Thursday, October 21, 2010

ब्रेन ड्रेन

आफ्नो भौगोलिक सीमा बिस्तारका लागि प्रतिस्पर्धा गर्ने एउटा युगबाट अहिले विश्वका देशहरु ‘उत्कृष्ठ एवं सिर्जनशील दिमागहरुको संचय’ गर्ने प्रतिस्पर्धामा छन् । लडाकु सामाग्री, पेट्रोलियम पदार्थ, युरेनियम संचयजस्ता कुरामा हुने प्रतिस्पर्धाले जसरी मिडियामा सबैले बुझ्नेगरी स्थान पाउ“छन् ‘दिमाग संचय’को प्रतिस्पर्धाले नपाएको मात्र हो । यस्तो दौड गौंड रुपमै भए पनि देशहरुबीच ठूलै रुपमा भइराखेको छ ।

‘कुन मुलुकसग धेरै उत्कृष्ठ दिमागहरु छन् ?’ पछिल्लोपटक आफ्नो एउटा अंकमा टाइम म्यागेजिनले यही बहुचर्चित प्रश्नको उठान गरेको थियो, जसको उत्तर उसले भनेजस्तो सहजै दिन त सम्भव छैन । न त मापन गर्न सकिने निश्चित आधार नै भेटिन्छ । तर २०१० को नोबेल पुरस्कार बितरणको समय ‘अक्टोबर’को सन्दर्भ पारेर तयार गरिएको उक्त सवाललाई भने पत्रिकाले नोबेल पुरस्कारसगै जोडेर उत्तर दिन खोजेको थियो ।
‘१०९ बर्षे इतिहासमा कुन–कुन मुलुकका पोल्टामा ‘नोबेल पुरस्कार’ बढ्ता प¥यो ?’ भन्ने प्रश्नकै सेरोफेरोमा रहेर विश्वका उत्कृष्ठ दिमागहरु रहेका देशको सूचि निकालिएको छ । ‘मानवकल्याणमा विशेष योगदान’ गरेबापत भन्दै नोबेल पुरस्कार ‘चिकित्साशास्त्र’, ‘भौतिकशास्त्र’, ‘रसायनशास्त्र’, ‘साहित्य’, ‘शान्ति’ र ‘अर्थशास्त्र’मा दिइन्छ । जुनकुनै देशको बिकासको गति यिनै बिषयहरुको उत्कृष्ठतामा आधारित रहेर हुने हु“दा सायद टाइमले ‘उत्कृष्ठ दिमाग’ मापनको सूचक नोबेल पुरस्कारलाई मानेको हुनसक्छ । सन् १९०१ यता ५०० भन्दा बढी नोबेल पुरस्कार वितरण गरिएकोमा अमेरिकाकै भागमा सबैभन्दा बढि (३२३) परेको छ भने उसलाई पच्छ्याउ“दै क्रमशः बेलायत (११७), जर्मनी (१०३), फ्रान्स (५७) र स्विडेन (२८) परेका छन् ।



नेपालजस्ता विकाशोन्मूक मुलुकमा अहिले ब्याप्त ‘ब्रेन ड्रेन’ को एउटा कारण तिनै ठूला राष्ट्रहरुका ‘राम्रा दिमाग’ संचय गर्ने प्रतिस्पर्धा पनि हो । अमेरिका, जहा विश्वका धेरै आप्रवासीहरु छन् जसमध्ये धेरैजसो आफ्नो देशका उत्कृष्ठ एवं बौद्धिक व्यक्तिहरु पनि हुन जसलाई अमेरिकाले राम्रो सुविधा र अवसर दिएर राख्नेगर्छ । अमेरिकाजस्तै यस्तो प्रतिस्पर्धा गर्नेमा युरोपेली मुलुकहरु पनि छन् । पछिल्लो शताब्दीका अनुभवहरु हेर्दा विश्वका निकै प्रतिभावान व्यक्तिहरु कमै एकैठाउमा जन्म लिनेगर्छन् । अमेरिकामै हेर्ने हो भने नोबेल पुरस्कार विजेता बिसौं शताब्दीका महानायक अल्बर्ट आइन्स्टाइन जर्मनीबाट बसाई सरेर गएका हुन् । विश्वका उत्कृष्ठ १० विश्वविद्यालयहरु मध्ये आधा भन्दा बढि     (अहिले ७ वटा) अमेरिकामै छन् । विश्लेषकहरुका अनुसार जहा“ राम्रा विद्यार्थीहरु स्वभाविक रुपमा तानिन्छन् र अमेरिकाले विलक्षण दिमागहरु संचय गरिराखेको छ । अमेरिकी अन्तरिक्ष संस्था (नाशा) मै काम गर्ने ठूलो वैज्ञानिकहरुको जमात गैरअमेरिकीको छ । वैज्ञानिक अन्वेषणको मामिलामा संसारको कुनै कुनामा कसैले केही हलचल मच्चायो कि नाशाले उसलाई निम्त्याई हाल्छ ।

