Thursday, October 29, 2009

चलकेटी प्रेम


फिल्महलमा लभ आजकल चलिरहेको छ । फिल्मको उत्कृष्ट पटकथा र संगितका बिच पनि म निर्देशक इम्ताज अलिसँग सन्तुत्ट भइन । फिल्मको अन्त्य त्यही पुरानै पारामा भयो । अर्थात– आदर्श प्रेम । जुन आजका चकलेटी प्रेममा भेटिँदैनन् । चलचित्रले वर्तमान कलेजका युवाहरुका अक्सर चल्ने प्रेमप्रसँगलाई प्रतिबिम्बत गरेको छ । त्यसैले पनि कलेज क्यान्टिनमा खाजासँगै चल्ने हाम्रा गफगाफका बिषयमा अहिले प्रेमका बिषयले महत्व पाइरहेको छ । साथीहरुका अफेयर शुरुवात र ब्रेकअभ, अनि त्यसले साथीहरुमा ल्याइरहेको परिवर्तनका कुराले कलेज क्यान्टिन तताउने गरेको छ ।

“.....सँगको लभलाई पनि मैले ब्रेकअफ दिइसकेँ । अब म नयाँ प्रेमीको खोजिमा छु । त्यो जो पनि हुन सक्छ । सायद तिमी पनि ।” एउटा केटीसाथीले क्यान्टिनमा मलाई भन्दैथिइन् । त्यो प्रेममा उनको दोस्रो ब्रेकअफ थियो । उनी यसरी भन्दै थिइन कि प्रेमीहरु कुनै छोटा यात्रामा भेटिने यात्रीजस्तै हुन । मैले उनको कुरालाई काट्नुको कुनै तुक देखिन । मात्र थपेँ “तिम्रो तेस्रो प्रेमी हुन पाए त मेरो अहोभाग्य ।” केहीबेरलाई साथीहरुबिच हाँसो मजाकको राम्रो बिषय बन्यो । तर पछि सोचेँ हामी कलेजका किशोरकिशोरीहरु प्रेमलाई कतिसम्म सस्तो रुपमा बुझिरहेका छौँ त ? प्रेमको महानतालाई हामी हाम्रा सस्ता कुरामै सिमित राखिरहेका छौँ । यसको बिशिष्ठताको कतै अवमूल्यन त भइराखेको छैन ।

अर्को साथी सोनुले हातभरी ब्लेडले चिरेर आफ्नो प्रेमिकाको नाम लेखेको देखाउँदै थियो । ऊ कतिसम्म आफ्नी प्रेमिकालाई माया गर्छ, देखाउन खोज्दैथियो । आफ्नै रगतले उसले डायरीभरी लभ लेटर पनि लेखेर पठायो । तर उसको त्यो प्रेम सम्बन्धको आयु पनि धेरै दिन रहेनछ, अन्ततः त्यो लभ पनि ब्रेकअफ भयो । कलेजका साथीहरुमा प्रेमलाई अभिब्यक्त गर्ने पारा नै अर्कै छ । हात काट्नु, दिनहूँ डेटिङमा जानु, महँगा उपहारहरु दिनैपिच्छे दिनु जस्ता धेरै । यद्यपि उनीहरु आफूहरुबिच नै राम्ररी परिचित हुन सकिरहेका हुँदैनन् । धेरै साथीले त कतिसम्म पनि गरे भने पहिलो नजरमै मन परेको केटीलाई “आइ लभ यु” भनेर प्रपोज गरे । हरेक प्रेमसम्बन्धको प्रस्थानबिन्दू आकर्षण नै हो । तर हरेक राम्रा आकर्षणहरु सधै राम्रा प्रेमसम्बन्ध नबन्न सक्छन् । केही समयलाई मात्र साथी भएर आफ्ना भावनाहरु खुलस्त आदानप्रदान गर्न सकेमा त्यो मित्रतालाई प्रेमसम्बन्धमा लैजानु ठिक छ कि बेठिक भन्ने दुवैलाई महशुष हुन्छ । तर कलेजमा अक्सर चल्ने अफेयरहरु सिधै प्रेमसम्बन्धबाट शुरु भई अन्ततः साथीसम्म पनि नरहने गरी समाप्त हुन्छन ।

साथी अमितको ब्यथा अर्कै छ । ऊ कलेजमा एउटी केटीलाई मन पराउँथ्यो । मित्रतामै सीमित रहेको उनीहरुको सम्बन्धमा प्रेमोन्मूख थियो । एकदिन उसले उनलाई प्रेमप्रस्ताव राख्ने विचार ग¥यो । कारणबस ऊ त्यसदिन कसैले उपहार स्वरुप विदेशबाट पठाइदिएको ल्यापटप लिन जानुपरेकोले कलेज आउन सकेन । त्यसको अर्को दिन उसलाई प्रस्ताव राखेछ । तर एकदिन ढिलो गर्नाले उसको प्रस्ताव पनि अस्विकृत भयो । त्यो भन्दा अघिल्लो दिन नै केटीले उक्तिकै मन पराउने अर्को केटाको प्रस्ताव उनले स्विकार गरिछन् । त्यस पीडाले गर्दा उसले त्यो ल्यापटप चलाउन छाडिदियो । आजकल ऊ सधै आफ्नो त्यस दिनलाई सम्झेर पछुताउने गर्छ । के साँच्चिकै प्रेम एक दिनले निक्यौल गर्न सक्छ त ? सच्चा प्रेम त बर्षौँसम्म प्रतिक्षा र त्याग गरेर बसिरहेको हुन्छ । कलेजमै अर्कोथरी एउटा समूह छ, जो आफूलाई पनि मन पर्ने केटी अरुले पनि मन पराएमा उसलाई कुटपीट गर्नेसम्मको योजना बनाउँछ । फोनबाट निरन्तर थ्रेटनिङ गरिराखेको हुन्छन् । एउटा सहपाठी साथीको कलेजमै अर्कै सेक्सनकी केटीसँग सामान्य मित्रता चलिरहेको थियो । तर कलेजमा त्यस कुरालाई अर्कै रुपबाट बुझिएछ । उनका पछी परेका कलेजका केटाहरुले उसलाई पिटेर अंगभंग गराउने योजनासम्म गराए । उसको नाम लिएर कक्षामा असभ्य शब्दहरुको साहारा लिएर तनाव दिन थाले । अन्ततः अहिले ती दुईबिचको मित्रता बिनाकारण सकियो ।

