धुलिखेल बजारमा अचानक केही तन्नेरीहरु देखा पर्छन् । उनीहरुले राम्रा लुगाहरु लगाएका छन्, खुट्टामा महंगा जुत्ताहरु छन् । अनुहारमा पोतिएका क्रिम, पाउडर र शरीरमा छर्किएका अत्तरहरुले उनीहरु चिटिक्क देखिन्छन् । हातहातमा महंगा मोवाइल सेट र आइफोनहरु छन् जसले उनीहरु सम्पन्न परिवारका हुन् भन्ने सजिलै झल्किन्थ्यो । तर पनि त्यसबेला उनीहरु अर्कै कुराले पिरोलिदै थिए । दुई घण्टाभित्र केही गरी पैसा कमाउनु पर्ने थियो । घरमा स–सानो काम पनि नगरेकाहरुलाई त्यो ठूलै चुनौती थियो । दुईदिने कार्यक्रमको शुरुमै दिइएको उक्त काम गर्न नसके अगाडि बस्न नपाइने भनिएकोले उनीहरुमा दबाब पनि उत्तिकै थियो । कोहीले पाच रुपयाकै लागि होटलका भाडा माझे, कसैले बाटोमा हिडिरहेका पर्यटक एवं अन्य बटुवाहरु जम्मा पारेर ‘वि–बोइङ्ग’ देखाए, कसैले डेढ घण्टाकै लागि भए पनि ट्युसन पढाए, गाडि र बाइक पुसपास पार्दै धोए, केही सीप नलाग्नेले काठका मुडाहरु ट्याक्टरमा लोड पनि गरे । 
‘हामीले सोचेकै थिएनौं, त्यो यति राम्रो हुन्छ भनेर’, शौनक भट्ट, १९, भन्छन्, ‘पैसाको महत्व बुझाउने हाम्रो त्यो सेसन पूर्णतः सफल भयो ।’ दुई घण्टामा त्यसरी उनीहरुले जम्मा पारेको आठ सयले त्यही“को २ जना विपन्न विद्यार्थीलाई बर्षभर पुग्ने स्टेशनरी सहयोग गरे । ‘त्यसबेला जम्मा भएको पैसा थोरै भएता पनि धेरैको जीवनकै पहिलो कमाई थियो’, शौनक थप्छन्, ‘आफ्नो पहिलो कमाई त्यसरी सामाजिक कार्यमा योगदान पु¥याउन पाउ“दा उनीहरु दंग थिए ।’ 
त्यसो त धुलिखेल रिसोर्टमा उनीहरुको समूह ‘इलोभेसन फर अवेयरनेस, एक्सन एण्ड एक्टिभिजम’ ले २३ तन्नेरीहरुबिच दुई दिनभर गरेको ‘एक्टिभिजम पाठशाला’ मा नेतृत्व र जिम्मेवारीबारे नया नया कुराहरु सिके । त्यहा“ कुनै ठूलाबढा थिएनन्, न त उनीहरुलाई सिकाउने कुनै स्रोत व्यक्तिहरु नै थिए । सम्बन्धित व्यक्तिहरुसग पहिल्यै छलफल र परामर्श लिएर तयार पारिएको कार्यक्रमको ढा“चामा ‘लर्निङ्ग बाई डुइङ्ग’ तरिकाबाट दुईदिने पाठशाला सकिएको थियो । ‘त्यो एक प्रकारको धेरैमाझ रहेर आफूलाई चिन्ने कार्यशाला थियो’, सविन ज्ञवाली, १८, भन्छन्, ‘सबै फेसबुक निमन्त्रणाबाट जुटेका थियौं ।’
