Thursday, June 3, 2010

सवारी साइकलमा

धेरैले स्वप्ननगरी ठान्ने अमेरिकाको न्यूयोर्कबाट आफ्नो उच्च शिक्षा हासिल गरेका उनलाई त्यहा“ दिनहू“ देखिने नया“नया“ मोडलका गाडिहरुले कहिल्यै आकर्षित गरेनन् । न त उनले त्यस्तै गाडिहरु चड्ने सपना नै सजाए । त्यसैले नेपाल फर्केलगत्तै झण्डै १५ बर्षयता साइकल चडिरहेका छन् । सिभिल एण्ड इन्भारोमेन्टल इञ्जिनियर भुषण तुलाधर ‘इन्भारोमेन्टल एण्ड पब्लिक हेल्थ अर्गनाइजेसन’ नया“बानेश्वरका प्राविधिक सल्लाहकारका हुन् । घर कीर्तिपुरदेखि अफिस उनी चाइनिज इलेक्ट्रिक साइकलमै धाउ“छन् जुन अहिले उनलाई अफिसले नै ५५ हजार रुपया“ खर्चेर किनिदिएको छ । जसले पाइडल चलाउ“दा साइकललाई केही चार्ज समेत गर्छ जसलाई थकान महशुष हु“दा प्रयोग गर्न सकिन्छ । त्यसबाहेक उनीस“ग आफ्नै माउन्टेन बाइसाइकल पनि छ ।

पूर्वी तराईको बिरगंजमा जन्मेका उनी ८/९ बर्षको उमेरदेखि नै साइकल चलाउथे । तर कक्षा ६ देखि काठमाण्डौंको सेन्ट जेभियर्स स्कुलमा भर्ना भएपछि शुरु भएको होस्टेल जीवनस“गै उनको त्यो रहरमा ब्रेक लाग्यो । ‘तर’, भन्छन्, ‘त्यसबेला प्रतिघण्टा एक रुपया तिरेर साइकल भाडामा पाइन्थ्यो, म छुट्टीको बेला तिनै साइकलमा काठमाण्डौं घुम्थें ।’ पछि उनी इञ्जिनियरि¨ पढ्न अमेरिकाको न्यूयोर्क पुगे जहा“ त्यतिसारो साइकल चडिदैंनथ्यो । यद्यपि उनी आफू पढ्ने कर्नेल युनिभर्सिटीभित्रै साइकल चडेर धित मार्थे । निकै ब्यस्त ट्राफिक र शहरभित्रैका लामो रुटहरुले गर्दा न्यूयोर्कमा साइकललाई आफ्नो यात्राको साधन बनाउनु निकै परको कुरा हुन्थ्यो । तर काठमाण्डौंमा त्यस्तो देख्दैनन् उनी । ‘काठमाण्डौं त्यसै त सानो छ, त्यसमा पनि एउटा ठाउ“बाट अर्कोमा पुग्न एक घण्टाभन्दा बढि लाग्दैन’, उनी थप्छन्, ‘त्यसैले यहा“ आफ्नो नियमित यात्राकै लागि पनि साइकल धेरै उपयुक्त छ ।’ त्यसो त उनी आफ्नो कामकै क्रममा पाहुनाहरुलाई भेट्न वा पा“चतारे होटलहरुमा भइरहने कार्यक्रमहरुमा समेत साइकलमै धाउ“छन । साइकलमा हिंड्दा शहरमा भइरहेका घटना र परिवर्तनहरुस“ग नियमित अपटुडेट भइनाले पनि उनलाई रमाइलो लाग्दो रहेछ । साइकल चड्दा जाममा कम फस्ने हु“दा उनी गन्तव्यमा समयमै पुग्छन् । भन्छन्, ‘हामीजस्ता अफिसमा बसेर काम गर्नेहरुका लागि त स्वास्थका दृष्टिले समेत साइकल चड्नु राम्रो हुन्छ ।’ तर पार्कि¨को लागि त्यस्ता सार्वजनिक ठाउ“हरुमा छुट्टै सुरक्षित पार्कि¨ स्थलको ब्यावस्था नहु“दा धेरैपटक सास्ती पनि ब्यहोरेका पनि छन् उनले । एकपटक एउटा कार्यक्रमका लागि स्टाफ कलेज, जाउलाखेल पुग्दा उनले मोटरसाइकलस“गै साइकल पार्क गरेका थिए । तर सकेर निस्कंदा उनको साइकल रुखमा झुन्ड्याइरहेको थियो ।

