सन्तबहादुर लामिछाने, २६,ले पोखरालाई जमिनबाट कम आकासबाट बढि चिनेका छन् । उनी अल्ट्रालाईट पाइलट हुन्–– नेपालमै सिकेर व्यावसायिक रुपमा अल्ट्रालाइट हवाइजहाज उडाउने उनी पहिलो र हालसम्मकै एक्ला नेपाली । पछिल्लो २ बर्षमा झण्डै १ हजार घण्टा आकासमा उडेर उनले ३ हजार बढि व्यक्तिहरुलाई पोखरा आसपास र छेउछाउका हिमालका नजिकसम्म पुर्याएका छन् । भन्छन्, “आकासमा उड्नुको मज्जा त छंदैछ मानिसलाई जीवनभर सम्झनयोग्य खुसी दिने काम गर्न पाएकोमा सबैभन्दा बढि आनन्द लाग्छ ।”
गोरखा, मान्बु उनको घर हो । जहाँबाट उनले सानैदेखि आकासमा उड्ने विमानलाई चियाएका थिए । मध्यमवर्गिय परिवारका उनले पाइलट बनिएला भन्ने कहिल्यै सोचेनन् । भन्छन्, “जहाज चड्ने रहर भने निकै बर्ष पहिलेदेखिको थियो ।” काठमाडौंको अमृत साइन्स कलेजबाट आइएस्सी सकेपछि उनी मोटरसाइकल र इलेक्ट्रिकल मेकानिक्स तालिम सिके । त्यही सिपले उनलाई पोखराको एभिया क्लब नेपालसम्म डोर्यायो । शुरुमा त्यहाँ उनले विमान उड्नुअघि र ओर्लेपछिको जाँच र अन्य मर्मतमा सघाउने काम गर्न थाले । भन्छन्, “जहाज चड्ने रहर त्यहीं कमाएको पैसाले पहिलोपल्ट पूरा गरेको थिएँ पोखरा–काठमाडौं उडान गरेर ।”
नेपालको पहिलो अल्ट्रालाइट कम्पनी ‘एभिया क्लब नेपाल’मा अहिले दुई रसियन, दुई युक्रेनी र एक नेपाली गरी पाँच पाइलट छन् । लामिछानेले एभिया क्लबले उडाउने दुवैखाले अल्ट्रालाइट जहाजहरु ‘डेल्टा विङ’ र ‘फिक्स्ड विङ’ उडाउँछन् । तर फिक्स्ड विङ एयरक्राफ्टको व्यावसायिक उडानका लागि भने नेपाल नागरिक उड्यन प्राधिकरणबाट अनुमति लिने अन्तिम प्रक्रियामा छन् उनी । भन्छन्, “यी दुवै सिंगल इञ्जिन साना जहाजमा उड्नुको मज्जा त बेग्लै छ, त्यसमाथि पोखराको सुन्दर आकासमा उड्नुले त्यो झन् अनुपम भइदिन्छ ।”

खेलौनाजस्ता लाग्ने अल्ट्रालाइट जहाजहरु १३ हजार फिट सम्मको उचाईमा उड्छन् । आँखै अगाडि माछापुछ्रे (फिस्टेल) देख्नेगरी उडाउँछन् । फेवातालमाथि फ्रिफल गराउँछन् । अझ डेल्टाविङ एयरक्राफ्टमा त दायाँ–बायाँ खुला हुन्छ । अझ यो ‘टु–एक्सीस’ जहाज भएकाले मोड्दा ढल्काउनै पर्छ । जतिखेर मानिसहरुको ढुकढुकी झन् बढि बढ्छ । भन्छन्, “त्यसैले त यो साहसिक हवाई अनुभव हो ।” लामिछानेका अनुसार सिंगल इञ्जिन जहाज भएका कारण धेरैलाई अचानक इञ्जिनमा खराबी आए के होला