Friday, July 9, 2010

लभ जङसन

दिनानुदिन ब्यस्त बन्दै गइरहेको काठमाण्डौंको जीवनशैली र साघुरा बन्दै गइरहेको सार्वजनिक ठाउहरुले गर्दा डेटिङ्ग जाने ठाउको अभावमा तन्नेरीहरु चिन्तित छन् । यसै मेसोमा हेलो शुक्रबारले डेटिङ्गका लागि सम्भावित केही ठाउहरु घुमेपछि प्रदीप बस्याल लेख्छन्
ऋषभ मरासिनी, २३, (नाम परिवर्तन) लाई गर्लफ्रेन्ड लिएर गोदावरी, चोभार वा अन्त टाढा कतै डेटिङ्ग जाने मन नभएको होइन । तर उसलाई त्यो सम्भव छैन । इन्र्फमेसन म्यानेजमेन्टको पढाईसगै  पुतलिसडकको एक कम्प्युटर इञ्चिच्युटमा प्रशिक्षकको रुपमा काम गरिरहेका उनी विहानको कलेज र दिनभरीको अफिसले गर्दा सधै धाइधपेडिमै हुन्छन् । तरपनि फेरी भर्खर भर्खर पर्न थालेको ‘लभ’ उनलाई उत्तिकै रोमाञ्चक लागिरहेको छ । ‘साझको समयमा केहीबेर युएन पार्कमा बसेर गफगाफ गर्छौं’, उनी भन्छन्, ‘काठमाण्डौंको केन्द्रमा भइकन पनि त्यो निकै शान्त छ ।’ त्यसो त त्यस्ता ठाउ“मा आजकल डम्पिङ्ग साइटझैं फोहर थुपारिनाले र बाग्मतीको दुर्घन्धले केही नरमाइलो नि पार्नेगर्छ । यद्यपि सा“झपख कराउने चराहरुले प्रेमजोडीहरुलाई त्यहा“को वातावरण नै प्रेममय बनाएको छ । ‘नदी दुर्धन्धित नहुदो हो त नदीको छेवैमा बसेर ढुंगा फ्याक्दै गफिनु कम्ता रमाइलो हुन्छ ।’, एक त्यस्तै तन्नेरी गुनासिन्छन् । तर पनि ससाना झाङ्गहरुले गर्दा कसैले नदेखिनेगरी जोडिहरु बस्न सकिनु यहा“को राम्रो पक्ष हो । ज्वागल ललितपुरमा पर्ने यो पार्क थापाथली देखि शंखमुलसम्म १ हजार ५ सय ७६ रोपनीमा फैलिएको छ  ।

त्यसो त महाराजगंजमा रहेको ‘शंख पार्क’ डेटिङ्गको लागि छोटो समय हुने धेरै तन्नेरीहरुको रोजाइमा पर्छ । पार्कको क्षेत्रफल युएन पार्कको तुलनामा कम भएता पनि गाडिबाट ओर्लनासाथ पार्क पुगिनु यसको बिशेषता हो । यद्यपि सा“झ विहान तन्नेरीबाहेक अन्य पनि यहा“ टहलिन आउने हु“दा डेटिङ्गको लागि दिउसोको समय उपर्युक्त हुन्छ । अझ त्यसमा पनि पार्कको छेउमा हा“चा रुखहरु छन्, जहा“ अरुले देख्लान भनेर आत्तिनेहरुलाई बस्ने राम्रो ठाउ“ भएको छ भने अगाडिपट्टि पनि ससाना बोट र विरुवाले घेरेर अरुले पत्तो नै नपाउने गरी मिनि पार्क बनाइएको छ । ‘त्यो स्थान (मिनी पार्क) विशेषगरी प्रेमजोडिकै लागि हो’, स्थानियबासी युवा प्रेम महर्जन भन्छन्, ‘हामीले त त्यसको नाम नै लभ जक्सन राखेका छौं ।’

