Thursday, October 7, 2010

एसएमएसमा व्यस्त औँला

"तन्नेरीहरुमा बढ्दो एसएमएस कल्चर"

समयसगै मानिसका सोचाइहरु उस्तै गरी बदलिन्छन् भन्ने उनले यसअघि सुनेका मात्रै थिए । स्वयंममा त्यसको अनुभव पनि गर्दैछन् आजकल कम्प्युटर इञ्जिनियर अमित अग्रवालले । झण्डै ७ बर्ष अगाडि पहिलोपटक मोवाइल सेट बोक्दा कुराकानी गर्न निकै रमाइलो लाग्थ्यो रे उनलाई । ‘कस्तो कन्जुस’, फोन नगरेर एसएमएस गर्नेप्रति उनले बनाउने सोचाई हुन्थ्यो । ‘तर’, २५ बर्षेले जाउलाखेलस्थित एक कफिसपमा लामो हा“सोसाथ सुनाए, ‘आजकल मलाई कन्जुस सोच्दाहुन् ।’ एसएमएस गर्नु पैसासग तुलना गर्ने कुरा रहेनछ भन्ने उनलाई बोध भएको छ । आफ्नै सफ्टवेर कम्पनी ‘जानकी टेक्नोलोजी’ चलाएर बसेका उनको दैनिकी आजकल व्यस्तप्रायः छ । ‘कसैस“ग व्यापारको डिल भइरह“दा वा अन्य महत्वपूर्ण कुरा भइरहदा आउने फोन उठाउन सक्दिन’, भन्छन्, ‘त्यसैले एसएमएस आजकल मैले मोवाइलमा बढ्तै प्रयोग गर्ने सेवा भएको छ ।’ उनले साथीहरुलाई फोन भन्दा पनि एसएमएस नै गर्न भन्छन् र फुर्सद भएपछि फोन वा एसएमएसमै ‘रिप्लाई’ गर्छन । अझ उनले बोक्ने गरेको मोवाइल ‘नोकिया ई–७१’को अर्को विशेषता भनेकै ‘रातो बटन’ थिच्दा फोन गर्नेलाई अटो म्यासेस जानु हो जसमा लेखिएको छ ‘अहिले म व्यस्त छु तपाईंलाई एकैछिनमा फोन गरौंला ।’ त्यसका अलावा अमितले एसएमएसबाटै सोसल साइटहरु अपडेट गर्छन् । उनलाई कहिलेकाही“ अचानक केही रमाइलो वा महत्वपूर्ण घटना घट्दा मोवाइलमा इन्टरनेट खोल्ने धर्यता नै हुदैन रे । ‘सबैलाई छिटोभन्दा छिटो सेयरिङ गर्न मन लाग्छ’, उनी भन्छन्, ‘त्यसमा पनि मोवाइल इन्टरनेटको कमजोर गुणस्तरले चाहे अनुसार काम गर्दैन ।’ त्यसैले एसएमएसबाटै पठाउने ‘स्टाटस’ फेसबुक, ट्विटर र गुगल बजमा एकैचोटी अपडेट हुन्छ (तपाईंको नि यस्तै इच्छा भए (www.twitter.sparrowsms.com) गएर सेटिङ गर्नुस) । ‘इन्टरनेटभन्दा पर रहेर पनि ट्विट गरिरहन रुचाउनेका लागि यो सेवा झनै राम्रो हुनसक्छ ।’, अमित सुझाउछन् ।  
उता बिपुल काबरा, २२, लाई भने एसएमएस रमाइलोको लागि बढ्तै उपयोगी हुदैछ । ‘तर’, इभेन्ट म्यानेजमेन्ट कम्पनी ‘युरेका म्यानेजमेन्ट’का एमडि भन्छन्, ‘नेपालमा मोवाइल सेवा प्रदायक कम्पनीहरुले एसएमएस लक्षित गरेर राम्रा स्किम नै ल्याउन सकिरहेका छैनन् ।’ त्यसमाथि महंगो दर अर्को समस्या हो । भन्छन्, ‘विदेशमा मेरा धेरै आफन्त एवं साथीहरु छन्, जसले कुनै राम्रो एसएमएस आफ्नोमा आयो कि कम्तिमा पनि पचास जनालाई फरवार्ड गर्छन ।’ तर यहा“ अलिक धेरैलाई एसएमएस पठाउनु प¥यो भने कम्तिमा पनि दश पटक सोच्नुपर्ने उनको अनुभव छ । त्यसमा पनि एउटा कम्पनिको मोवाइलबाट अर्कोमा पठाइने एसएमएस त झण्डै–झण्डै दोब्बर पर्ने उनको गुनासो छ । ‘सायद त्यसैले हाम्रोमा एसएमएस कल्चर बिकास हुन नसकिरहेको हो’, उनको भनाई छ, ‘भारत लगायत विदेशतिर हेर्नुस्, गेम खेल्ने, फ्ल्याट खोज्ने, जागीर खोज्नेदेखि लिएर ठूला बैंकिङ्ग कारोबारहरुसम्म एसएमएसबाटै सक्छन् ।’ तर पनि भइराखेकै सेवामा पनि एसएमएसको राम्रै फाइदा उठाउन सकिने बिपुल बताउछन् । पछिल्लो विश्वकप फुटबलको समयमा एनसेलको ‘वल्र्डकप अपडेट’ सेवा उनान्सय रुपया खर्चेर आफ्नो मोवाइलमा जोडेका थिए । ‘खेलमा केही नया भयो कि एसएमएस आइहाल्थ्यो’, त्यसबाट मात्रै झण्डै चार सय एसएमएस थापेका उनी भन्छन्, ‘खेल नै नहेरे पनि भोलिपल्ट मज्जाले साथीहरुलाई गफ दिन सकिन्थ्यो ।’
