Thursday, June 17, 2010

डायरीका पाना

‘पत्रकार न प¥यौ ? कसैले गफ छाट्न तिमीबाट सिकोस्’, उसले हामीबिच पछिल्लो आधा घण्टा भएको गफपछि कमेन्ट गरेकी थिई । ‘पत्रकारको काम बोल्नु होइन, सुन्नु हो । त्यो चाही अलिअली जानेको छु’, मैले आफ्नो अब्जेक्सन जनाएको थिए । थपे, ‘बोल्नमा त बरु केटीहरु नै खप्पिस् हुन्छन् नि– तिमीजस्तै ।’ मेरो यही पछिल्लो वाक्य उसको एउटा लुकेको गुण जान्न सहायक भयो । बंगलादेशको मेडिसिन पढाईबारे बुझ्न पुगेको म जसले गर्दा कुराकानीको फरक मोडमा पुगें । ऊ त पत्रकार पनि थिइन । भएकी भए सायद मैले भन्ने वाक्य नै भन्थी होली । भनि, ‘मलाई न त बोल्न आउछ, न सुन्न नै । लेख्न चाही केही जानेकी छु ।’ मैले सोधीहालें, ‘ए.. त्यसो भए तिमी लेखक । उपन्यास लेख्दै हो ? फ्यानहरु अब तिम्रा नि धेरै हुनेभए ।’ ऊ अब बल्ल मुडमा आई, ‘एउटा फ्यान चाहीं पक्कै हुन्छ । लेखक र पाठक दुवै मै हु“ ।’ ऊ कुनै पपुलर लेखक नभई आफ्नो डायरीको लेखक थिई ।

यी २२ बर्षियालाई (नाम नराख्न भनी) भेट्दैगर्दा म झण्डै बर्षदिनअघि पढेको प्रशिद्ध अंग्रेजी उपन्यास ‘इलेभेन मिनट्स’को मुख्य पात्र मारियालाई सम्झन्छु । जसमा उसले लेखेको डायरीले मलाई निकै रोमाञ्चित पारेको थियो । एउटा सामान्य गाउ“की ठिटीले जीवनका विभिन्न कालखण्डमा देखेको सपना र घट्ने बेग्लै यथार्थलाई उपन्यासकार पाउलो कोहेल्होले कलात्मक ढंगले उतारेका छन् । तर मस“ग गफिने शहरिया परिवेशमा हुर्केकी यी ठिटीको पृष्ठभूमि फरक भइकन पनि मारियास“ग एउटा यथार्थ मिल्दो थियो– सपनाका कुरा ।

बंगलादेशमा मेडिसिन पढ्दै गरेकी उनलाई तेस्रो सेमेस्टर परीक्षाको नतिजास“गै वितृष्णा जाग्न थाल्यो । वितृष्णा जाग्नुमा रिजल्ट नराम्रो हुनु मात्रै थिएन, जुन उत्साह लिएर २ बर्षअघि उ कलेज छिरेकी थिई, त्यसमा निकै कमी आइसकेको थियो । रिजल्ट आएको रात उनले आफ्नो डायरी पल्टाइन् जुन प्लसटु पढ्दादेखि नै बेलाबखत लेख्ने गर्थिन् । त्यसैबेला उनको एउटा मनले कतै आफू डाक्टरीमा भन्दा लेखनमा राम्रो गर्न सक्थें कि भन्ने सोच्यो । तत्कालै फेरी अर्को मनले भन्यो, ‘फेरी अर्को एक दुई बर्षमा मेरो यसमा पनि क्रेज घट्ला, त्यसबेला फेरी म के गरुंला ?’ हुन पनि मेडिसिनमा नाम निस्कंदा पनि उनलाई संसारै जितेजस्तो लाग्या’थ्यो । उसका डायरीका पानाहरुमा आजकल यस्तै सपनाका कुराहरु हावी भइरहेका छन् । भन्छिन्, ‘सपना फ्रिक्सनलेस हुन्छ, तर हामी बुझ्दैनौं जीवनमा पलपल नसोचेको मात्र हुन्छ ।’ टिभीमा चर्चित सो हेरिरह“दा होस् या क्रिकेट स्टेडियममा खेल हेरिरहंदा वा सेलिब्रिटीका एउटा अटोग्राफका लागि मानिसहरु मरिहत्ते गर्दा आफू त्यही भएको सपना देख्थिन उनले । ‘मैले दिनहू“ लेख्ने डायरीका नया“ पानामा नया“ सपना बुनिएका हुन्छन्’, उनले त्यसो भन्दैगर्दा मैले जान्न चाहें, ‘यो त तिमी यथार्थबाट भाग्न खोजेझै भएन र ?’ त्यती जान्दाजान्दै पनि त्यो उसको मनमा दिनहू“ खेल्ने कुरा हो । भनिन्, ‘मन त मेरो नियन्त्रणमा हु“दैन नि ।’

‘लभको कुरा पनि त होला तिम्रो डायरीमा ?’ मेरो प्रश्न नसक्दै भनि, ‘त्यो त..... (मुस्कानका साथ) डायरीमा आफूलाई ढा“ट्ने कुरा त भएन नि ।’ उनले जति आफ्ना कुराहरु मलाई अड्कलेर भन्दै थिई म उसलाई बढि जान्न खोजिरहेको थिएं । जसका लागि म उसको डायरीको थोरै अंश भए नि पढ्न चाहन्थें । तर के दिन्थी होली र उसले । ‘इमेलको पासवर्ड मागेंभन्दा बढ्ता होला’, मैले माग्ने आ“ट नै गरिन । ‘पलपल सपना र चहानाहरु चेन्ज भइरहन्छन्’, ऊ थप्छे, ‘तर यो मोडमा अडिएर सोच्दा मलाई जीवनमा देखे÷भोगेका घटना समेटेर चेतन भगतलेझैं (फाइभ प्वइन्ट समवानमा उनले आफ्नो आइआइटि जीवन संगालेका छन्) उपन्यास लेख्ने मन छ । बदलिरहने उनका सपनाका भिडमा यो पछिल्लो ६ महिनादेखि स्थिर छ । सपनामा बिचमा रुमलिएको बिगत सम्झंदा जति उनलाई दिक्क लाग्छ, त्यत्तिकै त्यसैले जन्माएको नया“ सपनाले उत्साहित पनि । जसले तेस्रो समेस्टरको नतिजास“गै उनमा बढेको डाउनसाइकल अहिले क्रमशः घट्दो पनि छ । भन्छिन्, ‘डायरी नै मेरो सबैभन्दा नजिकको साथी बन्यो । मेडिसिनमा मेरो बढेको डाउनसाइकल म घरमा भन्न पनि सक्दिनथें । कसैलाई मन पराउ“दा म सबैभन्दा पहिले र बढ्ता डायरीस“गै साट्थें ।’

उनीस“ग त्यतीबेर गफि“दा मलाई लाग्यो– चाहे त्यो इलेभेन मिनेटस्की मारिया होस् या जोडियाक किलरमा देखाइएको साइकोपाथ होस् वा मस“ग अनुभव साट्ने यिनी मेडिसिनकी छात्रा नै किन नहोस् हरेकमा एउटा साझा सपना हुन्छ– मरेपछि पुस्तकाकार रुप लिओस् भन्ने । मलाई उनको डायरी पढ्ने अवसर नजुरे पनि उपन्यासको रुपमा छिट्टै उनको जीवन बुझ्ने ब्यग्रता छ । उनको त्यो सपना समयस“गै नबदलियोस् ।



via Hello Shukrabar dated 18th june, 2010

No comments:

Post a Comment