हुन पनि उनीहरुहको संस्था आफैमा सानो छ । शौनक, सविन, क्षितिजराज लोहनी, १८ र किशोर नेपाल, २० मिलेर यसको स्थापना गरेका हुन् । यद्यपि संस्था सानो हुदैमा उनीहरुको काम भने त्यसअनुसारको छैन । काठमाण्डौंको विभिन्न कलेजमा पढ्ने १२५ जना सकृय स्वयंसेवक उनीहरुको साथमा छन् जो आवश्यक पर्दाको बखत एउटा फेसबुक चिठीको भरमा जुट्छन् । पछिल्लो वातावरण दिवस (जुन ५) को सन्दर्भ पारेर साताव्यापी रुपमा ति सबै स्वयंसेवक जुटेर विविध कार्यक्रम गरे । ‘वातावरण सप्ताह’ को अवसरमा सातै दिन काठमाण्डौंमा सबै स्वयंसेवक जुटे । पहिलो दिन बसन्तपुर, शान्ति बाटिका (रत्नपार्क), नयाबानेश्वर, पाटनढोका र बौद्धमा विभिन्न समूह गराई ‘रोड टु रोड साइड डिस्कसन’ गरे जसमा बाटो छेउछाउ रहेर वातावरणका मुद्दामा आपसमा र बटुवाहरुस“ग रोचक पारामा छलफल र बहस गरे । दोस्रो दिन सबै जना एकै थलोमा जम्मा भई त्यही कार्यक्रम शान्ति बाटिकामा गरे । ‘तेस्रो दिनको कार्यक्रम झनै रोचक रह्यो’, सविन भन्छन्, ‘वातावरण सरसफाइमा प्लास्टिक र कवाडिहरु बटुलेर सहयोग पु¥याउने सडक बालबालिका पनि हुन भन्दै उनीहरुलाई सम्मान गरियो ।’ चौथो दिन नया“वानेश्वरमा वातावरणकै बिषयमा सडक नाटक देखाए । पा“चौं दिन नेपाल पर्यटन बोर्डमा डिस्कभरी च्यानलले निर्माण गरेको ‘प्लानेट अर्थ’ वृत्तचित्र र नेपालमा हाल सम्मकै ठूलो ‘पेपर ब्याग’ (१३.५*११.५ फिट) प्रदर्शन गरे । छैटौं दिन पाटनदेखि एन्फा कम्पेक्ससम्म प्लेकार्ड सहित ¥याली गरे । सातौं दिनको कार्यक्रम झनै रोचक थियो । मानिसका बढ्तै भिडभाड हुने ठाउ“मा स्वयंसेवहरु जम्मा हु“दै अचानक ‘फ्रिज’ (विभिन्न स्वरुपमा मुर्तिझैं उभिनु) हु“दै सबैलाई जम्मा पारेर ‘३५० गीत’ गाए । हरियाली झल्काउजे हरियो रंगले सबैका अनुहार पोतिएको थियो । एक इलेक्ट्रिक साइकल पसलको प्रायोजनमा साइकल ¥याली पनि गरे ।
‘तन्नेरीहरुलाई हामीकहा“ खाली सबैले आफ्नो स्वार्थपूर्तिको लागि मात्र प्रयोग गर्छन्’, सविन थप्छन्, ‘उनीहरुमा रहेको सिर्जनशीलता र उत्साहलाई सही तरिकाले प्रयोग नै गरि“दैन ।’ शहरका धेरै तन्नेरीहरु खाली इन्टरनेटमै झुम्मिन्छन्, आफ्नो स्वार्थमात्र सोच्छन् भन्ने सोच्नु गलत रहेको उनी बताउ“छन् । ‘समस्या उनीहरुलाई त्यसतर्फ अग्रसर हुन उत्प्रेरणा नजगाइनु हो’, सविनसगै अन्तरवार्ता दिइरहेका शौनकले थपे, ‘हाम्रो एक्टिभिजम पाठशालाले सिकाएको ठूलो पाठ पनि त्यही हो ।’ यसको सफलतासगै दशैपश्चात मासिक रुपमा फरक फरक ठाउ“मा ‘एक्टिभिजम पाठशाला’ संचालन गर्ने योजनामा छन् । उनीहरुको नया बाटोलाई शुभकामना ।
Click here for its e-paper view

 
No comments:
Post a Comment