Saturday, April 10, 2010

गाउमा भर्चुअल कक्षा

गैंडाकोट नवलपरासीका अमृत खरेल, २५, जतिखेर त्यही“को सनराइज वोर्डि¨ स्कुलमा पढ्थे, त्यसैबेलादेखि उनलाई लाग्थ्यो काठमाण्डौं र बाहिरको पढाईमा निकै ग्याप छ । हुन त उनले पढ्ने स्कुल सुगम तराई भेगमा, त्यो पनि महेन्द्र राजमार्गस“गै थियो । त्यती पढेलेखेका शिक्षकहरु नजाने भन्ने पनि थिएन । उनको मनमा स्कुले उमेरदेखि खेल्ने त्यही कुरा झन् चुलिंदै गयो, जब उनी काठमाण्डौं आई पूल्चोक क्याम्पसमा इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन इञ्जिनियरि¨मा बिई पढ्न थाले । जहा“ इन्टरनेटले गर्दा छिनछिन्मा विश्वभरमा हुने आविस्कार र अनुसन्धानको कुरा भइरहन्थ्यो र सोहि अनुसार उनीहरु आफूलाई अपडेटेड राख्थे । उनी त्यही परिवेशमा पुनः सोच्थे– काठमाण्डौं र काठमाण्डौं बाहिर, तराई र हिमाल÷पहाडमा त्यसै पनि धेरै खाडल रहेको हाम्रो शिक्षा र शिक्षण प्रणाली सूचना प्रविधि र इन्टरनेटको बिकासस“गै झन् चुलिएको छ ।

बिईको अन्तिम बर्षमा पढ्दै थिए उनी । त्यसैबखत विश्वभरका इञ्जिनियरि¨ बिद्यार्थीका लागि एक ग्लोबल प्रतिसपर्धामा सहभागितको लागि सूचना सार्वजनिक गरियो । जर्मनीको स्टुटगार्टमा आयोजना गरिएको मोण्डियालोगो इञ्जिनियरि¨ अवार्डमा अन्ततः उनले त्यही सुगम र दुर्गम भेगमा सूचना प्रविधि र इन्टरनेटस“गै बढेको खाडल घटाउन सहयोग पुग्ने प्रोजेक्ट तयार पारे । जसलाई उनको नेतृत्वमा सोही क्याम्पसका अन्य ६ इञ्जिनियरहरुले सघाएका थिए । ‘इन्र्भमेसन कम्युनिकेसन सेन्टर युजि¨ माइक्रोवेभ लिंक’ नाम दिइएको उक्त प्रोजेक्टले अन्ततः रजत विजेता भयो । उनीहरुले १० हजार युरो पुरस्कार पनि पाए । त्यो पैसा उनीहरुलाई ब्यक्तिगत प्रयोजनका लागि पुरस्कारका रुपमा दिइएको थियो । तर उनीहरुले त्यसो नगरी ग्रामिण भेगमा शिक्षा, स्वास्थ्य र कृषिमा सहरस“ग बढेको खाडल घटाउन लगानी गर्ने निर्णय गरे ।



अमृत भन्छन्, ‘सर्वप्रथम हामीले नमूना प्रोजेक्टको रुपमा दोलखाको सुनखानी गाविसमा अवस्थित कालिनाग उच्च माबिलाई लियौं ।’ जहा“ उनीहरुले भर्चुअल क्लासको अवधारणालाई अध्ययन प्रोजेक्टको रुपमा लगिरहेका छन् । भर्चुअल क्लास एउटा त्यस्तो अवधारणामा आधारित कक्षा हो जहा“ काठमाण्डौंमा (वा विश्वको कुनै पनि कुनामा) रहेर नियमित (र राम्रा) शिक्षक पुग्न नखोज्ने बिकट एवं दुर्गम ठाउ“का बिद्यालयमा कक्षा संचालन गर्न सकिन्छ । उनी भन्छन, ‘काठमाण्डौंमा रहेका हामीजस्ता गाउ“मा पुगेर काम गर्न नसक्ने तर गाउ“प्रति माया बोकेका युवाहरु स्वयंले सा“झ विहान वा आफूलाई पायक पर्दाको कुनै समय दोहोरो अन्र्तक्रिया हुनेगरी त्यहा“का बिद्यार्थीलाई टिउसन पढाउन सक्छौं भने बिषयगत भिडियो बनाएर बिना शिक्षक अध्यापन पनि ।’ त्यस्तै टेलिमेडिसिन त्यसको अर्को फाइदा हो, जहा“ स्वास्थ्य उपचारका लागि स्थानीय अस्पताल नगइकन बिरामीले डाक्टरको सल्लाह एवं उपचार पाउन सक्छन् । गाउ“का कृषकलाई समेत यही प्रविधिबाट आधुनिक कृषिको लागि तालिम दिन सम्भव छ ।

