Saturday, July 17, 2010

विहेको माहोल

सायद उनीहरुलाई पनि त्यो सब रमाइलै लागेको हुनुपर्छ । नत्र हामी नजिक किन बसिरहन्थे होेलान् र । कुर्चीहरु अरुतिर पनि त उत्तीकै खाली थिए । तर पनि हाम्रो कुरा ‘इरिटेटिङ्ग’ लागिरहेको देखाउन कुनै कसरत बाकी राखेनन् उनीहरुले । कतिबेला जबरजस्त रुमालले मुख पुछ्दै ‘उफ्–उफ्’ गर्थे त कतिबेला बेला रिसाउन खोजेझैं नि देखिन्थे । ‘यो सब नाटक हो भाई’, साथै रहेका एकजना दाईले अर्थाए, ‘नत्र त्यो ठाउ“ छाडेर जान कसले रोक्या छ र उनीहरुलाई ।’

बिहेको मौसम चलिरहदा हामी त्यस्तै एउटामा जन्ती बनेर गएका थियौं । केटीहरुसग जिस्किरहदा एकजना अकंल आउनुभयो । हाम्लाई दाईने हातको बुढी औंला मज्जाले देखाउ“दै थप्नुभयो, ‘गो अन ब्वाइज, बिहेमा जिस्कनु कसैको दोष होइन ।’ हुन पनि बिहेमा हुने त्यस्तो माहोलले नै हामी तन्नेरीहरुलाई उक्साइरहेको थियो । नया“ ठाउ, नया मान्छे । त्यसैले यहा बोलचालभन्दा नजरको हानाहान बढ्ता चलिरहेको थियो  । ३÷४ जनाको ससाना झुण्डहरु बनायो । आपसमा गफ गरेझैं ग¥यो । तर ति गफहरु केटाले केटीका र केटीले केटाबारे गरिरहेका हुन्थे । अझ कसैले ड्रेसअपको चर्चा कुनै अभिनेत्रीसग जोडेर गरिदियो भने त केटीहरु बाहिर रिसाएझैं गरे पनि भित्र मख्ख पर्थे । साथी उत्सव पाण्डेले एउटीलाई त्यस्तै गरी ‘यो बिहेमा त ऐश्वर्या राय नि आ रै’छन’ भनेर के सकेको थियो, ऊ चिडिएझैं गरेर फनक्क पछाडि फर्कि र भनि, ‘तिमीहरु कहिल्यै सुध्रनेवाला छैनौ ।’ उत्सव पनि के कम, हिन्दी फिल्म ‘वान्स अपन अ टाइम इन मुम्बै’ मा इमरान हाशमिरलेझै जवाफ फर्काइहाल्यो, ‘ये उमर सुधर्नेका नही बिगड्नेका मेडम ।’

बिहे, बेहुला बेहुलीका लागि भन्दा उनीहरुका भाइबहिनीका लागि बढ्ता रमाइलो हुने समय हो । अझ त्यसमा जन्तीहरुले गर्ने उक्साहटले त बिहेलाई ‘बिन्दास’ बनाउन कुनै कसर बा“की रह“दैन । ‘अबको पालो उनीहरुकै त हो’ भनेर अभिभावकहरुले पनि त्यस्ता व्यवहारलाई सामान्य रुपमा लिइरहेका हुन्छन् । हामी केटीहरुस“ग जिस्किंदै गरेको एउटी अंटीले नोटिस गरिरहनुभएको रै’छ । बेहुलाका भाई समेत रहेको हाम्रो ग्रुपमा आएर भन्नुभयो, ‘राम्री लाग्या हो ?’ एकैछिन त ऊ अल्मलीयो । ‘हो..हो’, हामी चिच्यायौं । हामी कराएपछि उसलाई नि आ“ट आइहाल्यो । भन्यो, ‘राम्रीलाई राम्रो त भन्दिनै प¥यो नि ।’ हुन पनि बिहेमा यस्ता कामका लागि आ“ट आउने नै गु्रपमा रहनुले हो । एक्लै हु“दो हो त कसले त्यत्रो हिम्मत गर्न सक्नु ।