भन्ने डरले काम गर्दोरहेछ । यद्यपि अल्ट्रालाइटमा तीन तहका सुरक्षा हुन्छन् । उचाई मेन्टेन गर्न सक्यो भने तातो हावाकै भरमा ‘ग्लाइड’ गरेर ल्याण्ड गर्न सकिन्छ । भन्छन्, “जस्तो ५ हजार ५ सय फिट माथिको उचाईमा सारङकोटमाथि इञ्जिन फेल भएमा यात्रुलाई थाहा नै नहुनेगरी ग्लाइड गरेरै एयरपोर्टमा ल्याण्ड गर्न सकिन्छ ।” जहाजको पखेटा नै भाँचियो भने एयरक्राफ्टमै जोडिएको प्यारासुटले काम गर्न थाल्छ । फिक्स्ड विङ एयरक्राफ्टको ग्लाइडिङ अनुपात त अझ बढि हुन्छ ।
एक त यो ‘भिज्युअल फ्लाइट रुल्स (भीएफआर)’मा चल्ने जहाज हो अर्कोतर्फ जहाजको बनोट नै सानो हुने हुँदा यो उडाउन राम्रै साहस चाहिने उनी बताउँछन् । भन्छन्, “सायद त्यही भएर हो अन्यमा जहाजमा पाइटलहरु बेरोजगार छन् यसमा बिदेशी पाइटलकै भर पर्नु परेको छ ।” सन्तले डेल्टाविङमै चढेर पोखरा मात्र होइन भरतपुर, सीमरा, भैरहवा र बागलुङको बलेवा एयरपोर्टसम्म पुगेका छन् । थुप्रैपटक विभिन्न समारोहमा ब्यानर टोइङ र पुष्पवर्षा गराएका छन् । “पदयात्रामा जान खोजेका तर समय अभाव झेलेका पर्यटकहरु यसलाई माध्यम बनाएर एयरट्रेक जान खोज्छन् छन्,” उनको भनाई छ, “तर कहिलेकाहीं अचानक हावाको वहाव बढ्दा एयरक्राफ्ट उडाउन उत्तिकै पावर समेत चाहिन्छ ।”
पोखरा एयरपोर्टबाटै उडान भर्ने भएकाले कहिलेकाहीं एयर ट्राफिकले पिरोल्छ पनि सन्तजस्ता अल्ट्रालाइट पाइलटलाई । पोखरा एयरपोर्ट ‘क्लास सी एयरस्पेस’ भएकाले यसको उडान–अवतरण सबै अन्य हवाईजहाजलाई उड्यन नियममा बाँधिन्छ । भन्छन्, “एयर ट्राफिक कन्ट्रोल नचाहिने ‘जी क्लास एयरपोर्ट’ वा छुट्टै एयरफिल्डबाट उडान अनुमति दिएमा यस्तो उडान अझ फस्टाउने अवसर पाउँछ ।”
नेपालमा अल्ट्रालाइट पाइटल तालिमका लागि झण्डै १२ लाख खर्च लाग्छ । सन्तको हकमा भने उनको दृढ इच्छाशक्ति र क्षमताका कारण एभिया क्लबले पछि कमाएर चुक्ता गर्नेगरी तालिमको अवसर दिएको थियो । आजकलमा बित्ने त्यही व्यस्ततापूर्ण दैनिकीले सन्तको जीवनमा साहास र सपना मिसिएको रंग बदलेको छ । संवाददातासँगको उडान सकेको केही बेरमै उनी अर्को उडानको लागि एयर ट्राफिक कन्ट्रोलसँग अनुमति माग्दै थिए, ‘पोखरा टावर, नाइन नोभेम्बर अल्फा डेल्टा युनिफर्म रिक्वेस्ट स्टाटअप फर फिफ्टीन मिनेट फ्लाइट टु फेवा फोर ठाउजेन ।’
No comments:
Post a Comment