जसका लागि अहिले कालिनाग उच्च माबिमा नमूना अभ्यास गरिंदैछ । त्यही पुरस्कारको रकमबाट अमृतले नेतृत्व गरेको टिमले बिद्यालयमा ५ वटा अत्याधुनिक कम्प्युटर प्रदान गरेको छ । त्यसकै माध्यमबाट स्काइप भिडियो च्याटको प्रयोग गरी केही भर्चुअल कक्षाहरु पनि संचालन भइराखेका छन् । तर त्यसरी गर्दा भिडियोको गुणस्तरमा कमजोरी देखिन गई अध्ययन अपेक्षाकृत सफल हुन सक्दैन । जसका लागि दुवैतर्फ गोटाको झण्डै २ लाख पर्ने अत्याधुनिक वेव क्यामेरा आवश्यक पर्छ । अमृत थप्छन्, ‘जबसम्म यस्ता महत्वकांक्षी परियोजनामा स्थानिय जनतामाझ हाम्रो भन्ने आभास पर्दैन त्यो दिगो हुन सक्दैन ।’ त्यही सोचेर उनीहरुले प्रोजेक्टको आधा हिस्सेदार स्थानीय प्रयोगकर्तालाई (विद्यालय, स्वास्थ्य चौकी, सहकारीहरु) बनाएका छन् । जसले गर्दा दोलखा सदरमुकाम चरिकोटबाट १६ किलोमिटर हवाई दूरीमा रहेको बिद्यालयका अतिरिक्त त्यस भेगका अन्य ७० घरधुरीले इन्टरनेट सुविधा लिन पाइरहेका छन् । यद्यपि अन्य धेरै समस्या भोगिरहेका बिकट गाउ“मा इन्टरनेटबारे सचेत गराएर स्थानीय लगानी बढाउनु आफैमा एउटा जटिल काम भएको उनीहरुको अनुभव छ । तर सरकारले थोरैमात्र पनि अग्रसरता देखायो भने देशका कयौं त्यस्ता दुर्गम एवं बिकट ठाउ“मा भर्चुअल कक्षाहरु संचालन गरी काठमाण्डौंमाझैं गुणस्तरिय र प्रभावकारी अध्यापन गराउन सकिने उनीहरु बताउ“छन् ।

त्यस्तै म्याग्दीको मोहोरेदेखि गुल्मीको सत्यवती डांडासम्म नेपालकै सबैभन्दा लामो दूरीको (४२ किमी हवाईदुरी) ताररहित इन्टरनेट रुट स्थापना गरेका छन् । हाल गुल्मीका बिद्युत पुगेका ५० गाबिसहरुमा समेत इन्टरनेटको सञ्जाल बिकास गरी सोही अवधारणा ल्याउन उनीहरुको टोली तिब्रताका साथ लागेको छ । उनकै टोलीका बिक्रम आचार्य र सन्तोस बराल यही बेतारे इन्टरनेट सञ्जालको ब्यावहारीक अध्ययनको लागि धेरैपटक म्याग्दीको नांगी गाउ“ पुगी महावीर पुनस“ग समेत सहकार्य गर्दै उनले शुरु गरेको अभियानमा समेत सकृय स्वयंसेवकको रुपमा जुटेका छन् ।

A story on a young enginers' efforts on Virtual Class. via Hello Shukrabar (kantipur)

No comments:

Post a Comment