Thursday, December 17, 2009

प्रविधिमा अगाडी



ज्ञानेन्द्र आचार्य, १९, पूल्चोक पूग्नुका पछाडी ‘लोकस प्रविधि महोत्सव’मा राखिएका प्रोजेक्टहरु हेर्नु मात्र थिएन । आफूले कम्प्युटर चलाउ“दा सामना गरेका धेरै समस्याका समाधान इञ्जिनियरिङका बिद्याथीबाटै खोज्नु थियो । महोत्सवको प्रमुख आकर्षणका रुपमा रहेको ‘गेट हेल्प टु फिक्स योर कम्प्युटर’ अन्तर्गत अवलोकनकर्ताले आफ्नो कम्प्युटरमा देखिएका जुनसुकै समस्याका बारेमा त्यहा“ रहेका बिद्यार्थीबाट भरपुर जानकारी लिने ब्यावस्था मिलाइएको थियो । ‘कम्प्युटर सुरक्षित रुपमा चलाउन आवश्यक धेरै जानकारी मिल्यो ।’, महोत्सवबाट फर्क“दा ज्ञानेन्द्रको प्रतिकृया पनि यस्तै थियो ।




पूल्चोक इञ्जिनियरिङ क्याम्पसका कम्प्युटर, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल बिभागका बिद्यार्थीको समूह ‘लोकस’ले बर्षेनी गर्ने प्रविधि महोत्सवको छैठौं संस्करण यसपटक सम्पन्न भयो । ‘इञ्जिनियरिङका बिद्यार्थीमा ब्यावसायिक सीप, सामूहिक कार्य र नविनतम खोजको बिकास गर्नु हाम्रो महोत्सवको उद्देश्य हो ’ लोकसका सञ्चार संयोजक ज्ञानेश्वर बोहराले भने ‘यसमा पूल्चोक क्याम्पसका अतिरिक्त देशभरका दर्जनबढी इञ्जिनियरिङ कलेजमा बनेका नया“ प्रविधिहरु समावेस छन् ।’ आयोजक बिद्यार्थीहरु महोत्सवलाई सूचनाप्रविधितर्फको क्यान इन्फोटेकपछीको ठूलो भएको दाबी गर्छन ।



गणितको भाषामा लोकसको अर्थ पथ भएझैं प्रविधिका बिद्यार्थीलाई दक्ष र प्रतिसपर्धी बनाउन महोत्सवले पथ प्रदर्शकको काम गर्ने उनीहरुको बिश्वास छ । ‘विभिन्न रुची र पृष्ठभूमिका मानिसहरुलाई सूचना प्रविधीका नविनतम आविस्कारहरुस“ग साक्षात्कार गराउन हामी धेरै हदसम्म सफल छौं ।’ लोकसका महोत्सव संयोजक आशिष कार्कीले बताए । भन्छन्, ‘सूचना प्रविधिका क्षेत्रमा बढेको नेपाली बिद्यार्थीको क्रेजलाई सबैबाट प्रयाप्त एक्सप्लोर गर्ने अवसर सिर्जना गरिनुपर्छ ।’ देशभरबाट महोत्सवमा सहभागि ४४ बिभिन्न प्रोजेक्टमध्ये प्रत्येक बिधाका एक÷एक उत्कृष्ट पुरस्कृत भए ।



हार्डवेयरतर्फ सौरभ पोखरेल र सुदीप भट्राईले तयार पारेको ‘होम अटोमेसन सिस्टम’ प्रोजेक्ट उत्कृष्ठ ठानियो । सौरभका अनुसार उनको उक्त प्रविधिको माध्यमबाट घरका ढोका, बत्ती, पङखा आदि कम्प्युटर नियन्त्रित रिमोट कन्ट्रोलबाट गर्न सकिनेछ । त्यसैगरी हार्डवेयतर्फ नै घरमा कोही आउ“दा थाह दिने ‘होम सेक्युरिटी सिस्टम’ ले पनि धेरैको ध्यान खिचेको थियो जसमा आगजनी हु“दा, भुकक्प जा“दा तथा घरमा चोर आउ“दा जानकारी दिने सेक्युरिटी सिस्टम छ । त्यस्तै आफै बाटो पहिल्याउने ‘लाइन ट्रयाकिप रोबोट’ पनि आकर्षणको केन्द्रमा रह्यो ।



