Saturday, June 26, 2010

बालश्रम विरुद्ध ‘रेड कार्ड’

१७ बर्षे कृष्ण खड्का दाङ्गबाट काठमाडौं छिरेको यसपटकको दशैंमा चौथो बर्ष पुग्नेछ । १४ बर्षे कलिलो उमेरमै घर छाडेका उनी हालैको एक विहान बागबजारको सडकपेटीमा भेटिएपछि भन्दैथिए, ‘सडकको जीवन दुःखद भइकन पनि अब बानी परिसक्यो ।’ उनले त्यसो भन्दैगर्दा म गतबर्ष सहभागि भएको एउटा त्यस्तै कार्यक्रममा उठेको प्रशंग सम्झन्छु, जहा“ सरोकारवालाहरुले श्रमिक बालबालिकाहरुलाई सडकबाट उद्दार गरि“दा पनि पुनः भागेर सडकमै फर्कने समस्या औंल्याएका थिए । यसले उनीहरु सडकमै रमाउन थालिसकेकोे मनोवैज्ञानिक समस्यालाई राम्ररी झल्काउ“छ । विश्वभरमै समस्याको रुपमा रहेको बालश्रम अब, बाल अधिकार हननस“ग मात्र सीमित रहेन, यसले उनीहरुमा अनेकन थप समस्याहरु थपिरहेको छ । सडकमा बढ्ने चोरी-डकैंती, लागु पदार्थको ओसारपसार, यौन विकृतीजस्ता धेरै कुरामा उनीहरुलाई प्रयोग गरिन थालेको छ जसलाई महत्वका साथ लिएर न्यूनिकरणका प्रभावकारी काम शुरु गरिहाल्नुपर्छ ।

विश्वभर २५ करोडको सङख्यामा रहेका बालश्रमिकहरु मध्ये नेपालमा मात्रै २६ लाख रहेको अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांक छ । नेपालजस्तो सानो र विकासोन्मूख मुलुकका लागि यो आफैमा एउटा कहालिलाग्दो यथार्थ हो । घरेलु तथा सडक बालश्रमिकहरु बढ्नुमा संयुक्त राष्ट्रसंघिय बालकोषले (युनिसेफ) गरिबीलाई मुख्य जड औंल्याएको छ । नेपालमै पनि बाल श्रम बिरुद्धमा काम गर्ने धेरै राष्ट्रिय÷ अन्तर्राष्ट्रिय संघसंस्थाका बावजुत १९९९ मा ५ देखि १४ बर्ष उमेर समूहका बालबालिकामध्ये आर्थिक कृयाकलापमा संलग्न बालबालिका ४०.९ प्रतिसत रहेकोमा पछिल्लोपटक २००८ मा सो दर ३३.९ मा झरेको थियो, (हे–तथ्याङ्क विभागको सर्वेक्षण) जुन आफैमा एउटा उपलब्धी भएता पनि त्यत्तिका पहलका बिचमा त्यो तथ्यांक सन्तोषजनक मान्न सकिंदैन । विश्वब्यापी रुपमा बालबालिकालाई श्रममा बालभरिया, बालबंधुवा, कारखाना, कोइलाखानीमा, यौन ब्यापारजस्ता क्षेत्रमा लगाएर प्रयोग गरिने गरेता पनि नेपालमा बालश्रमिकहरु बढ्ता प्रयोग हुने क्षेत्र घरेलु बालश्रम हो । कुल श्रमिकको ५०.८१ प्रतिसत बालबालिका अरुको घरमा श्रमिकको रुपमा काम गरिहेको र त्यसपछि मात्र १९.३६ प्रतिसत सडकमा आश्रित रहेर श्रम गरिरहेको कुरा केन्द्रीय बालकल्याण समितिले २०६६ मा देशका ५३ वटा जिल्लामा गरेको अध्ययनले बताउ“छ । घरेलु बालश्रम एक अदृश्य श्रम हुनाले पनि यसमा सबैभन्दा बढि बालबालिकाको शोषण हुन्छ । अझ त्यसमा पनि शहरका ठूलाबढा र पढेलेखेकाको घरमा बालश्रमिकहरु बढि देखिन्छन् । बालबालिकाबाट (कम पैसा वा सित्तैमा) बढि काम लिन सकिनाले पनि बालश्रमिकहरु धेरैको रोजाइमा पर्नेगर्छन् । आइएलओले त यस प्रकारका घरेलु श्रमलाई अत्यन्त खराब अवस्थाको श्रम भनेको छ । यो त एकप्रकारको आधुनिक युगिन मानव दासत्व नै हो । बाल यौन शोषणका कुराहरु पनि घरेलु बालश्रमस“गै जोडिएर आएका उदहारणहरु हामीकहा“ धेरै पाइन्छन् । त्यस्तै उनीहरुलाई सिक्रीले बा“धिएको, तातो आइरन र डाडुले डामिएको, हातगोडा भा“च्चिनेगरी निर्मम यातना दिइएको र बलत्कारपछि हत्यासमेत गरिएको कुराहरु हाम्रा सञ्चारमाध्यममा आइरहे ।

