Friday, September 10, 2010

कलेज अनुशासन


‘विदेशमा के हुन्छ मलाई थाह छैन तर नेपालमा तन्नेरीहरुलाई सबैभन्दा बढ्ता टेन्सन कलेजले दिन्छ’, काठमाण्डौंको एउटा निजी कलेजबाट भर्खर स्नातक सकेका दाईले भन्दैथिए । उनको कुराकानी कलेजमा अनुशासन र पढाईका नाममा बनाइने अनेकथरी नियमतर्फै केन्द्रीत थियो । उनलाई सुनिरहदा म स्वयं सम्झदै थिए– विभिन्न कलेजहरुमा पढ्ने आफ्ना साथीहरुसग कहिलेकाही भेट्दा हुने कुराकानीमा पनि कलेजलाई (विशेषगरी अनुशासन इन्चार्ज (डिआई)लाई) गरिने गाली र आक्रोसले बढ्तै समय लिइराखेको हुन्थ्यो । ‘पढाई त सकियोस् न, अनि देख्छन् हाम्रो पनि तागत’, धेरैजसोले यस्तो पनि भनिराखेका हुन्थे । उनीहरुले भन्ने गरेको ‘तागत’ प्रायः कलेजको अन्तिम दिन कक्षा कोठाहरु धाउने हो भने सजिलै देखिन्छ । पंखाहरुका पाता बाङ्गिन्छन्, इलेक्ट्रिक स्विच बोर्डहरु फोडिन्छन्, कक्षाकोठाका भित्तामा शिक्षकहरु र कलेजलाई जेपीटी लेखिन्छन् । तागतले भ्याएसम्म डेक्सबेञ्च भाच्न समेत पछि पर्दैनन् उनीहरु ।
आजकलका विद्यार्थीहरुमा बढ्तै अनुशासनहिनता बढ्दै गइिरहेको छ भनेर माथिको कुराको मुल्याङ्कन गरिएला । ‘कलेजभर कडा अनुशासनमा राखेर पढाईदा त झन् बढ्तै अनुशासित हुनु पर्नेमा अन्त्यमा किन त्यसो हुदैन ?’ यसतर्फ भने कमै कलेजका संचालकले सोच्ने गर्छन् । त्यो त कलेज जीवन विद्यार्थीमैत्री नबनाइदाको उनीहरुको आक्रोस हो जो कलेज जीवनभर उनीहरुले दबाएर राखेका राख्छन् । कलेजहरुको नराम्रो पक्ष भनेकै नियमहरु बनाइदा विद्यार्थीसग सल्लाह नगरिनु हो । नया जमानाका नन्नेरीहरुका लागि चाहिने नियमहरु कपाल फुलेका कलेज संचालकहरुबाट बनाइदा त्यसले कलेज वातावरण देख्दामा अनुशासित देखिएता पनि विद्यार्थीहरुले कलेजलाई सिनेमाको ‘भिलेन’लाईझैं दिनप्रतिदिन आक्रोस बढाइराहेका हुन्छन् ।
ढाइमा ध्यान केन्द्रीत गर्न सक्दैन । केटीहरुमा गाजल, नङ्ग पालिस लगाउन दिइ“दैन । गर्मीमा पनि टाई नलगाए कक्षाकोठा छिर्नै नदिने सम्मका सजाए दिइन्छ । कतिपय कलेजहरुले लाद्ने अर्को अव्यवहारिक नियम हो मोवाइल लैजान नपाइनु । कक्षाकोठामा ‘स्विच अन’ राख्न नपाइनु अर्कै कुरा हो तर आधुनिक शिक्षा दिने भन्दै खोलिएका यस्ता कलेजहरुका यी नियमहरुलाई विद्यार्थीहरु आफै सचेत हु“दै पहिल्यै मुल्याङ्कन गर्नुपर्छ । ‘फेसबुकमा के भइराखेको होला ?, गर्लफ्रेन्ड-ब्वायफ्रेन्डको के पो एसएमएस आइरहेको होला ?..’ जस्ता कुराहरु मोवाइल साथमा नहुदा पढाईको समयमा पनि बिद्यार्थीले दिमागमा खेलाइरहेका हुन्छन् जसले झनै पढाइमा ध्यान केन्द्रीत हुन सक्दैन । यस्तै प्रसंगमा केही महिनाअघि एक जना ह्याकरसग अन्तरवार्ता लिंदा उनले आफ्नो अनुभव यसरी सुनाएका थिए, ‘कम्प्युटर इञ्जिनियर बन्ने रहरले साइन्स भर्ना भएता पनि कलेजमा साइन्स पढ्नेले बास्क