हाम्रो पूर्विय समाजमा केटाकेटीबिचका सम्बन्धलाई सधै नराम्रै रुपमा लिने गरिएको छ । कलेजभित्रै र बाहिर मेरा प्रशस्तै केटीसाथीहरु छन् । उनीहरुसँग मेरो सम्बन्ध सुमधुर छ । कहिलेकाहीँ कसैले प्रस्ताव राखेमा म उनीहरुसँग घुम्नजान र कहिलेकाहीँ क्याफेहरुमा खाजा खान हिचकिचाउँदिन । तर साथीहरु त्यसलाई शंकाको दृष्टिले बुझ्छन् । अझ राजभाईले त सधै मरो केटीहरुसँगको सम्बन्धलाई शंका गर्दै भन्छ “ब्वाय एण्ड गर्ल क्यान नेभर बि जस्ट फ्रेन्ड ।” उसको त्यो बुझाईको प्रतिउत्तर म सिर्फ मुस्कानमै दिन्छु । वर्तमान परिवेशमा कलेजका केटाहरुले केटीहरुलाई अक्सर जुन रुपमा लिन्छन्, त्यसका सामु उसको त्यो बुझाई पनि मलाई ठिकै लाग्यो । मनोजका केटी साथीहरु ध्ेरै छन् । ऊ सबैलाई आफ्नो लभ अफेयरकै रुपमा लिने गर्छ । ति सबै सम्बन्धलाई उसले साथसाथ हेन्डल गरिरहेको छ । पछिल्लोपटक ऊसँग लुम्बिनी घुम्न जाँदा त्यहाँ प्रेमस्तभमा (त्यहाँ आफूले चाहेको केटा÷केटीको नाम लेखिन्छ ) उसले फेरी एउटी नयाँ केटीको नाम लेख्यो । र अघिग्ला सबैलाई तिम्रँे नाम लेखेँ भनेर उनीहरुलाई खुसी पार्न समेत बाँकी राखेन । कलेजमा निकै जम्ने भनिएका प्रेम सम्बन्धहरु प्नि छोटो समयमै सकिने प्रसस्त उदहारण भेटिन्छन् । एउटा अर्को साथीले २ बर्ष लामो प्रेम सम्बन्धलाई केही समय अघिमात्र ब्रेकअफ दियो । उ आफूलाई अब ति केटीसँग दिक्क लाग्न थाल्यो भन्दै थियो । यसले के स्पष्ट जनाउछ भने कलेजमा चल्ने धेरै अफेयरहरु कम समझदारी र बढी शारिरिक आकर्षणकै भरमा टिकिरहेको हुन्छ । ग्लोेबलाइजेसको असरसँगै नेपालमै पनि प्रेमिप्रेमिकाहरु सिर्फ टाइमपासको रुपमा लिन थालेका छन् । यसले उनीहरुमा थुप्रै बिकृतिहरुले स्थान पाउने खतरा छ । एउटी मिल्ने केटीसाथीले मसँग बिस हजार रुपयाँ सापटी मागिन् । कहिल्यै मसँग त्यत्ति ठूलो लेनदेन नगर्ने उनको त्यो आग्रह देखिर म अचम्मित परे । पछी उनको मिल्ने साथीबाट थाह पाएँ । उनको ब्वायफ्र्रेन्डसँगको असुरक्षित यौन सम्पर्कले गर्दा गर्भ रहन गएकोले एर्भोसनका लागि त्यक्तिका रकम चाहिएको रहेछ । कोही आफूले मन पराएकोले उसको प्रपोस अस्विकृत ग¥यो भन्दैमा नशा र कुलतको साहारा लिने गरेको पाइन्छ । कतिले अध्ययनमा आफ्नो ध्यानकेन्द्रीत गर्नै सकिरहेका हुँदैनन् । गतमहिना एउटा साथीले घरको फोनको महसुल २२ हजार उठायो । जसमा उसका बाबुआमाले बढीमा दुई हजारका फोन गरे होलान्, बाँकी सबै उसकी गर्लफ्रेन्डसँग । कतिसम्म भने कति रातहरु उसले गर्लफेन्डसँगको टेलिफोन होल्र्डमै बितायो । यसरी “ट्रान्जिसन फेज”का किशोरकिशोरीहरु कलेजका सस्ता प्रेममा रमाउँदा कतै ठूलो बिद्यार्थीको जमात नराम्रो दिशातर्फ अल्झिने त होइन । राजभाइले भन्छ “यो समय अध्ययनको समय हो, अहिले पढ्नुपर्छ केटी भनेको पछी पनि पाइन्छ, तर आफ्नो भविष्य बनाउने यो समय पछी पाइँदैन ।” तर सुमन मान्न तयार छैन “राम्रा प्रेमसम्बन्धहरु अध्ययनसँगै लान सकेमा त्यो फलदायी पनि त हुन सक्छ । ” म दुबैका कुरामा समर्थन जनाउँछु ।

Copied from Hello Shukrabar, a youth suppliment on KANTIPUR daily via http://www.ekantipur.com/

No comments:

Post a Comment