अस्पतालको शैयामा बिरामी मरणासन्य भइरहदा पनि डाक्टरहरु (र एमबिबिएसका बिद्यार्थीहरु) त्यसलाई आफ्नो पढाईको अभ्याससग मात्रै जोडेर हेर्छन । उपचारका लागि आवश्यक पैसाको जोहो गर्न नसक्दा ‘सम्भव’ लाई पनि ‘असम्भव’ भन्दै घर फर्काइदिन्छन् । यी र यस्तै दृश्यले भरिएको हिन्दी फिल्म ‘मुन्नाभाई एमबिबिएस’ (चलचित्रले दक्षिण एसियामा रहेको ‘डाक्टर ग्यामर’ र ‘अस्पतालको परिवेश’ लाई देखाएको छ) हेर्दा बिबोधजग कार्की, २३, लाई पहिलोपल्ट लागेको थियो, ‘कस्ता निस्टुरीहरु । के डाक्टरमा मानविय संवेदना नै हुदैन ?’ उनै बिबोध अबको एक बर्षपछि मेडिकल डाक्टर बन्दैछन् । बर्षैंअघि मनमा उब्जेका त्यस्ता कयौं प्रश्नका जवाफहरु अहिले कलेजमा बित्ने समयसगै पाइराखेका छन् उनले । कलेजका शुरुवाती दिनमा फिल्ममाझैं उपचार गर्न नसक्ने धेरैलाई कलेजमै चन्दा उठाएर सहयोग पनि गर्थे उनीहरुले । ‘फिल्मका पात्रहरु कतै आफूहरु नै त होइनौं भन्नेझैं नि लाग्थ्यो’, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवाका अन्तिम बर्षका विद्यार्थीले सुनाए, ‘आफूमा मानविय संवेदनशीलता भइकन पनि डाक्टरी जीवन कठोर बन्नुपर्ने रहेछ भन्ने आजकल बिस्तारै बुझ्न थालेको छु ।’
काठमाण्डौंमा चिसो बढ्दै गरेको हालैको एक विहान सुनधारास्थित घरहरामुनिको चौरमा ८ मेडिकल बिद्यार्थीहरु हेलो शुक्रबारसगको कुराकानीका लागि भेला भएका थिए । दशैंअघि एउटा सेमेस्टरको परीक्षा सकेका उनीहरुका अनुहारमा जति फुर्सद देखिन्थ्यो, उत्तिकै अर्को चटारो पनि थियो–मेडिकल विद्यार्थीहरुको देशब्यापी सञ्जाल बनाउने । जसकै क्रममा देशका १७ मेडिकल कलेजबाट उनीहरुजस्ता ९३ विद्यार्थीहरु काठमाण्डुमा जुटेका थिए । ति सबैका नामको अगाडि अबको केही बर्षमै डा (डाक्टर) थपिनेछ र उनीहरु आफ्नो व्यावसायिक जीवन शुरु गर्नेछन् ।
सबै डाक्टर बन्ने सपना देख्नेहरु डाक्टर बन्न सक्दैनन् । ‘डाक्टर बन्ने सपना देख्नु जति सजिलो छ त्यो भन्दा कयौं गुणा गाह«ो छ एमबिबिएस पढ्नुको यात्रा’, अन्तिम बर्षमै पढिरहेका क्षितिज सापकोटा, २३, भन्दैथिए, ‘एक त पैसा तिरेर पढ्नु निकै महंगो छ, अर्को कम छात्रवृत्ति कोटामा उत्तिकै धेरै प्रतिस्पर्धा छ ।’ क्षितिजका अनुसार हाम्रो समाजमा एमबिबिएस पढाइलाई यसरी प्रचार गरिन्छ कि बिद्यार्थीहरु सानैदेखि एकोहोरो डाक्टरको मात्र सपना देख्न थाल्छन् जुन प्लसटु छिरेपछि झन् चुलिंदै जान्छ । बायोलोजी समूहमा छिरेको पहिलो दिन नै प्रायः शिक्षहरुले ‘एमबिबिएस’ नै एकमात्र लक्ष्य बनाउन सिकाउ“छन् । ‘बायोलोजी पढेर डाक्टर मात्रै बन्न सकिन्छ भन्ने त होइन नि’, सुर्खेतकी दीप्ति बिसि, २२, भन्छिन्, ‘सायद त्यसैले यहा धेरैको रुचि नै नहु“दा नि जबरजस्ती डाक्टरको ड्रिम बनिरहेको हुन्छ ।’ उनका अनुसार राम्रा बिद्यार्थीहरु डाक्टर, इञ्जिनियर बाहेक अरु नै बन्नु हुदैन भन्ने गलत मानसिकता यहा धेरै हावी छ । उनले त्यसो भनिरहदा साथै रहेका करुण देवकोटा, २४, को हासोको लामै फोहरा छुट्यो । ‘न मलाई आफू कुन क्षेत्रमा फिट हुने मान्छे हु भन्ने नै थाह थियो, न त के पढ्दा के भइन्छ भन्ने नै’, काठमाण्डौं मेडिकल कलेज (केएमसी), सिनामंगलका बिद्यार्थीले अनुभव सुनाए, ‘तर पनि मैले सानैदेखि परीक्षामा लेख्ने निबन्धमा जीवनको उद्देश्य डाक्टर बन्ने मात्र लेख्थें ।’
एमबिबिएस पढ्ने सपना देख्नु कहिलेकाही दलदलमा फसेझैं नि लाग्थ्यो मुकेश कुमार शाह, २६, लाई । हजारौं हजारका बिचमा जति नै धेरै मिहिनेत गरेता पनि एमबिबिएस पढ्न पाउनुलाई भाग्यले पनि उत्तिकै साथ दिनुपर्ने ठान्छन् उनी । ‘अझ साथै पढिरहेका कोही साथीको निस्कियो र आफ्नो निस्किएन भने झन् दबाब पर्नेगर्छ’, मुकेश सुनाए, ‘..अझ एकबर्ष भन्दा भन्दै बुढो हुदासम्म नि नाम ननिस्कन सक्छ ।’ त्यसैले अघिल्लो एक बर्ष नाम ननिस्केपछि उनले बिकल्प सोचे– बिएस्सी पनि साथसाथै पढ्ने । ढिलै सही उनको नाम एमबिबिएसमा निस्कियो जतिखेर उता उनको बिएस्सी सकिसकेको थियो । ‘एकचोटी त रिस उठेर अब पढ्दिन भन्ने सोचें’, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बिद्यार्थीले भने, ‘तर पनि पढे । एमबिबिएस भनेको जे भए नि ठूलै हो भन्ने लाग्यो ।’
जसरी शिक्षकहरुले प्लसटु वा इन्ट्रान्समा पढाउ“दा भन्नेगर्छन्– एमबिबिएसमा नाम निस्कियो भने डाक्टर बन्नु गाह«ो छैन । हाम्रो यस्तै प्रश्न उनीहरुलाई थियो । केएमसीमा अन्तिम बर्षकी बिद्यार्थी सृञ्जना बस्नेत, २३, जसलाई मान्न तयार भइनन् । ‘के एमबिबिएसको सर्टिफिकेट लिएर बस्नेहरुलाई मात्र डाक्टर सोच्ने त ?’, उनले भनिन्, ‘७/८ बर्ष लगाएर सर्टिफिकेटकै लागि एमबिबिएस पास गर्ने नै पनि नभएका होइनन् ।’ उनका अनुसार यस पवित्र पेशामा विकृति ल्याउने त्यस्तै डाक्टरहरु हुन् । राम्रो डाक्टर त्यो मात्र हुनसक्छ जसले ‘मेडिकल साइन्स’ आफ्नै रहर र केही लक्ष्य राखेर पढिरहेको हुन्छ । उनी स्वयं आजकल साथीभाई र घरमै कोही बिरामी प¥यो भने अनायसै उसको ‘अवस्था’ भन्दा पहिले ‘लक्षण’ सोच्दिरहिछन् ।
