Thursday, May 27, 2010

लभ विथआउट बोडर्स

‘दुई घण्टाको च्याटपछि अन्त्यमा मैले आफू केटा भएको बताए“’, सुजन तिवारी, १७, भन्छन्, ‘साहै मज्जा पो हुन्छ केटाहरुलाई च्याटरुममा ¥याग गर्न ।’ उनका अनुसार त्यसरी नक्कली केटी भनेर केटाहरुस“ग च्याट गर्दा उनीहरुको भित्री मनको कुरा बुझ्न सकिन्छ । भन्छन्, ‘केटी हु“ भन्दा त कति मस्केर कुरा गर्छन्, यदि आफू केटा हु“ भनेर शुरुमै भनेको भए के ‘बाल’ दिन्थे ?’

उनले त्यसो भन्दै गर्दा इन्टरनेटको एउटा अनलाइन न्यूज साइटमा एक जोडि विवाह बन्धनमा बा“धिदै गरेको तस्विर राखेर तलपट्टि यस्तो क्याप्सन लेखिएको थियो– ‘एक भारतिय हिन्दू युवा अश्विन गुप्ता, २१, र भारतिय मुलकि बेलायती मुस्लिम युवती सुभिया गौर, १९, नया“ दिल्लीमा हिन्दू परम्परामा विवाह गर्दै । अनलाइन च्याटमा नियमित भेट्ने उनीहरुबिच अन्ततः प्रेम भएपछि परिवारको इच्छा बिपरित विवाह गर्न भागेर उनी दिल्ली आएकी हुन् ।’ उता त्यस्तै अर्को खबरमा अनलाइन च्याटकै क्रममा भर्चुअल प्रेमिहरुबिच   (प्रत्यक्ष नभेटेका) झगडा परेपछि प्रेमिकाले आत्महत्या गरेको खबरले पनि पछिल्लो पटक बजार ततायो । यी त अनलाइन दुनियामा घट्ने केही प्रतिनिधि घटना मात्र हुन् । धेरै यस्तै घटना पर्दापछाडि नै रहन्छन् ।

‘च्याट रुम छिर्ने बित्तिकै सिधै मेरो उमेर, लिङ्ग र बस्ने ठाउ“ सोधिन्छ’, इञ्जिनियरिङ्ग पढ्दै गरेका दिव्यश्वर पाण्डेको, २१, अनुभव छ, ‘च्याटरुममा भेटेर मेरो नाम कसैले सोधेको अनुभव त मस“ग निकै कम छ ।’ उनका अनुसार यो भर्चुअल  वल्र्डमा स्थापिन हुने अक्सर मित्रताहरु पनि भर्चुअल नै हुनेगर्छन । एकैछिन गफियो, सकियो । दिव्यश्वरको तर्क छ, ‘प्रविधिले हामीलाई दिएको यो सेवा सकारात्मक र नकारात्मक उत्तिकै छ ।’ 

त्यसो त याहुको ‘ग्लोबल च्याट रुममा’ आफ्नो रुचिका क्षेत्रहरुबारे (विज्ञान तथा प्रविधि, खेलकुद, अर्थ बाणिज्य, साहित्य, राजनीति, संगीत, समाज र संस्कृति, आदि) विश्वभरका सम्बन्धीत त्यस्तै ब्यक्तिहरुस“ग छलफल हुन सक्छ । तर याहुका अनुसार उनको ‘रिजनल’ च्याट रुममा झुम्मिने प्रयोगकर्ताहरु अन्यको तुलनामा निकै धेरै हुने गर्छ जसमा विश्वको जुनकुनै देशको जुनकुनै कुनामा रहेका ब्यक्तिहरुस“ग अनेकन बिषयमा गफिन मिल्छ । तर आजकल यिनै च्याटिङ्ग बल्र्डमा फैलिएको ‘सेक्टिङ्ग’ (अश्लिल च्याटिङ्ग) लाई विश्वभर चिन्ताको बिषयको रुपमा लिइएको छ । अनलाइन च्याटमा रहेर अश्लिल कुराहरु गर्ने, वेवक्याम र फोटो सेयरिङ्गमार्फत एक अर्काका नग्न भिडियो र तस्विर साटासाट गर्ने क्रियाकलाप बढ्दै गइरहेको छ । जसले ‘साइबर सेक्स’ बढाइरहेको बिश्लेषकहरु बताउ“छन् । एक अध्ययनले बताए अनुसार ८९ प्रतिसत ‘यौन आग्रह तथा बिन्तीबिसाई’ च्याटरुममा हुनेगर्छन् । न त मान्छे चिनेको छ, न त देखेको नै, त्यसैले च्याटिङ्गमा बिना हिचकिचावट सेक्सका कुरा सम्भव छ । बसन्त कोइरालाको, २२, अनुभव छ, ‘सेक्टिङ्गले त्यसबाट मुक्त होइन कि झन् सेक्सुअल फ्रस्टेसन जन्माउ“छ ।’

