'प्लसटु पछि ‘ग्याप’ राखेर करिअरबारे सोच्नेहरु बढ्दो छन् '
‘विद्यार्थीलाई व्यवहारिक बनाउने’, दुई घण्टे गफको चुरो कुरा यही थियोे ‘अर्बिट एमबिबिएस’का कार्यक्रम संयोजक सुनिल रेग्मीको । बिद्यार्थी बनेर पुतलिसडकको अर्बिट एमबीबीएसमा पुग्दा सुनिललाई हामी प्रश्न ग¥यौं, ‘अनि हामीलाई साच्चिकै डाक्टर बनाउने हो त ?’ उनले जवाफ फर्काए, ‘पक्का, त्यसको जिम्मेवारी अर्बिटले लिन्छ, ढुक्क हुनुस् ।’ उनले त्यसो भन्नुको पछाडि एकै बर्षमा मेडिसिनमा नाम निकाल्नु भन्ने चाही“ थिएन । ‘यो क्षेत्र नै यस्तै हो, जहा“ लगनशीलता र धैयर्ता चाहिन्छ’, सुनिल भन्छन्, ‘त्यसैले पहिलो पटकमै नाम निस्किएन भन्दैमा आत्तिनु पर्ने केही छैन ।’ उनको गफ ‘इअर लस’ गरेपनि फरक नपर्नेतर्फ इंगित थियो, जो धेरै तन्नेरीको चिन्ताको विषय हुनेगर्छ । सुनिलको कुरालाई मध्यनजर गर्दै हामी त्यस्ता तन्नेरीको खाजिमा निस्कियौं, जो ग्याप गरेर पनि खुसीमा छन् । बरु उनीहरु त्यो ग्यापमा आफूलाई अझ बढ्ता सक्षम बनाउ“दै छन् ।
काठमाण्डौंमा झरी पर्दै गरेको हालैको एक सा“झ नया“ बानेश्वरमा तन्नेरीहरु विभिन्न झुण्ड बनाएर पानीमा भिजेर रमाउ“दै छन् । बाहिर रमाइरहेका तन्नेरीकै पंक्तिमा पर्ने मनोज भण्डारी, २०, भने त्यहीको बेकरी क्याफेभित्र आफ्नो ‘दुःखेसो’ हेलो शुक्रबारस“ग पोख्दै छन् । उनको ‘थकथकी’ न त गर्लफ्रेन्ड रिसाएर हो न त घरमा आमाबुवास“ग झगडा परेर नै । ‘मेरो करिअर कतै कमजोर बाटोतर्फ अघि बढ्दै त छैन ?’, आजकल उनी आफैलाई यस्ता प्रश्न सोध्नेगर्छन् । काठमाण्डौंको हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजबाट एक बर्षअघि प्लसटु सकेका यी काभ्रेली ठिटो इञ्जिनियरिङ्ग पहिलो सेमेस्टरको परीक्षा आउनै लाग्दा अहिले एकाएक कलेज जान बन्द गरेर कोठामा थन्किएपछि झन् बढ्ता आफ्नो भविष्यको चिन्ताले पिरोलिएका हुन् । ‘अब प्रोगामिङ्ग कक्षा ज्वाइन गर्दैछु’, उनले बिई पढ्दाका शुरुवाती दिन सम्झिए, ‘बिई भर्ना भएपछि कम्प्युटरको सी प्रोगामिङ्गको कक्षामा नबुझेर आ“खा अनायसै घुम्थे ।’ उनका अनुसार हाम्रो शिक्षा प्रणालीको कमजोरी भनेकै एउटा तह सकेर अर्कोमा पूग्दा बिचमा हुने ‘ग्याप’ हो । भन्छन्, ‘एसएलसी सकेर प्लस टु ज्वाइन हु“दा होस् या प्लस टु सकेर ब्याच्लरमा जा“दा, हामीले शुरुवाती दिनमा निकै तनाव ब्यहोर्नुपर्छ ।’ आफै त्यसका भुक्तभोगि उनले पनि ‘इयर ग्याप’ नगर्ने भन्दै मध्यम स्तरकै प्राइभेट कलेज भर्ना भएका थिए । ‘सायद मैले बितेको एक बर्ष इन्ट्रान्स तयारी मात्र गरेर बसेको भए आज राम्रै कलेज जान सक्थें होला’, निराशाका बिच उनी आत्तिहालेको भने छैनन् । भन्छन्, ‘अब ब्याच्लर पढ्न चाहिने न्यूनतम कुरामा सक्षम भएर मात्र कलेज भर्ना हुन्छु ।’ त्यसैबिचमा फेरी एकपटक पूल्चोक क्याम्पसमा जा“च दिनेछन् उनले । त्यसो गर्दा उनकै शब्दमा ‘हार्डकोर’ पढाई नभएर ‘प्राक्टिकल’ भई पढ्न सकिनेछ । ‘अब जे पढे पनि आफ्नै मिहिनेतले नाम निकालेर मात्र पढ्छु’, मनोजलाई आजकल बिगत सम्झेर कहिलेकाही“ पछुतो पनि लाग्नेगर्छ बाउको पैसा धेरै उडाइयो भन्दै ।
उता नोबेल एकेडेमीबाट यसैसाल प्लस टु सकेर आस्थाझैं एमबिबिएसकै तयारीमा जुटेकी अजिता ठाकुरले ग्यापिङ्गले झन् आफूलाई पढाइमा लगनशील गराउने कुरा आफ्नै परिवारभित्र देखकी छिन् । भन्छिन्, ‘अघिल्लो बर्ष एमबिबिएसमा नाम ननिस्केपछि पुनः बर्षदिन लगाएर दिदीले तयारी गरिराख्नु भएको छ’, १७ बर्षिया ठाकुर भन्छिन्, ‘ग्यापिङ्गले कतिसम्म आफूलाई मजबुत बनाउ“छ भन्ने त मैले दिदीमैं देखें ।’ त्यसो त मेडिसिन, इञ्जिनियरिङ्ग वा अन्य कुनै क्षेत्रमा नाम निकाल्नु मात्र उनी ठूलो कुरा ठान्दिनन् । ‘सधै केटाकेटीझैं हुने र परनिर्भर हुन बानी परेको समय त्यसबिचमै परिपक्व हु“दोरहेछ जस्तो लाग्यो ।’ त्यसैले पनि उनले एक तहको पढाइ सकेपछि अर्कोमा जानुपूर्व कम्तिमा १ बर्ष ग्याप राख्ने सरकारी रणनीति नै हुनुपर्ने सुझाउ“छिन् ।
हरेक सिक्का दुई पाटा भएझैं ग्यापिङ्गको नराम्रा पटा पनि हु“दै नभएका होइनन् । लागुषधको कुलतमा फस्ने, अपराधिक कृयाकलापमा लाग्ने सम्भावना पनि यही बेला बढ्ता हुन्छ । तर अभिभावकको निरन्तर साथ र हौसला एवं विद्यार्थी स्वयंको आफ्नो करिअरप्रति तिब्र लगाव भएमा मनोज, आशिष, आस्था र अजिताजस्ता धेरै तन्नेरीलेझैं आफ्नो ग्यापिङ्गलाई करिअर निर्माणमा कोशेढुंगा बनाउन सक्छन् ।
via Hello Shukrabar (KANTIPUR) dated 18th june, 2010 as a cover feature; I co-write with Aashis Luitel
No comments:
Post a Comment