Sunday, June 14, 2015

Rohingya in Kathmandu

Mausuda Khatun with her son.
After crossing over into Bangladesh on a boat from Burma, 28-year-old Amir Hussain and his family came to Kathmandu via India in 2012.

Hussain and his family are among thousands of Rohingya who fled Burma after anti-Muslim attacks in parts of the western Rakhine state. The plight of Rohingya ‘boat people’ is making headlines in Thailand, Malaysia and Indonesia.

When the group first reached Kathmandu, they didn’t know anybody. They first stopped at Jame Masjid, one of the city’s oldest mosques, from where they were advised to go the office of the UN High Commission for Refugees (UNHCR). Although the UNHCR agreed to provide shelter to women and children the refugee families decided to stay at a cheap hotel in Bag Bazar because they didn’t want to leave their children. Today, Hussain and his family share a four-room flat in Kapan with two other Rohingya families. Each occupies a single room, and uses the empty room for namaz prayers.

Rafik Alam and his family were separated during their escape. Only after he was issued a refugee certificate from the UNHCR did Alam learn of his wife and children’s whereabouts. However it took Alam more than a year to reunite with his family in Bangladesh.

“My wife was pregnant when I lost her, she was brave enough to deliver the baby and bring them to Bangladesh on her own,” he says. “In Kathmandu we face a lot of problems but at least we do not have to fear for our lives.”

Before the riots erupted three years ago, Myanmar was home to some 800,000 Rohingya people. International reports show that 120,000 of them have since left the country. A citizenship law enacted in 1984 termed the Rohingya stateless immigrants from Bangladesh. As a result, they were not eligible for government jobs, or to apply for basic services.

But the real tragedy for the Rohingya began in 2012 as Burma embarked on the path to democracy, and the persecution by the majority Buddhists is driving the Rohingya refugee crisis.


(This story originally appeared in Nepali in Nepal Magazine. The english translation is from Nepali Times. Below is the story in Nepali)
----

‘डुंगा शरणार्थी’को दुर्लभ गन्तव्य -- नेपाल

काठमाडौँको कपन भंगालमा बस्न थालेको तीन वर्ष बितिसक्दा पनि आमिर हुस्सेन, २८, का सपनामा अक्सर नेपालभन्दा बर्माका दृश्य बढी आउँछन् । हरेक बिहान ब्यूँझिँदा आसपासका पहाड हेरेर एकैछिन झुक्किन्छन् पनि । भूगोल र मौसमका हिसाबले म्यानमार र नेपालमा खासै भिन्नता छैन । तर, जब हर दिन भाले बास्छ र रोटीको जोहो गर्नुपर्ने सकस आउँछ, आँगनमा उत्रेर पल्लो घरकासँग हालखबर सोध्न सक्दैनन्, हातमुख जोड्नेबाहेक चाहेर पनि जीवनका अरू सपना देख्न सक्दैनन् अनि उनलाई आफ्नो देश नहुनुको पीडाले पिरोल्छ ।
सडकछेउको चारकोठे एउटा पक्की घरमा तीन परिवार बसेको छ । प्रत्येक परिवारका लागि एक–एक कोठा छुट्याइएको छ, बाँकी रहेको कोठामा नमाज पढ्ने चलन छ । घरको मासिक बहाल १० हजार रुपियाँ छ । कोठाको एउटा कुनोमा ग्यासमा खाना पाकिरहेको छ, अर्कोतिर बच्चा सुतिरहेका छन्, श्रीमान्–श्रीमती वा वल्लो पल्लो कोठाका रोहिंगाहरू जुटेर भलाकुसारी गर्छन् ।

