आशिष लुइटेल / प्रदीप बस्याल
तस्विर- निराजन श्रेष्ठ/ कान्तिपुर
सेप्टेम्बर २ मा उनी अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टीच्युट अफ टेक्नोलोजी एमआइटी पुग्नेछन् आफुले पाएको सफलताप्रति गर्व गर्नेछन् सरार होस्टेलमा गएर गर्विलो छाती ढक्क फुलाउनेछन् र घरमा एक कल फोन गरेर खुसीको पल साट्नेछन् सायद । हो पोखराका प्रमोद कँडेलको 'बिग डि्रम' पूरा हुँदैछ किनभने उनी इन्जिनियरिङ इन्स्टच्युटको वल्र्ड र् याङ्कीङमा पहिलो नम्बरमा कब्जा जमाउँदै आएको एमआइटीको यात्रा थाल्दैछन् ३१ अगस्टदेखि ।
'एकदमै खुशी छु', कुराकानी थाल्नै लाग्दा चाचल देखिएका भावी एमआइटिएनका ती आँखाको भाकाले यसै भन्दै थियो । विश्वभरका प्राविधिक विद्यार्थीहरुको सपनाको केन्द्र एमआइटीमा उनी वार्षिक ५५ हजार डलरको स्कलरसिपमा नेपालबाट छानिएर जाँदैछन् । 'कत्ति खुसी ?' ईाजनियरियङ गर्न त_िम्सएका १९ वर्षेलाई गणितीय भाकामा सोधियो 'पसे्रन्टमा भन्न सकिन्छ' केही नसोची फ्याट्ट बोले 'नाइन्टी', थपे, 'टेन पसे्रन्ट चाहिँ देश छाड्नुपर्ने भएकाले दुःखी छु ।' यत्ति धेरै खुसी बोकेर हिँडेका कमै तन्नेरी भेटेका छौ हामीले । प्रमोदको खुसीमा हामी पनि रम्याँै र थाल्यौँ एमआइटी यात्राको कथा कोट्याउन ।
'संसारकै नम्बर वान कलेजमा पढ्न पाउनु लाखौंको सपना केवल सपना मात्र बनिरहेको हुन्छु ', कुरा थाले, 'पहिलो पटकमै मैले त्यो अवसर पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।' यद्यपि उनलाई भाग्यमा भन्दा निकै बढी कर्म र लगनशीलतामा विश्वास छ रे । सायद त्यसैले पनि विकट बाग्लुङको सामान्य ठिटो बाग्लुङेबाट एमआइटिएन बन्ने क्रममा छन् । 'मेरो परिवार आर्थिक रुपले विपन्न हुनाले नै मलाई पढाइमा राम्रो गर्ने झकझकायो', प्रमोदले सम्झे । उनले अहिलेसम्म पढ्नलाई परिवारबाट पैसा माग्नु परेन । सधैका प्रथम उनी कक्षा १० सम्ममा जम्मा दुई पटक मात्र दोस्रो भए । सिसिआरसी काठमाण्डुबाट गत वर्ष प्लस टु सकेका उनले त्यहाँ पनि राम्रै गरे । तर माक्स्र चाहिँ अपेक्षा गरेभन्दा निकै कम ८१.८० प्रतिसत आयो रे । आशावादी उनले भने 'त्यसयता मलाई अंक केही रहेनछ भन्ने लाग्यो । हुन पनि म पहिल्यैदेखि कन्सेप्टमै बढ्ता ध्यान दिन्थेँ ।' अन्ततः अमेरिकामै बस्ने एकजना दाइले उनलाई अमेरिका आएर पढ्न सुझाएपछि उनको ध्यान एकोहोरो त्यतैमात्र लाग्यो । 'तर', भने, 'एमआइटी एप्लाई गर्छुभन्दा मलाई हौसला दिने कोही भएन ।' उनले 'एमआइटी पढ्ने योजना छु' भन्दा साथीभाइ शिक्षक शुभेच्छुकहरु र अब्रोड इ_िन्स्टट्युटका मानिसहरु समेत हाँसोमा उडाउँथे । तर उनले हार मानेनन् । ुत्यसपूर्व नै मैले इन्टरनेटमा धेरै रिसर्च गरिसकेको थिएँु थपे ुएमआइटीले स्याट र कलेजको अंकमात्र नभई समग्र मूल्याङ्कन गर्छ भन्ने मैले बुझेको थिएँ ।ु उनले भर्नाको लागि आफ्ना सामाजिक कार्यहरुका अनुभव उत्कृष्ट एप्लिकेसन एस्से र उच्च स्याट स्कोरु को लागि पछिल्लो समय निकै मिहिनेत गरे । त्यसैले अहिले कहिलेकाहीँ उनलाई लाग्छ 'विजेता सधै एक्लै नै हुँदोरहेछ ।'