बानेश्वरको युएनपार्क र महाराजगंजको शंख पार्क तपाईलाई पायक पर्दैन भने तपाईंलाई ‘बालाजु उद्यान’ पो डेटिङ्गका लागि सही ठाउ“ हुन  सक्छ कि π बालाजु चोकबाट झण्डै २०० मिटर उत्तरमा नागार्जुन पहाडको फेदीमा पर्ने यो पार्क अन्य भन्दा धेरै दृष्टिले उपर्युक्त छ । तर तपाईं विहेको लगनको दिन वा सार्वजनिक विदाको दिन नजानु नै राम्रो हुन्छ । यो पार्क अन्य सार्वजनिक समारोह संचालनलाई समेत मिल्नेगरी पनि बनाइएको हुनाले त्यसबेला त्यहा“ मानिसहरुको ठूलै ओहिरो लाग्नेगर्छ । यद्यपि पार्कमा रहेका सुन्दर फूलहरु, पानीको फोहरा, स्विमिङ्ग पुल, उचित शौचालय र क्यान्टिनहरुले गर्दा डेटिङ्गको लागि बालाजु पार्क पर्फेक्ट छ । ५ रुपया“ प्रवेश शुल्क तिरेर छिर्न पाइने पार्कभित्र थोरै माथि डा“डामा गएर समेत बस्न मिल्छ ।

उता तपाई“ ललितपुरको जावलाखेल नजिक हुनुहुन्छ भने तपाईंको लागि त्यहा“को प्रगति पार्क उपयुक्त जक्सन हुन सक्छ । सेन्ट मेरिज स्कुल पछाडि रहेको यस पार्क सानै भए पनि सुन्दर छ । यहा“ बस्नका लागि केही बेञ्चहरु छन् भने घा“स लगाइएकोले भुईमै पनि बस्न मिल्छ । यसको कमजोर पक्षमा रुखहरु निकै कम रहेको हु“दा डेटिङ्गको लागि विहान र सा“झको समय छान्नु राम्रो हुन्छ । यस पार्क विशेषगरी बालबालिकालाई लक्षित गरेर बनाइएको हु“दा त्यहा“ ससाना खेलहरु पनि खेल्न मिल्छ । तर सडक छेउमै रहेर पनि जाउलाखेलको भित्री भागमा पर्नाले यहा“ गाडिको आवाजले डिस्टर्ब गर्दैन । तर गर्लफ्रेन्ड/ब्वायफ्रेन्डस“ग बस्दा अरुले देख्लान् कि भनेर डराउनेहरुले भने प्रगति पार्क नरोज्नु नै बेस हुन्छ । प्रगति पार्कमा आउनेहरुका लागि भोक लाग्दा पार्क वरपर सस्तादेखि महंगा क्याफे र रेस्टुरा“हरु पनि ब्रगेल्ती छन् ।

उता कलंकीदेखि झण्डै २ किलोमिटर पश्चिमतर्फ रहेको त्रिभुवन पार्कमा भने बालाजु पार्कमाझैं बिहे, भोज र पिक्निकहरु भइरहने गरेता पनि त्यहा“ केही भाग यस्ता पनि छन्, जतापट्टि मात्र बसेर गफगाफ गर्न मिल्छ । त्यसैले पनि विवाहको लगन वा सार्वजनिक विदा पर्दैमा त्रिभुवन पार्क जान हिचकिचाउनु पर्दैन । पार्कको गेटसम्मै सार्वजनिक गाडिहरु लाग्छन् । पार्कभित्रै खाजा र खानाको लागि केही रेस्टुरा“हरु पनि छन् । दिउसोको घाममा पनि रुखहरुले छाहारी दिने हु“दा यहा“ दिउसै डेटिङ्ग जानु सम्भव छ । यी मध्ये तपाईंलाई कुन स्थान पायक पर्छ, आफै रोज्नुस् । ह्याभ अ नाइस डेटिङ्ग ।
via Hello Shukrabar (KANTIPUR) dated 9th july, 2010


http://epaper.ekantipur.com/showtext.aspx?boxid=133118515&parentid=7720&issuedate=972010

No comments:

Post a Comment