Thursday, October 28, 2010

Filmi Chakkar-3

रञ्जनाको अमेरिका चक्कर

फिल्म निर्देशक श्याम भट्टराई र रञ्जना शर्मा केही समय अघिसम्म मिडियाको आखामा खुबै छाएका थिए– दुईबिचको बिग्रीएको सम्बन्ध पुनः राम्रो भएकोमा । तर त्यसको धेरै समय नबित्दै केही अनलाइन सञ्चारमाध्यमहरुले अहिले ‘पुनः उनीहरुबिचको सम्बन्ध बिग्रिएको पो हो की ?’ भन्ने लख काट्न थाले । त्यसका पछाडि दुईवटा कारण थिए– श्यामले निर्देशन गरेको पछिल्लो फिल्म ‘च्यालेञ्ज’ मा रञ्जना नदेखिनु र एउटा कार्यक्रमका लागि अमेरिका पुगेकी रञ्जना अझै नेपाल नफर्किनु ।

तर श्याम भट्टराईले हेलो शुक्रबारसगको कुराकानीमा त्यस्ता आशंकाहरु झुट भएको बताए । ‘जतिखेर ‘च्यालेञ्ज’ शुरु हुदै थियो, त्यसको केही महिनामै रञ्जना अमेरिका जाने निधो पनि भइसकेको थियो’, उनले भने, ‘त्यसैले उनी फिल्ममा नखेलेकी हुन् ।’ त्यसबाहेक श्यामले ‘आफ्नो फिल्ममा सधै रञ्जना मात्र’ भन्ने आम आरोपलाई तोड्न पनि चहान्थे । उनका अनुसार रञ्जना अहिले अमेरिकामा ‘ग्रीन कार्ड’को प्रकृयामा छिन् जुन धेरै नजिक पुगिसकेको छ । ‘तर ग्रीन कार्ड पाउ“दैमा फिल्मी क्षेत्र र नेपाल भने उनले छाड्ने छैनिन्’, भने, ‘न त म नै अमेरिका जाने सोंचमा छु ।’ श्यामले थपे, ‘मात्र आउजाउको लागि सजिलो होस् भन्नका लागि हो र केहीबर्ष उतै संघर्ष गर्न सकियो भने त्यो पैसा अझ राम्ररी यही फिल्ममा लगाउन सकियोस् भन्नका लागि हो ।’

अक्षयकुमारका अनौठा फ्यान

बलिउड अभिनेता अक्षय कुमारको ज्याकेट उनका फ्यानहरुले च्यातिदिएका छन् । तर त्यो कुनै रिस वा आक्रोशले भने होइन । उनीसग हात मिलाउन र तस्विर खिच्न झुम्मिएका उनका केटी फ्यानहरुबिच भिडभाड र तानातान चल्दा त्यसो भएको हो । ऐश्वर्या राय बच्चन र अक्षय कुमारलाई राखेर बनाइएको हिन्दी फिल्म ‘एक्सन–रिप्ले’ को प्रमोशनका क्रममा उनी एउटा ‘नाइट क्लब’मा थिए । जहा अक्षय डिजेको रुपमा १९७० ताकाका हिन्दी गीतहरु बजाइरह“दा उनका फ्यानहरु निकै झुमिसकेका थिए ।

तर जब केही केटी फ्यानहरु उनीस“ग तस्विर खिच्न भन्दै नजिक पुगे जुन देखेर नाचिरहेका अन्य केटी फ्यानहरुको हुल एकैचोटी उनीमाझ पुग्दा त्यहा असहज वातावरण नै सिर्जना भयो जसलाई नाइट क्लबका सुरक्षाकर्मीले समेत नियन्त्रण गर्न सकेनन् । उनीसग तस्विर खिच्ने प्रतिस्पर्धाका क्रममा चारैतिरबाट अक्षयकुमार तानातानमा पर्दा अन्ततः उनले लगाएको ‘गोल्डन ज्याकेट’ नै च्यात्तियो । पछि भिडलाई नियन्त्रण त गरियो तर पनि अक्षय कुमार रिसाएनन् । उनी आफ्ना फ्यानहरुको अनौठो व्यवहार देखेर हा“सिरहेका थिए ।

ज्यासिकाको इच्छा

हलिउड अभिनेत्रीहरु धर्मपुत्र÷धर्मपुत्री राख्ने मामिलामा निकै रुचि राख्छन् । यस मामिलामा एञ्जेलिना जोली त अगाडि छिन् नै । तर अब अमेरिकी नायिका एवं टिभी कार्यक्रम प्रस्तोता ज्यासिका अल्बा पनि अगाडि आउदैछिन् । एक अमेरिकी टिभी कार्यक्रम ‘एक्ट्रिम मेकओभर’ लाई दिएको अन्तरवार्तामा भनेकी छिन्, ‘मेरो शरिरलाई पूरा ढाक्नेगरी चारैतिरबाट मेरा छोराछोरीहरु झुम्मिएको मलाई हेर्ने रहर छ ।’ त्यसो त उनी आफू ठूलो परिवारमा बस्न रुचाउने बताएकी थिइन् । ‘म धेरैजना भएको पारिवारमै रमाउन खोज्ने मान्छे हु’, ज्यासिका भन्छिन्, ‘मेरी आमा पनि धेरै बच्चाहरुबिच रमाउनु हुन्थ्यो र मलाई त्यो मन पथ्र्याे ।’
अमेरिकी फिल्म निर्माता क्यास वारेनस“ग २००८ विवाह गरेपछि अहिले उनको एउटी छोरी मात्र छिन् । तर पछिल्लो पटक आफ्नो टिभी कार्यक्रमका लागि जब उनी एउटा त्यस्तो घर पुगिन् जहा १३ जना बालबालिकालाई धर्म सन्तानका रुपमा पालिएको थियो । भन्छिन्, ‘त्यो परिवार आर्थिक रुपमा मध्यम खालको हुदा त त्यती धेरै बच्चाहरु हुर्काइरहेका थिए ।’ जसबाट आफूलाई निकै प्ररणा जागेको उनले बताइन् । केही समय अघि क्यास र उनले ३ देखि ४ वटा सम्म बच्चा जन्माउन सकिने बताएका थिए ।

Click Here for the e-paper view. #Hello Shukrabar

No comments:

Post a Comment