हामीले आंशु कवि भनेर जिस्क्याउने उनै साथी उत्सवले केटाहरुलाई गोलो पारेर कविताका पंक्ति सुनाउन थाले । केटाहरु वाह् वाह् भनेर चिच्च्याउ“थे । कविताहरु उनै केटीतर्फै लक्षित हुन्थे । एउटा अर्कोले भने राम्री केटीहरुको भिडमा आफू कसतर्फ नजर डुलाउ“ भन्ने दोधारमा परेकोमा गुनासिन्थ्यो । भन्यो, ‘कहिले राम्रीहरुको खडेरी पर्छ, कहिले भने बर्षात नै ।’ अर्कोले थप्यो, ‘अल गल्स आर बिउटीफूल, बट नोबडि इज पर्फेक्ट ।’ सायद उसले हिन्दी फिल्म ‘दिलवाले दुल्हनीया“ ले जाएंगे’ मा सारुख खानले भन्ने गरेको भनाइ सम्झेको हुनुपर्छ । जहा“ उसका अनुसार एउटै केटीस“ग मात्र जीवन काट्नु निकै गाह«ो काम हो । भन्छ,  ‘कसैको आ“खा राम्रो हुन्छ, कसैको नाक त कसैको ओंठ ।’ खैर, अर्थ अन्यथा नलागोस ।

तर सबै फ्रन्टलाइनमा बसेर केटीहरुस“ग जिस्कने आ“ट भएका मात्र पनि हु“दैनन् । त्यस्ताहरु बिहे हलको कुनै कुनामा आड लिएर क्यामेरा जुम पार्दै केटीहरुका तस्विर कैद गर्न व्यस्त थिए । अझ विहेमा कुनै केटीको मोवाइल नम्बर पाउन केटाहरुले गर्ने मरिहत्य अर्को रोचक पाटो हो । केटीले सुनुन भन्दै आफ्नो मोवाइल नम्बरको कुरा जोडतोडले गर्नु, कागजका टुक्रामा लेखेर फ्या“क्दै गफगाफ गर्नुले पनि त्यहा“ उत्तिकै रमाइलो माहोल बनाइरहेको हुन्छ ।

बिहे साकिसक्दा सम्म नजरको जुधाईले नै केटाकेटीमा एउटा भावनात्मक सम्बन्ध बनाइसकेको हुन्छ । कतिले त स्वयम्बरको समय होस् चाहे सिन्दुर हाल्दा नै किन नहोस् आफूलाई बेहुला सोच्दै आफ्नी ‘ड्रिम गर्ल’ लाई बेहुली सम्झदैं रमाउ“छन् । नहोस् पनि कसरी, आखिर बैंशालु मन न त हो, अझ बिहे त्यसको उत्सर्षको समय । त्यसैले तपाईंहरु मध्ये पनि कोही बिहेको माहोलमा समाहित हु“दै हुनुहुन्छ भने ‘जिस्किन नडराउनुस्’ किनकि त्यो तपाईंको दोष ठहरिने छैन । सब बिहेको माहोलको दोष हो ।

Here are some stanzas of poems written by my friend Utsev Pandey on that interesting marriage atmosphere which was not included on its hard piece.   

यता फर्कौं उता फर्कौं कताकता मात्रै फर्कौं
जताततै बैंश आज कस्लाई हेर्न कता फर्कौं
जो हे¥यो उही राम्री, दुई नजरको वाह कसरत
बैंश बैंश गन्दा गन्दै आज हाम्रो दिनै बित्यो


के जुजेधे यी नजर बैंशको भेलको उर्लियो
सुसुप्तप्रायः थे रहर एक्कासी खहरे कुर्लियो
उनको हातै समाउथें, बाधा थियो र रोकिए“
नसोध मुटुको चापलाई कुन आ“टले रोकियो


देउ लिएर जान्छु गाली सबै उकेल
सायद म दोषी तिम्रो डढ्छु आगो उगेल
शान्ति त्यसमै मलाई एकैछिन त्यो स्वर सुन्छु
सुनाउ बरु रिसैले बिन्ती केही त बोल



via Hello Shukrabar dated 16th july, 2010

http://epaper.ekantipur.com/showtext.aspx?boxid=14044687&parentid=7888&issuedate=1672010

No comments:

Post a Comment