प्रमोदकै पंक्तिमा बिग डि्रम पछ्याउँदै गरेका ज्ञानेन्द्र श्रेष्ठ २५ लाई हामीले भेट्दा त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर बाहिर सिमसिम पानी परिरहेको थियो । तर पनि ज्ञानेन्द्र उत्तिकै हतारिँदै थिए । भने 'साउन ४ गते अमेरिका उड्दैछु । तर सपिङको काम पूरै बाँकी छ ।' भारतीय दूतावासको छात्रवृत्तिमा त्यहाँको फेमस कलेज नेशनल इन्स्टीच्युट अफ टेक्नोलोजी एनआईटी गुजरातमा इलेक्ट्रोनिक्स इन्जिनियरिङका गोल्ड मेडलिस्ट ज्ञानेन्द्रले अमेरिकास्थित भर्जिनिया टेक युनिभसर्िटीको यात्रा तय गरिसकेका छन् मास्टस्रका लागि । इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फ अमेरिकाको १८ औं र् याङकिङमा पर्ने सो युनिभसर्िटीले उनलाई वार्षिक ३१ हजार अमेरिकी डलरको छात्रवृत्ति दिएको छ । यत्ति राम्रो युनिभसर्िटीमा पढ्ने सौभाग्य कसरी मिल्यो त? 'मलाई बिई नसक्दै भारतको तेस्रो ठूलो आईटी कम्पनी वाइप्रोले जागिरका लागि अनुबन्धित गरेको थियो', २५ वर्षेले भने 'तर समयमै लिइएन ।' बिई सक्दाको समय उनका लागि सोचेजस्तो अनुकुल भइदिएन आर्थिक मन्दीको असरले गर्दा उक्त कम्पनीले १ बर्ष ढिलो मात्र उनलाई काम दिने भएपछि उनी नेपाल फर्के । यहाँ आएपछि उनमा झनै बैराग चल्यो । भने 'यहाँ योग्यतालाई भन्दा नातावादलाई प्राथमिकता दिँदा २ वटा कलेजले एसिस्टेन्ट लेक्चररमा समेत काम दिएनन् ।' त्यही ठक्करले सायद उनको डि्रम झन् ठूलो भएको उनी ठान्छन् ।
अन्ततः उनले थुप्रै युनिभसर्ीटीमा मास्टस्र पढ्नको लागि एप्लाइ गरे । 'भर्जेनियाले गजबको स्किम दियो', अनि त उनी दङ्ग । त्यहाँको अध्ययन पश्चात रिसर्च साइन्टिस्ट बन्न चाहन्छन् ज्ञानेन्द्र । तर उनलाई देशको राजनीतिक अस्थिरताले सधै पिरोल्दोरहेछ । 'देशको राजनीति स्थिर भएमा मात्र हामी ईाजनियरको काम हुन्छु'. दिक्किएको स्वरमा भने, 'त्यसैले हामीलाई काम गर्न दिन पहिले राजनीतिज्ञहरुले आफ्नो काम सक्नुपर्छ ।'
प्रमोद र ज्ञानेन्द्रझैं सपना ठूलो देखेता पनि त्यसलाई पछ्याउन समीर अमिर कंसाकार २१ लाई केही बढ्ता समय लाग्यो । प्लस टुपछि मात्रै ३ वर्ष उनले राम्रो कलेज पाउन लसु गरे । 'तर अन्त्यमा मैले पाएँ नि', समीरले लामो सास फेरे 'सपना ठूलो देख्नेले संघर्ष पनि ठूलै गर्न सिक्नुपर्ने रहेछ ।' उनी यही महिना अमेरिकाको ८ औं र् याङकिङमा पर्ने कर्लटन कलेज मिन्नेसोटा हान्निँदैछन् जहाँ उनले बाइलोजीमा स्नातक गर्नको लागि वार्षिक ५२ हजार डलर बराबरको छात्रवृत्ति पाएका छन् । हिमालयन ह्वाइटहाउस कलेजमा प्लस टु पढ्दाखेरी नै इरानमा सम्पन्न साना वैज्ञानिकहरुको भेला जुनियर फिजिक्स ओलम्पियाडु मा नेपालबाट पहिलोपटक प्रतिनिधित्व गर्दै जाने अवसर पाएका उनलाई बिग डि्रम देख्नको लागि त्यही नै टर्निङ पोइन्ट भयो । त्यहाँ स-साना विद्यार्थीको प्रस्तुति देखेर उनलाई ुपढ्नु त यसरी पो त भन्ने भावना जागेको थियो रे । र काठमाण्डुं खाल्डोका उनलाई त्यसैबेलादेखि लाग्यो 'सपना ठूलो पनि हुन सक्छ ।'