उता सफ्टवेयरतर्फ सुवास सेढाई, हरिबाबु प्रधान, बिरुचरण सैंजु र बिवश हाङराईले संयुक्त रुपमा तयार पारेको इन्टरनेट सर्च इञ्जिन उत्कृष्ठ घोषित भयो । ‘वेवमाइनर सर्च इञ्जिन’ नामको उक्त प्रविधि गुगलकै अवधारणामा तयार गरिएको हो जसले सर्चका नतिजामध्ये प्रयोगमा आएका पछिल्ला नतिजालाई साथसाथै इन्डेस्किङ गर्दछ । त्यस्तै कुनै ठाउ“मा सुरक्षित ढंगले राखिएको सामान कसैले चलाएको खण्डमा जानकारी दिने ‘मोसन डिटेक्टर’ र आ“खाको नानीको चाल अनुसार कम्प्युटरको माउसलेझैं काम गर्न सकिने ‘आई डिटेक्सन’ले पनि धेरैलाई आकर्षित ग¥यो ।



इलेक्ट्रिकलतर्फ भने कपालबाट बनेको उर्जा उत्पादन गर्ने सोलार प्यानल र हावाबाट टरवाइन घुमाइ विद्युत निकाल्ने प्रविधि संयुक्त रुपमा उत्कृष्ठ घोषित भए । मिलन कार्कीको टोलिले तयार पारेको ‘हेयर सोलार प्यानल’ प्रविधिबाट १७ भोल्टसम्म बिजुली उत्पादन गर्न सकिन्छ । उता ‘इलेक्ट्रिसिटी युजिङ एयर टर्बाइन्’को तयारी भने अमृतसिंह थापा नेतृत्वको इञ्जिनियर टोलीले गरेको थियो । यद्यपि ताररहित विद्युत प्रसारण प्रविधिले पनि धेरै चर्चा र चासो बटुल्यो ।



महोत्सव मात्र प्रविधि प्रदर्शनमा सीमित रहेन । सूचनाप्रविधिबारे बिद्यार्थीका नविन सोच र धारणासहितका कार्यपत्र प्रस्तुत भए । जम्माजम्मी नौ शीर्षकमा कार्यपत्रहरु थिए । ‘नया“ सोच, काम गर्ने इच्छाशक्ति र उक्तिकै सामथ्र्य बोकेका नेपाली इञ्जिनियरिङ बिद्यार्थीका सामूहिक छलफलबाट नया“ निश्कर्ष निकाल्न कार्यपत्रहरुले सहयोग पु¥याए’, आयोजक बिद्यार्थी कोमल अग्रवालले भनिन् ‘जसबाट आएका निश्कर्षलाई कार्यन्योयन तहमा लैजान सके मात्र त्यो भलदायी भएको ठानिनेछ ।’ प्रस्तुत भएका कार्यपत्रमध्ये ‘स्टिम सेल एण्ड टिस्यु इञ्जिुनियरिङः फिल्डस् कनभर्जिङ टु क्रियट रिजेनेरेटिभ मेडिसिन’ विषयले धेरै समय छलफलको रुप लिएको थियो । जसलाई अन्ततः पुरस्कृत पनि गरियो । बायोमेडिसिनका बिद्यार्थीद्वय जितेश न्यौपाने र सावित्री घिमिरेले कार्यपत्र तयार गरेका थिए ।



महोत्सवलाई सफ्टवेयर कम्पनी ‘डी टु हकाई’ले मुख्य रुपमा प्रायोजन ग¥यो भने भने इन्जिनियरिङ अध्ययन संस्थान लगायतका अन्य धेरैको सहयोग थियो । निःशुल्क प्रवेशको ब्यावस्था गरिएको कार्यक्रममा १५००० बढी दर्शकले अवलोकन गरे । ‘त्रिभुवन विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय अन्तर्गत अधिराज्यभरिका विभिन्न चौधवटा इन्जिनियरिङ कलेजका विद्यार्थीहरु सहभागि हुनुलाई हामीले आपसमा प्रविधि, ज्ञान र अनुभव साट्ने अवसरका रुपमा लिएका छौं ।’ बिईका बिद्यार्थी गुञ्जन आत्रेयले बताए । देशभित्र र बाहिर उत्कृष्ठ ठानिएका अन्य नेपाली इञ्जिनियरहरुका प्रविधिहरु पनि महोत्सवमा देखाइए ।



औपचारिक कार्यक्रम बाहेक महोत्सवमा कोडिङ प्रतियोगिता, कम्प्युटर गेमिङ प्रतियोगिता पनि थिए । त्यसैगरी कार्यशाला, अन्तरक्रिया, विभिन्न इन्जिनियरिङ प्रविधि र प्रयोगशालाहरुको प्रदर्शनी महोत्सवमा रहे । सूचना प्रविधि र जलविद्युतस“ग सम्बन्धित व्यावसायिक प्रतिष्ठानहरुका स्टलहरुका साथै इन्जिनियरिङ अध्ययन पश्चातका सम्भावित रोजगारका क्षेत्र र दाता कम्पनीहरुका स्टलहरुमा महोत्सवताका धेरैका आ“खा गढेका थिए ।



catch its printed virsion on HELLO SHUKRABAR suppliment of KANTIPUR dated 2066/09/3

No comments:

Post a Comment