केही बर्षअघिसम्म दक्षिण एसियाका विलक्षण विद्यार्थीहरु भारतमा जम्मा पर्ने अभियान अन्तर्गत भारतले ‘कोलम्बो प्लान’ कार्यक्रम ल्याएको थियो, जसमा दक्षिण एसियाका देशका विद्यार्थीहरुमाझ प्रतिस्पर्धा गराई मेडिसिन, इञ्जिनियरिङ, व्यवस्थानजस्ता क्षेत्रमा सहभागी गराउन राम्रा विद्यार्थीहरु लैजाने गर्दथ्यो । हाल उक्त कार्यक्रम बन्द गरिएता पनि त्यस्तै गरी विद्यार्थीहरु भारतमा गरिरहेका छन् । अबको विश्वमा देशहरुका सम्पत्ति भनेकै त्यहा“ रहेको बौद्धिक जगतलाई मानिन थालेको छ । आर्थिक रुपमा देशहरु सक्षम भइसकेकाले अब उनीहरुको प्रतिस्पर्धा अन्तरिक्षजस्ता क्षेत्रमा केन्द्रीत हुन थालेको छ, जसका लागि उनीहरुस“ग प्रशस्त ‘बिग ब्रेन’ हरु संचय गर्नुको बिकल्प छैन । तर ठूला राष्ट्रहरुका यस्ता प्रतिस्पर्धाहरुले गर्दा अल्पविकसित एवं विकासोन्मूक मुलुकहरु समस्या झेलिरहेका छन् । कोही अघि बढिरहने र कोही झन्–झन् पछि सर्दै जाने क्रमले विकसित र विकासोन्मुख देशहरुबीच खाडल बढिरहेको छ ।

अब यस्तो प्रतिस्पर्धा ‘दिमागी मानिसहरुको संचय’मा मात्र केन्द्रीत नभई ‘दिमागी मानिसहरु जन्माउने’ तर्फ पनि अग्रसर छ । सञ्चारमाध्यमहरुमा बताइए अनुसार चीनका जेनेटिक इञ्जिनियरहरु अहिले रातदिन यस्तो अभ्यासमा जुटिरहेका छन् जसबाट पहिल्यै नै आफूले ‘कस्तो’ र ‘कसको’जस्तो बच्चा जन्माउने भन्ने पहिल्यै निक्यौल गर्न सकिनेछ । जुन सफलताको नजिक पुगिरहेको बताइ“दैछ । तर उक्त अध्ययनलाई ‘वाइयात’ भन्नेहरु पनि उत्तिकै छन् । जीवनमा धेरैजसो कुराहरु गल्तीबाट सिक्दै र अनुभवबाट खारिएर सिकिन्छ जसको अपेक्षा उसको जन्मस“गै गर्नु मुर्खता मात्र हो पनि भनिदैछ । तर चिनिया“ वैज्ञानिकहरुका अनुसार उक्त अध्ययनको सफलता मानवताकै लागि नया“ फड्को हुने बताइन्छ जसले गर्दा आइन्स्टाइन र न्युटनजस्ता महापुरुषहरु जन्मिनाका लागि शताब्दीऔं शताब्दीको प्रतिक्षा गरिरहनुपर्ने छैन । जसकै क्रममा अहिले आइन्स्टाइन, माइकल ज्याक्सनजस्ता विलक्षण प्रतिभाशाली व्यक्तिहरुको शरीर अध्ययनमा छन् । खैर, यसको सफलता–असफलता समयकै गर्भमा रहेता पनि दिमागी संचयको लागि बढिरहेको प्रतिस्पर्धा झल्काउने यो राम्रो उदाहरण हो ।
यसो भन्दैमा विकासोन्मूख मुलुकबाट बिकसित मुलुकहरुतर्फ गहिरहेका विद्यार्थीहरुको भिडलाई सजिलै रोकिहाल्न सकिने अवस्था छैन । र, त्यो समस्याको समाधान पनि होइन । तर विकसीत मुलुकमा गएर अझ तिखारिने त्यस्ता विलक्षण दिमागहरुको केही हिस्सा उनीहरुको आफ्नै देशमा पनि प्रयोग हुने अवस्था बनाउनु आवश्यक छ ।

Originally published on Hello Shukrabar (KANTIPUR): Click here for e-paper view

No comments:

Post a Comment