Thursday, August 5, 2010

साथीका मनका कुरा

kala dhahal
swarnima 
sabin 
ssyus 
suyog  
झम्सिखेल, ललितपुरस्थित इक्वेल एक्सेस नेपालको एउटा कोठामा ५ तन्नेरी चिन्तित देखिन्छन् । भुइमा गोलाकार भएर बसेका उनीहरुको अगाडि हुलाक र इमेलबाट पठाइएका चिठीहरुका थाक उत्तिकै छन् । झट्ट हेर्नेलाई लाग्न सक्छ, उनीहरु स्वयंलाई केही समस्या परिरहेको छ । तर समस्याहरु भने उनीहरुजस्तै उमेरका युवा तथा किशोर किशोरीहरुको हो । आफ्नो जवानीमा आइपर्ने शारीरिक, मानसिक एवं अनेकन विषयमा देशका कुनाकाप्चाका तन्नेरीले पठाएका समस्याहरु रेडियो कार्यक्रम ‘साथीस“ग मनका कुरा’ मार्फत सुल्झ्याउन उनीहरु ब्यस्त छन् । जुन रेडियो नेपालको केन्द्रीय प्रशारण र देशभर छरिएर रहेका ३१ एफएम रेडियोहरुले फरक फरक समयमा गरेर साप्ताहिक रुपमा प्रशारण हुन्छ ।

४५ मिनटको कार्यक्रमको अनौपचारिक संचालन शैली नै यसको बिशेषता हो । मुख्य रुपमा एकपटकमा २ जना प्रस्तोताहरु हुनेगर्छन्, जो शुरुदेखि नै झगडा गरेजस्तो, कसैको कुरा कटेजस्तो वा त्यस्तै जेपीटी गफ गरेजस्तो (चिया पसलमा हुनेझैं गफ) लाग्छ । तर त्यसैले नै त्यसदिनको कार्यक्रमको बिषयको लागि भूमिका बनाएको हुन्छ । बिचमा आउने झण्डै २० मिनेटको नाटक, साथीहरुका समस्याहरुबारे छलफल र जा“दाजा“दै उपयोगी ‘टिप्स’हरु रेडियो कार्यक्रमले समेट्छ । ‘हामीले साथीहरुका समस्या पढेपछि यही नै गर्नुस भनेर कहिल्यै भन्दैनौं’, प्रस्तोता साथी सुयोग ढकाल, २२, ले भने, ‘आफैलाई समस्या परेझैं विभिन्न सुझावहरु गफकै पारामा राख्छौं ।’ कार्यक्रममा उनीहरुका कुराहरु सुन्दा त्यसै गफगाफ गरेझैं लाग्ने गरेता पनि हप्ताभरको चरणबद्ध तयारी र छलफलबाट निस्केका निश्कर्षहरु हुनेगर्छन् । साथी सुयोग थप्छन्, ‘अर्ती उपदेश दिएर युवाहरुका समस्या समाधान गर्न सकि“दैन भन्ने बुझेरै कार्यक्रमको यो ढा“चा बनेको हो ।’

त्यसो त उनीहरुकहा“ मासिक २ हजारजती एसएमएसहरु, १ हजार जति चिठीहरु र डेढ सय जतिको हाराहारीमा  इमेलहरु आउ“छन् । ‘त्यती धेरै पत्रहरु ४५ मिनेटको रेडियो कार्यक्रमले समेट्न सक्छ त ?’ हाम्रो प्रश्न नसकि“दै अर्का साथी कला दाहाल, २०,  बोल्न तम्सिन् । ‘सकिने कुरै भएन नि’, ठट्यौलो पारामा भनिन्, ‘तर पनि हामी  सक्छौं ।’ कलाका अनुसार समस्याका प्रकृतिहरुलाई ५२ भागमा बिभाजन गरिएको छ र कार्यक्रममा एकै प्रकृतिका धेरैका समस्यालाई समग्र रुपमा सम्बोधन गरिन्छ । उनका अनुसार चिठीहरुको अधिक सङख्याले नै यसको ‘भाग’ बनाउने गर्छ । कार्यक्रमको ‘नाटक’ त्यस्तै हो जसले धेरैजनाले भोगेका समस्याहरु उनीहरुको ‘आफ्नै लाग्नेगरी’ उत्पादक टिमले बनाउ“छ । ‘र नाटकमा समस्यास“गै हुने समाधान नै उनीहरुलाई दिने  सुझाव हुन्’, कलाले थपिन्, ‘त्यसका अलावा हरेक चिठी र इमेलको जवाफ हामी उनीहरुलाई पठाउ“छौं ।’