तर ‘कलेज एम्बेसेडर–२००९’ अजिता सिंहलाई भने धेरैसग निरन्तर सम्पर्कमा रहनको लागि एसएमएस फलदायी भएको छ । ‘अवार्ड जितेपछि त मेरो धेरैभन्दा धेरै कलेजका बिद्यार्थीहरुस“ग सम्पर्कमा रहने जिम्मेवारी नै थपिएको छ’, २१ बर्षेले भनिन्, ‘तर कहा“ सबैको फोन रिसिब गर्न सक्नु π’ कसैले मोवाइल नम्बर माग्दा नि उनले ‘नाई’ भन्न सक्दिनन् । तर नम्बर दिनेबित्तिकै उनले मुस्कानसाथ भन्ने वाक्य हुन्छ– ‘एसएमएस वेलकम ल ।’ आजकल दिनहू“ उनलाई २० हाराहारीमा एसएमएस आउ“छन् जसलाई पढेर ‘महत्वपूर्ण’ भए फुर्सद पाउनेबित्तिकै नत्र राती सुत्नुअघि ‘धन्यवाद’ भनेर लेख्छिन् । अर्को उनलाई जन्मदिनको शुभकामना दिन पनि एसएमएस सहयोगि बनेको छ । ‘राती १२ बजे गरेको वर्थडे विस बल्ल मज्जा आउ“छ, तर त्यती राती फोन गरेर डिस्टर्ब गर्न नि मन लाग्दैन’, गहु“गोरीले भनिन्, ‘एसएमएस ग¥यो उठ्नेबित्तिकै पढ्छन् ।’ 
शैलेशकुमार उपाध्याय, २८, भने आफ्नो धेरै समय कक्षाकोठामै बिताउ“छन् । बु्रकफिल्ड कलेज, सिनामंगलमा पढाउने उनको मोवाइल धेरैसमय ‘साइलेन्स मोड’ मै रहन्छ । प्रत्येक घण्टी सकेर मोवाइल चेक गर्दा मिसकल र म्यासेजका ता“ती लागेका हुन्छन् । तुरुन्तै अर्को कक्षामा जानुपर्छ, त्यसैले उनले त्यसबेलै उनले मोवाइल म्यासेजको ‘टेम्पेल्स्’ मा गएर ‘अहिले कक्षामा छु पछि फोन गरौंला है’ भन्ने एसएमएस गर्छन् । त्यसबाहेक उनका बिद्यार्थीहरुले कहिलेकाही बिषयगत कुराहरु पनि एसएमएसबाटै सोध्छन् र त्यसको जवाफ उनी आफू फुर्सदमा हुदा पठाउछन् । भारतमा अध्ययन गरेका शैलेशका अनुसार नेपालमा अझै ‘एसएमएस केका लागि?’ भन्ने प्रयोगकर्ताले थाह छैन । ‘मेरा त्यस्ता धेरै साथीहरु थिए, जो किबोडमा भन्दा एसएमएसमै छिटो टाइप गर्थे’, भन्छन्, ‘सानोतिनो कुराहरुमा पनि फोन गरिरहनु भन्दा एसएमएस नै ठिक हुन्छ ।’ 
तर कतिपय महत्वपूर्ण कुराहरुका लागि पनि एसएमएमले ठूलो भूमिका खेल्ने ठान्छन् त्रिभुवन विश्वविद्यालयमा गणितमा स्नातकोत्तर गर्दै गरेका खेम पौडेल । ‘कहिलेकाही स्वरले भन्दा धेरै कुरा शब्दले बोलिराखेको हुन्छ’, २४ बर्षेले आखा झिमझिम पारे । हुन पनि उनका त्यस्ता धेरै साथीहरु छन् जसले मन पर्नेलाई अगाडि गएर ‘प्रेम प्रस्ताव’ राख्न सक्दैन । ‘अन्ततः एसएमएसकै साहारा लिन्छन्’, उनी हासे । तर एसएमएसमा लेखिने छोटा शब्दहरु (जस्तै your लाई ur) बढ्तै प्रयोगमा ल्याउदा परीक्षामा पनि बेलाबखत अनायसै त्यस्तै लेखिन जानाले समस्या पर्ने गर्छ । आफ्नै अध्ययनका लागि उनी उनलाई उत्तिकै सहयोगि बनेको छ एसएमएस । ‘थेसिस इयर’का बिद्यार्थी थप्छन्, ‘प्रपोजल बनाउदा कहिलेकाही सानोतिनो कुराहरुमा कन्फ्युज भइन्छ, प्रोफेसरहरुलाई फोन गर्दा उनीहरुले नचिनेको नम्बर भन्दै उठाउदैनन् ।’ अन्ततः उनी एसएमएस गर्छन्, ‘त्यो त हेर्दिन भने नि हेर्नै पर्छ नि ।’ 

No comments:

Post a Comment