Friday, August 13, 2010

डिग्री दोधार

‘केटीमा इन्ट्रेस्ट छैन यार’, उसले त्यसो भन्दैगर्दा साथै रहेका साथीहरु उसलाई जिस्क्याउदै थिए । ‘त्यसो भए त“लाई आजकल केटाहरुमै ‘इन्ट्रेस्ट’ लाग्न थालेछ है’, अर्कोले थप्यो, ‘डाक्टरलाई देखाइहाल, यो त राम्रो संकेत हैन नि ।’ उनीहरुको चिया गफमा हा“सोको लामै फोहरा छुट्यो  । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयसगै रहेको क्यान्टीनमा म पनि चियाको चुस्कीसगै अर्को कुनाबाट उनीहरुको रमिते बनेर गफ सुनिराखेको थिए । सबैका हातमा रहेको शोधपत्रले उनीहरु स्नातकोत्तर सक्न लागेका बिद्यार्थीहरु हुन् भन्ने सजिलै प्रस्ट्याउथ्यो । तर पनि त्यो ‘केटीमा इन्ट्रेस्ट नभएको’ बताउने केटातर्फ मेरो ध्यान बढ्तै खिचिएको थियो । म जान्न चहान्थे उसको नैराश्यताको कारण । तर पनि एउटा अपरिचितस“ग पहिलो भेटमै व्यक्तिगत बिषयमा अन्तरवार्ता लिन सक्ने आट ममा थिइन ।

साथीहरुबिच जमिरहेको हासीमजाकको वातावरणमा पनि ऊ मौनप्रायः देखिन्थ्यो । त्यस्तो नैराश्यता प्रेममा ट्रेजिडी परेका साथीहरुमा मैले देख्ने गरेको थिए । तर उसले शुरुमै भनेको कुराले स्पष्ट भनिसकेको थियो कि त्यहा मामिला प्रेमभन्दा भिन्नै छ ।

त्यसैबेला मेरो अर्को मनले केही समयअघि गरिएको एउटा त्यस्तै अध्ययनको निश्कर्ष सम्झन्थ्यो जसमा भनिएको थियो– केटा वा केटीले दिनभरमा कम्तिमा १/१ घण्टाको फरकमा विपरित लिङ्गीबारे सोच्छन् । तन्नेरीहरुले मनमा धेरै खेलाउने कुरा हो, ‘कसरी केटा÷केटालाई आफूप्रति आकर्षित गर्ने’ । तर पनि लाग्थ्यो, उसको मनमा आजभोलि केटीबारे नभई अर्कै कुरा सायद हरेक मिनेटमा खेलिरहेको छ ।

उनीहरुबिचको कुराकानीलाई अलिक धेरैबेर सुनेपछि म बिस्तारै चिन्ताको कारण बुझ्दैछु । विश्वविद्यालयको पढाई सकेकोमा जति खुसी छन् त्यो भन्दा कयौं गुणा बढ्ता चिन्ता क्याम्पस जान छाडेपछि शुरु हुने नया जीवनले उनीहरुलाई (उसलाई सबैभन्दा बढ्ता) पारेको छ । सामान्य आन्तरिक परीक्षा सक्दा त ठूलो भारी बिसाएझैं रमाउने मेरो मनले सायद उनीहरुको समस्यालाई नजिकबाट अनुभव गर्न सक्दैनथ्यो । म भर्खर विश्वबिद्यालय प्रवेश गर्न लागेको बिद्यार्थी र उनीहरु विश्वविद्यालयको पढाई सक्नैआ“टेका बिद्यार्थीका सोचाइहरुमा धेरै भिन्नता देखिन्थ्यो । तर पनि उनीहरुको गफगाफले हाम्रो शिक्षा प्रणाली र बेरोजगारीको प्रतिबिम्ब राम्रैस“ग झल्काइरहेको थियो । विश्वविद्यालयबाट निश्कदा उनीहरुमा जीवनप्रति आशा र उत्साहभन्दा निराशाहरु कयौंगुणा बढ्ता थिए ।

‘हातमा डिग्रीको सर्टिफिकेट छ, तर भविष्य भने दोधारमा’, एउटाले निराशाका स्वरहरु सुनाउ“दै छ, ‘गल्फ कन्ट्री नै भए पनि जान्थे, तर डिग्री गरेको मान्छे पनि गल्फ जान्छन् त भन्छन π’ उसले थप्यो, ‘नेपालमा बस्यो एक त काम नै पाईंदैन, पाए पनि पैसा राम्रो छैन ।’ लगत्तै अर्कोले आफ्नो जागीरबारेको अनुभव सुनाउन थाल्छ । एउटा निजी कलेजमा पढाउनको लागि पुगेको उसका लागि पहिलो कक्षा नै अन्तिम पनि  सावित भएछ । ‘त्यत्तिका बिद्यार्थीका अगाडि गएर बोल्नै सकिएन’, ऊ भन्दैछ, ‘अंग्रेजीको समस्या त छंदैछ ।’ त्यसैले उसले आजभोलि विश्वबिद्यालयको मार्कसिटसग आफूलाई तुलना गर्दोरहेछ र अर्थहिन ति उच्च अंकस“ग आक्रोस पोख्छ । ‘सधै परिक्षामा उच्च अंक ल्याउनुपर्छ भन्ने बाहेक विश्वबिद्यालयले अरु के नै सिकायो र ?’, उनीहरुको गफगाफमा विश्वबिद्यालयप्रति बढ्तै आक्रोस मिसि“दैछ ।

हुन पनि विश्वविद्यालयसग विद्यार्थीमा अन्य सिर्जनात्मक क्षमता विस्तार गर्नेतर्फ कुनै चासो नै छैन । न त उनीहरुलाई स्वतन्त्र र रुपमा अध्ययन/अन्वेषण गर्न उत्पेरणा नै जगाइन्छ । मैले स्वयं कीर्तिपुरमा त्यस्ता धेरै बिद्यार्थीहरु देखेको छु जसले शोधपत्रको व्यापार गर्छन् । नगरुन पनि कसरी, मिहिनेत गरेको र बजारमा किनेको÷अरुबाट सारेको शोधपत्रहरुको एकै तरिकाले मुल्याङकन हुनेगर्छ । त्यस्तो वातावरणमा बिद्यार्थीहरु कसरी सक्षम बनेर निस्कुन त ? त्यसबाहेक सरकारसग पनि देशमा उत्पादन हुने जनशक्तिलाई कसरी उपयोग गर्ने भन्नेबारे कुनै त्यस्तो योजना छैन । जापानमा बर्षेनी लाखौंले स्नातकोत्तर सक्नेमा सरकारी एवं गैरसरकारी संस्थाहरुको समन्वयले गर्दा कोही बेरोजगार हुनु पर्दैन ।

यहा“ युवास“ग जोडिएका भाषणहरु निकै पmलाकिन्छ तर उनीहरुको मुद्दालाई रोजगारीसग जोडेर कमै हेरिन्छ । तर त्रिवि क्यान्टिनमा गफिने यी तन्नेरीहरु आफूसग विश्वविद्यालयको राम्रो डिग्री भइकन पनि जसरी रोजगार नहुनुको पीडामा पिरोलिएका छन्, त्यसले हाम्रो समग्र शिक्षा प्रणालीलाई जिल्याई पनि राखेको छ । अझ त्यसमा पनि गैरप्राविधिक विषयहरु पढ्नेहरु केहीगरी कतै जागीर नपाए स्वतन्त्र रुपमा केही गर्न सक्ने हु“दैनन् । तर विकसित मुलुकहरुमा जीवनयापनका लागि सहायकसिद्ध अध्ययनप्रणाली हुनाले जागीर नै नपाए पनि कमै बेरोजगार हुनेगर्छन् ।

मैले उनीहरुका कुरालाई पच्छ्याउन थपेको चियाको दोस्रो कप पनि मैले रित्याइसकेको थिए“ । तर जागीरको चिन्ताले गर्दा नैराश्यिएको त्यो ‘केटीमा इन्ट्रेस्ट नहुने’ केटाको मन अझै पिरमै रुमल्लिएको थियो । म मात्र मनमनै कामना गर्न सक्थे– उसले छिट्टै जागीर भेटोस् र अहिले हरेक समय करिअरको पिरमा अल्झने उसको मनले केही समय केटीहरु बारे पनि सोचोस् ।

Via Hello Shukrabar (KANTIPUR) dated 28th Shrawan, 2067 

Click here For e-paper view

No comments:

Post a Comment