Tuesday, April 6, 2010

कल्पनाको उडान

हवाईजहाज उडाउ“दै पोखरातर्फ गईरह“दा अचानक ककपिटमा कोही कराइरहेको आवाज आयो । सुमन धितालको मन अब असामान्य हु“दै छ । नेशनल जोग्राफिक च्यानलमा प्लेन अपहरणका धेरै कार्यक्रम हेरिसकेको उसले प्रायः अपहरणहरु पछाडिबाट कराउ“दै अपहरणकारीले पाइलटलाई नियन्त्रण गर्ने गरेको देखेको छ । पापी मन न हो, उसले त्यसबखत त्यस्तै सोच्यो, ‘ला मेरो प्लेन अपहरणमा परे जस्तो छ π’ पछाडि फर्केर के हेरेको थियो, उसको भाई सुजन पो कराउ“दै थियो । बिहानैदेखि दाजुले एकोहोरो कम्प्युटर कब्जा गरेपछि आफ्नो आक्रोस रिसाएरै पोख्दै थियो, सुजन । ‘एऽऽ म त गेम पो खैल्दै रै’छु’, सुमनले बल्ल होस पायो कि उसले माइक्रोसफ्टको सफ्टवेयर प्रोग्राम ‘फ्लाइट सिमिलेटर’ मार्फत प्लेन उडाउ“दै छ । 

चहाना हु“दाहु“दै पनि हवाईजहाजको ककपिटमा बसेर प्लेन उडाउने धेरैको चहानाले मूर्त रुप नलिन सक्छ । ‘बालै भएन’, सुमन भन्छ, ‘बिबिए पढ्ने म त एकछिन पाइलट नै भएजस्तो लाग्यो ।’ सुमनजस्ता धेरैलाई अहिलेको भर्चुअल वल्डले कल्पनाको संसारमा सहज पहु“च दिएको छ । जसले गर्दा बिश्वका धेरै तन्नेरीहरु रियल वल्र्डमा असम्भव आफ्ना चहानालाई भर्चुअल वल्र्डको माध्यमबाट पूरा गर्ने धुनमा लागिपरेका छन् । अमेरिकामा पछिल्लोपटक गरिएको एउटा अध्ययनले पनि त्यसै भन्छ– २०११ को शुरुवातस“गै कुल अमेरिकी बालबालिका र किशोरकिशोरीमध्ये ५३ प्रतिसतले कम्तिमा हप्ताको एक पटक भर्चुअल वल्र्डको भ्रमण गर्नेछन् । अकाशमा उड्दै लड्नु, तिब्र गतिमा सडकमा गाडि हा“क्नु, (जसमा धेरैपटक बटुवाहरु घाइते वा मर्न सक्छन्), अन्धाधुन्ध बमबारी र गोलावारी गर्नु कहा“ रियल लाइफमा त्यती सजिलै सम्भव छ त ? 

त्यस्तै हो ‘फ्लाइट सिमिलेटर’ जहा“ घर, अफिस वा गेम पार्लरमै बसिबसी देश र दुनिया“ हवाईजहाजमा उडेर चहार्न पाइन्छ । अझ त्यो पनि ककपिटमा बसेझै आफै जोयस्टिक समातेर । यो प्रोग्राम माइक्रोसफ्ट गेम स्टुडियोले सर्वप्रथम २००६ मा बजारमा ल्याएको थियो । त्यसअघि पाइलट ट्रेनिङको लागि यसको प्रयोग हुने गरेता पनि सर्वसाधारणले यसरी प्रयोग गर्न पाउ“दैनथे । तर पछिल्लो ४ बर्षमा माइक्रोसफ्टले यसमा बर्षेनी परिमार्जन गर्दै अझ लोकप्रिय बनाएको छ । यस सफ्टवेयरको अर्को रोचक बिशेषता भनेको आजभोलिका हवाईजहाजका बनोट, ककपिटभित्रका सरसामान र हवाईजहाज बाहिरका सीन–सीनरी दुरुस्तै लाग्ने गरी प्रस्तुत गर्नु पनि हो, जसले गर्दा मानिसहरु स्क्रिन अगाडि बस्दासम्मलाई एकैछिन आफै पाइलट भएको भ्रममा पर्छन । स्याटलाइटबाट खिचिएका तस्विरका सहायताले हिमाल, पहाडका चुचुराहरु, उपत्यकाहरुका भौगोलिक दृश्यहरु जस्ताको तस्तै देखिन्छन् । त्यसमा पनि हवाईजहाजमा प्रयोग हुने रेडियो, राडारजस्ता नेभिगेसनहरु समेत सा“च्चिकै पाइलटले जस्तै प्रयोग गर्न सकिन्छ । अझ स्पिकरको सहायताले हवाईजहाजकैझैं आवाज आउ“दा एउटा कोठाभित्र बसेर हजारौं फिट उचाई लिएको अनुभव गर्न सकिन्छ । जसले गर्दा हाम्रो मस्तिष्कमा स्टिमुलेसन पैदा हुन गई सा“च्चिकै हवाईजहाज चलाएझै“ अनुभव हुन्छ ।