यद्यपि मध्यम शिक्षित परिवारका उनलाई विदेश जान लाग्ने महँगो लगानीबारे बुझाउनु निकै गाह्रो काम हुन्थ्यो अझ उनी त्यसअघि सधै छात्रवृत्तिमा पढ्ने बानी परेका विद्यार्थी । त्यसैले पैसाको जोहो गर्न उनले दुई महिना रातको २ देखि विहानको ८ बजेसम्म कल सेन्टरमा काम गरे र १ वर्ष स्कुलमा पढाए पनि । धेरैले उनलाई लफङ्गियो बिगि्रयो पनि भने । भन्छन्, 'आफू कुन बाटोमा जाँदैछु भन्ने मलाई राम्रोँ थाहा थियो । 'त्यसबिचमा उनले पढ्न चाहेका धेरै राम्रा कलेजले रिजेक्ट पनि उत्तिकै गरे । तर पनि सपना ठूलो बनाइसकेका उनी पछि हटेनन् ।
यता वेलेन्सली कलेजअमेरिकामा पूर्ण छात्रवृत्ति पाएर सुरभी राजभण्डारी लिबरल आटस्मा स्नातक गर्न अगस्टमा त्यता हान्निँदैछिन् ।यो कलेज अमेरिकामा लिबरल आर्ट्सतर्फ चौथोमा पर्छ । १६ वर्षे कलिलो उमेरमै घर छाडेकी उनलाई अमेरिका कुनै नौलो भने होइन । 'बि्रटिस स्कुल झम्सीखेल बाट ओ लेभल सक्नेबित्तिकै मैले अमेरिकाकै युनाइटेट वल्र्ड कलेजमा नेपालबाट एक्लै छानिएर प्लस टु सरहको इन्टरनेशनल ब्याक्यालुरेट आइबि पढ्ने अवसर पाएकी थिएँ', १८ वर्षियाले आखा झिमझिम पारिन , 'सायद त्यसैले मलाई भिन्न दुनिया र फरक पढ्ने तरिकासँग परिचित बनायो ।' उनले त्यहीँबाटै नै वेलेन्सली कलेजका लागि एप्लाई गरेकी हुन् । युनाइटेड वल्र्ड कलेजबाट वेलेन्सीमा छानिनु नै प्रतिष्ठाको बिषय हुँदोरहेछु सम्झिइन्, त्यसैले मेरो ५० प्रतिसत छात्रवृत्ति सोही कलेजले ब्यहोर्दैछ ।' यद्यपि उनको पारिवार भने कमजोर पृष्ठभूमिको छैन । मर्कन्टाइल कम्युनिकेसन उनको पारिवारिक व्यवसाय हो । उनले पढ्नकै लागि पैसाको कारण रोकिनु पनि पर्दैन । 'तर', भन्छिन्, 'म आफ्नै मिहिनेतले जीवनमा स्थापित हुन चाहन्छु ।' उनका अनुसार विश्वका टप कलेजमा पढ्नका लागि मार्कसिटमा धेरै अंक भएर मात्र हुँदैन । विद्यार्थीको सिर्जनशीलता र पढाइ प्रतिको समग्र लगनशीलता पनि उनीहरुले खोज्छन् ।
अर्थशास्त्रमा उच्च शिक्षा सकेर अन्ततः नेपाल नै फर्कने उनको योजना छ । राजनीति पनि उनको रुचिको क्षेत्र हो । 'अमेरिकी विदेश मन्त्री समेत पढेको कलेजमा जाँदैछु सायद त्यहाँको वातावरणले नै राजनीतिज्ञ पो बनाउँछ कि', उनको हाँसो लामो समयसम्म चलिरह्यो । यी चारै जना विद्यार्थीको एउटै मन्त्र हो डि्रम बिग !
Cover story From HELLO SHUKRABAR (kantipur. Click HERE for e-paper.
No comments:
Post a Comment