Saturday, July 24, 2010

केजी अर्थात 'केही गरौं'

उनी बैंकका जागीरे हुन् । प्रिमियर फाइनान्स लिमिटेड, जाउलाखेलमा काम गर्छन् । जागीरको धपेडिले विहानको ८ बजेदेखि सा“झको ५ नबज्दासम्म छोड्दैन । आफ्नो कलेज जानु त छंदैछ । तर पनि सुरज सापकोटा, २४, समाजको लागि केही गर्न भनेर लागिपरेका छन् । उनीहरुको संस्थाको नाम पनि त्यस्तै छ ‘केही गरौं’ । उनी त्यसका संयोजक हुन जसको कार्यकारणी समिति शिक्षक, ब्यावसायी, जागीरे, गृहणीहरु गरेर ९ जनाको समूह छ ।

हालैको एक झरी पर्दैगरेको सा“झ काठमाण्डौं माइतीघरस्थित ‘माइतिघर क्याफे’मा उनै सुरजले आफ्नो समाजसेवाको फेहरिस्त हेलो शुक्रबारलाई सुनाए । दोलखाको जेफेमा उनको स्थायी घर छ जुन सदरमुकाम चरिकोटबाट ८ घण्टाको दूरीमा पर्छ । आफै बिकट गाउ“मा हुर्कनु उनको लागि समाजसेवातर्फ लाग्ने कारण बन्यो । स्कुलदेखि नै उनी रेडक्रस सर्कलमा थिए, गाउ“मा आउने विदेशी स्वयंसेवकहरुलाई सघाउ“थे । आफ्नै साथीभाईमाझ पनि दौतरी शिक्षाकर्मीका रुपमा काम गर्थे । सानैदेखि उनमा रहेको समाजसेवाको त्यो गुण काठमाण्डौं छिरेपछि रोकिएन, बरु झन् नया“ ढंग र बृहत स्वरुपबाट बढ्यो ।

५ बर्षअघि खोलिएको ‘केही गरौं’ पूर्णत स्वयंसेवी संस्था हो । त्यसैले पनि त्यसका कुनै कर्मचारी छैनन्, कार्यालय पनि छैन । अरुलाई जानकारी दिनको लागि मात्र एउटा वेवसाइट           (धधध।पनलभउब।िअयm।लउ) छ । तर पनि निरन्तर ससाना समाजसेवी काम उनीहरु गर्दै आएका छन् । सर्वप्रथम उनीहरुले घरबाट खाजा लिएर बिद्यालय जान नसक्ने बिद्यार्थीहरुको लागि ‘साझा खाजा’ कार्यक्रम ल्याए । जुन उनीहरुले अध्ययन गरेर सबैभन्दा बढ्ता मदजूर र कम आय हुनेहरुका छोराछोरीहरु पढ्ने गरेको प्रगति शिक्षा सदन, ललितपुरमा लगिरहेका छन् । जहा“ शुरुमा खाजा ख्वाइने गरिन्थ्यो । तर उनीहरुलाई फलफूल ख्वाउ“दा बढी फलदायी हुने सोची हाल साप्ताहिक रुपमा २ पटक फलफूल ख्वाइन्छ । त्यस्तै उनीहरुको अध्ययन पश्चात घरको कमजोर आर्थिक अवस्थाका कारण स्कुल छोड्ने अवस्थामा पुगेका १३ जना बिद्यार्थीहरुलाई ३ बर्षयता स्टेशनरी र ड्रेस सहायता गर्दै आएका छन् । जुन अहिले एक गैर सरकारी संस्थास“गको समन्वयमा थप १५ जनालाई दिन थालिएको छ । त्यस्तै ४० जना बिपन्न बालबालिकालाई उनीहरुले स्विटर पनि बा“डेका छन् । उनीहरु अहिले सोलुखुम्बुमा बन्दै गरिरहेको एक पुस्तकालयका लागि आआफ्ना सर्कलका साथीभाइहरुमाझ पुस्तकहरु संकलन गर्दैछन् । पैसा तिरेर पढ्न नसक्ने कसैलाई निःशुल्क पढाउन प¥यो भने उनीहरुले सम्बन्धीत कलेज वा बिद्यालयस“ग पनि पहल गर्छन् ।


तर यसको लागि उनीहरुले कुनै दातृ निकायबाट सहयोग लिएका पनि होइनन् । सुरज भन्छन्, ‘हामी हाम्रो सानोसानो प्रोजेक्टका लागि जो कोहीको पनि सहयोग लिइरहेका हुन्छौं ।’ त्यसो त धेरैले आफ्नो बर्थडे, विवाह, कोही मरेको मान्छेको सम्झनामा उनीहरुको ‘साझ खाजा’ जस्ता कार्यक्रममा सहयोग गर्छन् भने स्वयं संस्थाका सदस्यहरुको तर्फबाट आन्तरिक ब्यवस्थापनको खर्च चल्छ । काठमाण्डौंका केही सार्वजनिक ठाउ“हरुमा उनीहरुले खुत्रुके पनि राखेका छन् जहा“ समेत केही रकम उठिराखेको हुन्छ । यसरी हेर्दा उनीहरु पार्टटाइम समाजसेवी भएर पनि राम्रो काम भएको देखिन्छ । र ति सबैको आर्थिक लेखाजोखा सबैले थाह पाउनेगरी उनीहरुको वेवसाइटमा हुन्छ ।

त्यसो त केही गरौंका संयोजक सुरज आफ्नो कार्यक्रमहरु भावी दिनहरु बिकट एवं दुर्गम ठाउ“मा बिस्तार गर्न चहान्छन् । भन्छन्, ‘अहिलेको यी कामहरु भविष्यमा अझ ठूला समाजसेवाहरु गर्न मेरा लागि पूर्व अभ्यासहरु पनि हुन् ।’ नेपालका ग्रामिण एवं दुर्गम क्षेत्रहरुमा सरकारी र गैरसरकारी क्षेत्रहरुबाट भइरहेको काम गर्ने तरिका ठिक मानिरहेका छैनन् उनले । ‘उनीहरुलाई दिनानुदिन झन् बढ्ता परनिर्भर बनाइ“दै छ जसले समस्यालाई सधै ज्यू“कात्य“ अल्झाई मात्र राख्छ ।’

तपाईंहरु पनि केही गरौंमा आफ्नो योगदान पु¥याउन चहानुहुन्छ भने आफ्नो जन्मदिन वा त्यस्तै कुनै उत्सवमा बालबालिकालाई पढाउन, लुगा दिएर र खाजा ख्वाउनेजस्ता काममा थोरै भए पनि सहयोग गर्न सक्नुहुन्छ ।

http://epaper.ekantipur.com/showtext.aspx?boxid=201415250&parentid=8044&issuedate=2372010

No comments:

Post a Comment