Thursday, October 29, 2009

कथा : रातभर खोलाछेवमै........

मनोज ६ वर्षको छ । उसको घरमा आज ठूलो निर्णय भयो । त्यो निर्णयले गर्दा न त बुवा–आमा नै खुसी हुनुहुन्छ न त हजुरबुवा–हजुरआमा नै । मात्र मनोज फुरुङ्ग छ । “थाह छ १ के हो त्यस्तो निर्णय ............. ?” शारदा मेडमले कथा भन्नु अघि कक्षामा सबैलाई सोध्नुभयो । ..... अँ ... अँ .... के होला त्यस्तो निर्णय ? ? ? सबैले कानाखुसी गर्दै सोध्न थाले । एकैछिनमा अमितले भन्यो – “पक्कै अरु सबै विदेश जाने होला, त्यसैले अरु दुःखी, मनोज चाँही आमाबुवा गएपछि पढ्न नपर्ने भो भनेर फुरुङ्ग ।” अमितले नसक्दै रोहनले भन्यो – “त्यसो हैन होला मेडम, अब मनोजलाई खेल्न मात्र पठाउने, पढ्न नपठाउने निर्णय होला” । मेडमले त्यो पनि मिलेन भनेपछी अन्तिम बेन्चबाट सर्वेसले सानो स्वरमा भन्यो – “ मेडम त्यो निर्णय नै संविधान विपरित छ, संविधानमा त बहुमतको निर्णयहुन्छ , तर त्यहाँ त मनोज एक्लै कसरी ४ जनाको मनसाय बिरुद्ध जित्यो नि ।” मेडमले सर्वेसको कुरामा सहमति त जनाउनु भयो । तर कथाले खोजेको उत्तर कसैले पनि नभनेपछी मेडम सबैलाई कथा सुनाउन थाल्नुभयो ।

“आज मनोजको घरमा उसलाई स्कुल पठाउने निर्णय भयो ।” त्यो सुनेर सबै दंग परे । “स्कुल पठाउने निर्णयमा पनि बाबुआमा किन दुःखी होला हगि ।” भुनिमेशले जिब्रो टोक्दै हिनालाई भन्यो । तर मेडमले कथा भन्दै हुनुहुन्थ्यो । मनोजको घर पहाडमा छ । त्यो पनि कालीगण्डकी नदिको किनारमा । त्यहाँ बोटे र माझीहरु बढी बस्छन् । त्यस गाउँमा अहिलेसम्म कसैले पढेका पनि छैनन् । मनोजको हजुरबुवा काँशी बसेर आएको हुँदा रामायणका केही श्लोक चाँही आउँछ । पढ्न जानेको भनेको गाउँभरमा वहाँमात्रै हो । बोटेमाझीका छोराछोरीले पढने रहर पनि गर्दैनन् र बाबुआमाले पढाउन पनि खोज्दैनन् । त्यहाँ अज्ञानताले ठूलो जरो गाडेको छ किनभने उनीहरु कसैलाई शिक्षाको महत्व नै थाहा छैन् । त्यसैले त्यस गाउँमा स्कुल पनि छैन् । सबैभन्दा नजिकको स्कुल पुग्न खोला तरेर ३ घण्टा हिँडनुपर्छ । त्यस्तो परिवेशमा पनि मनोजले पढ्ने ढिपी कसेपछी कसैको केही लागेन ।

विहान ढेडो ख्वाएर आमाले मनोजलाई खोलासम्म ल्याइदिनुहुन्थ्यो । त्यसपछी बोटेले पारी तारिदिन्थ्यो र ऊ झोलामा राखेको मकै खाँदै हिँडथ्यो । खोला तारिदिएबापत मनोजकी आमाले प्रत्येक महिना त्यस बोटेलाई १ पाथी मकै दिनुहुन्थ्यो । ३ घण्टा जती स्कुलमा पढेपछी ऊ फर्किहाल्थ्यो । नत्रभने खोला तार्ने बोटे घर गइसक्थ्यो । तर एकदिन स्कुलम सरले अल्बर्ट आइस्टाइनको जीवनी सुनाउन थाल्नुभयो । जसले उसलाई यती धेरै रोमाञ्तीत बनायो कि ऊ त घर जान १ घण्टा बितिसकेको पत्तै पाएन र सर गएपछि ऊ हतारहतार फर्कन थाल्यो । तर बोटेले आधाघण्टा बढी कुर्दापनि मनोज नआएपछी आज उतै मामाघर बस्यो होला भन्ने सम्झी डुङ्गा बाँधेर घरतिर लाग्यो । त्यस स्कुलबाट १ घण्टा पर उसको मामाघर थियो । कहिलेकाँही ढिलो भए मामाघर जानु भनेर आमाले उसलाई सम्झाउनु भएको पनि थियो । सबैले त्यसै भएको होला भन्ने सोचे । ऊ खोलाछेउ आइपुग्दा रात परिसकेको थियो । पानीको कलकल आवाज बाहेक केही सुनिदैनथ्यो । आकासमा चर्को जुन लागिसकेको थियो । उनी निकै थाक्यो एकैछिन आराम गर्न भनेर त्यहाँ ढुङ्गामा के बसेको थियो । ऊ त त्यही निदाएछ । राती १ बजेतिर निन्द्रा खुल्यो “ए निदाएछु” भनेर ऊ खित्त हाँस्यो । उसलाई कत्तिपनि डर लागेन । पूर्णिमाको दिन भएको हुँदा ऊ सरासर फर्केर मामाघर पुग्यो । ४ बजेतिर मामाघर पुग्दा सबै निन्द्रमै थिए । उसले ब्यूझाउनु राम्रो सोचेन । पिढिमै रहेको गुन्द्री तान्यो र त्यही निदायो । कथा सकेपछी मेडमले भन्नुभयो – “मनोजलाई भूतबारे केही थाहा थिएन, त्यही भएर उसलाई केही पनि भएन । देख्यौं त नपढेका भएपनि मनोजका बाबुआमा कति बुझेका रहेछन् । त्यसैले पढ्नुमात्र ज्ञान आर्जन गर्नु होइन ् ।”

तिमिहरु खेलाछेवमा राती १ बजे ब्युझिएको भए के गथ्र्यौ भन त ? सुमनले आङ्ग सिरिङ्ग पार्दै “आम्मै ।” भन्यो । कल्याणले त जिब्रो टोकेर डेक्समै मरेको नाटक ग¥यो ।

No comments:

Post a Comment