उत्तिकै मात्रामा च्याटिङ्गमार्फत मन मिल्ने साथीको खोजी गर्ने पनि हुन्छन् । धेरै सामु घुलमिल हुन नसक्ने र एक्लो नेचरका तन्नेरीले मनका बह पोख्न अनलाइनमै साथी खोज्छन् । गतबर्ष रिलिज भएको नेपाली चलचित्र ‘सानो संसारमा’ नम्रता श्रेष्ठ         (ऋतु) र महेश शाक्यबिच (रवि) अपरिचित रहेरै आफ्ना मनका बह साटासाट गरेको प्रतिनिधि कथा देखाइएको छ । शहरी पुस्ता, जहा“ तन्नेरीहरु सा“च्चिकै साथीस“ग भन्दा इन्टरनेटमै बढ्ता घोटिन्छन्, जसले सानैदेखि नै उनीहरु रियल वल्र्डमा भन्दा भर्चुअल वल्र्डमा रमाउने बानी परेको हुन्छ ।

भनिन्छ जब रियल लाइफ र भर्चुअल लाइफ उस्तै मानिन थालिन्छन्, समस्या त्यहा“ आफै शुरु हुन्छ । संगीता महर्जन, २०, भन्छिन्, ‘च्याटिङ्ग एउटा छाड्नै नसकिने नशा पनि हो, जसले कुनै निश्कर्ष ननिस्कने कुराहरुमा हामीलाई भुलाइरहेको हुन्छ ।’ त्यसैले आजकल उनी ग्लोबल च्याट रुममा नचिनेकाहरुस“ग गफिन निकै कम गरेकी छिन् । भन्छिन्, ‘आजभोलि त आफै सर्कलका साथीहरु र आफन्तहरुस“ग मात्र च्याट गर्छु ।’ त्यसो त संगीताका धेरै त्यस्ता साथीहरु छन्, जो शुरुमा मन पराउने धेरैस“ग अनलाइनमा कुराकानी गर्छन् र मन मिले त्यही“बाटै प्रेम अगाडि बढ्छ पनि । तर उनका अनुसार चिन्दै नचिनेका मान्छेहरुस“ग धेरै हदसम्म खुलेर कुरा गर्नु असुरक्षित पनि हुनसक्छ । उनी थप्छिन्, ‘फेरी च्याटिङ्गमा त सत्य भन्दा झुट कुराहरु बढ्ता चल्छन् नि ।’ त्यस्तै फोनमा धेरैबेर गफिन बजेटले नथेग्ने प्रमिप्रेमिकाहरुलाई च्याटिङ्ग दुनिया“ बरदान नै भएको छ । झन् त्यसमा आजकल इन्टरनेट चल्ने मोवाइलहरुमार्फत (जिपिआरएस् र थ्रीजी) समेत सजिलै च्याट सम्भव हु“दा तन्नेरीहरुको यसप्रति लत बढेको हो । लामो यात्रा गर्दा होस् या जाममा पर्दा, शिक्षकको बोरिङ्ग लेकचेर चल्दा होस् या कसैलाई प्रतिक्षा गरिरह“दा च्याटरुम छिरीहाल्नु अब साझा बिकल्प बन्न थालेको छ ।

मानिसहरुको च्याटिङ्गजस्ता भर्चुअल बल्र्डप्रति बढेको क्रेजले रियल वल्र्डप्रति नै मानिसको विश्वास कम हु“दै गएकोलाई धेरैले चिन्ताको रुपमा लिन थालेका छन् । भनिन्छ– भर्चुअल वल्र्ड एउटा त्यस्तो अन्त्यहिन संसार हो जुनको शुरुवात र अन्त्य कहा“ हुन्छ भनेर छुट्याउनै सकि“दैन ।

(माथी उल्लेख गरिएका नेपाली युवाहरुको नाम परिवर्तन गरिएको छ )

via Hello Shukrabar (14 jestha, 2067)

No comments:

Post a Comment