एमबिबिएस पढ्नु नै पनि आफैमा गाह«ो काम हो । सृञ्जना भन्छिन्, ‘परीक्षाको एक महिना अघिदेखि सायद सबैको मनमा दिनहू“ म किन यो बेकारको क्षेत्रमा आए“ भन्ने लाग्छ ।’ त्यतीखेर दैनिक १८ घण्टा नपढ्ने बिद्यार्थी त कमै हुन्छन् । ‘फेरी प्लसटुमा जस्तो इन्टलिजेन्टले मात्र यहा काम गर्दैन, मिहिनेत नि उत्तिकै लाग्छ ।’ सृजनाको कुरामा साथै दिदै अर्का बिद्यार्थी सर्वज्ञ पण्डित, २४, ले आफ्नो शुरुवाती बर्षका अनुभव सुनाए । भने“, ‘अघिल्लो एक बर्ष त शिक्षकका नोट सार्ने तरिका नै पनि जानिदैन ।’ कक्षामा शिक्षकले छिरेदेखि एकोहोरो लेक्चर दि“दा रहेछन् जुन सार्ने क्रममा कहिलेकाही“ शिक्षकको अनुहारसम्म राम्ररी हेर्न भ्याउ“दा रहेनछन् । थप्छन्, ‘अझ त्यसमा कहिलै नसुनेका र अप्ठ्यारा मेडिकल टम्र्सले गर्दा हरेकको एमबिबिएस पढाइको कास्टिङ नै झुर हुने गर्छ ।’ उनका अनुसार न निन्द्रा लाग्छ, न पढ्ने तरिका नै बुझिन्छ । हा“स्दै भने, ‘तेस्रो बर्षको एउटा बिषय ‘मेडिकल स्टुडेन्ट सिन्ड्रोम’ पढ्दा त रोगीका सबै लक्षणहरु आफैमा भएजस्तो लाग्थ्यो ।’
त्यसमाथि कलेजमा सिनियरहरुको ¥यागिङ्गले पिरोल्छ । मुकेश सम्झन्छन्, ‘पूरा फर्मल गेटअप, छोटो कपाल, सिनियरहरुसग बोल्दा खुट्टाको नङ्ग हेनुपर्ने, बोलचालमा अंग्रेजीको घुसाउन नपाइने (उनले सुनाएका केही– दश जोड दुई, सुसाङ्ख्य, शौचालय, भोजन, चिकित्साशास्त्र) जस्ता ¥यागिङ्गमा सामेल हुनुपर्छ’, उनी सिनियरहरुले भन्ने गरेको सुनाउ“छन् ‘¥यागिङ्गमा सामेल भए मात्र प्रसाद पाइन्छ ।’ त्यसैले स्वेच्छिक ¥यागिङ्गमा पनि विद्यार्थीहरु सामेल हु“दा रहेछन् । मुकेश थप्छन्, ‘प्रसाद भनेको सिनियरहरुको नोट हो, जसकै भरमा शुरुका केही सेमेस्टरहरुमा पास गरिन्छ ।’
योजना अनुरुप नै ‘काउन्सिल अफ मेडिकल स्टुडेन्ट’ को पहिलो राष्ट्रिय भेला सकेर उनीहरु आ–आफ्नो घर फर्किसकेका छन् । तर डाक्टर बन्ने सपना बोकेर काठमाण्डु छिरेकाहरुको भिड भने पुतलीसडकका इन्चिच्युटहरुमा घट्ने छैन ।
Originally published on Hello Shukrabar (KANTIPUR): Click here for its e-paper view

No comments:
Post a Comment