साइकल चालाउनेहरुलाई सम्मानको भावनाले नहेर्दा भुषणलाईजस्तै गेट कलेज अफ हस्पिटालीटी एजुकेसनका प्रमुख कार्यकारी अधिकृत खेमराज लकाई, ३५, समेत निकै दुःख लाग्दो रहेछ । भन्छन्, ‘अझै पनि हामीकहा“ साइकल भनेको निम्नवर्गियले मात्रै चड्ने चिज हो भन्ने धारणा ब्याप्त छ ।’ उनका अनुसार सिभिलाइज वल्र्डका मानिसहरु साइकल चड्दा वातावरण संरक्षणमा केही योगदान दिन सकें भनेर गर्व महसुस गर्छन् । त्यसो त उनी स्वयं त्यसका उदहारण हुन । उनीस“ग २ बर्ष अघि १६ लाख खर्चेर किनेको ‘स्यान्ट्रो जिंस’ कार पनि छ । तर उनी त्यसलाई अति महत्वपूर्ण काम र लामो यात्राको क्रममा मात्र प्रयोग गर्छन् । उनी १ बर्षअघि बहराइनबाट किनेको फिलिप्सको साइकल चड्छन् । आजकल प्रायःजसो भइरहने बन्द र हडतालको समयमा उनलाई आफ्नो साइकल धेरै सहयोगी बनेको छ । हस्पिटालीटी म्यानेजमेन्टमा स्विजरल्याण्डबाट उच्च शिक्षा हा“सिल गरेका उनी त्यहा“ त सधै साइकलमै ओहोरदोहोर गर्थे । भन्छन्, ‘त्यहा“का अधिकांश सांसदहरुदेखि लिएर राष्ट्रपतिसम्म साइकलमै अफिस गएको देखेको छु ।’ ५० बढि देशको यात्रा गरिसकेका उनी काठमाण्डौंलाई समेत स्विजरल्याण्डझैं साइक्लिङको लागि ‘हेवेन अफ अर्थ’ ठान्छन् । ‘हामीकहा“ साइकललाई प्रमोट नै गरिएको छैन । मोटरसाइकलको २०औं ब्राण्ड आइसक्दा साइकलको कुरासम्म हु“दैन’, उनको तर्क छ, ‘साइकल प्रमोसनकै लागि भए पनि यहा“ महिनाको एक दिन अन्य सवारीसाधन बन्द गरिनुपर्छ ।’

दोलखामा जन्मिएका उनी कालिमाटी बसेर डिल्लीबजार हाई स्कुलमा पढ्दाखेरी नै घरबाट गाडिभाडाको लागि छुट्याइने पैसा एकमुस्ट मागेर चार सय रुपया“मा सर्वप्रथम एउटा पुरानो साइकल किनेका थिए । त्यसको धेरै बर्षबितिसकेर काठमाण्डौंमा लाखौं पर्ने साइकल भित्रीसक्दा पनि अझै सडकहरु भ्ने साइकल फ्रेन्ड्ली नभएकोले अहिले निर्धक्क साइकल चलाउन नसकिएको उनको दुःखेसो छ ।

खेमराजलाईझैं साइकल ट्याक नहुनाले युवा मूर्तिकार एवं सडक बालबालिकाको लागि काम गर्ने संस्था ‘हर्ट बिट’ का अध्यक्ष जुजुकाजी महर्जनलाई, २६, पनि पिरोलेको मात्र छैन उनी धेरै पटक दूर्घटनामा परेका छन् । ४६ हजारमा किनिएको साइकल ‘ट्रेक–४–सिरिज’ चड्ने उनी अहिले कम्तिमा पनि दिनको ३० किलोमिटर साइकल यात्रा गर्छन् । आफ्नो काम नै सडक बालबालिकास“गको भएकोले उनलाई साइकल ‘वर्क फ्रेन्ड्ली’ पनि भएको छ भने साइकलमा हिंड्दा उनी स्वतन्त्र भएको अनुभव समेत गर्छन् । ‘जहा“ मन लाग्यो त्यहीं रोकियो, भिडभाड र जाम भएपनि बोकेरै कट्न सकिने वा गल्लीबाटै छिर्न सकिनेजस्तो स्वतन्त्रता कहा“ अरु साधनबाट सम्भव छ त?’, उनी भन्छन्, ‘तर साइकल चड्नेलाई अन्य सवारी साधन चड्नेले हेप्ने प्रवृति रोकिनुपर्छ ।’ उनका अनुसार साइकल चड्नेलाई मोटरसाइकल र कार किन्न नसक्नेकै पंक्तिमा राखिनु हुंदैन । तर बिस्तारै साइकलकै महत्व बुझ्ने मानिसहरु बढिरहेकोमा जुजुकाजी उक्तिकै खुसी पनि छन् । भन्छन्, ‘म चडेकै देखेर पनि अन्य धेरैले साइकल किनेका छन् ।’ तर काठमाण्डौंमा बढ्दो प्रदूषणले साइकल यात्रीलाई सताएकोमा उनले अन्यलाई मास्क र चश्मा लगाएर साइकल चड्न सुझाउंछन् । उनीसमेत लागिपरेको अभियान ‘काठमाण्डौं साइकल सिटी–२०२०’ लाई सफल बनाउन सबै तह र तप्काका मानिसहरु लाग्नुपर्ने उनको तर्क छ । ‘हाम्रोजस्तो भौगोलिक परिवेश र कम आर्थिक अवस्था रहेको मुलुकमा गाडिकेन्द्रीत सोंच हटाउनु पर्छ’, जुजुकाजीको तर्क छ, ‘अहिले युवाहरुमा बढिरहेको साइकलको क्रेजलाई सरकारले अलिकती पनि प्रयोग गर्न सकेमा त्यो हाम्रो लागि निकै उदहारणीय काम हुनेछ ।’