१९९७ मा संयुक्त राष्ट्रसंघिय बालकोषले (युनिसेफ) सातवटा जिल्लाका एक हजार चार सय ‘टिनएजर्स’ हरुमा गरेको अध्ययनले यस कार्यक्रमको अवधारणा जन्माएपछि २००१ को अप्रिलदेखि निरन्तर यो कार्यक्रम प्रशारण भइरहेको छ । तन्नेरीका कुरा तन्नेरीले नै राम्ररी समाधान गर्न सक्छन् भनेर यसका संचालकहरु पनि सोही उमेर समूहबाट छानिएर आएका छन् । ‘धेरै समस्याहरु त हामीहरु स्वयंले सामना गरिरहेकाहरुस“ग मिलिरहेका हुन्छन्’, साथी स्वर्णीमा श्रेष्ठ, २२, भन्छिन्, ‘साथीहरुका चिठीहरु पढ्दा कहिलेकाही“ त लाग्छ म आफ्नै समस्याहरुस“ग जुधिरहेकी छु ।’ त्यसैले पनि स्वर्णीमालाई आजकल आफ्नो कामले आफैलाई जीवनमा धेरै गाइडेड गरेजस्तो लाग्छ ।        ‘शहरमा बसेर इन्टरनेटको दुनियामा रम्नेहरुदेखि लिएर बिकट एवं दुर्गम गाउ“का भिरपाखामा घा“स काट्नेहरु सम्मले बरोबरी चिठीहरु पठाउनु नै हाम्रो कार्यक्रमले युवाहरुलाई समेट्न सकेको बलियो प्रमाण हो’, उत्पादन टोलीका नाइके साथी सविन सिंह, २६, ले भने, ‘चाहे त्यो गाउ“का युवा हुन् या शहरका सबैले भोग्ने समस्या उही हुन्छन≤ मात्र समस्याका प्रस्तुति फरक हुन्छन् ।’ सविनका अनुसार यौन, करिअर, पारिवारीक कलह, प्रेमप्रशंगका बिषयहरुलाई राम्ररी ‘ह्याण्डल’ गर्न नसक्दा तन्नेरीहरुले समस्या व्यहोरीरहेका छन् । 

‘तन्नेरीहरुले आफ्ना समस्या आफैस“ग गुम्स्याएर राख्दा झन् समस्याहरु थपिने र बल्झिने सम्भावना हुन्छ’, साथी आयुश जोशी, २१, ले भने, ‘त्यसैले धेरैले त्यस्ता समस्याहरु आफ्ना मिल्ने साथीस“ग साटिरहेका हुन्छन् ।’ तर कतिपयले आफ्ना मिल्ने साथीहरुस“ग नि साट्न नसकेका कुराहरु रेडियो कार्यक्रमलाई पठाउ“दा श्रोता साथीहरुको मनमा राम्ररी भिज्न सकिएछ भनेर खुसी लाग्ने आयुशको अनुभव छ । उनीहरुकहा“ आउने अर्को समस्या अभिभावक र छोराछोरीबिचको ‘जेनेरेसन ग्याप’ पनि हो । ‘एकताका त एउटी हजुरआमाले समेत चिठी लेखेर नातिनीले आफ्नो कुरा नबुझ्ने दुःखेसो पोखेकी थिइन’, सुयोगले सम्झिए । त्यस्तै काभ्रेबाट एउटी केटी साथीले पठाएको पत्रमा एसएलसी सक्नासाथ बाबुआमाले बिहे गरिदिन लागेको समस्या थियो । ‘आफ्ना आमाबुवा समेत बसेको ठाउ“मा उनले कार्यक्रम प्रसारण भइरहेको बेला उनले रेडियो पु¥याइन र हामीले आफ्ना कुराहरु प्रभावकारी ढंगले राख्यौं’, स्वर्णीमाले भनिन्, ‘बिहेको कुरा त हरायो नै, अहिले उनी प्लसटु सकेर स्नातक पढ्ने धुनमा छिन् ।’

कार्यक्रमका शुरुवाती दिनहरु भने सुखद थिएनन् । ‘यौन, प्रेमप्रसंगजस्ता बिषयमा कार्यक्रम केन्द्रीत गर्दा तन्नेरी बिगार्ने रेडियो कार्यक्रम भन्ने आरोप धेरैतिरबाट खेप्नुप¥यो’, पूर्व प्रस्तोता साथी कौस्तुभ पोखरेल ति दिन सम्झन्छन्, ‘गाउ“घरमा तन्नेरीहरु घरमा बाबुआमास“गै बसेर सुन्न पनि हिचकिचाउ“थे ।’ उनका अनुसार बिस्तारै कार्यक्रम सुन्नकै लागि उनीहरु संगठित बने । सबैले थोरैथोरै पैसा उठाएर रेडियो किन्न थाले । ‘कार्यक्रम प्रसारणको समय सबैजना गाउ“को चौतारी वा अन्य निश्चित ठाउ“मा भेला भएर सुन्न थाले’,पोखरेल थप्छन्, ‘सायद त्यसरी नै रेडियो स्रोता क्लबहरु स्वतस्फुर्त रुपमा स्थापना हुन थालेका हुन ।’ हालसम्म साथीस“ग मनका कुराको देशभरमा एक हजार बढि स्रोत क्लबहरु छन् । उनीहरुले धेरै युवा सचेतना कार्यक्रमहरु र पत्रपत्रिकाहरु पनि निकाल्छन् । कार्यक्रममा साथीहरुले पठाउने समस्याहरु पनि समयस“गै अहिले परिवर्तन हु“दैछन् । कौस्तुभका अनुसार पहिलेपहिले यौन, एचआइभी एड्स, पारिवारीक द्वन्द्वजस्ता समस्याकै वरपर घुम्ने कार्यक्रमका बिषयहरुमा आजकल करिअर, राजनीतिजस्ता बिषयहरु थपिएका छन् । तपाईंहरु मध्ये पनि कसैलाई यस्ता केही समस्या परिराखेको छ भने साथीस“ग मनका कुरालाई चिठी लेखिहाल्नुस । सविन, स्वर्णीमा, आयुस, सुयोग र कला तपाईंहरुको चिठी कुरेर बसेका छन् । 

via Hello Shukrabar (KANTIPUR), dated 21th shrawan, 206

1 comment:

  1. Nice to know that this programe is still running on Radios. I used to listen to it around 2000 AD. There were two people Sushma and Toya.

    Your blogs and writings are great but template you choose made little difficult to me to concentrate on the subjects.

    Visit me: http://talkingforum.wordpress.com/

    ReplyDelete