Thursday, August 5, 2010

दृष्टिविहीनका सारथी

‘पूल्चोक इञ्जिनियरिङ्ग क्याम्पसका बिद्यार्थीले अन्तिम बर्षमा फाइनल प्रोजेक्ट गर्नुपर्ने हुन्छ’, विवेकराज श्रेष्ठ सम्झन्छन्, ‘कसले कसको भन्दा भिन्न र राम्रो गर्ने भन्नेमा त्यसबेला खुबै प्रतिसपर्धा हुनेगर्छ ।’ उनका अनुसार अधिकांशले इन्टरनेटमा राखिने जानकारीका सहायताले अरुले बनाइसकेका प्रविधिलाई नै पच्छ्याउ“छन् । तर उनी त्यही लयमा मोडिन चहादैंनथे । भिन्न प्रोजेक्ट गर्नु त थियो नै, त्यसबाहेक समाजसेवा पनि होस भन्ने उनको चहाना थियो । यस्तै सोचिरह“दा उनको ध्यान टेलिभिजनमा आउने दृष्टिविहीनबारेको सामाजिक विज्ञापनमा प¥यो र सायद उनको लागि ‘ब्रेल ट्युटर’ बनाउन त्यसैले नै उत्प्रेरणाको काम ग¥यो । यद्यपि त्यो बनाउने उनी एक्ला भने थिएनन् । उनकै सहपाठीहरु सम्पूर्ण भट्टचन, सुशिल अधिकारी र स्वप्निल रञ्जित समेत निर्माण दलमा थिए ।

आखिर के गर्छ त ‘ब्रेल ट्युटर’ले ? अनि यसको आवश्यक्ता नै किन प¥यो ? हेलो शुक्रबारले उनीसामु राखेका यी प्रश्नका जवाफ दिनुपूर्व उनी झण्डै २ बर्ष पहिलेको एउटा घटना सम्झन चाहे । ‘दृष्टिविहीनलाई सहयोग पुग्ने केही प्रविधि बनाउने निधो गरेपछि हामीहरु काठमाण्डौंको बल्खुस्थित लेबोरेटोरी स्कुल पुगेका थियौं जहा“ केही दृष्टिविहीनलाई पनि राखेर पढाइन्थ्यो’, विवेक भन्छन्, ‘तर त्यहा“ उनीहरुले ब्रेल सिकेको तरिका हेर्दा हाम्लाई लाग्यो ब्रेल पढ्नु र पढाउनु दुवै निकै जटिल कामहरु रहेछन् ।’ त्यसैले पनि ब्रेल सिक्न र सिकाउनमा उपयोगी हुने प्रविधि बनाउने निर्णयमा उनीहरु पुगेका थिए । उनीहरुका अनुसार ब्रेल सिकाउनु आफैमा एउटा गाह«ो काम हो, त्यसमा पनि हामीकहा“ प्रयोग भइरहेका पुराना एवं परम्परागत शैलिले त यसलाई झन् जटिल बनाइरहेको छ । ‘आफ्नो दृष्टि गुमाएका मान्छेहरु प्रायः त्यसै त जीवनप्रति निराश भइराखेका हुन्छन्’, सम्पूर्ण थप्छन्, ‘अझ त्यसमा पनि झ्याउलाग्दा र झन्झटिला तरिकाले ब्रेल सिकाउनतर्फ लाग्ने हो भने त झन् बढ्ता फ्रस्टेसन उत्पन्न गराउ“छ ।’ सम्पूर्णका अनुसार हामीकहा“ अन्य साधारण कक्षामा पढाएझैं धेरै बिद्यार्थीलाई एकैसाथ राखेर ब्रेल सिकाउन सकि“दैन । एउटा शिक्षकले एक पटकमा एउटा मात्र दृष्टिविहीन बिद्यार्थीलाई पढाउन सक्छ । त्यसमा पनि ब्रेल सिकाउने शिक्षकले ब्रेल लिपी जान्नैपर्ने अर्को समस्या छ । ‘ब्रेल लिपी भनेकै साधारण सतहबाट माथि उठेको भागलाई छामेर सिक्ने प्रकृया हो’, शुशिलले भने, ‘यहा“ फलामका किला राखी तिनलाई नै छामेर अक्षर चिन्न सिकाइन्छ ।’ त्यसक्रममा त्यसै त आ“खाले नदेख्ने बिद्यार्थीहरुको हातमा घोचेर घाउ बनाइरहेको हुन्छ ।