जुजुकाजीजस्तै दैनिक ३० किलोमिटरकै हाराहारीमा साइकलमा कुद्ने शैलेन्द्र डंगोल, २४, आफू पढ्ने काठमाण्डौं युनिभर्सिटीमा ‘साइकल म्यान’ भनेर चिनिन्छन् । कलेजमा साइकलको कुरा उठ्यो कि सबै उनलाई नै सम्झन्छन् । घर कालिमाटीदेखि कोटेश्वर, बालकुमारीसम्म दिनहू“ साइकल चडेर पुग्नु त छंदैछ, त्यसका अलावा घर फर्कंदा साथीभाइलाई भेट्दै न्यूरोड, ठमेल हु“दै घर फर्कंनुको मज्जा निकै अनुपम हुने उनको अनुभव छ । ‘ह्युमन एण्ड नेचुरल रिसोर्स स्टडिज’का यी बिद्यार्थीलाई साइकल लिएर हि“ड्दा सधै मनमा हुने पिर चोरीको हो ।  ‘जाइन्ट–एटि–७’ चड्ने उनी सार्वजनिक ठाउ“मा पार्किङ्ग व्यवस्था नहु“दा सधै साइकल बा“ध्न पोल खोज्छन् । ‘कहिलेकाही“ साइकल छाडेर पैदल हि“ड्दा वा गाडि चड्दा साथीभाईहरु अचम्म मान्दै साइकल खोइ त भनेर सोध्छन्’, उनी भन्छन्, ‘मेरो फिटनेशको प्रशंसा पनि साइकलस“ग जोडेर गर्दा मलाई निकै खुसी लाग्छ ।’ अरुका छोराछोरी मोटरसाइकलमा हुईक“दा छोरो साइकल चडेकोमा उनको परिवारलाई भने त्यती मन परेको छैन । शैलेन्द्र बुवाआमाले दिनहू“ भन्ने कुरा सम्झन्छन्, ‘अहिले त ठिकै छ, बिहे गरेपछि बुढीलाई केमा घुमाउ“छस् ?’ उनी पनि के कम जवाफ उस्तैगरी फर्काउ“छन्, ‘उसले साइकल चड्न नहुने हो र, उसलाई नि साइकल किन्देर स“गै साइकलमा घुम्छौं ।’ खासमा उनले नया“ माउन्टेनबाइक किनेको ४ बर्षमात्र भयो, त्यसअघि ६ हजार पर्ने साधारण ‘हिरो’ साइकल चलाउ“थे । तर २००६ मा काठमाण्डौंमा भएको ‘१४औं एसियन माउन्टेनबाइक च्याम्पेन्सिप’मा आयोजकहरुले उनलाई भियतनामी खेलाडीको नेपाल गाइड तोकिदिएपछि साइकल रेसरहरुस“गै बढेको हेलमेलले माउन्टेनबाइक किने । सम्झन्छन्, ‘त्यसबेला मैले ४० हजार खर्चेर साइकल किन्दा सबै अचम्म परेका थिए ।’ साइकल चड्नेलाई निम्नवर्गिय कोटीमा राखेर हेर्न संस्कारलाई हटाउन साथीहरु मिलेर केही समय ल्यापटप भिरेर साइकल चड्ने अभियान नै चलाए ।

उता अमेरिकाको न्यूयोर्कमा ‘डेभलोपमेन्ट सोसियोलोजी’ पढ्ने मोना आदित्य, २२, लामो बिदाको लागि यही जनवरीमा नेपाल फर्केलगत्तै साइकललाई आफ्नो यात्रा गर्ने माध्यम बनाएकी छिन् । ‘यहा“को सडक जाम र गाडिभित्रै पनि हुने कोचाकोच र ठेलमठेलभन्दा साइकलमै गरिने यात्रा सहज हुन्छ’, उनी थप्छिन्, ‘त्यसबाहेक मेरो अर्को उद्देश्य यहा“को ट्राफिकमा चलाउन सक्षम भएर अमेरिका फर्कंदा राम्ररी साइकल चलाउन सक्ने बन्नु पनि हो ।’ शंखमुल, काठमाण्डौंकी बासिन्दा उनलाई दाजु व्यावसायिक साइकल रेशर भएकोले पनि सजिलो भइरहेको छ । उनी चड्ने ‘ट्रेक’ साइकल साथीले उपहार दिएको हो । काठमाण्डौंमा केटीलाई साइकल चलाउनु निकै साहसिक काम भएको उनी ठान्छिन् । ‘अन्य समस्या त छंदै छ, त्यसका अलावा बाटोमा एक्लै केटी देख्यो कि केटाहरुले जिस्क्याईहाल्छन्’, उनी भन्छिन्, ‘जिस्क्याउ“दा रिस उठेता पनि कहिलेकाही“ ऊ वातावरणविद् आयो भनेर जिस्क्याउ“दा खुसी नै लाग्छ ।’ 

via Hello Shukrabar (cover feature) dated 21 jestha, 2067

No comments:

Post a Comment