लामो कपाल पाल्नु कसैको ठूलो सोख कलेज जीवनसगै रोकिन पुग्दा कलेजप्रतिको उसको ‘फस्ट इम्प्रेसन’ नै नराम्रो हुन जान्छ जसले गर्दा कलेज र त्यहा“का शिक्षकहरुप्रति उसले हृदयदेखि (देखावटी गर्ला) कहिल्यै सम्मान गर्नै सिक्दैन । अहिले काठमाण्डौं र उत्तिकै रुपमा काठमाण्डौं बाहिरका कलेजहरुले पनि कपाललाई अनुशासनस“ग खुबै जोडेर लामो (र स्टाइलिस्ट) कपाल पाल्न रोक लगाइराखेका छन् । जुन धेरै तन्नेरीहरुको चिन्ताको बिषय हो । कसैले अटेरी गरेमा कलैजमै कपाल काट्दिन्छन् पनि । कपाल मात्र नभएर जुंगा–दाह«ी पनि कलेजले बनाएको नियमभन्दा फरक स्टाइलमा राख्न पाइदैन । सुन्दामा यी कुरा सामान्य लाग्ने गरेता पनि विद्यार्थीहरुमा फ्रस्टेसन निम्त्याउने कुरा पनि हुन यी जसले गर्दा उसले
पटबल खेल्न पाइदैन भनेपछि फेरी म्यानेजमेन्टमा भर्ना भए ।’ यस्ता समस्या झेल्ने तन्नेरीहरु धेरै छन् । कतिपयले अरु कलेजभन्दा भिन्न देखिन भन्दै सार्वजनिक विदाका दिनमा समेत कक्षा चलाइराखेका हुन्छन् । अरु साथीहरु छुट्टि मनाइरहदा आफू भने जबरजस्ती कलेज आउनुपर्दा झन् मनमा तनाव भई झनै पढ्न सकिदैन । काठमाण्डौंको ट्राफिक जामले कहिलेकाही थोरै मात्र पनि ढिलो भएमा घर फर्काइदिने कलेज पनि छन् । कहिलेकाही धेरै बिद्यार्थीहरुमा पढ्ने ‘मुड’ नहुदा पनि शिक्षकहरुले जबरजस्ती लेक्चर अघि बढाउछन् । प्रभावकारी रुपमा बुझुन्न-बुझुन् पढाएर अर्को काम सक्छन शिक्षकहरुले । त्यसैले यस्ता समस्याबाट जुध्न आजकल भारतिय कलेजहरुमा विद्यार्थीहरुले ‘मास बंक’ गर्न थालेका छन् । नेपालमै पनि आजकल केही कलेजहरुले आफ्नो विज्ञापनमा ‘कपाल पाल्नमा, स्कर्ट लगाउनमा, मोवाइल बोक्नमा रोकतोक छैन’ जस्ता कुराहरु उल्लेख गर्न थालेका छन् । यो एउटा राम्रो संकेत भएता पनि फेरी यसलाई विकृतिको रुप लिन सक्नेमा पनि सचेतना आवश्यकता छ । तन्नेरीहरु खाली बिग्रीए भन्दै रट लगाउनेहरुले कमै सोच्ने गर्छन्– यो उमेरको आवश्यकता के हो भनेर । कुनै लफङ्गिएको केटाले कपाल पाल्यो भन्दैमा कपाल पाल्नुलाई नै नराम्रो सोच्ने, मोवाइलमा नचाइने गफ ग¥यो भन्दैमा सबै मोवाइल प्रयोगकर्तालाई एकै शिराबाट हेर्ने बानी त्याग्नुपर्छ । हामीले यो पनि भुल्नु हुदैन कि जहा बढि रोकतोक र दबाबमा राखिन्छ, विकृतिहरु त्यही बढ्ता जन्मिन्छन् ।


Chick here for its e-paper view

No comments:

Post a Comment