अमित अधिकारी, १९, फ्लाइट सिमिलेटर बढ्तै चलाउने अर्को भर्चुअल पाइलट हो । ‘प्लसटु सकेपछि क्याम्पस भर्ना नहु“दासम्मको खाली समय देशभर घुमे“’, अमित भन्दैथियो, ‘काठमाण्डौबाट ट्वीन अटर लिएर देशभर घुम्न निस्क“दा सित्तैमा देशदर्शन गर्न पाएझै“ हुन्छ ।’ तर थ्रटल दबाएर एयरपार्टबाट प्लेनलाई उचाई दि“दा र ल्याण्ड गर्दा धेरै पटक आङ नै सिरिंग हुने गरेको अनुभव पनि छ अमितस“ग । ‘यो प्रोग्राम यति राम्ररी बनाएको छ कि, गेम हो भन्ने थाहा हु“दाहु“दै पनि स“ाच्चै जस्तो लाग्छ’, ऊ थप्छ, ‘कहिलेकाही“ त लाग्छ मेरो आफ्नै निजी प्लेन छ, जसलाई लिएर म जतिबेला जहा“ पनि जान सक्छु ।’ अमितझैं बागमती नदि, चा“गुनारायण मन्दिर माथि हु“दै शिवपुरी र नगरकोट डा“डालाई बाया“ फन्को मारेर सुकेटार जाने कि पहाडैपहाडले बनेको खो“चमा कालिगण्डकी माथिबाट पोखरा हु“दै मुस्ताङ उड्ने त्यो तपाईंकै ईच्छा । अझ अमितले आजकल समथर लाग्ने धेरै त्यस्ता ठाउ“मा ‘क्र्यास ल्याण्डिङ’ गर्न समेत सिकेको छ । त्यसमा पनि हवाईजहाज नचल्ने गोरखाको पालुङटारजस्ता देशका केही बिमानस्थलमा अवतरण गरेर केहीबेर आराम गर्दाको आनन्द अनुपम हुन जान्छ । 

यहा“सम्म कुरा गर्दा तपाईंमध्ये धेरैलाई आकासमा चरालेझैं कावा खा“दै हवाईजहाज उडाउने रहर पलाइसक्यो होला । त्यो अब धेरै पर छैन । नजिकैका सीडी पसल वा त्यहा“ नि नपाए महाबौद्धमा रहेका सीडि पसलहरु धाउनुस् र कम्प्युटरमा जोयस्टिक जोडेर उडान भर्नुस । जसका लागि तपाईंको कम्प्युटर ग्राफिक्सकार्ड जडित हुनुपर्छ भने कम्तिमा पनि विन्डोज एक्सपी भएको कम्प्युटर वा ५१२ एमबि ¥याम हुनुपर्छ । तर तपाई“का ती उडानहरु पूर्णतः भर्चुअल हुनेछन्, जसको शुरुवात कम्प्युटरबाट भई कम्प्युटरमै सकिन्छन् । फरक यत्ति हो तपाई“ले कम्प्युटर छाडे पछि मात्र त्यसको पत्तो पाउनुहुनेछ । 

Catch my feature KALPANA KO UDHAN about virtual flight on (Hello Shukrabar) Kantipur dated 2nd april, 2010 or via ekantipur.com see its paper edition at http://epaper.ekantipur.com/showtext.aspx?boxid=11443515&parentid=5532&issuedate=242010

No comments:

Post a Comment