तर यसो भन्दैमा ति सबै बालश्रमिकलाई तत्कालै उनीहरुको घरमा वा बालगृहहरुमा पुर्नस्थापना गर्न सकिने अवस्था छैन । त्यसैले घरेलु बालश्रमिकलाई एकै शिराबाट मात्र हेरिनु पनि हु“दैन । आफ्नो घरमा खाने–लाउने समस्या भोगेको, उचित स्वास्थोपचार नपाएको, स्कुल भर्ना हुन पैसा नभएको जस्ता समस्या भोगेका बालबालिकाहरु कसैको घरमा विहानबेलुका उसले गर्न सक्ने सानातिना काम गर्दै आफू बञ्चित ति अधिकारहरु पाउ“छ भने त्यसको स्वागत पनि गरिनुपर्छ । यद्यपि सम्बन्धित निकायहरुले त्यस्ता घरहरुको नियमित निरिक्षण भने गनुपर्छ ।

श्रम क्षेत्रमा आएपछि उद्दार गरिनुभन्दा त्यहा“ आउने वातावरणतर्फ नै बढि केन्द्रीत हुनुपर्ने देखिन्छ । अहिले बर्षेनी ५ सयको हाराहारीमा बालबालिकाहरु (सिविनको अध्ययन) उपत्यकाका सडकमा आउ“छन् । उनीहरु यहा“ छिर्नुमा जिम्मेवार रहेका पारिवारिक कलह, सामाजिक दुव्र्यवहार, आमाबुवाको निधन, साथीभाईको वहाकाव, विद्यालयमा दिइने तनाव र यातनाजस्ता कारणलाई पहिचान गरी न्यूनिकरणमा बढ्ता जोड दिनुपर्छ ।

विश्वकपको पूर्व सन्ध्यामा मनाइएको लागिएको यस पटकको यस दिवसको नारा पनि त्यस्तै छ ‘गो फर दि गोल, इन्ड चाइल्ड लेवर’ । हुन पनि २०१६ सम्म निकृष्ट प्रकारको बालश्रम उन्मुलन गर्नुपर्ने पछिल्लोपटक द हेगमा भएको ‘बालश्रम बिरुद्धको अन्तर्राष्ट्रिय सम्मेलन’ को निश्कर्ष थियो । विश्वकप शुरु भएको भोलिपल्ट मनाउन लागिएको २०१० को यस दिवसमा आइएलओ र फिफाले संयुक्त रुपमा फुटबलको ‘रेड कार्ड’ लाई संकेत गरेर ‘बालअधिकार हनन गर्ने विरुद्ध रेड कार्ड’ अभियानलाई लैजांदैछ । जसमा प्रशिद्ध फुटबल क्लबहरु र खेलाडीहरुलाई प्रयोग गरि“दैछ । यति हु“दाहु“दै पनि बालश्रमको मुख्य जड गरिबिलाई बिर्सनु हु“दैन । जनचेतना अभियानभन्दा ग्रामिण भेगका जनतामा सीममुलक तालिमदिई स्वरोजगारी सिर्जना गर्न सके, बालबालिका श्रमका लागि कलकारखाना र सहरबजारका सडक छिर्ने क्रम त्यसै कम हु“दै जान्छ । नत्र एकदिनको दिवसमा मात्र बालश्रम विरुद्धका कुरा फलाक्ने हो भने शुरुमा प्रशंग उठाइएका कृष्ण खड्काझैं धेरै बालबालिकाले यो सुन्दर संसारमा सडकमै रमाउनुपर्ने बाध्यता भोगिरहनेछन् ।


No comments:

Post a Comment