Thursday, October 7, 2010

दशैंको छुट्टिमा...

टिकेट काउन्टरमा वार्तालापको दृश्य हेर्दा लाग्थ्यो– जागीरको अन्तरवार्तामा अन्तरवार्ताकारले उसलाई ‘अस्विकार’ ग¥यो तर पनि आफूलाई सहि प्रमाणित गर्न अन्तिम प्रयास गर्दैछन् । ‘कहिलेकाही त दशैंसशैं झोक चलेर आउछ यार’, अन्ततः घर फर्किने टिकेट हात नलागेपछि उनी एक्लै गुनासिदै थिए, ‘पूरा पैसा तिरेर जान नि पापड बेल्नुपर्छ । अझ स्टुडेन्ट कार्ड देखाए झन् के पो गर्थे होलान् !’ म ऊ छेवैको कुर्चीमा हुनाले उसका पछिल्ला दृश्यहरु मैले प्रत्यक्ष देखिरहेको थिए । ‘अनि जान्नौ त घर’, म जिज्ञाशु बने । ‘तिनीहरुलाई (टिकेट काउन्टरका मान्छेहरु) देखाउन नि जान्छु’, उनी हासेजस्तो देखिएता पनि त्यो जबरजस्ती थियो, ‘बसमा सिट नपाए मुडामै बसुला, नत्र छत जिन्दावाद ।’  