मलेसिया, थाइल्यान्ड र इन्डोनेसियाजस्ता छिमेकी देश पुगेका आफूहरूजस्तै रोहिंगा मुस्लिममा उनीहरूको गफगाफ केन्द्रित हुन्छ, जो बहुसंख्यक बौद्धमार्गीसँग तनाव सिर्जना भएसँगै ज्यान दाउमा राखेर देश छाडेका अल्पसंख्यक रोहिंगा हुन् । सञ्चारमाध्यममा डुंगा वा शरणार्थी शिविरमा जम्मा भएका रोहिंगाहरूको तस्बिर देखिए आफ्ना आफन्तजन पनि छन् कि भन्दै चियाउँछन् र उनीहरूको चिन्तामा दिन गुजार्छन् । डुंगा चढेर शरणका लागि अन्य देशमा जाने भएकाले सयौँ रोहिंगा ‘डुंगा शरणार्थी’का रूपमा परिचित छन् ।
बर्मामा दंगा भड्किएपछि आमिरजस्ता पहिलो पुस्ताका शरणार्थी आम रोहिंगाभन्दा फरक जमिनको बाटो पछ्याएर नेपालसम्म आइपुगेका हुन् । हाललाई कम्तीमा गाँसबासको आँखाबाट हेर्दा जीवन सामान्य लागेता पनि बर्माको मोङ्डोबाट काठमाडौँसम्मका उनको आफ्नै कथा कम्ता दर्दनाक छैन ।
मोहमद यासिन र नोरु जहाँ

सन् २०१२ जुनमा बर्माको ठूलो सहर रेंगुनबाट मोङ्डोमा एक जमात आएको थियो । मुस्लिम परम्परा अनुसार उक्त जमात विभिन्न मस्जिदमा प्रार्थना गर्दै ४१ दिनपछि मात्रै घर फर्कन पाउँथ्यो । घर फर्किने अघिल्लो रात मस्जिदबाहिर कसैले मारेर एक बौद्ध महिलालाई फ्याँकिदिएछ । बौद्धमार्गीको एक हुल आएर उक्त महिलाको हत्याको आरोप लगायो । होइन भन्दाभन्दै आक्रमण गर्दा १० रोहिंगाको ज्यान गयो । त्यसमा बसकी ड्राइभर रहेकी बौद्ध महिलाको समेत हत्या भयो ।

घटनालगत्तै त्यहाँ दंगाको शृंखला चल्यो । रोहिंगा महिलामाथि बलात्कार र हत्याको क्रम बढ्यो । त्यसो त उक्त घटना नहुँदा पनि आफ्नै देशभित्रै दोस्रो दर्जाको नागरिकका रूपमा पिल्सिएका थिए रोहिंगा । विश्वमा सबैभन्दा धेरै रोहिंगा मुस्लिम (झन्डै आठ लाख) बसोबास भएको देश भईकन पनि सन् १९८२ मा बर्मेली प्रधानमन्त्री जनरल नि विनले राष्ट्रिय कानुन लादेर रोहिंगालाई गैरनागरिक घोषणा गरिदिए भने बौद्धमार्गी नेताहरूले रोहिंगालाई आदिवासी नभई आप्रवासी भएको ठहर गरे ।

त्यसयता उनीहरू सरकारी सेवा प्रवेश, टेलिफोन प्रयोगजस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित छन् । त्यसको विरोधमा उत्रिएका रोहिंगामाथि चर्को दमन हुन थाल्यो । हुस्सेन थप्छन्, “नभएका आरोप लगाएर जेल हाल्ने, सोधपुछका लागि भनेर हिरासतमा लिई बेपत्ता पार्ने र प्रहरीकै साथ लिएर बस्तीमा आगो लगाइदिने क्रम बढ्यो ।” रोहिंगाका घर बाँस, माटो र नरिवलका बोक्राबाट बनेका हुन्छन् ।
आबुत टाकर र मुबिना आबु

नेपाल आउने धेरैजसो रोहिंगा पश्चिमी बर्माका छन्, जो बंगलादेश र भारत हुँदै यहाँ शरण लिन आइपुगेका हुन् । आमिर हुस्सेन सन् २०१२ को दंगासँगै भएको भागाभागमा समुद्रतर्फ कुदेको २२ जनाको समूहमा थिए । उनी बाँसको डुंगामा बसेर झन्डै आधा घन्टामा नजिकैको बंगलादेशी सीमा उन्सी पराङ पुगे ।

मुस्लिम देश भए पनि बंगलादेशले समेत रोहिंगा शरणार्थीप्रति त्यति सद्भाव राख्दैन । आमिरकी पत्नी सौतरा बेगम बंगलादेश टेकेको दिन सम्झिन्छिन्, “त्यहाँ बसेका सुरक्षाकर्मीले केही घन्टा त हामीलाई समुद्र तटबाट बाहिर निस्किन पनि दिएनन्, निकै बिन्तीभाउ गरेपछि मात्र जमिनमा पाइला टेक्न दिए ।”

मध्यराती सुरक्षाकर्मीलाई झुक्याएर उनीहरू आसपासका गाउँमा केही दिन काम गरेर कक्स बजार पुगे, जहाँ बजार ठूलो भएकाले अन्यत्रजस्तो खोजीनिती हुँदैनथ्यो । त्यहाँको लेबर अड्डामा बर्माकै रोहिंगा अबु ताकर, २६, सँग भेट भयो । स्वदेशमा उनीहरूको घर पैदल यात्रा गर्दा एक दिनको आसपासमा पर्छ ।

त्यहाँ फेरि समस्या भयो । घरभाडा लिएर बस्न नसकिने, बाहिर बस्दा लुटपाटको समस्या । एक बंगलादेशीले सुझाएपछि आमिर र अबु ताकर उत्तर प्रदेशको आलिगढ जाने भए, जहाँ मासु उद्योगमा काम गर्न सकिन्थ्यो । पत्नीको कानको झुम्का र लेबर मार्केटमा काम गरेर जम्मा गरेको पैसा दलाललाई बुझाएपछि उनीहरू सहजै बोर्डर काटे ।
अमिर हुसेन र सौतरा बेगम

तीन महिना भारतमा काम गर्दा नेपालमा पसल गर्ने एक भारतीयले यहाँ संयुक्त राष्ट्र संघीय नियोग (यूएनएचसीआर)को कार्यालय रहेको र भारतमा भन्दा जीवनयापन सहज हुने बताएपछि उनीहरू नेपालका लागि रवाना भए । यति सजिलै नेपाल आएछन् कि जोगबनी बोर्डर काटेको समेत पत्तो पाएनन् । ताकर भन्छन्, “विराटनगर आइपुग्दा पनि मलाई त भारतमै छु जस्तो लागेको थियो ।”

काठमाडौँ आएपछि अर्को बैराग चल्यो । एकतर्फ न कुनै परिचयपत्र, अर्कोतर्फ बर्मेली हुँ भन्दा होटेलमा कोठा पनि नपाइने । उनीहरूका श्रीमतीहरू रोइकराइ गर्न थाले । आमिर त्यस बेला श्रीमतीलाई सम्झाएको वाक्य सम्झिन्छन्, “कसैले जेल नै लगेछ भने पनि कमसे कम खान त पाइन्छ ।”

जुमा मस्जिदमा प्रार्थना गर्दा भेटेका एक व्यक्तिको सहायताले उनीहरू यूएनएचसीआर अफिस पुगे । तर, त्यहाँ महिला र बालबालिकालाई मात्र राखियो । पुरुषहरूका लागि भने मस्जिदलाई नै चिठी लेखेर सहयोग गरिदिन आग्रह गरियो । २ महिना ५ दिन बागबजारको होटेलमा बसेपछि उनीहरूले यूएनएचसीआरबाट शरणार्थीको पत्र पाए । त्यसयता आएका भने सकारात्मक आशयको पत्रसमेत नपाएर मासिक शरणार्थी भत्ताबाट वञ्चित छन् ।

नेपाल आएका थुप्रैलाई आफ्नो परिवारका अन्य सदस्यको हालत बर्मामा के छ भन्नेसमेत थाहा छैन । रफिक आलमले नेपालमा यूएनएचसीआरबाट पत्र पाएको दुई महिनापछि दुई छोराका साथ पत्नी बंगलादेश आएको खबर पाए, त्यहाँ रहेका आफन्तबाट ।

तिनलाई लिन जाँदा आठ हजार रुपियाँ बंगलादेशतर्फको बोर्डरमै लुटियो । त्यति कमाउनका लागि उनले अर्को तीन महिना त्यता काम गर्नुपर्‍यो । परिवार बसेको ठाउँ पत्ता लगाउन उस्तै कठिन भयो । झन्डै एक वर्षको मिहिनेतपछि बर्मातर्फको बंगलादेशी बोर्डर फतावरीबाट बल्ल परिवार लिएर आउन सके । “म बर्मा छाड्दा एउटा छोरा त गर्भमै थियो,” आलमले भने, “नेपाल ल्याउँदा थुप्रै समस्या भए पनि कम्तीमा परिवार मारिने छैन भन्ने सोचेर खुसी छु ।”

