन सुझाउनुभयो। पहिलेका टिपोट, पछिल्लो एक वर्षमा लेखेका संस्मरण र अनुभूतिलाई मर्ज गरेर आत्मकथा लेख्न सुरु गरेँ। त्यसमा अन्य घटना जोड्न थालेँ र पुस्तक तयार भयो।
अभिनय क्षेत्रको मानिसलाई लेख्न कत्तिको गाह्रो हुँदो रहेछ ?
कलाकार भन्दैमा लेखनबाट पन्छाएर हेर्ने हाम्रो सोचमै समस्या छ। हामीले जति अभिनय गर्यौँ, त्यसभन्दा बढी लेख्यौँ पनि। हाम्रो अभिनयको प्रभावकारिता पनि लेख्दाखेरी विषयवस्तुलाई सक्दो नजिकबाट अनुभव गरेकै आधारमा हुन्छ। त्यसैले लेखन मेरा लागि नयाँ थिएन।
चिना हराएको मान्छे शीर्षकपछाडिको रहस्य ?
आत्मकथाको शीर्षक मेरो जीवनको विम्ब हो। हामी सबै रहस्यवादमा छौँ। हरेक कामको योजना र तयारी भाग्यरेखासँग जोडेर गरिने भए पनि हामी कसैको भविष्य कसैलाई थाहा छैन। संयोगले सुनको प्रतिमासाथ राखिएको मेरो चिनासमेत सानैमा हराएको थियो। जीवनमा सोच्दै नसोचेका थुप्रै घटना मैले बेहोर्नुपर्यो।
आत्मकथा लेख्दा मानिसहरू आफैँसँग सत्य बोल्न हिचकिचाउँछन् । यहाँको अनुभव कस्तो रह्यो ?
हरिवंश भनेपछि मानिसले बैगुन नै नभएको सोच्छन्। तर, मैले जानेर अरूलाई हानि पुग्ने काम नगरे पनि मभित्र पनि लोभ, मोह, इच्छा र क्रोध छ। त्यसैले मैले आफूलाई एउटा साधारण व्यक्तिका रूपबाट आफैँलाई हेर्न खोजेको छु। त्यति हुँदाहुँदै पनि कतिपय कुरा समाजमा ल्याउँदा अप्ठ्यारो नै पर्ने हुँदा ती राखिएका छैनन् पनि।
मह जोडीका रूपमा यहाँनेर तपाईंहरुको पार्टनरसिप टुट्यो नि ?
म २२ वर्षको हुँदा मदन दाइलाई भेटेको हुँ। त्यस बेलासम्म एउटा लामो समय बितिसकेको थियो। निश्चय नै मदन दाइ आएपछि हाम्रो जीवन र कर्म गाँसिएको छ। तर, आत्मकथामै त्यसलाई लैजान गाह्रो पर्ने रहेछ। हामी (मह)माथि कसैले लेख्छन् भने चाहिँ त्यो सम्भव होला।

अन्य कुनै पुस्तकको पनि तयारीमा हुनुहुन्छ ?
आत्मकथालाई प्रेसमा पठाएपछि बल्ल कतिपय महत्त्वपूर्ण घटना सम्झिरहेको छु। अझै सम्झँदै गइएला। कम्तीमा १०/१५ वर्ष सक्रिय कलाकारिता गर्न सकियो भने अझै राम्रा अनुभव पनि आउलान्। त्यसैले तत्काललाई कुनै योजना नभए पनि अर्को पुस्तकको सम्भावना नकार्न सकिँदैन। रिटायर्ड लाइफमा मेरो काम नै लेखन हुनेछ।
First Appeared in NEPAL Magazine
No comments:
Post a Comment