धनगढिका हरि पाठकले जस्तो दशैंमा यस्तो सास्ती झेल्ने धेरै हुन्छन् । घर फर्कदाको समस्या सम्झदा सायद हरेकको मनमा एकपटक हरिझैं ‘दशैंसशैं...’ भनेर रिस उठ्दो हो । यद्यपि सबै दशैं मान्न आफ्नो ‘गाउ–घर’ पुगेकै हुन्छन् । हरि स्वयंलाई पनि दशैंको टिकासग मात्रै त्यतीधेरै चासो छैन । ‘तर’, भन्छन्, ‘यो एक महिना म पूरा गाउमा (धनगढिबाट झरेर २ घण्टामा उसको गाउ पुगिन्छ) बिताउन चहान्छु ।’ उसका अहिलेको छुट्टिका लागि बनाइएका धेरै योजना छन् जुन अरुबेलाको घर बसाइमा सम्भव छैन । भन्छन्, ‘तपाईं मान्नुस् यार, अरुबेला ६ महिना गाउ बस्नुभन्दा अहिलेको ६ दिन नै बस्नु अर्कै हुन्छ ।’ हरिका अनुसार गाउ त अब बुढाबुढी मात्रैको जस्तो भइसक्यो । तन्नेरीहरु सबै शहर र विदेशमा हुन्छन् । ‘स्थायी ठेगाना कतै भर्नुपर्ने भएमा मात्र धेरैले गाउ सम्झन्छन्’, आफूलाई पनि अब त्यस्तैहरुको पंक्तिमा राख्दा उसलाई आपत्ति हुन छाडिसक्यो । एउटै गाउका भएर पनि अब आपसमा चिनाजानसम्म छैन । सामाजिक सञ्जालहरुमा गफिदा कहिलेकाही आफ्नै गाउ-ठाउका मान्छेसग घरको ठेगाना जुधेपछि मात्र परिचय भएको धेरै अनुभव छन् उसग । हास्दै थपे, ‘सायद भेटेर नमस्तेसम्म गरेको छैन होला, त्योभन्दा कयौगुना कुराकानी अनलाइनमै ग¥यौं हामी ।’ त्यस्ता धेरै एकैपटक जम्मा हुने भनेकै यही बेला हो जसलाई उनी कसैगरी गुमाउन चहादैनन् । 
दशैंलाई हेर्ने तरिकामा नै फरकपन आइराखेको हरिसगको वार्तालाममा झल्किन्छ । ऊजस्ता नया जमानाका तन्नेरीहरु, जो आजकल यस्ता ठूला पर्वलाई अन्य धेरै राम्रा काम गर्न सकिने अवसरको रुपमा सदुपयोग गर्न थालेका छन् । मानिसहरु जति नै शहर केन्द्रित भइरहदा पनि दशैंमा आफ्नो पु¥र्यौली थलोमा जुट्छन् । त्यसैले गाउका लागि सोच्ने राम्रो अवसर पनि हो । विदेशबाट घर फर्केकाहरुले त्यताका अनुभव साटासाट गर्न सक्छन्, राजनीतिक नेताहरु गाउ“मा रहेका बेला उनीहरुसग प्रत्यक्ष अन्तरक्रिया गर्न सकिन्छ । र, गाउ बाहिर रहनेहरु पनि कसरी बाहिरबाटै गाउको लागि सोच्ने भनेर ‘सम्पर्क मञ्चहरु’ बनाउन सक्छन् । नेपालमा दिइने सबैभन्दा लामो विदा (बिद्यार्थीहरुलाई त झण्डै एक महिना) पनि यही बेला हुनाले अझ त्यसमा बढि सहजता हुने गर्छ । अझ धानबाली काटेर भिœयाउने समय पनि यसैबेला पर्छ जुन बुवाआमालाई सघाउने अर्को उचित अवसर हो । यस्तै व्यक्तिगत रुपमा पनि ‘दशैं–तिहार’ विदालाई सार्थक बनाउन सकिने धेरै तरिका हुन्छन् । मेरा त्यस्ता धेरै साथीहरु छन् जो यस बिदामा हेर्न भनेर ‘फिल्म’का सीडीहरु जम्मा पार्दैछन् । उपन्यासहरुसगै विदा काट्ने योजना बुन्नेहरु उत्तिकै छन् । कोही यसैबिचको विदालाई सदुपयोग गर्दै पदयात्रा र लामो भ्रमणमा जादैछन् । 
अबको दशैं सधैंझैं ‘जुवातास र खसीबोका’मा मात्रै सीमित भइराखेको छैन भन्ने उदहारण हुन् यी । सिर्जनशील तरिकाबाट पनि दशैं मान्नेहरु धेरै छन् । जे कुरालाई पनि भर्चुअल संसारसगै जोडेर रमाउने बानी परेका हामीहरु यसबेला भर्चुअल दुनियालाई एकैछिन बिर्सेर प्रत्यक्ष अनुभव आदानप्रदान गर्र्ने काममा जुट्नुपर्छ । व्यावसायिक जीवनमा कोही ठूलो–सानो तह र तप्कामा रहेता पनि गाउमा भेला हुदा सबै समान भएर सामाजिक रुपमा मनोरञ्जन गर्न सकिन्छ । अरुबेला गाउमा बिरलै देखिने विभिन्न क्षेत्रका बौद्धिक व्यक्तिहरु एकैपटक दशैंमा घर फिर्छन् जसलाई एकै ठाउ“मा भेला पारेर गाउ बिकासको खाका कोर्न सकिन्छ । पुराना बुढापाकालाई जम्मा पारेर उनीहरुका अनुभवहरु सुन्नु अर्को झनै रोचक पक्ष हुन सक्छ किनभने उनीहरुका धेरै तितामिठा अनुभवहरु हाम्रा लागि मार्गदर्शन हुन सक्छन् । गाउ“का केटाकेटी र असाक्षरहरुलाई जम्मा पारेर पढाउनु, सार्वजनिक ठाउहरु (चौतारी, पधेरो, विद्यालय, स्वास्थ्य चौकी, आदि) सरसफाई गर्नु पनि यो विदा सिर्जनात्मक तरिकाले मनाउने उपाय हुनसक्छ । 
तपाईंका नि दशैं–तिहार विदाका लागि आफ्नैखाले धेरै योजनाहरु होलान् तर यो अवसरको थोरै भएपनि उपयोग सामाजिक र सिर्जनात्मक काममा लगाउनुस् । सबैलाई दशैंको शुभकामना ।

1 comment: