Thursday, August 19, 2010

चाँदीको घेरा

मनोजकुमार भुसाल र प्रकाश खनालबिचको समानता समकालिन हुनु मात्र थिएन । स्कुले सहपाठी कपिलबस्तुका प्रकाश र अर्घखा“चीका मनोजका धेरै विचारहरु पनि एक आपसमा खुबै मिल्थे । सानैदेखि दुवैको सपना हुन्थ्यो– साझा सामाजिक उद्देश्यको लागि काम गर्ने । तर समयले उनीहरुबिचको दूरीलाई एकाएक बढायो । सामाजिक बिज्ञानमा स्नातकोत्तर गर्न मनोज फिनल्याण्ड पुगे । यद्यपि बाल्यकालदेखिको उनीहरुको त्यो सपनामा फिनल्याण्ड–काठमाण्डौंको दूरी बाधक बनेन । मनोजले फिनल्याण्डमा रहेका नेपाली बिद्यार्थीहरु सोम चौलागाईं, सुदीप जोशी र दिनेश पौडेललाई साथ लिएर गैर नाफामुलक सामाजिक संस्था ‘सिल्भर लाइनिङ्ग क्रियसन’ स्थापना गरे जसको दक्षिण एसिया च्याप्टरको नेतृत्व अहिले प्रकाशले नेपालमै सचिवालय खोलेर गरिराखेका छन् ।
हालैको एक साझ काठमाण्डौंको ठमेलस्थित ह्वाइटहर्स क्याफेमा प्रकाश र उनको टोलीसग अन्तरवार्ता लिइरह“दा बाहिर साउने झरी दर्कदो थियो । उनीहरु भने आफूहरुले पछिल्लो पटक सडक बालबालिकामा केन्द्रीत भएर निर्माण गरेको वृत्तचित्र ‘स्याडोज अफ डि स्ट्रिट’को प्रबद्र्धनको योजना बुन्दै थिए ।