चारै जना इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनियरिङ्गका बिद्यार्थी रहेका उनीहरुले तिनै परम्परागत शैलीमा रहेका समस्यालाई आधुनिक बनाउन कम्प्युटरको सहारा लिएर सुल्झ्याउने काम गरे । माइक्रोफोनको सहायताले अक्षर उच्चारण गर्दा कम्प्युटरले ‘भ्वाइस डिटेक्ट’ गरेर साथै जोडिएको ‘ब्रेल मेसिन’मा ब्रेल लिपीमा उक्त शब्द देखिन्थ्यो । जसलाई बिद्यार्थीहरुले छामेर सिक्न सक्थे । ‘तर’, उनीहरु भन्छन्, ‘उनीहरुले त्यसरी उच्चारण गर्ने अक्षरहरुमा वरपरको वातावरणका ध्वनि पनि मिसिनाले ७५ प्रतिसत मात्र सफल देखियो ।’ त्यसैले उनीहरुले फेरी अर्काे तरिका सोचे जसमा किबोडमा गरिने क्लिकले कम्प्युटरस“ग जोडिएको ब्रेल मेसिनमा बेल लिपीमा अक्षर निस्कन्थ्यो । अघिल्लोजस्तो यसमा स्वयं दृष्टिविहीनहरु सहभागि हुन नसकेता पनि ब्रेल नजान्ने शिक्षकले यस प्रविधि प्रयोग गरेर दृष्टिविहीनलाई पढाउन सक्छन् । विवेक भन्छन्, ‘एउटै कम्प्युटरलाई धेरै ब्रेल मेसिनहरुस“ग जोडेर एकै समयमा धेरै बिद्यार्थीहरुलाई पनि ब्रेल सिकाउन यसबाट सम्भव छ ।’ यसरी गर्दा अघिल्लोमा जस्तो समस्या पर्दैन र यो पूर्णतया सफल छ ।

उक्त ‘ब्रेल ट्युटर’ हाल प्रारम्भिक पुर्नस्थापना केन्द्र (इआरसी), लगनखेलमा राखिएको छ । जहा“ ९ दृष्टिविहीन बिद्यार्थीहरुले ब्रेल अध्ययनमा त्यसलाई उपयोग गर्न पाइराखेका छ । ‘शुरुमा परिक्षण प्रयोगका लागि हामीले दिएकोमा अहिले त्यसले राम्ररी काम गरिरहेको पाएका छौं’, स्वप्निल भन्छन्, ‘जसलाई व्यावसायिक रुपमै बिकास र प्रबर्धन गर्न सकेमा दृष्टिविहीनहरुका लागि यो बरदान नै सावित हुन सक्छ ।’ छिटै उनीहरु एक कार्यक्रम गरेर इआरसीलाई औपचारीक हस्तानतरण गर्दैछन् भने ब्रेल ट्युटरलाई अझ राम्रो बनाउन अध्ययनलाई उत्तिकै जारी पनि राखेका छन् ।

‘हामीले यसरी नया“ तरिकाका प्रोजेक्ट गर्नुर्को अर्को उद्देश्य पूल्चोक क्याम्पसको प्रोजेक्ट गर्ने शैलीमा पनि परिवर्तन ल्याउनुपर्छ भन्ने थियो’, अहिले विवेक आफ्नो कामले थोरै भए पनि नया“ परिपाटीको बिकास गर्न सकेकोमा दंग छन् । भन्छन्, ‘यसैसाल मात्र ३ वटा नया“ प्रोजेक्ट दृष्टिविहीनहरुलाई नै लक्षित गरेर बनाइदैछन् ।’
via Hello Shukrabar (KANTIPUR) dated 21th shrawan, 2067

No comments:

Post a Comment