यद्यपि, बीचमा एक वर्ष हराउँदा उनले यूएनएचसीआरबाट पाइसकेको सकारात्मक आशयको पत्रसमेत गुमाएका छन्, जसको अर्थ परिवारले मासिक भत्ताका रूपमा पाउने झन्डै नौ हजार रुपियाँ गुमाउनु हो । आलमकै मामाका छोरा पर्ने जुबेर अहमद, जो बर्मामा मौलाना थिए, आठ महिनाअगाडि मात्रै नेपाल आइपुगे ।
बंगलादेशमा इस्लामिक अध्ययन गरिरहेका मोङ्डोकै महमद यासिन त घर फर्कनै नसकी सीधै नेपाल छिरे । मुस्लिम भईकन पनि हिन्दु बाहुल्य नेपालमा पाएको सद्भावबाट उनीहरू कृतज्ञ छन् । “अरू रोहिंगाले पाएको दु:ख सुन्दा त हाम्रा लागि नेपाल स्वर्ग नै हो,” अहमद भन्छन्, “अरू देशका शरणार्थीको भन्दा हाम्रो हालत दयनीय हुनुको कारण के हो भने आफ्नो साथमा सम्पत्ति ल्याउन सकेनौँ ।”

त्यसो त अहिलेसम्म नेपालमा झन्डै ३० परिवारका ९७ रोहिंगा जम्मा भइसकेका छन् । सन् २०१५ को मे महिनायता बंगलादेश, मलेसिया, थाइल्यान्ड, इन्डोनेसियाजस्ता देशमा रोहिंगा शरणार्थी बन्न जाने क्रम बढ्यो । ती देशले अन्तर्राष्ट्रिय समुदायको आग्रहमा पछि अर्कै व्यवस्था हुने गरी दसौँ हजारलाई अस्थायी शरण दिएका छन् । यद्यपि, अन्तर्राष्ट्रिय कम चासो र व्यवस्थाकै कारण मानव तस्करहरूले खेल्ने मौका पाइरहेको भन्दै मानव अधिकारवादी संस्थाहरूले आलोचनासमेत गरिरहेका छन् । सन् २०१५ कै सुरुयता थाइल्यान्डतर्फको सीमामा त्यसको जनाउ दिने गरी १ सय ३९ वटा मानव चिहान फेला परेका थिए ।

भुटानी र तिब्बती बाहेकलाई शरणार्थी नमान्ने नेपाल सरकारले भने सन् २००७ यता अन्य देशका नागरिकलाई ‘सहरी शरणार्थी’को दर्जासमेत नदिन यूएनएचसीआरलाई आग्रह गरे पनि मानवताका आधारमा भन्दै ‘सकारात्मक मनसायको पत्र’ दिइरहेको छ । कुनै समय सहरी शरणार्थीका रूपमा सोमाली र पाकिस्तानीको बाहुल्य रहे पनि ती तेस्रो देश पुन:स्थापनाको माध्यमबाट घट्दै छन् भने बर्माका रोहिंगा यसै गरी बढिरहेका छन् ।

शरण पाउनै हम्मेहम्मे

रोहिंगा शरणार्थीमाथि छिमेकी मुलुकले देखाएको व्यवहार अचम्मको छ । थाइल्यान्डको वायुसेना रोहिंगा सवार डुंगामा पानीका बोतलहरू फ्याँक्दै मानवीय व्यवहार देखाएझैँ गर्छ तर तिनै डुंगालाई फिर्ता पठाउँदै शरण दिन नचाहेको जनाउसमेत दिन्छ । उनीहरू तीन सातासम्म लगाएर डुंगामा यात्रा गर्छन् ।

त्यसो त मुस्लिम देशहरूसमेत उनीहरूप्रति हार्दिकता देखाउँदैनन् । धेरैजसो शरणार्थी मुस्लिम बाहुल्य भएको र रोजगारीको सम्भावना भएको मलेसियामा शरण लिन चाहन्छन् । तर, उसले पनि डुंगालाई रोक्ने र लखेट्ने ‘हर्कत’ मात्र देखाउँछ । इन्डोनेसिया आफ्ना मछवारले उद्धार गरेका केहीलाई शरण दिए पनि थपलाई नदिने मानसिकतामा छ ।

बंगलादेशले कहिले उनीहरूप्रति नरम भाव राख्छ भने कहिले अन्य छिमेकीजस्तै कडा पनि । यद्यपि, बंगलादेशका दुई शिविरमा गरेर २० हजार शरणार्थी छन् ।

तस्विरहरु: रवि मानन्धर

No comments:

Post a Comment