‘हामीहरुको उद्देश्य नै अल्पविकसित र विकासोन्मूक देशका सवालहरुमा काम गर्ने हो’, प्रकाश भन्छन्, ‘यहाका समस्याहरु र भएका राम्रा प्रयासलाई सबैले नजिकबाट जान्नु आवश्यक छ ।’ उनका अनुसार विकसित देशहरुले विकासोन्मूक देशरुलाई सधै गरिबी, भोकमरी, अशिक्षासग मात्र जोडेर हेर्नु हुदैन । जसको उत्तर उनीहरुको सस्थाको नामसगै जोडिएर आउछ– कालो चन्द्रमा पनि छेउतिर चादीको घेरा हुन्छ । जसक्रममा बंगलादेशमा ससाना ऋणि र लगानीकर्ताहरु रहेको ग्रामीण बिकास बैंकको सफलताको कथालाई केही समयअघि उनीहरुले आफ्नो वृत्तचित्र ‘माइक्रो ड्रिम्स’मा सगालेका थिए । त्यसबाहेक उच्च शिक्षाका लागि विदेश जादा नेपालीहरुले प्रायः भोग्ने समस्याहरुलाई संगालेर बनाइएको ‘थर्ड जेनेरेसन’ उनीहरुको अर्को महत्वपूर्ण वृत्तचित्र हो । सिन्धुपाल्चोकको एक स्थानिय जातिमा रहेको विकृति एवं नसुनिएका कथाहरु समेटेर ‘द व्याङकरिज’ पनि बनाए ।
सिल्भर लाइनिङ्ग क्रियसन आफैमा स्वतन्त्र वृत्तचित्र निर्माताहरु, पटकथा लेखकहरु, बिकास कार्यकर्ताहरु, लेखक र बिद्यार्थीहरुको स्वयंसेवाबाट चलिरहेको छ जसमा विश्वभरका २०० युवाहरुको संलग्नता छ । संजिव दहाल भन्छन्, ‘हामी सबै आफ्नो बेग्लै पेशा एवं व्यावसायस“ग सम्बन्धित छौं ।’ दक्षिण एसिया समितिमै हेर्ने हो भने पनि प्रकाश आफै एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छन्, संजिव दाहाल क्याम्पसमा पढाउ“छन्, रमेश ढकाल सञ्चारकर्मी हुन् भने अंकित खनालले भर्खर विश्वविद्यालयको पढाई सकेका हुन् । यद्यपि यसको बिस्तार उनीहरुले बिस्तारै विश्वव्यापी गर्ने महत्वकांक्षी योजना पनि छ उनीहरुस“ग । ‘दक्षिण अफ्रिका, मलाभी, तान्जेनिया, युगाण्डा र क्यामेरुनमा हालसालै त्यही“का स्थानीय युवाहरुलाई समेटेर शाखा खोलिएको छ’, सिल्भर लाइनिङ्गका मुख्य कार्यकारी निर्देशक मनोजले फिनल्याण्डबाट टेलिफोनमा भने, ‘यसबाट गरिब राष्ट्रहरुको उन्नतिका लागि विश्वका कुनाकुनाबाट साझा पहल गर्न सकिन्छ ।’ मनोजकै कुरालाई साथ दिंदै अंकित खनाल थप्छन्, ‘विश्वका जतिधेरै युवाहरुलाई हाम्रो अभियानमा सामेल गर्न सकिन्छ, त्यति नै धेरै विचारहरु निर्माण हुने र कन्सेप्टहरु (अवधारणा) निस्कने त हो नि ।’ जसकै क्रममा ‘जब नागरीक रिपोर्टर बन्छन्...’ नारासहित जो कसैले आफ्नो साधारण क्यामेराबाटै (मोवाइलबाटै पनि) खिचेका भए पनि बिकास सम्बन्धी रचनात्मक सामाग्री राख्न सक्छन् । त्यसका अलावा त्रैमासिक बिकास ई–म्यागेजिन ‘ग्लोबल साउथ’ बिकासोन्मुख देशका मुद्दाहरु उठान गरिरहेका छन् । जसमा विकासस“ग जोडिएका लेख–रचनाहरु जोकोहीले योगदान गर्न सक्छन ।
मनोजका अनुसार शुरुमा सामाजिक वृत्तचित्रहरु मात्र बनाउने उद्देश्यले यो संस्था स्थापना गरिएता पनि पछि टिममा अन्य क्षेत्रमा दक्षता भएका साथीहरु पनि थपिनाले कार्यक्रमका क्षेत्रहरु पनि व्यापक बनाइयो । ‘यद्यपि हामीस“ग फिल्म मेकिङ्गमा दक्षता बोकेका साथीहरु धेरै छन्’, मनोज थप्छन्, ‘त्यसैले हामीले फिल्म मेकिङ्गमा १२ हप्ते दूरशिक्षा कक्षाहरु पनि निःशुल्क चलाउ“छौं ।’ जसको पहिलो एउटा सत्र सफलतापूर्वक संचालन भइसकेको छ । केही बर्षअघिसम्म समाजका साझा उद्देश्यमा काम गर्ने योजना बुन्दैमा रमाउने मनोज र प्रकाश आजभोलि कहिलेकाही“ ति दिन सम्झन्छन् र त्यसका लागि पाइला चालेको पछिल्लो झण्डै डेढ बर्षसग तुलना गर्छन् । प्रकाश भन्छन्, ‘छोटो समयमै हामीले राम्रो जमात पाएका छौं र हाम्रा शुरुवाती कामले उत्तिकै हौसला पनि दिएको छ ।’ उनका अनुसार थारैमात्र युवाहरु अग्रसर भएर लाग्ने हो भने पनि गरिब मुलुकहरुको विकासमा राम्रा अवधारणाहरु निर्माण भई कार्यान्योयन हुनसक्छ । उनीहरुको पछिल्लो डेढ बर्षको अनुभवले सिकाएको पनि त्यहि नै हो– विकास एक्लै होइन साझेदारीबाट मात्र सम्भव छ ।

Click here for its e-paper view

No comments:

Post a Comment